Nepali

Darby's Translation

Revelation

9

1पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ।
1And the fifth angel sounded [his] trumpet: and I saw a star out of the heaven fallen to the earth; and there was given to it the key of the pit of the abyss.
2अतुलनीय खाल्डोतिर जाने प्वाल उसले खोल्यो। भट्टीबाट निस्के जस्तै धुँवा त्यस प्वालबाट निस्कँदै थियो अनि त्यसले गर्दा घाम र अकाश अँध्यारो भयो।
2And it opened the pit of the abyss; and there went up smoke out of the pit as [the] smoke of a great furnace; and the sun and the air were darkened with the smoke of the pit.
3तब त्यो धुँवाबाट सलहहरु पृथ्वीतिर आए। तिनीहरुलाई विच्छीहरुले जस्तै चिल्ने शक्ति दिइएको थियो।
3And out of the smoke came forth locusts on the earth, and power was given to them as the scorpions of the earth have power;
4ती सलहहरुलाई पृथ्वीको घाँस, वा कुनै पोथ्रा वा बृक्षलाई हानी नपुर्याउनु भनिएको थियो। तिनीहरुले ती मानिसहरुलाई मात्र हानी पुर्याउन सक्थे जसको निधारमा परमेश्वरको चिन्ह अंकित थिएन।
4and it was said to them, that they should not injure the grass of the earth, nor any green thing, nor any tree, but the men who have not the seal of God on their foreheads:
5ती सलहहरुलाई, मानिसहरुलाई पाँच महीनासम्म कष्ट दिने शक्ति दिइएको थियो। तर ती सलहहरुलाई मानिसहरुलाई मार्ने अधिकार दिइएको थिएन। अनि त्यो कष्ट मानिसहरुले अनुभव गरे जुन कुनै मानिसलाई बिच्छीले चिले जस्तै थियो।
5and it was given to them that they should not kill them, but that they should be tormented five months; and their torment [was] as [the] torment of a scorpion when it strikes a man.
6ती दिनहरुमा मानिसहरु मर्ने उपाय खोज्नेछन्, तर तिनीहरुले पाउने छैनन्। तिनीहरु मर्न चाहन्छन् तर मृत्यु तिनीहरुदेखि लुक्नेछ।
6And in those days shall men seek death, and shall in no way find it; and shall desire to die, and death flees from them.
7ती सलहहरु युद्धका निम्ति तयार गरिएका घोडाहरु जस्तै देखिन्थे। तिनीहरुको शिरमा तिनीहरुले सुनको मुकुटहरु जस्तै देखिने लगाएका थिए। तिनीहरुको अनुहार मानवको जस्तै देखिन्थ्यो।
7And the likenesses of the locusts [were] like to horses prepared for war; and upon their heads as crowns like gold, and their faces as faces of men;
8तिनीहरुको केश स्त्रीहरुको केश जस्तै थियो। तिनीहरुका दाँत सिंहका जस्तै थिए।
8and they had hair as women's hair, and their teeth were as of lions,
9[This verse may not be a part of this translation]
9and they had breastplates as breastplates of iron, and the sound of their wings [was] as the sound of chariots of many horses running to war;
10ती सलहहरुको पुच्छर विच्छीका जस्ता खिलहरु भएका थिए। मानिसहरुलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरुको पुच्छरमा थियो।
10and they have tails like scorpions, and stings; and their power [was] in their tails to hurt men five months.
11ती सलहहरुका राजा थियो। त्यो राजा अतल खाडलको स्वर्गदूत थियो। हिब्र भाषामा उसको नाउँ एबिड्डोन थियो। यूनानी भषामा त्यसको नाउँ अपोल्लियोन थियो।
11They have a king over them, the angel of the abyss: his name in Hebrew, Abaddon, and in Greek he has [for] name Apollyon.
12पहिलो महाकष्ट पार भयो। अझ दुइ अन्य महाविपतहरु आउनेछ।
12The first woe has passed. Behold, there come yet two woes after these things.
13छैटौं स्वर्गदूतले उसको तुरही बजायो। तब परमेश्वरको समक्ष सुनौलो बेदीमा भएको सिङ्गबाट आएको स्वर मैले सुनें।
13And the sixth angel sounded [his] trumpet: and I heard a voice from the four horns of the golden altar which [is] before God,
14त्यो आवाजले छैटौ स्वर्गदूत, जोसित तुरही थियो त्यसलाई भन्यो, “ती चार स्वर्गदूतहरुलाई मुक्त गर जो महानदी यूफ्रेटिसमा बाँधिएका छन्।”
14saying to the sixth angel that had the trumpet, Loose the four angels which are bound at the great river Euphrates.
15यी चार स्वर्गदूतहरुलाई यस घडी दिन, महीना अनि र्वषको निम्ति तयार राखिएका थिए। यी स्वर्गदूतहरुलाई पृथ्वीमा भएका एक तिहाइ सबै मानिसहरुलाई मार्न भनी मुक्त गरिए।
15And the four angels were loosed, who are prepared for the hour and day and month and year, that they might slay the third part of men;
16मैले सुनें तिनीहरुको सेनामा घोडा-सवार सैनिक कतिजना थिए। त्यहाँ बीस करोड थिए।
16and the number of the hosts of horse [was] twice ten thousand times ten thousand. I heard their number.
17मेरो दिव्य दृष्टिमा मैले घोडाहरु अनि घोड-सवाहरुलाई देखेँ। तिनीहरु यस्ता देखिन्थे तिनीहरुका कवचहरु आगो जस्ता थिए जो रातो, गाढा नीलो अनि गन्धक झै पहेंलो थियो। घोडाका शिरहरु सिंहका शिरहरु जस्तै देखिन्थे। घोडाहरुको मुखबाट आगो, धुवाँ अनि गन्धक निस्किरहेथ्यो।
17And thus I saw the horses in the vision, and those that sat upon them, having breastplates of fire and jacinth and brimstone; and the heads of the horses [were] as heads of lions, and out of their mouths goes out fire and smoke and brimstone.
18पृथ्वीका सम्पूर्ण मानिसहरुका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरु आगो, धुवाँ अनि गन्धकद्वारा मारिए।
18By these three plagues were the third part of men killed, by the fire and the smoke and the brimstone which goes out of their mouths.
19ती घोडाहरुका शक्ति तिनीहरुको मुख अनि पुच्छरमा थियो। तिनीहरुको पुच्छर सर्प जस्तै थियो जसको टाउकाहरुले मानिसहरुलाई डस्ने अनि घात पुर्याउनको लागि थियो।
19For the power of the horses is in their mouth and in their tails: for their tails [are] like serpents, having heads, and with them they injure.
20पृथ्वीका अन्य मानिसहरु बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरुले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरुले आफ्नैै हातले निर्माण गरेका कुराहरुबाट तिनीहरुले मुख फर्काएनन्। तिनीहरुले दानवहरु अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँडन सक्तैनन्, पूजा गर्न छाडेनन्।
20And the rest of men who were not killed with these plagues repented not of the works of their hands, that they should not worship demons, and the golden and silver and brazen and stone and wooden idols, which can neither see nor hear nor walk.
21यी मानिसहरुले आफ्ना हृदय अनि जीवन परिवर्तन गरेनन् अनि अरु मानिसहरुलाई मार्न छाडेनन्, तिनीहरु आफ्ना जादु-दुनामुना, आफ्ना यौन-पाप, चोरी कमीदेखि पर सरेनन्।
21And they repented not of their murders, nor of their witchcrafts, nor of their fornication, nor of their thefts.