1कमजोर विश्वास भएका आफ्नो समूहका सदस्यहरूलाई अप्नाउन अस्वीकार नगर। अनि तिनीहरूको विचारमाथि तिनीहरूसित र्तक नगर।
1Now him that is weak in the faith receive, not to [the] determining of questions of reasoning.
2आफूलाई जे मन पर्छ त्यो खान सक्छु भन्ने विश्वासहरू एउटा मानिसको हुन सक्छ। तर कमजोर विश्वास हुने अर्को मानिसले सोच्न सक्छ कि उ खाली साग-सब्जी मात्र खान सक्छ।
2One man is assured that he may eat all things; but the weak eats herbs.
3अनि जे पनि खान सक्छु भन्ने मानिसले त्यो साग-सब्जी मात्र खाने मानिस भन्दा उत्तम छु भनेर आफूलाई ठान्नु हुँदैन। अनि साग-सब्जी मात्र खाने मानिसले पनि सबै खाने मानिस गल्ती हो भनेर सोच्नु हुँदैन। परमेश्वरले ती दुवैलाई ग्रहण गर्नुहुन्छ।
3Let not him that eats make little of him that eats not; and let not him that eats not judge him that eats: for God has received him.
4तिमीले अरूको सेवकलाई जाँच्न सक्तैनौ। उसको स्वामीले मात्र त्यसको ठीक र बेठीकको निणर्य गर्नसक्छ। अनि परमप्रभुको सेवक ठीक बन्नेछ किनभने प्रभु तिनलाई ठीक बनाउनु सामर्थी हुनुहुन्छ।
4Who art *thou* that judgest the servant of another? to his own master he stands or falls. And he shall be made to stand; for the Lord is able to make him stand.
5कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा महत्वपूर्ण ठान्न सक्छ। अनि अर्को मानिसले सबै दिन एकै ठान्न सक्छ। हरेक मानिस आफ्नो विश्वासमा निश्चित हुनुपर्छ।
5One man esteems day more than day; another esteems every day [alike]. Let each be fully persuaded in his own mind.
6जसले एउटा दिन भन्दा अर्को दिन महत्वपूर्ण भनेर सोच्दछ उसले त्यो परमप्रभुको लागि सोंच्दैछ। अनि जसले सबै थोक खान्छु भन्छ त्यसले प्रभुको लागि खाँदैछ। हो, त्यस भोजनको लागि उसले प्रभुलाई धन्यवाद दिंदछ। अनि जसले केही थोक खान अस्वीकार गर्दछ जसले प्रभुकै लागि अस्वीकार गरिरहेछ। उसले पनि परमेश्वरलाई धन्यवाद दिंदछ।
6He that regards the day, regards it to [the] Lord. And he that eats, eats to [the] Lord, for he gives God thanks; and he that does not eat, [it is] to [the] Lord he does not eat, and gives God thanks.
7हो, हमी सबैजना प्रभुको लागि बाँच्दछौं। हामी आफ्नै निम्ति बाँच्दैनौं अथवा आफ्नै निम्ति मर्दैनौं पनि ।
7For none of us lives to himself, and none dies to himself.
8यदि हामी बौरीउठनु बच्नु भने हामी प्रभुको लागि बाँचिरहेछौं। अनि यदि हामी मर्छौं भने, हामी प्रभुको लागि मर्दछौं। यसैले हामी मरौं कि हामी बाँचौ हामी प्रभुकै हौं।
8For both if we should live, [it is] to the Lord we live; and if we should die, [it is] to the Lord we die: both if we should live then, and if we should die, we are the Lord's.
9यही कारणले गर्दा ख्रीष्ट मर्नुभयो र मृत्युबाट बाँच्न भयो। ख्रीष्टले त्यसै गर्नुभयो र उहाँ मरेकाहरूको लागि पनि र बाँचेकाहरूको लागि पनि प्रभु हुनसक्नु भयो।
9For to this [end] Christ has died and lived [again], that he might rule over both dead and living.
10तब तिमी ख्रीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना दाज्यु-भाइ भन्दा ठूला किन ठान्छौं? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामीसबैलाई जाँच्नु हुन्छ।
10But thou, why judgest thou thy brother? or again, thou, why dost thou make little of thy brother? for we shall all be placed before the judgment-seat of God.
11हो, धर्मशास्त्रमा लेखिएको छः “प्रत्येक मानिस मेरो सामु झुक्नेछ, अनि प्रत्येकले परमेश्वरलाई मान्नेछ। निःसन्देह म बाँचे जस्तै, यी कुराहरू हुनेछन्, परमप्रभु भन्नु हुन्छ।” यशैया 45 : 23
11For it is written, *I* live, saith [the] Lord, that to me shall bow every knee, and every tongue shall confess to God.
12यसकारण हामी प्रत्येकले परमेश्वरको अघाडी आफ्नो हिसाब दिनु पर्नेछ। अरूलाई पापी भनेर दोष नलगाऊ
12So then each of us shall give an account concerning himself to God.
13यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यु-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नर्गने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लग्लान्।
13Let us no longer therefore judge one another; but judge ye this rather, not to put a stumbling-block or a fall-trap before his brother.
14म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ।
14I know, and am persuaded in the Lord Jesus, that nothing is unclean of itself; except to him who reckons anything to be unclean, to that man [it is] unclean.
15केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यु-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत संझेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो।
15For if on account of meat thy brother is grieved, thou walkest no longer according to love. Destroy not him with thy meat for whom Christ has died.
16आफूलाई असल लागेको कुनै कुराको निन्दा हुन नदेऊ।
16Let not then your good be evil spoken of;
17परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द।
17for the kingdom of God is not eating and drinking, but righteousness, and peace, and joy in [the] Holy Spirit.
18कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ।
18For he that in this serves the Christ [is] acceptable to God and approved of men.
19यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्।
19So then let us pursue the things which tend to peace, and things whereby one shall build up another.
20भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो।
20For the sake of meat do not destroy the work of God. All things indeed [are] pure; but [it is] evil to that man who eats while stumbling [in doing so].
21मासु, दाखरस वा अरू कुनै थोक जसले दाज्यू-भाइ, दिदी-बहिनीलाई पापमा धकेल्दछ। असल हो नखानुनै।
21[It is] right not to eat meat, nor drink wine, nor [do anything] in which thy brother stumbles, or is offended, or is weak.
22यी चिजहरूमा तिम्रो विश्वास परमेश्वर र आफूमाझ राख्नु पर्छ। अपराध बोध नगरी आफूले उचित ठहरयाएको काम गर्ने मानिस धन्य हो। उसलाई परमेश्वरबाट आशिष, प्रदान गरिन्छ।
22Hast *thou* faith? have [it] to thyself before God. Blessed [is] he who does not judge himself in what he allows.
23तर कसैले शंका गर्दै केही कुरो खान्छ भने उ स्वयं नै दोषी हुँदछ। किन? किनभने उसलाई त्यो उचित हो भन्ने भरोसा भएन अनि भरोसा नभई गरेको जे कुरा पनि पाप हो।
23But he that doubts, if he eat, is condemned; because [it is] not of faith; but whatever [is] not of faith is sin.