Nepali

Darby's Translation

Romans

16

1म तिमीहरूलाई हाम्री बहिनी फिबीसँग परिचित गराउन चाहन्छु। उनी सक्रिय मण्डलीकी सेविका हुन्।
1But I commend to you Phoebe, our sister, who is minister of the assembly which is in Cenchrea;
2परमप्रभुका मानिसहरूलाई सुहाउँदो हिसाबले उनलाई प्रभुको नाउँमा उनले चाहेका कुरामा जसरी भए पनि सघाऊ। उनले मलाई खुबै सहयोग गरेकी छन् र उनले अरूहरूलाई पनि धेरै सघाएकीछन्।
2that ye may receive her in [the] Lord worthily of saints, and that ye may assist her in whatever matter she has need of you; for *she* also has been a helper of many, and of myself.
3प्रिस्कीला र अक्वीलालाई नमस्कार गर। ख्रीष्ट येशूमा तिनीहरूले मसँगै काम गर्छन्।
3Salute Prisca and Aquila, my fellow-workmen in Christ Jesus,
4तिनीहरूले मेरो जीवन बचाउन आफ्ना जीवन पनि जोखिममा हालेका थिए। म तिनीहरूलाई धन्यवाद दिंन्छु र गैर-यहूदीहरूका सबै मण्डलीहरू पनि कृतज्ञ छन्।
4(who for my life staked their own neck; to whom not *I* only am thankful, but also all the assemblies of the nations,)
5अनि उनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि नमस्कार। मेरा प्रिय मित्र इपेनितसलाई नमस्कार। एशियामा ख्रीष्टलाई मान्ने उनी प्रथम मानिस हुन्।
5and the assembly at their house. Salute Epaenetus, my beloved, who is [the] first-fruits of Asia for Christ.
6मरियमलाई पनि नमस्कार। उनले तिमीहरूका लागि कठिन काम गरेकी छन्।
6Salute Maria, who laboured much for you.
7एन्ड्रोनिकस र युनिसलाई पनि नमस्कार। तिनीहरू मेरा आफन्त हुन् र मसँगै जेलमा थिए। तिनीहरू प्रेरितहरूद्वारा सम्मानित छन्। तिनीहरू मभन्दा अगाडी नै ख्रीष्टका विश्वासीहरू बनेका थिए।
7Salute Andronicus and Junias, my kinsmen and fellow-captives, who are of note among the apostles; who were also in Christ before me.
8परमप्रभुको नाउँमा एमप्लिआतसलाई नमस्कार।
8Salute Amplias, my beloved in the Lord.
9उर्बानसलाई नमस्कार। उनी ख्रीष्टका एक सह-सेवक हुन्। मेरा प्रिय मित्र स्ताकिसलाई पनि नमस्कार।
9Salute Urbanus, our fellow-workman in Christ, and Stachys, my beloved.
10अपोल्लासलाई पनि नमस्कार। उनी ख्रीष्टका साँचो विश्वासीको रूपमा जाँचिएका थिए र प्रमाणित पनि भए। अरिस्तोबलस परिवारका सबै सदस्यहरूलाई नमस्कार।
10Salute Apelles, approved in Christ. Salute those who belong to Aristobulus.
11हेरोदियनलाई नमस्कार, उनी मेरा कुटुम्ब हुन्। र्नसिसस परिवारलाई पनि नमस्कार जो प्रभूमा छन्।
11Salute Herodion, my kinsman. Salute those who belong to Narcissus, who are in [the] Lord.
12त्रिफेना र त्रिफोसालाई पनि नमस्कार। ती नारीहरू प्रभुमा खुबै खटेका छन्। मेरा प्रिय मित्र परसीसलाई पनि नमस्कार। उनी पनि प्रभुमा खुब खटिन्।
12Salute Tryphaena and Tryphosa, who labour in [the] Lord. Salute Persis, the beloved, who has laboured much in [the] Lord.
13रूफसलाई पनि नमस्कार। उनी प्रभुमा विशेष मानिस हुन्। उनकी आमालाई पनि नमस्कार। उनी मेरी पनि आमा हुन्।
13Salute Rufus, chosen in [the] Lord; and his mother and mine.
14असिंक्रितस, पलेगन, हर्मस, पत्रोबास अनि ख्रीष्टमा भएका सबै दाज्यु-भाइ दिदी-बहिनीहरूलाई पनि नमस्कार।
14Salute Asyncritus, Phlegon, Hermes, Patrobas, Hermas, and the brethren with them.
15फिलोलोगस र जुलिया, नेरियस र उनकी बहिनी ओलिम्पासलाई नमस्कार। अनि उनीहरूसँग भएका सबै विश्वासीहरूलाई नमस्कार।
15Salute Philologus, and Julia, Nereus, and his sister, and Olympas, and all the saints with them.
16जब तिमीहरू भेट हुन्छौ एक अर्कालाई, पवित्र चुम्बनद्वारा अभिवादन गर। ख्रीष्टका सम्पूर्ण मण्डलीहरू तिमीहरूलाई अभिवादन चढाउँछन्।
16Salute one another with a holy kiss. All the assemblies of Christ salute you.
17दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, परस्परमा फूट ल्याउनेहरूसँग होशियार बस। अरूहरूको विश्वासमा बाधा ल्याउनेहरूसँग पनि होशियार बस। तिमीहरूले पाएको शिक्षाको उल्टो तिनीहरूले सिकाउँछन्। ती मानिसहरूबाट अलग बस।
17But I beseech you, brethren, to consider those who create divisions and occasions of falling, contrary to the doctrine which *ye* have learnt, and turn away from them.
18त्यस किसिमका मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्। तिनीहरू आफ्नै खाँचोको निम्ति मात्र काम गर्दछन्। सीधा-साधाहरूलाई ती आफ्ना चिप्लो कुरा र खुशामदीले मूर्ख बनाउँदछन्।
18For such serve not our Lord Christ, but their own belly, and by good words and fair speeches deceive the hearts of the unsuspecting.
19सबै विश्वासीहरू जान्दछन् कि तिमीहरूले परमेश्वरको आज्ञा पालन गर्दछौ। त्यही कारणले गर्दा म तिमीहरूसँग अत्यन्त खुशी छु। तर म चाहन्छु असल कुरामा तिमीहरू बुद्धिमानी बनिनुपर्छ। अनि दुष्ट कुरामा तिमीहरू अबोध बनिनुपर्छ भन्ने म चाहन्छु।
19For your obedience has reached to all. I rejoice therefore as it regards you; but I wish you to be wise [as] to that which is good, and simple [as] to evil.
20परमेश्वर जसले शान्ति ल्याउनु हुन्छ उहाँले शैतानलाई चाँडै हराउनु हुनेछ र उहाँले तिमीहरूलाई त्यसमाथि शक्ति प्रदान गर्नु हुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूलाई होस्।
20But the God of peace shall bruise Satan under your feet shortly. The grace of our Lord Jesus Christ [be] with you.
21तिमोथी, मेरा सहकर्मीले तिमीहरूलाई नमस्कार चढाउँदछन्। लुसियस, यासोन, अनि सोसिपेटरले (जो मेरा आफन्तहरू हुन्) पनि तिमीहरूलाई नमस्कार पठाउँदछन्।
21Timotheus, my fellow-workman, and Lucius, and Jason, and Sosipater, my kinsmen, salute you.
22म र्ततियस हुँ, पावलले जे बोले ती कुराहरू म लेख्दैछु। अनि परमप्रभुमा म तिमीहरूलाई नमस्कार गर्दछु।
22I Tertius, who have written this epistle, salute you in [the] Lord.
23गायसले यहाँ मलाई साथै सम्पूर्ण मण्डलीलाई आफ्नो घर चालउनु दिइराखेका छन्। उनले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्तस अनि हाम्रा भाइ क्वार्टसले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्टस यस शहरका खजाञ्ची हुन्।
23Gaius, my host and of the whole assembly, salutes you. Erastus, the steward of the city, salutes you, and the brother Quartus.
24[This verse may not be a part of this translation]
24The grace of our Lord Jesus Christ [be] with you all. Amen.
25परमेश्वरको महिमा होस्। परमेश्वरले मात्र तिमीहरूका विश्वासलाई बलियो पार्न सक्नु हुन्छ। उहाँले सुसमाचारको प्रयोग गर्नुसक्नु हुन्छ जुन म तिमीहरूको विश्वास दरिलो बनाउन प्रचार गर्दछु। त्यो सुसमाचार जुन म प्रचार गर्छु त्यो येशू ख्रीष्टको बारेमा छ।
25Now to him that is able to establish you, according to my glad tidings and the preaching of Jesus Christ, according to [the] revelation of [the] mystery, as to which silence has been kept in [the] times of the ages,
26त्यो सुसमाचार गुप्त-सत्य जुन परमेश्वरले प्रकट गर्नुभयो। अनि त्यो गुप्त-सत्य अगमवक्ताहरूका लेखाईद्वारा हामीलाई ज्ञान गराइएकोछ। अनन्त परमेश्वरको आज्ञाले यो गुप्त-सत्य गैर-यहूदीहरूलाई ज्ञान गराइयो। यसले आज्ञाकारिता उत्पन्न गर्छ जुन विश्वासबाट आउँदछ।
26but [which] has now been made manifest, and by prophetic scriptures, according to commandment of the eternal God, made known for obedience of faith to all the nations --
27येशू ख्रीष्ट मार्फत एक मात्र सर्वज्ञानी परमेश्वरको महिमा होस्। आमिन।
27[the] only wise God, through Jesus Christ, to whom be glory for ever. Amen.