1तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें।
1And I lifted up mine eyes, and saw, and behold a man with a measuring line in his hand.
2मैले उसलाई सोधें, “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” उसले मलाई उत्तर दिए, “म यरूशलेम नाप्न जाँदैछु, त्यसको लम्बाई र चौंडाई कति छ?”
2And I said, Whither goest thou? And he said unto me, To measure Jerusalem, to see what is the breadth thereof, and what is the length thereof.
3त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए।
3And behold, the angel that talked with me went forth; and another angel went forth to meet him,
4उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन् ‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ। किनभने त्यहाँ असंख्य मानिसहरु र पशुहरु बस्छन्।’
4and said unto him, Run, speak to this young man, saying, Jerusalem shall be inhabited as towns without walls for the multitude of men and cattle therein;
5परमप्रभु भन्नुहुन्छ, ‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु, म तिमीहरुको महिमा हुनेछु।”‘
5and I, saith Jehovah, I will be unto her a wall of fire round about, and will be the glory in the midst of her.
6परमप्रभु भन्हुन्छ, “छिट्टो उठ! अनि उत्तर देश छोड जहाँ मैले तिमीहरुलाई सबै देशहरुमा छरपष्ट पारें।”
6Ho, ho! flee from the land of the north, saith Jehovah; for I have scattered you abroad as the four winds of the heavens, saith Jehovah.
7हे सियोनका मानिसहरु! जो बाबेलमा कैदीछौ, “दगुर।”
7Ho! escape, Zion, that dwellest with the daughter of Babylon.
8सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो। उहाँले मलाई त्यस देशको बिरुद्ध पठाउँनु भएको छ जसले तिमीलाई लगे। किनभने यदि उसले तिमीलाई चोट पुरायो भने परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।
8For thus saith Jehovah of hosts: After the glory, hath he sent me unto the nations that made you a spoil; for he that toucheth you toucheth the apple of his eye.
9अनि म ती मानिसहरुको बिरूद्ध अफ्नो हातहरु उठाउँछु। तिनीहरुका दासहरुले सम्पत्ति लिनेछन्। तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई यहाँ पठाउँनु भएको हो।”
9For behold, I will shake my hand upon them, and they shall become a spoil to those that served them: and ye shall know that Jehovah of hosts hath sent me.
10परमप्रभु भन्नुहुन्छ, “आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन। किन? किनकि म आउँदैछु अनि तिमीहरुको बिचमा रहनेछु।
10Sing aloud and rejoice, daughter of Zion; for behold, I come, and I will dwell in the midst of thee, saith Jehovah.
11त्यससमय धेरै जातिका मानिसहरु परमप्रभु कहाँ आउँनेछन्, अनि तिनीहरु मेरा मानिस हुनेछन्। म तिमीहरुको बीचमा बस्नेछु। अनि तिमीहरुले जान्नेछौ कि सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरुकहाँ पठाउनु भएको हो।”
11And many nations shall join themselves to Jehovah in that day, and shall be unto me for a people; and I will dwell in the midst of thee, and thou shalt know that Jehovah of hosts hath sent me unto thee.
12परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ, अनि यहूदाको पवित्र भूमि उहाँको भाग हुनेछ।
12And Jehovah shall inherit Judah [as] his portion in the holy land, and shall yet choose Jerusalem.
13तिमी सबै मानिसहरु परमप्रभुको सामुन्ने चूपचाप बस! आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउँनु हुँदैछ। प्रधान पूजाहारीको बारेमा दर्शन्
13Let all flesh be silent before Jehovah; for he is risen up out of his holy habitation.