1यो वचन परमप्रभुद्वारा सपन्याहलाई प्राप्त भयो। सपन्याहले यो वचन जुन बेला प्राप्त गरे त्यस बेला अमोनको छोरा योशियाह यहूदाका राजा थिए। सपन्याह कूशीका छोरा थिए। कूशी गदल्याहका छोरा थिए। गदल्याह अमर्याहका छोरा थिए। अमर्याह हिजकियाहका छोरा थिए।
1The word of Jehovah that came unto Zephaniah the son of Cushi, the son of Gedaliah, the son of Amariah, the son of Hezekiah, in the days of Josiah the son of Amon, king of Judah.
2परमप्रभु भन्नुहुन्छु, “म पृथ्वीका प्रत्येक चीज नष्ट गरिदिन्छु।
2I will utterly take away everything from off the face of the ground, saith Jehovah:
3म सबै मानिसहरू अनि सबै पशुहरूलाई नष्ट पार्नेछु। म आकाशमा उडने चराहरू अनि समुद्रका सबै माछालाई नष्ट गरिदिन्छु। दुष्ट मानिसहरू र सबै कुराहरू नष्ट गरिदिनेछु जसले तिनीहरूलाई पाप गराउँछ। यो पृथ्वीबाट मानिसहरूको अस्तित्व नै मेटाई दिनेछु,” परमप्रभुले भन्नुभयो।
3I will take away man and beast; I will take away the fowl of the heavens and the fishes of the sea, and the stumbling-blocks with the wicked, and I will cut off mankind from off the face of the ground, saith Jehovah.
4परमप्रभु भन्नुहुन्छ, “म यरूशलेम अनि यहूदाका बासिन्दाहरूलाई दण्ड दिनेछु! म ती सबै चीजहरू त्यस स्थानबाट हटाउँनेछु। म बाल पूज्ने अन्तिम चिन्ह हटाउँनेछु। म पूजारीहरूलाई हटाई दिनेछु अनि ती मानिसहरू जसले नक्षत्रहरू पूज्नलाई तिनीहरूको घरको छाना माथि जान्छन्।
4And I will stretch forth my hand upon Judah, and upon all the inhabitants of Jerusalem; and I will cut off the remnant of Baal from this place, the name of the Chemarim with the priests;
5मानिसहरूले ती झूटा पूजाहारीहरूलाई बिर्सनेछन्। कतिले भन्ने छन् तिनीहरूले मेरो पूजा गर्थे भनेर, तर तिनीहरूले मेरो पूजा गर्ने प्रतिज्ञा गरे ता पनि अब तिनीहरूले झूटो देवता मल्कामको पूजा गर्न थाले। यसकारण म तिनीहरूलाई त्यो स्थानबाट हटाउँछु।
5and them that bow down to the host of the heavens upon the housetops; and them that bow down to Jehovah, that swear by [him], and swear by Malcham;
6कतिपय मानिसहरू परमप्रभुबाट टाडिए। तिनीहरूले परमप्रभुको अनुसरण गर्न छोडे। तिनीहरूले परमप्रभु संग सहायता माग्न पनि छोडे। यसकारण म तिनीहरूलाई त्यस स्थानबाट हटाउँनेछु।”
6and them that turn back from after Jehovah, and that do not seek Jehovah, nor inquire for him.
7मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किन? किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।
7Be silent at the presence of the Lord Jehovah; for the day of Jehovah is at hand; for Jehovah hath prepared a sacrifice, he hath hallowed his guests.
8परमप्रभु भन्नुहुन्छ, “परमप्रभुको बलिदानको दिन, म राजाका छोराहरू अनि अन्य भारादारहरूलाई दण्ड दिनेछु। म अरू देशको लुगा लगाउँने सबै मानिसहरूलाई पनि दण्ड दिनेछु।
8And it shall come to pass in the day of Jehovah's sacrifice, that I will punish the princes, and the king's sons, and all such as are clothed with foreign apparel.
9त्यसदिन म त्यो सँघारमाथि उफ्रने सबै मानिसहरूलाई दण्ड दिनेछु, अनि ती जसले तिनीहरूका स्वामीको घर झूटो अनि हिंसाले भरि दिन्छन्।”
9And in that day will I punish all those that leap over the threshold, who fill their master's house with violence and deceit.
10परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ।
10And in that day, saith Jehovah, there shall be the noise of a cry from the fish-gate, and a howling from the second [quarter], and a great crashing from the hills.
11शहरको तल्लो भागमा बस्ने मानिसहरू पनि चिच्याउनेछन्। किन? किनकि व्यापारीहरू अनि धनी व्यापारी नष्ट हुनेछन्।
11Howl, ye inhabitants of Maktesh; for all the people of Canaan are cut down, all they that are laden with silver are cut off.
12“त्यस समय, म एउटा लिएर यरूशलेममा गएर खोज्नेछु। म ती सबैलाई खोज्नेछु जो आफ्नो तरीकाले बाँच्नमा सन्तुष्ट छन्। उनीहरू भन्छन्, ‘परमप्रभुले केही गर्नुहुन्न। उहाँले न त सहायता नै गर्नु हुन्छ न चोट नै पुर्याउनु हुन्छ।’ म तिनीहरूको खोजि गर्नेछु, उहाँले ती सबैलाई दण्ड दिनु हुन्छ।
12And it shall come to pass at that time, [that] I will search Jerusalem with lamps, and punish the men that are settled on their lees, that say in their heart, Jehovah will not do good, neither will he do evil.
13तब तिनीहरूको सबै सम्पत्ति लुटिनेछन्, अनि घरहरू नष्ट हुनेछन्। तिनीहरूले घर बनाए तापनि त्यसमा बस्न पाउँने छैनन्। तिनीहरूले दाखको बोट रोपे पनि त्यसको दाखरस खान पाउने छैनन्।”
13And their wealth shall become a booty, and their houses a desolation; and they shall build houses, and not inhabit them; and they shall plant vineyards, and not drink the wine thereof.
14परमप्रभुको न्यायको दिन चाँडै आउँदैछ। त्यो दिन नजिकै छ र झट्टै आउँदैछ। परमप्रभुको न्यायको विशेष दिनमा मानिसहरूको रूवाबासीको आवाज सुनिने छ। यहाँ सम्म कि वीर योद्धाहरू पनि रूनेछन्।
14The great day of Jehovah is near, it is near, and hasteth greatly. The voice of the day of Jehovah: the mighty man shall cry there bitterly.
15त्यसदिन परमेश्वरले उहाँको क्रोध प्रकट गर्नु हुनेछ। यो अत्यन्तै दुःखको दिन हुनेछ, यो विध्वंसको दिन हुनेछ। यो अँध्यारो र विरक्तको दिन हुनेछ। यो एउटा कालो, अँध्यारो, धुमिएको अनि आँधी चलिरहेका दिन हुनेछ।
15That day is a day of wrath, a day of trouble and distress, a day of ruin and desolation, a day of darkness and gloom, a day of clouds and gross darkness,
16यो युद्धको समय जस्तो हुनेछ, जब मानिसहरूले सींङहरू अनि तुरहीहरूको आवाज सुरक्षित किल्लाहरू अनि सुरक्षित शहरहरूमा सुन्नेछन्।
16a day of the trumpet and alarm, against the fenced cities and against the high battlements.
17परमप्रभु भन्नुहुन्छ, “म मानिसहरूको जीवन संकटमय बनाई दिनेछु। मानिसहरू अन्धा जस्तै जता ततै जानेछन् तिनीहरूकहाँ गइरहेकाछन् तिनीहरू आफै जान्ने छैनन्। किन? किनभने मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरेकाछन्। धेरै मानिसहरू मारिने छन्। तिनीहरूको रगत जमीनमा बग्नेछ अनि लाश गोबर जस्तै जमीनमा छरिएर सडनेछ।
17And I will bring distress upon men, and they shall walk like blind men; for they have sinned against Jehovah; and their blood shall be poured out as dust, and their flesh as dung:
18जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”
18their silver and their gold shall not be able to deliver them, in the day of Jehovah's wrath; but the whole land shall be devoured by the fire of his jealousy: for a full end, yea, a sudden [end], shall he make of all them that dwell in the land.