1राजा हिजकियाहले इस्राएल अनि यहूदाका समस्त मानिसहरूलाई खबर पठाए। तिनले एप्रैम अनि मनश्शेका मानिसहरूलाई पनि पत्रहरू लेखे। हिजकियाहले ती सबै मानिसहरूलाई परमप्रभुको मन्दिरमा यरूशलेम आउनु भनी निमन्त्रण गरे, ताकि परमप्रभु इस्राएलका परमेश्वरका निम्ति तिनीहरू सबैले निस्तार चाड मनाउन सकून्।
1ヒゼキヤはイスラエルとユダにあまねく人をつかわし、また手紙をエフライムとマナセに書き送り、エルサレムにある主の宮に来て、イスラエルの神、主に過越の祭を行うように勧めた。
2उसका सबै अधिकारीहरू अनि यरूशलेमका मानिसहरूले निस्तार पर्व दोस्रो महीना गरिने कुरामा राजा हिजकियाह सहमत भए।
2王はすでにつかさたちおよびエルサレムにおる全会衆に計って、二月に過越の祭を行うことを定めた。
3तिनीहरूले निस्तार उत्सव नियमित समयमा मनाउन सकेनन्। किन? किनभने पूजाहारीहरू पर्याप्त संख्यामा स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारेका थिएनन्। अनि अर्को कारण हो मानिसहरू यरूशलेममा भेला भएका थिएनन्।
3――これは身を清めた祭司の数が足らず、民もまた、エルサレムに集まらなかったので、正月にこれを行うことができなかったからである――
4त्यो सहमतीले राजा हिजकियाह अनि सम्पूर्ण सभालाई सन्तुष्ट तुल्यायो।
4この事が、王にも全会衆にも良かったので、
5यसर्थ तिनीहरूले इस्राएलका चारैतिर, बेर्शेवा शहरदेखि दान शहरसम्म एउटा घोषणा गरे। तिनीहरूले मानिसहरूलाई परमप्रभु इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउनु भनी भने। इस्राएलका मानिसहरूको एक विशाल समूहले निस्तार चाड लामो समय अघि देखि त्यस प्रकारले मनाउन पाएका थिएनन् जुन प्रकारले मोशाको व्यवस्थाले यसलाई मनाउनु भनेका थिए।
5この事を定めて、ベエルシバからダンまでイスラエルにあまねくふれ示し、エルサレムに来て、イスラエルの神、主に過越の祭を行うことを勧めた。これはしるされているように、これを行う者が多くなかったゆえである。
6यसर्थ संन्देश बाहकहरू राजा अनि अधिकारीहरू राजाले आज्ञा गरे झैं पत्रहरू लिएर इस्राएल अनि यहूदा भरि गए। ती पत्रहरूमा यस्तो भनिएको थियोः इस्राएलका छोरा-छोरीहरू, परमप्रभु, परमेश्वर तर्फ फर्केर आऊ जसका आज्ञा अब्राहाम, इसहाक अनि इस्राएलले पालन गर्दथे। तब परमेश्वरका मानिसहरू तिमीहरू जो अझ सम्म जीवित छौ अनि अश्शूरका राजाको अधिकारबाट उम्केका छौ। तिमीहरू कहाँ परमेश्वर फर्की आउनु हुनेछ।
6そこで飛脚たちは、王とそのつかさたちから受けた手紙をもって、イスラエルとユダをあまねく行き巡り、王の命を伝えて言った、「イスラエルの人々よ、あなたがたはアブラハム、イサク、イスラエルの神、主に立ち返りなさい。そうすれば主は、アッスリヤの王たちの手からのがれた残りのあなたがたに、帰られるでしょう。
7तिमीहरू आफ्ना पिताहरू अनि दाज्यू-भाइहरू जस्तो नहोओ। परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्थ्यो, तर तिनीहरू उहाँको विरूद्ध फर्के यसर्थ परमप्रभुले मानिसहरूलाई तिनीहरू प्रति तिरस्कार गर्ने अनि तिनीहरूको बारेमा नराम्रो भन्ने बनाइदिनु भयो। तिमीहरू तिमीहरूका आफ्नै आँखाले देख्न सक्छौ कि यो साँचो हो।
7あなたがたの父たちおよび兄弟たちのようになってはならない。彼らはその先祖たちの神、主にむかって罪を犯したので、あなたがたの見るように主は彼らを滅びに渡されたのです。
8तिमीहरूका पुर्खाहरू जस्तै तिमीहरू ढीठ नबन। तर साँचो हृदयले परमप्रभुको आज्ञा पालन गर। सर्वाधिक पवित्र स्थानमा आऊ। परमप्रभुले महा पवित्र स्थानलाई संधैका निम्ति पवित्र तुल्याउनु भएको छ। परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। तब परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूबाट टाढा फर्कने छ।
8あなたがたの父たちのように強情にならないで、主に帰服し、主がとこしえに聖別された聖所に入り、あなたがたの神、主に仕えなさい。そうすれば、その激しい怒りがあなたがたを離れるでしょう。
9यदि तिमीहरू फर्की आयौ भने अनि परमप्रभुको आज्ञा पालन गर्यौ भने, तब तिम्रा आफन्तहरू अनि तिम्रा केटा केटीहरूले ती मानिसहरूबाट दया पाउने छन् जसले तिनीहरूलाई कैद गरे। अनि तिम्रा आफन्तहरू अनि तिम्रो केटा-केटीहरू यो देशमा फर्की आउने छन्। परमप्रभु तिम्रा परमेश्वर दयालु अनि कृपालु हुनुहुन्छ। उहाँ तिमीहरूबाट टाढा फर्कनु हुने छैन यदि तिमीहरू उहाँ कहाँ फर्की आयौ भने।
9もしあなたがたが主に立ち返るならば、あなたがたの兄弟および子供は、これを捕えていった者の前にあわれみを得て、この国に帰ることができるでしょう。あなたがたの神、主は恵みあり、あわれみある方であられるゆえ、あなたがたが彼に立ち返るならば、顔をあなたがたにそむけられることはありません」。
10संन्देश वाहकहरू एप्रैम अनि मनश्शेका क्षेत्रका प्रत्येक शहरमा गए। तिनीहरू जबूलून क्षेत्र सम्म गए। तर मानिसहरू ती दूतहरू प्रति हाँसे अनि तिनीहरूको खिल्ली उडाए।
10このように飛脚たちは、エフライムとマナセの国にはいって、町から町に行き巡り、ついに、ゼブルンまで行ったが、人々はこれをあざけり笑った。
11तर, आशेर, मनश्शे अनि जबूलूनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए।
11ただしアセル、マナセ、ゼブルンのうちには身を低くして、エルサレムにきた人々もあった。
12यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई संगठित तुल्याए जस द्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।
12またユダにおいては神の手が人々に一つ心を与えて、王とつかさたちが主の言葉によって命じたことを行わせた。
13धेरै मानिसहरू दोस्रो महीनामा अखमीरे रोटीको चाड मनाउनका निम्ति यरूशलेममा साथ आए। यो एउटा अत्यन्त विशाल भीड थियो।
13こうして二月になって、多くの民は、種入れぬパンの祭を行うためエルサレムに集まったが、非常に大きな会衆であった。
14ती मानिसहरूले यरूशलेमका वेदीहरू निकाले जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले सबै धूप वेदीहरू पनि हटाए जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले ती वेदीहरूलाई किद्राने बेंसीमा फ्याँकि दिए।
14彼らは立ってエルサレムにあるもろもろの祭壇を取り除き、またすべての香をたく祭壇を取り除いてキデロン川に投げすて、
15त्यस पछि तिनीहरूले दोस्रो महीनाको चौदौं दिनमा निस्तार चाडको थुमाको पाठा मारे। पूजाहारी अनि लेवीहरू लज्जित भए। तिनीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार गरे। पूजाहारी अनि लेवीहरूले परमप्रभुको मन्दिर भित्र होमबलिहरू ल्याए।
15二月の十四日に過越の小羊をほふった。そこで祭司たちおよびレビびとはみずから恥じ、身を清めて主の宮に燔祭を携えて来た。
16तिनीहरूले मोशा, परमेश्वरको व्यक्तिका व्यवस्थामा भनिएको जस्तै प्रकारले मन्दिरमा आफ्ना नियमित स्थानहरू लिए। लेवीहरूले रगत पूजाहारीहरूलाई दिए। तब पूजाहारीहरूले रगतलाई वेदीमा छर्कि दिए।
16彼らは神の人モーセの律法に従い、いつものようにその所に立ち、祭司たちは、レビびとの手から血を受けて注いだ。
17त्यहाँ समूहमा धेरै मानिसहरू थिए जसले स्वयंलाई पवित्र सेवाका निम्ति तयार राखेका थिएनन्, यसर्थ तिनीहरूलाई निस्तार चाडको थुमाको पाठालाई मार्ने अनुमति थिएन। त्यसै कारणले हरेक व्यक्तिका निम्ति, जो शुद्ध थिएन, निस्तार चाडको थुमाको पाठालाई मार्ने जिम्ममा लेवीहरू थियो। लेवीहरूले प्रत्येक थुमाका पाठालाई परमप्रभुका निम्ति पवित्र बनाए।
17時に、会衆のうちにまだ身を清めていない者が多かったので、レビびとはその清くないすべての人々に代って過越の小羊をほふり、主に清めてささげた。
18[This verse may not be a part of this translation]
18多くの民すなわちエフライム、マナセ、イッサカル、ゼブルンからきた多くの者はまだ身を清めていないのに、書きしるされたとおりにしないで過越の物を食べた。それでヒゼキヤは、彼らのために祈って言った、「恵みふかき主よ、彼らをゆるしてください。
19[This verse may not be a part of this translation]
19彼らは聖所の清めの規定どおりにしなかったけれども、その心を傾けて神を求め、その先祖の神、主を求めたのです」。
20परमप्रभुले राजा हिजकियाहको प्रार्थना सुनिदिनु भयो। परमप्रभुले मानिसहरूलाई क्षमा प्रदान गर्नु भयो।
20主はヒゼキヤに聞いて、民をいやされた。
21यरूशलेममा इस्राएलका केटा-केटीहरूले अखमिरी रोटीको उत्सव सात दिन सम्म मनाए। तिनीहरू अत्यन्त प्रसन्न थिए। लेवी अनि पूजाहारीहरूले आफ्ना पूरा शक्ति लाएर प्रतिदिन परमप्रभुको स्तुति गरे।
21そこでエルサレムに来ていたイスラエルの人々は大いなる喜びをいだいて、七日のあいだ種入れぬパンの祭を行った。またレビびとと祭司たちは日々に主をさんびし、力をつくして主をたたえた。
22राजा हिजकियाहले ती सबै लेवीहरूलाई उत्साह दिए जसले परमप्रभुको सेवा कसरी गर्नु पर्छ सो राम्रोसित जान्दथे। मानिसहरूले त्यो उत्सव सात दिनसम्म मनाए अनि मेलबलि अर्पण गरे। तिनीहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरलाई धन्यवाद चढाए अनि स्तुति गरे।
22そしてヒゼキヤは主の勤めによく通じているすべてのレビびとを深くねぎらった。こうして人々は酬恩祭の犠牲をささげ、その先祖の神、主に感謝して、七日のあいだ祭の供え物を食べた。
23समस्त मानिसहरू अझ सात दिन बस्न सहमत भए। तिनीहरूले निस्तार चाड अझ सात दिन मनाउदा तिनीहरू अति प्रसन्न रहे।
23なお全会衆は相はかって、さらに七日のあいだ祭を守ることを定め、喜びをもってまた七日のあいだ守った。
24हिजकियाह, यहूदाका राजाले 1,000 गोरूहरू अनि 7,000 भेडाहरू मार्नु र खानु भनी सभालाई दिए। प्रमुखहरूले 1,000 गोरूहरू अनि 10,000 भेंडाहरू सभालाई दिए। धेरै पूजाहारीहरूले तिनीहरू स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे।
24時にユダの王ヒゼキヤは雄牛一千頭、羊七千頭を会衆に贈り、また、つかさたちは雄牛一千頭、羊一万頭を会衆に贈った。祭司もまた多く身を清めた。
25यहूदाका सम्पूर्ण सभा, पूजाहारीहरू, लेवीहरू, सम्पूर्ण सभा जो इस्राएलबाट आएका थिए अनि यात्रीहरू जो इस्राएलबाट आएर यहूदामा पुगेका थिए।ती सबै मानिसहरू अत्यन्त प्रसन्न थिए।
25ユダの全会衆および祭司、レビびと、ならびにイスラエルからきた全会衆、およびイスラエルの地からきた他国人と、ユダに住む他国人は皆喜んだ。
26यसरी यरूशलेममा अति ठूलो रमाहट थियो। यस किसिमको समारोह जस्तो इस्राएलका राजा दाऊदका छोरा सुलेमानको समय देखि यता अरू कुनै कुरा भएको थिएन।
26このようにエルサレムに大いなる喜びがあった。イスラエルの王ダビデの子ソロモンの時からこのかた、このような事はエルサレムになかった。このとき祭司たちとレビびとは立って、民を祝福したが、その声は聞かれ、その祈は主の聖なるすみかである天に達した。
27पूजाहारीहरू अनि लेवीहरू उभिए अनि मानिसहरूलाई आशीर्वाद दिनु भनी परमप्रभु सित प्रार्थना गरे। परमेश्वरले तिनीहरूका प्रार्थना सुनिदिनु भयो। तिनीहरूको प्रार्थना स्वर्गमा परमप्रभुको पवित्र मन्दिर सम्म पुग्यो।
27このとき祭司たちとレビびとは立って、民を祝福したが、その声は聞かれ、その祈は主の聖なるすみかである天に達した。