1तब, परमप्रभुको मन्दिरका निम्ति सुलेमानले गरेका सम्पूर्ण कार्य पूर्ण भए। सुलेमानले सबै चीजहरू ल्याए जो तिनका पिता दाऊदले मन्दिरका निम्ति दिएका थिए। सुलेमानले सुन चाँदीका सबै चीजहरू अनि सजाउने सबै वस्तुहरू ल्याए। सुलेमानले ती सबै चीज बीजहरू परमेश्वरको मन्दिरका कोष-कक्षमा राखे।
1こうしてソロモンは主の宮のためにしたすべての工事を終った。そしてソロモンは父ダビデがささげた物、すなわち金銀およびもろもろの器物を携えて行って神の宮の宝蔵に納めた。
2सुलेमानले इस्राएलका सबै अग्रज अनि कुल समूहका प्रधानहरूलाई यरूशलेममा एक साथ भेट गर्ने आदेश दिए। (यी मानिसहरू इस्राएलका परिवारहरूका प्रधानहरूका प्रमुखहरू थिए।) सुलेमानले यसो गरे जसमा कि लेवीहरूले परमप्रभुको करारको सन्दूक दाऊदको शहर सियोनबाट मन्दिर सम्म ल्याउन सकोस्।
2ソロモンは主の契約の箱をダビデの町シオンからかつぎ上ろうとして、イスラエルの長老たちと、すべての部族のかしらたちと、イスラエルの人々の氏族の長たちをエルサレムに召し集めた。
3इस्राएलका सबै मानिसहरू झूप्रो-बासको चाडको समयमा राजा सुलेमानको समक्षमा एकसाथ भेला भए। यो उत्सव सातौं महीनामा मनाइन्थ्यो।
3イスラエルの人々は皆七月の祭に王のもとに集まった。
4जब इस्राएलका सबै अग्रजहरू आइपुगे, लेवीहरूले करारको सन्दूक उठाए।
4イスラエルの長老たちが皆きたので、レビびとたちは箱を取り上げた。
5तब पूजाहारी अनि लेवीहरूले करारको सन्दूक बोकेर यरूशलेममा लगे। तिनीहरूले भेट हुने पाल अनि त्यसमा भएका सबै पवित्र बस्तुहरू पनि यरूशलेममा ल्याए।
5彼らは箱と、会見の幕屋と、幕屋にあるすべて聖なる器をかつぎ上った。すなわち祭司とレビびとがこれらの物をかつぎ上った。
6राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले करारको सन्दूक अघि भेटे। राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले भेडा अनि गोरूहरूका बलि चढाए। भेंडा अनि गोरूहरू यति विघ्नथिए कि कुनै व्यक्तिले ती गिन्ती गर्न सकेनन्।
6ソロモン王および彼のもとに集まったイスラエルの会衆は皆箱の前で羊と牛をささげたが、その数が多くて、調べることも数えることもできなかった。
7त्यसपछि पूजाहारीहरूले परमप्रभुको करारको सन्दूक त्यसका निम्ति तयार पारिएका स्थानमा ल्याए। त्यो स्थान मन्दिर भित्रको महापवित्र स्थान थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूका पंखेटा मुनि राखियो।
7こうして祭司たちは主の契約の箱をその場所にかつぎ入れ、宮の本殿である至聖所のうちのケルビムの翼の下に置いた。
8करूब स्वर्गदूतहरूले तिनीहरूका पंखेटाहरू त्यस स्थान माथि फैलाएका थिए जहाँ करारको सन्दूक थियो। करूब स्वर्गदूतहरूले करारको सन्दूकलाई ढाकेका थिए र सन्दूक बोक्न प्रयोग गरिएका डन्डामाथि खडा थिए।
8ケルビムは翼を箱の所の上に伸べていたので、ケルビムは上から箱とそのさおをおおった。
9ती डन्डाहरू यति लामा थिए कि तिनीहरूको टुप्पो महा पवित्र स्थानको सामुन्नेबाट नै देख्न सकिन्थ्यो। तर कुनै व्यक्तिले पनि ती डंण्डाहरूलाई मन्दिरको बाहिरबाट देख्न सक्तैन थियो। ती डंण्डाहरू आज सम्म पनि त्यहीं छन्।
9さおは長かったので、さおの端が本殿の前の聖所から見えた。しかし外部には見えなかった。さおは今日までそこにある。
10करारको सन्दूकमा दुई फलाकहरू बाहेक अरू केही थिएन। मोशाले ती दुइ फलाकलाई होरेब पहाडमा करारको सन्दूकभित्र राखेका थिए। होरेब त्यो स्थान हो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसित करार गर्नु भएको थियो। इस्राएलका मानिसहरू मिश्रदेशबाट बाहिर भए पछि त्यो कुरा घटेको थियो।
10箱の内には二枚の板のほか何もなかった。これはイスラエルの人々がエジプトから出て来たとき、主が彼らと契約を結ばれ、モーセがホレブでそれを納めたものである。
11त्यहाँ भएका सबै पूजाहारीहरूले स्वयंलाई पवित्र तुल्याउने रीति सम्पन्न गरे। तब, पूजाहारीहरू पवित्र स्थानको बाहिर आए, तिनीहरू एकै साथ उभिए, तर तिनीहरूको विशेष समूहमा होइन।
11そして祭司たちが聖所から出たとき(ここにいた祭司たちは皆、その組の順にかかわらず身を清めた。
12लेवी गायकहरू वेदीका पूर्वतर्फ उभीए। आसाप, हेमान अनि यदूतूनका सबै गायक समूहहरू त्यहां थिए। तिनीहरूका छोरा अनि आफन्तहरू पनि त्यहाँ थिए। ती लेवी गायकहरू सेतो मलमलका पोशाकमा थिए। तिनीहरू सित झ्याम्टा, वीणा र सारङ्गीहरू थिए। त्यहाँ 120 पूजाहारीहरू ती लेवी गायकहरू साथ थिए। ती 120 पूजाहारीहरूले तुरही बजाए।
12またレビびとの歌うたう者、すなわちアサフ、ヘマン、エドトンおよび彼らの子たちと兄弟たちはみな亜麻布を着、シンバルと、立琴と、琴をとって祭壇の東に立ち、百二十人の祭司は彼らと一緒に立ってラッパを吹いた。
13मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट ठूलो आवाज निकाले। तिनीहरूले “परमप्रभुको स्तुति गरे किनभने उहाँ असल हुनुहुन्छ। उहाँको सत्य प्रेम सदा सर्वदा रहि रहन्छ” भनी गीत गाए। तब परमप्रभुको मन्दिर बादलले भरियो।
13ラッパ吹く者と歌うたう者とは、ひとりのように声を合わせて主をほめ、感謝した)、そして彼らがラッパと、シンバルとその他の楽器をもって声をふりあげ、主をほめて「主は恵みあり、そのあわれみはとこしえに絶えることがない」と言ったとき、雲はその宮すなわち主の宮に満ちた。祭司たちは雲のゆえに立って勤めをすることができなかった。主の栄光が神の宮に満ちたからである。
14पूजाहारीहरूले सेवा कार्य चलाइ राख्न सकेनन् किनभने यो मन्दिर परमप्रभुको महिमाले बादलको रूपमा भरिएको थियो।
14祭司たちは雲のゆえに立って勤めをすることができなかった。主の栄光が神の宮に満ちたからである。