1यहूदाका राजा अमस्याहका छोरा अजर्याह इस्राएलका राजा यारोबामको शासन कालको सत्ताईसौं वर्षमा राजा भए।
1イスラエルの王ヤラベアムの第二十七年に、ユダの王アマジヤの子アザリヤが王となった。
2अजर्याह 16 वर्षका थिए जब उनले शासन गर्न शुरू गरे। उनले यरूशलेममा 52 वर्ष शासन गरे। अजर्याहकी आमाको नाउँ यकोल्याह थियो, उनी यरूशलेमकी थिइन,
2彼が王となった時は十六歳で、五十二年の間エルサレムで世を治めた。その母はエルサレムの出身で、名をエコリアといった。
3अजर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले उचित भन्नुभएको थियो, जस्तो उनका पिता अमस्याहले गरेका थिए। अजर्याहले उनका पिता अमस्याहले गरेको कार्यहरूनै अनुसरण गरे।
3彼は主の目にかなう事を行い、すべての事を父アマジヤが行ったようにおこなった。
4तर उनले अग्ला ठाउँहरू ध्वंस पारेनन्। मानिसहरू अझै ती पूजास्थलहरूमा बलिदानहरू धूपबलिहरू जलाउने गर्दथे।
4ただし高き所は除かなかったので、民はなおその高き所で犠牲をささげ、香をたいた。
5परमप्रभुले राजा अजर्याहलाई कोर लागेको रोगी बनाउनुभयो। उनी बाचुन्जेलसम्म कोरी भए। अजर्याह बेग्लै घरमा बस्ने गर्दथे। राजाका छोरा योताम राजाको महलको हेरचाह गर्दथे अनि मानिसहरू न्याय विचार गर्दथे।
5主が王を撃たれたので、その死ぬ日まで、らい病人となって、離れ家に住んだ。王の子ヨタムが家の事を管理し、国の民をさばいた。
6सबै कुराहरू जो अजर्याहले गरेका थिए, ‘यहूदाका राजाहरूका इतिहासमा’ लेखिएको छ।
6アザリヤのその他の事績と、彼がしたすべての事は、ユダの王の歴代志の書にしるされているではないか。
7अजर्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडियो। अजर्याहका छोरा योताम उनीपछि, नयाँ राजा भए।
7アザリヤはその先祖たちと共に眠ったので、彼をダビデの町にその先祖たちと共に葬った。その子ヨタムが代って王となった。
8यारोबामका छोरा जकर्याहले इस्राएलको सामरियामा छ महीना शासन गरे। यो समय यहूदाका राजा अजर्याहको शासनकालको अड्तीसौं वर्ष थियो।
8ユダの王アザリヤの第三十八年にヤラベアムの子ゼカリヤがサマリヤでイスラエルの王となり、六か月世を治めた。
9जकर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले ती कामहरू गरे जो पुर्खाहरूले गरेका थिए। उनले नाबातका छोरा यारोबामले गरेको पापको काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो।
9彼はその先祖たちがおこなったように主の目の前に悪を行い、イスラエルに罪を犯させたネバテの子ヤラベアムの罪を離れなかった。
10याबेशका छोरा शल्लूमले जकर्याहको विरोधमा षड्यन्त्र गरे। शल्लूमले इबलियममा जकर्याहलाई मारे। शल्लूस उनीपछि नयाँ राजा भए।
10ヤベシの子シャルムが徒党を結んで彼に敵し、イブレアムで彼を撃ち殺し、彼に代って王となった。
11सबै अरू कामहरू जति जर्याहले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
11ゼカリヤのその他の事績は、イスラエルの王の歴代志の書にしるされている。
12यस प्रकार परमप्रभुको बचन साँच्चो भयो। परमप्रभुले येहूलाई भन्नुभएको थियो, उसको सन्तानका चार पुस्ताहरू इस्राएलका राजाहरू हुनेछन्।
12主はかつてエヒウに、「あなたの子孫は四代までイスラエルの位に座するであろう」と告げられたが、はたしてそのとおりになった。
13याबेशका छोरा शल्लूम यहूदाका राजा उज्जियाहको शासनकालको 39 औं वर्षमा इस्राएलका राजा भए। शल्लूमले सामरियामा एक महीना राज्य गरे।
13ヤベシの子シャルムはユダの王ウジヤの第三十九年に王となり、サマリヤで一か月世を治めた。
14गादीका छोरा मनहेम तिर्साबाट सामरियामा आए। मनहेमले याबेशका छोरा शल्लूमलाई मारे। तब उनीपछि, मनहेम नयाँ राजा भए।
14時にガデの子メナヘムがテルザからサマリヤに上ってきて、ヤベシの子シャルムをサマリヤで撃ち殺し、彼に代って王となった。
15शल्लूमले गरेका सबैकामहरू, जकर्याहलाई मार्ने उसको षड्यन्त्र समेत, ‘इस्राएलका राजाहरूको इतिहास भन्ने’ पुस्तकमा लेखिएको छ।
15シャルムのその他の事績と、彼が徒党を結んだ事は、イスラエルの王の歴代志の書にしるされている。
16शल्लूमको मृत्युपछि मनहेमले तिप्पूह र यसको वरिपरिको क्षेत्रलाई परास्त गरे। मानिसहरूले उनका लागि शहरकाद्वार खोल्न मानेनन् यसकारण मनहेमले तिनीहरूलाई परास्त गरे अनि शहरका सबै गर्भवती आइमाईहरूको गर्भ तुवाईदिए।
16その時メナヘムはテルザから進んでいって、タップアと、そのうちにいるすべての者、およびその領域を撃った。すなわち彼らが彼のために開かなかったので、これを撃って、そのうちの妊娠の女をことごとく引き裂いた。
17गादीका छोरा मनहेम यहूदाका राजा अजर्याहको शासन कालको 39 औं वर्षमा इस्राएलका राजा भए। सामरियामा मनहेमले दश वर्ष शासन गरे।
17ユダの王アザリヤの第三十九年に、ガデの子メナヘムはイスラエルの王となり、サマリヤで十年の間、世を治めた。
18मनहेमले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। मनहेमले नबातका छोरा यारोबामले गरे जस्तो पाप कामबन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।
18彼は主の目の前に悪を行い、イスラエルに罪を犯させたネバテの子ヤラベアムの罪を一生の間、離れなかった。
19अश्शूरका राजा पूल इस्राएलको विरूद्धमा युद्ध गर्न आए। मनहेमले पूललाई 1,000 तोडा चाँदी दिए, उनले यस्तो गरे जसले गर्दा उसको राज्य बलियो बनाउन पूलबाट सहायता पाउन्।
19時にアッスリヤの王プルが国に攻めてきたので、メナヘムは銀一千タラントをプルに与えた。これは彼がプルの助けを得て、国を自分の手のうちに強くするためであった。
20मनहेमले सबै धनी र शक्तिशाली मानिसहरूलाई कर दिन लगाएर धन संग्रह गरे। मनहेमले प्रत्येक मानिसबाट पचास शेकेल चाँदी कर लिए। त्यसपछि मनहेमले अश्शूरका राजालाई धन दिए। यस प्रकार अश्शूर त्यहाँबाट गए अनि इस्राएलमा बसेनन्।
20すなわちメナヘムはその銀をイスラエルのすべての富める者に課し、その人々におのおの銀五十シケルを出させてアッスリヤの王に与えた。こうしてアッスリヤの王は国にとどまらないで帰っていった。
21सबै कुराहरू जो मनहेमले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
21メナヘムのその他の事績と彼がしたすべての事は、イスラエルの王の歴代志の書にしるされているではないか。
22मनहेम मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनहेमका छोरा पकहिया उनीपछि नयाँ राजा भए।
22メナヘムは先祖たちと共に眠り、その子ペカヒヤが代って王となった。
23मनहेमका छोरा पकहीयाह यहूदाका राजा अजर्याहको शासनकालको 50 औं वर्षमा सामरियामा इस्राएलका राजा भए। पकहीयाहले दुई वर्ष शासन गरे।
23メナヘムの子ペカヒヤはユダの王アザリヤの第五十年に、サマリヤでイスラエルの王となり、二年の間、世を治めた。
24पकहीयाले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पकहीयाले नबातमा छोरा यारोबामले गरे जस्तो पाप काम बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।
24彼は主の目の前に悪を行い、イスラエルに罪を犯せたネバテの子ヤラベアムの罪を離れなかった。
25पेकहीया रमल्याहका छोरा, पेकहीयाको सैनिक सेनापति थिए। पेकहले पचास जना गिलादी मानिसहरू उनीसँग लगे र पकहीयालाई अर्गम र एरिहसँगै सामरियामा राजमहल भित्र मारे। तब पेकह नयाँ राजा भए।
25時に彼の副官であったレマリヤのペカが、ギレアデびと五十人と共に徒党を結んで彼に敵し、サマリヤの、王の宮殿の天守で彼を撃ち殺した。すなわちペカは彼を殺し、彼に代って王となった。
26सबै कामहरू जे जति पकहीयाले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
26ペカヒヤのその他の事績と彼がしたすべての事は、イスラエルの王の歴代志の書にしるされている。
27रमल्याहका छोरा पेकहले यहूदाका अजर्याहको शासन काल 52 औं वर्षमा सामरियामा इस्राएलमाथि शासन गरे। पेकहले 20 वर्ष शासन गरे।
27レマリヤの子ペカはユダの王アザリヤの第五十二年に、サマリヤでイスラエルの王となり、二十年の間、世を治めた。
28पेकहले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पेकहले नबातका छोरा यारोबामले गरेको पापकाम बन्द गरेनन् जसले इस्राएलमा पाप बढ्यो।
28彼は主の目の前に悪をおこない、イスラエルに罪を犯させたネバテの子ヤラベアムの罪を離れなかった。
29अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।
29イスラエルの王ペカの世に、アッスリヤの王テグラテピレセルが来て、イヨン、アベル・ベテマアカ、ヤノア、ケデシ、ハゾル、ギレアデ、ガリラヤ、ナフタリの全地を取り、人々をアッスリヤへ捕え移した。
30एलाका छोरा होशेले रमल्याहका छोरा पेकहको विरोधमा योजनाहरू बनाए। होशेले पेकहलाई मारे। त्यसपछि होशे नयाँ राजा भए। यस्तो यहूदाका राजा उजियाहका छोरा योतामको शासनकालको 20 औं वर्षमा भयो।
30時にエラの子ホセアは徒党を結んで、レマリヤの子ペカに敵し、彼を撃ち殺し、彼に代って王となった。これはウジヤの子ヨタムの第二十年であった。
31सबै कुराहरू जे जति पेकहले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
31ペカのその他の事績と彼がしたすべての事は、イスラエルの王の歴代志の書にしるされている。
32उजियाहका छोरा योताम यहूदाका राजा भए। रमल्याहका छोरा पेकह इस्राएलका राजा हुँदा दोस्रो वर्षमा यस्तो भयो।
32レマリヤの子イスラエルの王ペカの第二年に、ユダの王ウジヤの子ヨタムが王となった。
33योताम 25 वर्षका थिए जब तिनी राजा भए। योतामले यरूशलेममा 16 वर्ष शासन गरे। योतामकी आमाको नाउँ यरूशा थियो, तिनी सादोककी छोरी थिइन।
33彼は王となった時二十五歳であったが、エルサレムで十六年の間、世を治めた。母はザドクの娘で、名をエルシャといった。
34योतामले आफ्ना पिता उज्जियाह जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो।
34彼は主の目にかなう事を行い、すべて父ウジヤの行ったようにおこなった。
35तर उनले अग्ला ठाउँहरूमा भएका बालका मूर्ति भत्काएनन्। मानिसहरू अझै ती अग्ला पूजास्थलहरूमा बलिदानद्वारा दिने गर्द थिए अनि धूपबलिहरू जलाउँने गर्दथे। योतामले परमप्रभुको मन्दिरको माथिल्लो ढोका बनाए।
35ただし高き所は除かなかったので、民はなおその高き所で犠牲をささげ、香をたいた。彼は主の宮の上の門を建てた。
36सबै कुराहरू जे जति योतामले गरे ‘यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
36ヨタムのその他の事績と彼がしたすべての事は、ユダの王の歴代志の書にしるされているではないか。
37त्यस समयमा परमप्रभुले रमल्याहका छोरा पेकह र अरामका राजा रसीनलाई यहूदाको विरोधमा युद्ध गर्न पठाउनुभयो।
37そのころ、主はスリヤの王レヂンとレマリヤの子ペカをユダに攻めこさせられた。ヨタムは先祖たちと共に眠って、その先祖ダビデの町に先祖たちと共に葬られ、その子アハズが代って王となった。
38योताम मरे अनि उनका पुर्खाहरूसँगै गाडिए। योतामलाई आफ्ना पुर्खा दाऊदशहरमा गाडियो। योतामका छोरा आहाज उनीपछि नयाँ राजा भए।
38ヨタムは先祖たちと共に眠って、その先祖ダビデの町に先祖たちと共に葬られ、その子アハズが代って王となった。