1त्यसपछि अय्यूबका तीनैजना साथीहरूले अय्यूबलाई जवाफ दिन छाडे। तिनीहरूले जवाफ दिन छाडे किनभने अय्यूब निर्दोष थिएँ भनी विश्वास्त थियो।
1このようにヨブが自分の正しいことを主張したので、これら三人の者はヨブに答えるのをやめた。
2तर त्यहाँ बारकेलका छोरो एलीहू भन्ने एक जवान केटो थियो। बारकेल बज नाउँका एउटा मानिसका वंशका थिए। एलीहू रामका परिवारका थियो। एलीहू अय्यूबसंग अत्यन्त क्रोधित भयो। किनभने अय्यूबले स्वयं परमेश्वर भन्दा अझ धार्मिक हुँ भन्दै थियो।
2その時ラム族のブズびとバラケルの子エリフは怒りを起した。すなわちヨブが神よりも自分の正しいことを主張するので、彼はヨブに向かって怒りを起した。
3एलीहू अय्यूबका तीनजना साथीहरूसँग पनि क्रोधित थियो। किनभने अय्यूबका साथीहरूले अय्यूबका प्रश्नहरूको ठीक जवाफ दिन सकेनन्। तिनीहरूले अय्यूब गल्ती थियो भनेर प्रमाण गर्न सकेनन्।
3またヨブの三人の友がヨブを罪ありとしながら、答える言葉がなかったので、エリフは彼らにむかっても怒りを起した。
4अय्यूब र तिनका साथीहरू सबै एलीहू भन्दा जेठा थिए। यसकारण सबैले भनी सकुञ्जेल उसले पर्ख्यो। त्यसपछि उसले पनि बोल्न सक्छु भन्ने अनुभव गर्यो।
4エリフは彼らが皆、自分よりも年長者であったので、ヨブに物言うことをひかえて待っていたが、
5अनि जब एलीहूले देखे कि अय्यूबका साथीहरूले उनलाई उत्तर दिनु असमर्थ थिए, त्यो रिसायो।
5ここにエリフは三人の口に答える言葉のないのを見て怒りを起した。
6यसकारण उसले भन्न थाल्यो। उसले भन्योः “म जवान मानिस मात्र हुँ। अनि तिमीहरू बूढा मानिसहरू हौ। यसकारण मेरो विचार तिमीहरूलाई पोखाउन म भयभीत भएँ।
6ブズびとバラケルの子エリフは答えて言った、「わたしは年若く、あなたがたは年老いている。それゆえ、わたしははばかって、わたしの意見を述べることをあえてしなかった。
7म स्वयंले सोचें, ‘बूढा मानिसहरू पहिला बोल्नु पर्छ। बूढा मानिसहरू धेरै लामो बाँचे। यसकारण तिनीहरूले धेरै कुराहरू सिके।’
7わたしは思った、『日を重ねた者が語るべきだ、年を積んだ者が知恵を教えるべきだ』と。
8तर परमेश्वरको आत्माले मानिसलाई ज्ञानी बनाउँछ। सर्वशक्तिमान परमेश्वरको ‘आत्माले’ मानिसहरूलाई बोल्न सक्ने बनाउँछ।
8しかし人のうちには霊があり、全能者の息が人に悟りを与える。
9बृद्ध मानिसहरू मात्र ज्ञानी हुँदैनन्। बृद्ध मानिसहरूले मात्र ठीक कुरा बुझ्छन् भन्ने छैन।
9老いた者、必ずしも知恵があるのではなく、年とった者、必ずしも道理をわきまえるのではない。
10यसकारण दया गरेर मेरो कुरामा ध्यान देऊ। अनि मैले के सोच्दछु त्यो भन्नेछु।
10ゆえにわたしは言う、『わたしに聞け、わたしもまたわが意見を述べよう』。
11जब तिमीहरू बोल्यौ मैले खुब धीरजसाथ पर्खें। मैले ती जवाफहरूमा ध्यान दिएँ जुन तिमीहरूले अय्यूबलाई दियौ।
11見よ、わたしはあなたがたの言葉に期待し、その知恵ある言葉に耳を傾け、あなたがたが言うべき言葉を捜し出すのを待っていた。
12तिमीहरूले भनेका कुराहरू मैले होशियारी साथ सुने। तिमीहरू कसैले पनि अय्यूब गल्ती छ भनी प्रमाण दिएनौ। तिमीहरू बीच कसैले पनि उसको बहश विरूद्ध सन्तुष्टपूर्ण जवाफ दिएनौ।
12わたしはあなたがたに心をとめたが、あなたがたのうちにヨブを言いふせる者はひとりもなく、また彼の言葉に答える者はひとりもなかった。
13तिमीहरू तीनजना मानिसहरूले भन्न सकेनौ कि तिमीहरूले ज्ञान प्राप्त गरेका छौ। परमेश्वरले अय्यूबको तर्कहरूको जवाफ दिनु नै पर्छ, मानिसहरूले होइन।
13おそらくあなたがたは言うだろう、『われわれは知恵を見いだした、彼に勝つことのできるのは神だけで、人にはできない』と。
14अय्यूबले मलाई आफ्नो तर्कहरू प्रस्तुत गरेन, यसकारण तिमीहरूले प्रयोग गरेका तर्कहरू म प्रयोग गर्ने छैन।
14彼はその言葉をわたしに向けて言わなかった。わたしはあなたがたの言葉をもって彼に答えることはしない。
15अय्यूब, ती मानिसहरूले साहस हराए। तिनीहरूसँग अब भन्ने केही कुरा छैन। तिनीहरूले प्रस्तुत गर्ने जवाफ केही छैन।
15彼らは驚いて、もはや答えることをせず、彼らには、もはや言うべき言葉がない。
16अय्यूब, तिमीलाई जवाफ दिनलाई मैले तीनजना मानिसहरूलाई पर्खें, तर तिनीहरू चुपचापछन्। तिनीहरूले तिमीसँग आलोचना गर्न छाडे।
16彼らは物言わず、立ちとどまって、もはや答えるところがないので、わたしはこれ以上待つ必要があろうか。
17यसैले अब तिमीलाई म जवाफ दिनेछु। हो, म के सोच्दछु त्यही तिमीलाई भन्नेछु।
17わたしもまたわたしの分を答え、わたしの意見を述べよう。
18म कुरै कुराहरूले भरिएकोछु कि म बोल्नै पर्छ नत्र म पड्किनेछु।
18わたしには言葉が満ち、わたしのうちの霊がわたしに迫るからだ。
19म नयाँ दाखरस हालेको छालाको थैलो जस्तै छु जुन खोलिएकै छैन। म त्यो नयाँ दाखरस राख्ने थैलो जस्तो छु जुन फुटेर खोलिन तैयार छ।
19見よ、わたしの心は口を開かないぶどう酒のように、新しいぶどう酒の皮袋のように、今にも張りさけようとしている。
20यसकारण म बोल्नै पर्छ तब मात्र म शान्तिको सास फेर्ने छु। मैले बोल्नै पर्छ र अय्यूबको तर्कहरूको जवाफ दिनेछु।
20わたしは語って、気を晴らし、くちびるを開いて答えよう。
21मैले अय्यूबसँग त्यस्तै व्यवहार गर्नुपर्छ जसरी म अन्य मानिसहरूलाई गदर्थें। म उसलाई राम्रो कुराहरू भन्ने कोशिश गर्ने छैन म त्यही भन्नेछु जुन मैले भन्नु पर्छ।
21わたしはだれをもかたより見ることなく、また何人とにもへつらうことをしない。わたしはへつらうことを知らないからだ。もしへつらうならば、わたしの造り主は直ちにわたしを滅ぼされるであろう。
22म अन्य मानिस सरह कसैलाई निको व्यवहार गर्न सक्तिन। यदि मैले त्यसो गरें भने परमेश्वरले मलाई दण्ड दिनु हुनेछ।
22わたしはへつらうことを知らないからだ。もしへつらうならば、わたしの造り主は直ちにわたしを滅ぼされるであろう。