1तब तेमानीका एलीपज बोले।
1その時、テマンびとエリパズが答えて言った、
2“यदि मैले केही भने के तिमी रिसाउँदैनौ? जुन नभनी म रहन सक्तिनँ।
2「もし人があなたにむかって意見を述べるならば、あなたは腹を立てるでしょうか。しかしだれが黙っておれましょう。
3अय्यूब तिमीले धेरैजना मानिसहरूलाई शिक्षा दियौ। तिमीले कमजोर हातहरूलाई बलवान बनायौ।
3見よ、あなたは多くの人を教えさとし、衰えた手を強くした。
4तिम्रो वचनहरूले मानिसहरूलाई मद्दत गर्यो जो पतन हुनलाई तयार थिए। तिमीले मानिसहरूलाई बल दियौ जो स्वयं उभिन सक्तैन थिए।
4あなたの言葉はつまずく者をたすけ起し、かよわいひざを強くした。
5तर अहिले तिमीमाथि कष्टहरू आए अनि तिमी हतास भयौ। कष्टले तिमीलाई छुन्छ अनि तिमी हतास हुन्छौ।
5ところが今、この事があなたに臨むと、あなたは耐え得ない。この事があなたに触れると、あなたはおじ惑う。
6तिमीले परमेश्वरलाई आराधना गर्छौ। तिमीले उहाँमाथि भरोसा गर्दछौ। तिमी एकजना असल मानिस हौ। यसकारण ती तिम्रा आशा बनोस्।
6あなたが神を恐れていることは、あなたのよりどころではないか。あなたの道の全きことは、あなたの望みではないか。
7अय्यूब यस विषयमा सोचः निर्दोष मानिसहरू कहिल्यै पनि ध्वंश भएका छैनन्। असल मानिसहरू कहिल्यै ध्वंश हुँदैनन्।
7考えてみよ、だれが罪のないのに、滅ぼされた者があるか。どこに正しい者で、断ち滅ぼされた者があるか。
8मैले कतिपय संकटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ। तर तिनीहरू नै सँधै दण्डित हुन्छन्।
8わたしの見た所によれば、不義を耕し、害悪をまく者は、それを刈り取っている。
9परमेश्वरको सरापले ती मानिसहरूलाई मार्दछ। परमेश्वरको क्रोधको रापले तिनीहरू नाश हुँदछन्।
9彼らは神のいぶきによって滅び、その怒りの息によって消えうせる。
10दुष्ट मानिसहरू सिंहहरू जस्तै गर्जन्छन र र्झकिन्छन्। तर परमेश्वरले ती दुष्ट मानिसहरूलाई तहमा ल्याउनु हुन्छ अनि तिनीहरूका दाँतहरू भाँचिदिनु हुन्छ।
10ししのほえる声、たけきししの声はともにやみ、若きししのきばは折られ、
11हो, ती दुष्ट मानिसहरू सिंहहरू जस्तै हुन्छन जसले शिकार मार्नलाई भेट्दैनन्। तिनीहरू मर्छन अनि तिनीहरूका डम्मरूहरू छरपष्ट हुन्छन्।
11雄じしは獲物を得ずに滅び、雌じしの子は散らされる。
12गुप्तरूपमा एउटा खबर मकहाँ ल्याइयो। मेरो कानहरूले त्यसका कानेखुसी पक्रिए।
12さて、わたしに、言葉がひそかに臨んだ、わたしの耳はそのささやきを聞いた。
13मेरो रातको सपनाहरू बीचमा मानिसहरू निद्रामा हुन्छन्,
13すなわち人の熟睡するころ、夜の幻によって思い乱れている時、
14म त्रासित भएँ, अनि कामें। मेरो सबै हाडहरू कामे।
14恐れがわたしに臨んだので、おののき、わたしの骨はことごとく震えた。
15एउटा मन्द हावाले मेरो अनुहारलाई छोएर गयो। मेरा शरीरको रौं ठाडो भए।
15時に、霊があって、わたしの顔の前を過ぎたので、わたしの身の毛はよだった。
16त्यो आत्मा त्यहाँ उभियो, तर त्यो के थियो मैले देख्न सकिनँ। एउटा आकार मेरो आँखाको सामने उभियो, अनि त्यहाँ चकमन्न भयो, तब मैले एउटा अत्यन्त मधुर स्वर सुनें :
16そのものは立ちどまったが、わたしはその姿を見わけることができなかった。一つのかたちが、わたしの目の前にあった。わたしは静かな声を聞いた、
17एकजना मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन। मानिस आफ्नो सृष्टिकर्ता भन्दा पवित्र हुन सक्तैन।
17『人は神の前に正しくありえようか。人はその造り主の前に清くありえようか。
18हेर, परमेश्वरले आफ्नैं स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न। परमेश्वरले आफ्ना स्वर्ग दूतहरूका समस्याहरू देख्नुहुन्छ।
18見よ、彼はそのしもべをさえ頼みとせず、その天使をも誤れる者とみなされる。
19यसकारण मानिसहरू निश्चय नै खराब हुन्छन्। मानिसहरू माटाको घरमा बस्दछन। ती माटाका घरहरूको जग फोहरमा हुन्छ। कीरा फटेङ्ग्राहरू भन्दा तिनीहरू सजिलै किच्चिएर मर्छन्।
19まして、泥の家に住む者、ちりをその基とする者、しみのようにつぶされる者。
20मानिसहरू विहानदेखि बेलुकीसम्म मर्छन् अनि कसैलाई पनि थाहा हुँदैन। तिनीहरू मर्छन् र सदाको लागि अल्पिन्छन्।
20彼らは朝から夕までの間に打ち砕かれ、顧みる者もなく、永遠に滅びる。もしその天幕の綱が彼らのうちに取り去られるなら、ついに悟ることもなく、死にうせるではないか』。
21यदि तिनीहरूको पालको डोरी तानियो भने मर्ने कारण थाहा नपाई तिनीहरू मर्ने छैनन् र?’
21もしその天幕の綱が彼らのうちに取り去られるなら、ついに悟ることもなく、死にうせるではないか』。