Nepali

Korean

Leviticus

24

1परमप्रभुले मोशालाई भन्नभयो,
1여호와께서 모세에게 일러 가라사대
2“इस्राएलका मानिसहरूलाई आदेश देऊ तिनीहरूले निरन्तर ज्योतिको निम्ति आफैंले भद्राक्ष पिसेर तयार पारेको शुद्ध तेल ल्याउनु पर्छ।
2이스라엘 자손에게 명하여 감람을 찧어 낸 순결한 기름을 켜기 위하여 네게로 가져오게 하고 끊이지 말고 등잔불을 켤지며
3परमप्रभुअघि भेट हुने पालमा करार सन्दुकको पर्दा बाहिर साँझबाट बिहान नहुञ्जेलसम्म हारूनले निरन्तर बत्ती जलाऊन्। यो विधि तिमीहरूका सन्तान बाँचुञ्जेलसम्म सधैं चलिरहनेछ।
3아론은 회막 안 증거궤 장 밖에서 저녁부터 아침까지 여호와 앞에 항상 등잔불을 정리할지니 너희 대대로 지킬 영원한 규례라
4हारूनले परमप्रभुको अघि सुनौलो बत्तीदानमा निरन्तर बत्ती जलाइरहनेछन्।
4그가 여호와 앞에서 순결한 등대 위의 등잔들을 끊이지 않고 정리할지니라
5“मसिनो पीठोको बाह्रवटा रोटी प्रत्येक रोटीमा सोलह बटुको पीठो प्रयोग गरेर पकाऊ।
5너는 고운 가루를 취하여 떡 열 둘을 굽되 매 덩이를 에바 십분 이로 하여
6परमप्रभुअघि प्रत्येक पंक्तिमा छवटा गरेर सुनको मेचमा रोटी सजाऊ।
6여호와 앞 순결한 상 위에 두 줄로 한 줄에 여섯씩 진설하고
7प्रत्येक पंक्तिमा शुद्ध सुगन्धित धूप जलाऊ। यसले परमप्रभुलाई आगोद्वारा बलि चढाएको सम्झना गराउन सहायता गर्छ।
7너는 또 정결한 유향을 그 매 줄 위에 두어 기념물로 여호와께 화제를 삼을 것이며
8प्रत्येक विश्रामको दिन हारूनले परमप्रभुअघि यसरी रोटी राखुन्। इस्राएलका मानिसहरूको निम्ति यो करार सधैंको निम्ति रहनेछ।
8항상 매 안식일에 이 떡을 여호와 앞에 진설할지니 이는 이스라엘 자손을 위한 것이요 영원한 언약이니라
9हारून र उनका छोराहरूले पवित्र स्थलमा त्यो रोटी खानेछन्। किन? किनभने त्यो रोटी धेरै पवित्र छ। यो परमप्रभुको निम्ति आगोद्वारा जलाएर चढाइने बलिहरूमा एउटा हो र यो हारूनको निम्ति स्थायी अंश हुनेछ।”
9이 떡은 아론과 그 자손에게 돌리고 그들은 그것을 거룩한 곳에서 먹을지니 이는 여호와의 화제 중 그에게 돌리는 것으로서 지극히 거룩함이니라 이는 영원한 규례니라
10इस्राएली आमा र मिश्री पिताको एकजना छोरा थियो जो इस्राएलमा बस्थ्यो। त्यो मानिस इस्राएलीहरूको माझमा थियो अनि एक दिन उसले अर्को इस्राएलीसित लडाइँ गर्नु शुरू गर्यो।
10이스라엘 여인의 아들이요 그 아비는 애굽 사람된 자가 이스라엘 자손 중에 나가서 한 이스라엘 사람과 진중에서 싸우다가
11इस्राएली आमाको छोरोले सराप्दै परमप्रभुको नामको नराम्रो कुरा गर्यो अनि मानिसहरूले उसलाई मोशाकहाँ ल्याए। (आमाको नाम शलोमीत थियो अनि तिनी दान कुलकी दिब्रीकी छोरी थिइन्।)
11그 이스라엘 여인의 아들이 여호와의 이름을 훼방하며 저주하므로 무리가 끌고 모세에게로 가니라 그 어미의 이름은 슬로밋이요 단 지파 디브리의 딸이었더라
12मानिसहरूले त्यस मानिसलाई कैदी झैं पक्रिए अनि स्पष्ट न्यायको निम्ति परमप्रभुको आज्ञाको लागि पर्खे।
12그들이 그를 가두고 여호와의 명령을 기다리더니
13तब परमप्रभुले मोशालाई भन्नभयो,
13여호와께서 모세에게 일러 가라사대
14“मानिसलाई ल्याऊ जसले शिविरबाहिर सराप्यो। ती जसले उसको सराप सुने तिनीहरूलाई पनि बोलाऊ अनि ती तिनीहरूले आफ्ना हात उसको टाउकोमा राख्नु पर्छ। तब इस्राएलको सम्पूर्ण समुदायले उसमाथि मरूञ्जेसम्म ढुङ्गाले हिर्काउनु पर्छ।
14저주한 사람을 진 밖에 끌어 내어 그 말을 들은 모든 자로 그 머리에 안수하게 하고 온 회중이 돌로 그를 칠지니라
15तिमीले इस्राएलका मानिसहरूलाई भनः “यदि कुनै मानिसले आफ्नो परमेश्वरलाई सराप्छ भने उसलाई दण्ड दिनु पर्छ।
15너는 이스라엘 자손에게 고하여 이르라 누구든지 자기 하나님을 저주하면 죄를 당할 것이요
16यदि कुनै मानिसले परमप्रभुको निन्दा गर्छ अथवा सराप्छ इस्राएलको सम्पूर्ण समुदायले उसलाई ढुङ्गाले हिर्काएर मार्नुपर्छ। यदि एउटा विदेशीले निन्दा गर्छ भने उसलाई अवश्यै मार्नु पर्छ जस्तो इस्राएलमा जन्मएको निन्दालाई मार्छ।
16여호와의 이름을 훼방하면 그를 반드시 죽일지니 온 회중이 돌로 그를 칠 것이라 외국인이든지 본토인이든지 여호와의 이름을 훼방하면 그를 죽일지니라
17“अनि यदि एकजना मानिसले कुनै अर्को मानिसको हत्या गर्छ भने त्यसलाई मार्नुपर्छ।
17사람을 쳐 죽인 자는 반드시 죽일 것이요
18यदि कुनै व्यक्तिले अर्काको पशुलाई मारे त्यसले बदलामा अर्को एउटा पशु दिनुपर्छ।
18짐승을 쳐 죽인 자는 짐승으로 짐승을 갚을 것이며
19अनि यदि कुनै मानिसले अर्को मानिसलाई चोट ल्याउँछ। त्यस मानिसलाई पनि चोट नै पारि दिनुपर्छ।
19사람이 만일 그 이웃을 상하였으면 그 행한 대로 그에게 행할 것이니
20हड्डी भाँचेको भए हुड्डी नै भाँची दिनुपर्छ एउटा आँखा फुटाई दिएको भए उसको पनि आँखा नै फुटाइदिन पर्छ र दाँत भाँची दिएको भए त्यसको पनि दाँत नै भाँची दिनुपर्छ। जे जस्तो चोट पारेकोछ त्यसलाई पनि त्यही गर्नुपर्छ।
20파상은 파상으로, 눈은 눈으로, 이는 이로 갚을지라 남에게 손상을 입힌대로 그에게 그렇게 할것이며
21यदि कसैले कुनै मानिस मारे त्यो मार्ने मानिसलाई पनि मार्नुपर्छ। यदि कसैले अर्को कसैको पशु मारे त्यसले पनि उसको साटोमा एउटा त्यस्तै पशु दिनुपर्छ।
21짐승을 죽인 자는 그것을 물어 줄 것이요 사람을 죽인 자는 죽일지니
22“कानून् विदेशीको निम्ति अनि आफ्नो देशका मानिसहरूको निम्ति साँचो रहनेछ। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”
22외국인에게든지 본토인에게든지 그 법을 동일히 할 것은 나는 너희 하나님 여호와임이니라 !
23तब मोशाले मानिसहरूलाई यी कुराहरू बताए अनि तिनीहरूले जसले सरापेको थियो त्यस मानिसलाई पाल बाहिर ल्याएर ढुङ्गले हिर्काएर मारे। यसर्थ इस्राएलीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।
23모세가 이스라엘 자손에게 고하니 그들이 저주한 자를 진 밖에 끌어내어 돌로 쳤더라 이스라엘 자손이 여호와께서 모세에게 명하신 대로 행하였더라