1हीराम सोर शहरका राजा थिए। हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदार बृक्षका मूढाहरू, डकर्मी र सिकर्मीहरू पनि दाऊद कहाँ पठाए। हीरामले ती दाऊदको निम्ति महल निर्माण गर्नलाई पठाए।
1
حیرام، پادشاه صور قاصدانی همراه با چوب سرو، معماران و نجّاران نزد داوود فرستاد تا برای او کاخی بسازند.
2तब दाऊदले देखे कि परमप्रभुले साँच्चै नै तिनलाई इस्राएलका राजा बनाउनु भयो। परमप्रभुले दाऊदको राज्यलाई खुबै विशाल अनि शक्तिशाली तुल्याइदिनु भयो। परमेश्वरले यसो गर्नुभयो किनभने उहाँले दाऊदलाई अनि इस्राएलका मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो।
2
به این خاطر داوود فهمید که خداوند او را به پادشاهی اسرائیل گماشته است و سلطنت او را بهخاطر مردم اسرائیل کامروا کرده است.
3दाऊदले यरूशलेम शहरमा धेरै स्त्रीहरूलाई विवाह गरे। अनि तिनका धेरै छोरा छोरीहरू भए।
3
داوود در اورشلیم با زنان دیگر عروسی کرد و دارای پسران و دختران زیادی شد.
4यरूशलेममा जन्म भएका दाऊदका छोरा छोरीहरूका नाँउ यी हुन्; शम्मूअ, शोबाब, नातान, सुलेमान,
4
اینها نامهای فرزندان او هستند که در اورشلیم به دنیا آمدند: شموع، شوباب، ناتان، سلیمان،
5यिभार, एलीशूअ, एल्पेलेत,
5
یَبحار، الیشوع، الیفالط،
6नोगह, नेपेग, यापी,
6
نوجه، نافج، یافیع،
7एलीशामा, बेलीयादा अनि एलीपेलेत।
7
الیشمع، الیاداع و الیفلط.
8पलिश्ती मानिसहरूले सुने कि दाऊद इस्राएलका राजा चुनिएकाछन्। यसर्थ सबै पलिश्ती मानिसहरू दाऊदको खोजिमा गए। दाऊदले यस विषयमा सुने। तब तिनी पलिश्ती मानिसहरूसित युद्ध गर्न निक्ले।
8
هنگامیکه فلسطینیها شنیدند که داوود پادشاه تمام کشور اسرائیل شده است، ارتش آنها برای دستگیری داوود خارج شد. پس داوود برای مقابله با ایشان تاخت.
9पलिश्ती मानिसहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथि आक्रमण गरे अनि तिनीहरूका सर सामानहरू चोरे।
9
فلسطینیها به دشت رفائیم وارد شدند و آغاز به چپاول کردند.
10दाऊदले परमेश्वरलाई सोधे, “के म जाऊँ अनि पलिश्ती मानिसहरूसित युद्ध गुरू? के मलाई तपाईले उनीहरूलाई परास्त गर्नु दिनुहुन्छ?” परमप्रभुले दाऊदलाई उत्तर दिनु भयो, “जाउ, म तिमीलाई ती पलिश्ती मानिसहरु माथि बिजय गराउनेछु।”
10
داوود از خدا پرسید: «آیا به فلسطینیها حمله کنم؟ آیا تو پیروزی از آن من خواهی کرد؟»
خدا پاسخ داد: «بله، حمله کن، من به تو پیروزی خواهم بخشید.»
11तब दाऊद र तिनका मानिसहरू बाल पराजीम शहरसम्म गए। त्यहाँ दाऊद अनि तिनका मानिसहरूले पलिश्ती मानिसहरूलाई परास्त गरे। दाऊदले भने, “भत्केको बाँधबाट पानी छुट्छ। त्यही प्रकारले परमेश्वरले मेरो शत्रुहरू माथि छुट्नु भयो। परमेश्वरले मेरो माध्यमबाट यसो गर्नुभयो।” त्यसै कारणले त्यस स्थानको नाउँ बाल-पराजीम राखिएको हो।
11
پس داوود در بعل فراصیم به ایشان یورش برد و ایشان را شکست داد و داوود گفت: «خدا با دستهای من مانند سیلی خروشان دشمنان مرا شکست داد» پس آن مکان را بعل فراصیم نامیدند.
12पलिश्ती मानिसहरूले बाल पराजीममा आफ्ना मूर्तिहरू छाडेका थिए। दाऊदले आफ्ना मानिसहरू ती मूर्तिहरूलाई जलाउने आदेश दिए।
12
هنگامیکه فلسطینیها گریختند، بُتهای خود را بر جای گذاشتند و داوود دستور داد تا آنها سوزانده شوند.
13पलिश्तीहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथी फेरि आक्रमण गरे।
13
بزودی فلسطینیها به دشت بازگشتند و دوباره به چپاول پرداختند.
14दाऊदले फेरी परमेश्वरसित प्रार्थना गरे। परमेश्वरले दाऊदको प्रार्थनाको उत्तर दिनुभयो। परमेश्वरले भन्नु भयो, “दाऊद, जब तँ आक्रमण गर्दा पलिश्तीहरूको पछि पहाड तिर नलाग। त्यसको साटो तिनीहरूको चारै तिर जा अनि पीपलका रूखहरूका पहाड पट्टी लुक।
14
بار دیگر داوود از خدا راهنمایی خواست و خدا به او گفت: «از اینجا به ایشان حمله نکن، بلکه دور بزن و از سوی دیگر در نزدیکی درختان، آمادهٔ حمله شو.
15अनि त्यस समयमा तिमीले किम्बूको टुप्पोहरूबाट हिडीरहेको आवाज सुन्ने छौ। तब तिमीले पलिश्तीहरू माथि आक्रमण गर्नु नै पर्छ। तिमीले यसो अवश्यै गर्नु पर्छ। परमेश्वर आफैं तिमीहरूका अघि अघि पलिश्तीका सेनाहरूलाई प्रहार गर्न जानुहुनेछ।”
15
هنگامیکه تو صدای گامها را از بالای درختان شنیدی، آنگاه حمله کن زیرا من در پیش تو گام خواهم برداشت تا ارتش فلسطینیها را شکست دهم.»
16दाऊदले त्यसै गरे जो परमेश्वरले तिनलाई गर्नु भन्नुभएको थियो। यसरी दाऊद अनि तिनका मानिसहरूले पलिश्ती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिश्ती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिश्ती सेनाहरूलाई मारे।
16
داوود مطابق فرمان خدا عمل کرد و فلسطینیها را از جبعون تا جازر به عقب راند.
شهرت داوود در همهجا پراکنده شد و خداوند همهٔ ملّتها را از او ترساند.
17यसरी दाऊद सबै देशहरूमा प्रसिद्ध भए। परमप्रभुले सबै राष्ट्रहरूलाई दाऊददेखी भयभीत तुल्याउनु भयो।
17
شهرت داوود در همهجا پراکنده شد و خداوند همهٔ ملّتها را از او ترساند.