Nepali

Persian

1 Chronicles

16

1लेवीहरूले करारको सन्दूक ल्याए अनि त्यसलाई दाऊदले टाँगेको पालभित्र राखे। त्यस पछि तिनीहरूले परमेश्वरलाई होमबलि र मेलबलि अर्पण गरे।
1 ایشان صندوق پیمان خداوند را آوردند و در داخل خیمه‌ای که داوود برافراشته بود، قرار دادند. و قربانی‌های سوختنی و سلامتی به حضور خداوند تقدیم کردند.
2दाऊदले होमबलि अनि मेलबलि चढाइसकेपछि तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए।
2 پس از اینکه داوود قربانی سوختنی و سلامتی را گذراند، مردم را به نام خدا برکت داد.
3त्यस पछि तिनले हरेक इस्राएली पुरूष र स्त्रीहरूलाई एउटा-एउटा रोटी, केही खजूरका झुप्पा अनि किसमिसहरू दिए।
3 داوود به تمام مردها و زنهای قوم اسرائیل یک قرص نان، یک قسمت از گوشت و یک نان کشمشی داد.
4तब दाऊदले करारको सन्दूकको अघि सेवा गर्न का निम्ति केही लेवीहरूलाई चुने। ती लेवीहरूको काम उत्सव मनाउने, धन्यवाद दिने अनि इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गाउने थियो।
4 او گروهی از لاویان را برای خدمت در برابر صندوق پیمان گماشت تا خداوند خدای اسرائیل را نیایش و ستایش کنند.
5आसाप पहिलो दलका प्रमुख थिए। आसापका दलले झ्याली बजाए। जकर्याह दोस्रो दलका प्रधान थिए। अन्य लेवीहरू यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद एदोम अनि यीएल थिए। यी मानिसहरूले वीणा, अनि सारङ्गी बजाए।
5 آساف رهبر بود و بعد از او زکریا، یعیئیل، شمیراموت، یحیئیل، متتیا، الیاب، بنایاهو و عوبید اَدوم بودند. یعیئیل نوازندهٔ چنگ و بربط بود و آساف سنج می‌نواخت.
6बनायाह अनि यहजीएल पूजाहारीहरू थिए जसले सदैव करारको सन्दूक अघि तुरही बजाउथे।
6 بنایاهو و یحزیئیل کاهنانی بودند که در برابر صندوق پیمان خدا به طور مرتب شیپور می‌نواختند.
7यो त्यसबेला थियो जब दाऊदले पहिलो पल्ट आसाप अनि उनका भाइहरूलाई परमप्रभुको स्तुतिगान गर्ने काम दिएका थिए।
7 در آن روز بود که داوود برای اولین بار مسئولیّت سرودهای ستایشی برای خداوند را به آساف و لاویان دیگر داد.
8परमप्रभुको स्तुति गर। उहाँको नाउँ पुकार। मानिसहरूलाई ती महान कार्यहरूको बारेमा भन जो परमप्रभुले गर्नु भएको छ।
8 خداوند را شکر کنید و عظمت او را بیان نمایید. کارهایی را که انجام داده است به جهانیان اعلام نمایید.
9परमप्रभुको निम्ति गाओ। परमप्रभुको निम्ति स्तुति गान गर। उहाँका आश्चर्यकर्महरूको विषयमा सुनाऊ।
9 برای او سرود حمد بسرایید. و کارهای عظیم او را به مردم بگویید.
10परमप्रभुको पवित्र नाउँको गौरव गर। परमप्रभु तर्फ आउने सबै मानिसहरू, प्रसन्न होऊ।
10 جلال بر نام مقدّس او باد! شادمان باد، دلهای کسانی‌که خداوند را می‌جویند!
11परमप्रभु र उहाँको शक्ति तर्फ हेर। परमप्रभु कहाँ जाऊ अनि उहाँको सहायता सधै खोज।
11 از خدا کمک بطلبید و همیشه او را بپرستید.
12ती अचम्मका कामहरू सम्झ जो परमप्रभुले गर्नु भएको छ। उहाँका फैसलाहरू अनि उहाँले गर्नु भएका शक्तिशाली कार्यहरूको स्मरण गर।
12 ای فرزندان بندهٔ او ابراهیم، و ای فرزندان یعقوب، برگزیدهٔ او، معجزات و داوریهای خدا را به یاد آورید.
13इस्राएलका मानिसहरू परमप्रभुका दास हुन्। याकूबका सन्तानहरू परमप्रभुका चुनिएका मानिसहरू हुन्।
13 او خداوند خدای ماست. او همهٔ زمین را داوری می‌کند.
14परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँले संसार भरि नै न्याय राख्नु हुन्छ।
14 پیمان او را همیشه به یاد آور، کلامی را که فرمان داد، برای هزار نسل.
15उहाँको करार सदैव सम्झ। उहाँले ती आज्ञाहरू हजारौ पुस्ताहरूका निम्ति दिनुभएको छ।
15 پیمانی را که با ابراهیم بست، و سوگندی را که با اسحاق یاد کرد حفظ خواهد نمود،
16त्यो करारलाई सम्झ जो परमप्रभुले अब्राहामसित गर्नु भएको थियो। उहाँले इसहाकसित गर्नु भएको प्रतिज्ञा सम्झ।
16 عهدی با یعقوب بست پیمانی جاودانه با اسرائیل.
17परमप्रभुले यसलाई याकूबको निम्ति विधि बनाउनु भयो। यो करार इस्राएलसितको हो जो सदैव लगातार चलिरहन्छ।
17 خداوند فرمود: «سرزمین کنعان را به عنوان ملکیّت به شما می‌بخشم.»
18परमप्रभुले इस्राएललाई भन्नु भयोः “मैले तिमीलाई यो कनानको भूमि सुम्पि दिएँ। यो तिम्रो पैतृक सम्पत्तिको भाग हुनेछ।”
18 وقتی تعداد آنها کم بود و در سرزمین کنعان غریب
19जब तिनीहरू एउटा सानो संख्याका मानिसहरू मात्र थिए, अनि केही समयको लागि अन्य राज्यहरूसँग बसि रहे।
19 و در کشورها و سلطنت‌ها سرگردان بودند،
20तिनीहरू एक राष्ट्रदेखि अर्को राष्ट्रमा गए। तिनीहरू एक राज्य देखि अर्को राज्यमा गए।
20 خداوند به هیچ‌کس اجازه نداد که به آنها آزاری برساند و برای پشتیبانی آنها به‌ پادشاهان هشدار داد.
21तर परमप्रभुले कसैलाईपनि तिनीहरू माथि चोट पुर्याउन दिनु भएन। परमप्रभुले तिनीहरूलाई चोट नुपर्याउनु भनी राजाहरूलाई चेतावनी दिनुभयो।
21 و فرمود: «به برگزیدگان من ظلم نکنید، و به انبیای من ضرر نرسانید»
22परमप्रभुले ती राजाहरूलाई भन्नु भयो, “मेरो अभिषेक भएका व्यक्तिहरूलाई चोट नदेऊ। मेरा अगमवक्ताहरूलाई चोट नदेऊ।”
22 ای مردم زمین، خداوند را بسرایید. از نجات او هر روز سخن بگویید.
23सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ। हामीलाई बचाउँने परमप्रभुको बारेमा हेरक दिन तिमीले असल समाचार भन्नुपर्छ।
23 جلال او را به ملّتها اعلام نمایید. کارهای شگفت او را در میان همهٔ مردم بگویید.
24सबै राष्ट्रलाई परमप्रभुको महिमाको विषयमा घोषणा गर। हरेकलाई भन उहाँ कति अद्भुत हुनुहुन्छ।
24 خداوند بزرگ است، او را بسیار ستایش کنید او از همهٔ خدایان شگفت‌انگیزتر است.
25परमप्रभु महान् हुनुहुन्छ, अनि धेरैले उहाँको महिमा गाउँछन्, परमप्रभुको डर सबै देवताहरूका भन्दा धेरै भयभित हुन्छ।
25 زیرا همهٔ خدایان مردم بُتها هستند، امّا خداوند آسمانها را آفرید.
26किन? किनभने संसारमा सबै देवताहरू केवल व्यर्थका मूर्तिहरू हुन्। तर परमप्रभुले आकाश बनाउनु भयो।
26 شکوه و جلال در حضور اوست، و نیرو و شادمانی در معبد بزرگ او.
27परमप्रभुको महिमा अनि गौरव छ। शक्ति र आनन्दले ठाउँ भर्दछ जहाँ उहाँ बस्नु हुन्छ।
27 ای تمامی مردم روی زمین، خداوند را سپاس گویید. جلال و توان او را سپاس گویید.
28परिवारहरू अनि समूहहरू, परमप्रभुको महिमा र शक्तिको प्रशंसा गर।
28 نام با شکوه خداوند را بستایید، به معبد بزرگ او بیایید و هدیه بیاورید.
29परमप्रभुको प्रशंसा र उहाँको नाउँको महिमा होस्। परमप्रभु प्रति तिमीहरूका भेटीहरू ल्याऊ। परमप्रभु अनि उहाँको पवित्र सुन्दरताको आराधना गर।
29 به لرزه درآیید، همهٔ زمینیان، جهان استوار و پایدار گشته و هرگز نخواهد جُنبید.
30उहाँको सामुने डराओ, जो सबै पृथ्वीमाथि छ। जतिसक्दो संसार दृढ निमार्ण गरिएको छ। यो हल्लिने छैन।
30 ای زمین و آسمان شاد باشید، به ملّتها بگویید خداوند پادشاهی می‌کند.
31पृथ्वी अनि आकाश प्रशन्न होऊन्! सबैतिरका मानिसहरूले भनून्, “परमप्रभुले शासन गर्नुहुन्छ।”
31 دریا و آنچه در آن است به خروش آیید و کشتزارها و هرچه در آنهاست شادمان گردند.
32समुद्र अनि यसमा भएका सबै वस्तुहरूले जय-जयकार गरून्! खेतहरू र तिनीहरूमा भएका हरेक थोकहरूले आनन्द देखाऊन्।
32 آنگاه درختان جنگل از شادمانی در حضور خداوند بخوانند زیرا او برای داوری زمین می‌آید،
33तब जंङ्गलका वृक्षहरूले गाउने छन्। किन? किनभने परमप्रभु आउनु हुँदैछ। उहाँ पृथ्वीको न्याय गर्न आउनु हुँदैछ।
33 خداوند را سپاس گویید زیرا او نیکوست، و محبّت پایدار او جاودانه است.
34परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ असल हुनुहुन्छ, हो परमप्रभुको प्रेम सदा-सर्वदा लगातार बगीरहन्छ।
34 به او بگویید: «ای خدای نجات‌دهنده، ما را رهایی بخش، ما را گردهم آور و از ملّتها رها کن، تا بتوانیم سپاسگزار باشیم و نام مقدّس تو را ستایش کنیم.»
35परमप्रभुसित भनः “हाम्रो परमेश्वर हाम्रा उद्धारकर्ता हामीलाई बचाउँनुहोस् हामीलाई एकसाथ पारिदिनुहोस् र हामीलाई अन्य देशहरूबाट बचाउनु होस्। यसकारण हामी तपाईको पवित्र नाउँको स्तुति अनि महिमा गर्न सकौं जब तपाईको स्तुति गर्छौं।”
35 سپاس بر خداوند خدای اسرائیل! او را از اکنون تا ابد سپاس گویید. آنگاه همهٔ مردم آمین گفتند و خداوند را ستایش کردند.
36परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ। तब सबै मानिसहरूले परमप्रभुको स्तुति गर्दै भने, “आमिन।”
36 داوود آساف و نزدیکانشان را برای خدمت نزد صندوق پیمان گماشت تا کارهای روزمرهٔ آن را انجام دهند.
37त्यस पछि दाऊदले आसाप अनि उनका भाइहरूलाई करारको सन्दूकको सामु छाडे। दाऊदले तिनीहरूलाई त्यसको अघि हरेक दिन सेवा गर्न भनी छोडेका थिए।
37 او همچنین به عوبید اَدوم پسر یدیتون و شصت و هشت نفر از دستیاران او امر کرد که با آنها کمک کنند. عوبید اَدوم و حوسه وظیفهٔ دروازه‌بانی را داشتند.
38दाऊदले ओबेद-एदोमलाई र 68 जना अन्य लेवीहरूलाई पनि आसाप अनि तिनका भाइहरूसित सेवा गर्नका निम्ति छाडे। ओबेद एदोम र होस्सा रक्षकहरू थिए। ओबेद-एदोम यदूतूनका छोरा थिए।
38 صادوق کاهن و سایر کاهنان را هم برای خدمت در خیمهٔ خداوند بالای تپّه در جبعون تعیین کرد
39दाऊदले पूजाहारी सादोक अनि अन्य पूजाहारीहरू जसले तिनीसित गिबोनको उच्च स्थानमा परमप्रभुको पाल अघि सेवा गरेका थिए।
39 تا مطابق قوانین نوشته شدهٔ خداوند به قوم اسرائیل، به طور منظّم برای خداوند قربانی‌های سوختنی در قربانگاه هر صبح و عصر تقدیم کنند.
40हरेक बिहान र साँझमा सादोक अनि अन्य पूजाहारीहरू होमबलिको बेदीमा होमबलि चढाउँथे। तिनीहरूले परमप्रभुको व्यवस्थामा लेखिएका नियमहरू जो परमप्रभुले इस्राएलीहरूलाई दिनु भएको थियो, पालन गर्नलाई यसो गर्थे।
40 با ایشان هیمان، یدوتون و سایر برگزیدگان ویژه، برای خواندن سرودهای نیایشی برای خداوند و محبّت پایدار او انتخاب شدند.
41हेमान यदूतून अनि अन्य सबै लेवीहरूलाई स्तुति गान गाउँदै, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”
41 هیمان و یدوتون همچنین مسئولیّت شیپور و سنج وسازهای دیگر هنگامی که سرودهای پرستشی سراییده می‌شد، به عهده داشتند. آنگاه همهٔ مردم به خانه‌های خود رفتند و داوود به خانهٔ خود بازگشت تا خانوادهٔ خود را برکت دهد.
42गायक नाउँ अनुसार चुनिएका थिए। हेमान अनि यदूतून तिनीहरूका साथ थिए। तिनीहरूको काम तुरही फुक्नु अनि झ्याली बजाउनु थियो। जब परमप्रभुका निम्ति भजन गाइन्थ्यो तिनीहरूले अन्य वाध्ययन्त्रहरू पनि बजाउने गर्थे। यदूतूनका छोराहरूले द्वारको रक्षा गर्दथे।
42 آنگاه همهٔ مردم به خانه‌های خود رفتند و داوود به خانهٔ خود بازگشت تا خانوادهٔ خود را برکت دهد.
43समारोह पछि, सबै मानिसहरू आफ्नो-आफ्नो घर गए। अनि दाऊद पनि आफ्ना परिवारलाई आशीर्वाद दिन घर गए।