Nepali

Persian

1 Chronicles

28

1दाऊदले इस्राएलीहरूका सबै अगुवाहरूलाई एकत्रित गरे। तिनले ती सबै अगुवाहरूलाई यरूशलेममा आउन भनि हुकूम दिए। उनले कुल समूहहरूका सबै अगुवाहरूलाई, राजाका सेवामा रहेका सैन्यका सेनापतिहरू, हजारहरूको सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षकहरू, राजा अनि तिनका छोराहरूका सम्पत्ति अनि पशुहरूको हेरचाह गर्ने अधिकारीहरू, राजाका प्रधान अधिकारीहरू, बीरहरू अनि सबै साहसी सैनीकहरूलाई बोलाए।
1 داوود تمام مقامات دولتی اسرائیل، رهبران خاندانها، رهبران گروههایی که پادشاه را خدمت می‌کردند، فرماندهان گروه هزار نفری و صد نفری، سرپرستان املاک و گلّهٔ پادشاه و همچنین سرپرستان پسران پادشاه، درباریان، مردان شجاع و سربازان ورزیده در اورشلیم را گرد هم آورد.
2राजा दाऊद उठे र भने, “मेरा दाज्यू-भाईहरू अनि मेरा मानिसहरू, मेरा कुरा सुन। म परमप्रभुको करारको सन्दूकको निम्ति एउटा विश्रामस्थान निर्माण गर्न अतिनै चाहन्थें, एउटा स्थान जो हाम्रो परमप्रभुको खु्‌ट्टाको पाउदान हुन सकोस् मैले मन्दिर निर्माण गर्नलाई धेरै तयारीहरू गरें।
2 آنگاه داوود پادشاه برپا ایستاد و گفت: «من در دل داشتم که معبدی برای صندوق پیمان خداوند و پای‌انداز خدایمان بسازم، من برای ساختن آن تدارک دیده‌ام.
3तर परमप्रभुले मलाई भन्नुभयो, ‘अहँ, दाऊद, तैंले मेरो नाउँमा मन्दिर बनाउनु पर्दैन। तैंले त्यसो गर्नु हुँदैन किनभने तँ एक सैनिक होस्, र तैंले धेरै मानिसहरूलाई मारेको छस्।’
3 امّا خدا به من گفت که تو نباید برای من خانه‌ای بسازی، زیرا تو رزمنده‌ای و خون ریخته‌ای.
4“परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका बाह्र कुल समूहहरूको अगुवाइ गर्नका निम्ति यहूदाका कुल समूहलाई चुन्नु भयो। अनि त्यसपछि परिवार समूहबाट परमप्रभुले मेरा पिताका परिवारलाई चुन्नु भयो। र त्यो परिवारबाट परमेश्वरले मलाई सदाको निम्ति इस्राएलका राजा चुन्नुभयो। परमेश्वरले मलाई इस्राएलको राजा बनाउन चाहनु भयो।
4 با این وجود خداوند خدای اسرائیل، از میان همهٔ فامیلم مرا برگزید که تا ابد بر اسرائیل پادشاه باشم و او قوم یهودا را به رهبری برگزید. و از قوم یهودا خانوادهٔ مرا و از میان پسران پدرم از من خشنود گشت تا مرا پادشاه اسرائیل کند.
5परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो।
5 خداوند به من پسران بسیاری داد و از میان ایشان سلیمان را برگزید تا بر تخت سلطنت خداوند در اسرائیل بنشیند.
6परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तेरो छोरा सुलेमान त्यही एउटा हो जसले मेरो निम्ति मन्दिर र त्यसका चोकहरू बनाउनेछ। किन? किनभने मैले सुलेमानलाई मेरो छोरा हुन चुनेकोछु अनि म त्यसको पिता हुनेछु।
6 «خداوند به من گفت: 'پسر تو سلیمان، کسی است که معبد بزرگ مرا خواهد ساخت. من او را برگزیده‌ام تا پسر من باشد و من پدر او خواهم بود.
7सुलेमानले मेरा नियमहरू र आदेशहरू अहिले पालन गर्दै छ। यदि उसले मेरा नियमहरू पालन गरिरह्यो भने्, तब म सुलेमानको राज्यलाई सदा सर्वदाका निम्ति शक्तिशाली बनाउने छु।”
7 اگر او مانند امروز به پیروی از فرامین و دستورات من ادامه دهد، پادشاهی او را برای همیشه استوار خواهم کرد.'
8दाऊदले भने, “यसैकारण अब सारा इस्राएलीहरू अनि परमेश्वरका समुदायको समक्ष म तिमीहरूलाई यी कुराहरू भन्दछुः परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू पालन गर्नमा सावधान बन। तब मात्र तिमीहरूले यो असल भूमि सदा-सर्वदा राख्न सक्ने छौ। अनि तिमीहरूले यसलाई तिमीहरूका सन्तानहरूलाई सदा-सर्वदाका निम्ति दिन सक्नेछौ।
8 «پس اکنون ای قوم من در حضور خدایمان و در برابر همهٔ اسرائیل که قوم خدا هستید به شما می‌گویم تا از هر آنچه که خداوند خدایمان گفته است، با دقّت پیروی کنید تا شما بتوانید مالک این سرزمین خوب باشید و آن را به نسلهای آینده تا ابد بسپارید.»
9अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।
9 داوود به سلیمان گفت: «تو پسرم سلیمان، خدای پدران خود را بشناس و او را با تمام دل و با تمام فکر خدمت کن، زیرا خداوند تمام قلبها را جستجو می‌کند و همهٔ نقشه‌ها و اندیشه‌ها را می‌فهمد. اگر به دنبال او بروی او را خواهی یافت، امّا اگر او را ترک کنی، او هم تو را برای همیشه رها خواهد ساخت.
10सुलेमान, तैंले यो बुझ्नु पर्छ कि परमेश्वरले उहाँको पवित्र स्थान अर्थात मन्दिर निर्माण गर्नको निम्ति तँलाई चुन्नु भएको छ। शक्तिशाली बन् र काम पूर्ण गर्।”
10 تو باید بدانی که خداوند تو را برگزیده تا معبد مقدّس را بسازی. توانا باش و آن را بساز.»
11त्यसपछि दाऊदले आफ्ना छोरा सुलेमानलाई मन्दिर निर्माण गर्ने योजनाहरू दिए। ती योजनाहरू मन्दिरको चारै तिरका दलान अनि त्यसका भण्डार कक्षहरू, माथिल्ला कोठाहरू, भित्री कोठाहरू अनि दया आसनका स्थानको निम्ति पनि थिए।
11 آنگاه داوود به پسرش سلیمان نقشهٔ دالانهای معبد بزرگ و خانه‌ها، خزانه‌ها، اتاقهای طبقهٔ دوم و اتاقهای درونی و اتاق تخت رحمت را به او داد.
12दाऊदले मन्दिरका सबै अंशका योजनाहरू बनाएका थिए। दाऊदले ती योजनाहरू सुलेमानलाई दिए। दाऊदले तिनलाई परमप्रभुको मन्दिर वरिपरिका आँगान अनि त्यस वरिपरिका सबै कोठाहरूका योजनाहरू दिए। दाऊदले तिनलाई मन्दिरको भण्डार कक्षहरू अनि ती भण्डार कक्षहरू जहाँ मन्दिरमा प्रयोग गरिने पवित्र वस्तुहरू राख्थे त्यसका योजनाहरू दिए।
12 او همچنین تمام نقشه‌هایی را که در فکرش بود در مورد حیاط و اتاقهای اطراف آن و انبارهای لوازم معبد بزرگ و هدایایی که به خداوند تقدیم می‌شدند داشت به او داد.
13दाऊदले सुलेमानलाई पूजाहारी अनि लेवीहरूको समूह बारे भने। दाऊदले सुलेमानलाई परमप्रभुको मन्दिरको सेवाका सबै कार्यहरू अनि मन्दिरको सेवामा प्रयोग गरिने सबै चीज-बीजहरूको बारेमा भने।
13 داوود همچنین برای سازماندهی کاهنان و وظایف لاویان که کارهای معبد بزرگ را می‌کردند و از ظروف معبد بزرگ مواظبت می‌کردند برنامه‌هایی به سلیمان داد.
14दाऊदले सुलेमानलाई मन्दिरमा प्रयोग गरिने वस्तुहरू बनाउन कति सुन अनि चाँदी प्रयोग गर्नु पर्छ-त्यस विषयमा पनि भने।
14 او برای ساختن ظروف از طلا و نقره وزن آنها را مشخص کرد: وزن چراغهای طلا و پایه‌هایشان، وزن طلا برای هریک از چراغها و پایه‌اش، وزن نقره برای هر چراغ و پایه‌اش طبق استفاده‌ای که در مراسم از آنها می‌شود،
15सुनका दियो र सामदानहरूका निम्ति योजना बनाएका थिए, अनि चाँदीका दियो अनि सामदानहरूका निम्ति योजानहरू थिए। दाऊदले सुलेमानलाई प्रत्येक सामदान अनि दियोका निम्ति कति सुन वा चाँदी प्रयोगगर्नु पर्छ सो भने। जहाँ भिन्दा भिन्दै सामदानहरू आवश्यक हुन्छ त्यहाँ प्रयोग गर्नुपर्ने थियो।
15 وزن نقره برای میزها و هر میز طلا که روی آن نان اهدایی به خدا را قرار می‌دادند،
16पवित्र रोटीको निम्ति प्रयोगगरिने प्रत्येक टेबलको निम्ति कति सुन प्रयोगगर्नु पर्छ सो दाऊदले भने। चाँदीका मेचका निम्ति कति चाँदी प्रयोगगर्नु पर्छ सो दाऊदले भने।
16 طلای خالص برای چنگالها، لگنها و فنجانها و برای کاسه‌های طلایی به اندازه و وزن هر کدام،
17काँटा, छर्कने कचौरा, अनि कलशहरू बनाउन कति शुद्ध सुन प्रयोगगर्नु पर्छ दाऊदले सो पनि भने। प्रत्येक सुनका थाली बनाउन कति सुन प्रयोगगर्नु पर्छ अनि प्रत्येक चाँदीका रिकाबी बनाउन कति चाँदी प्रयोगगर्नुपर्ने सो दाऊदले भने।
17 وزن طلای خالص برای قربانگاه بُخور، همچنین نقشه برای ارابهٔ فرشتگان نگهبان‌ که بالهایشان را روی صندوق پیمان گسترده بودند.
18दाऊदले भने, धूप-वेदी बनाउनलाई शुद्ध सुन प्रयोगगर्ने विषयमा पनि भने। दाऊदले सुलेमानलाई करूबहरूकोलागि सुनको रथको विषयमा पनि वर्णन गरे। तिनीहरूका पखेटाहरू परमप्रभुको करारको सन्दूक माथि फैलिनु पर्छ। ती करूब स्वर्गदूतहरू सुनले बनिएका थिए।
18 داوود پادشاه گفت: «همهٔ این نوشته با راهنمایی خداوند بوده است او نقشهٔ همهٔ کارها را برای من روشن کرد.»
19दाऊदले भने, “यी सबै योजनाहरू परमप्रभुले मलाई अगुवाइ गर्नुभए अनुसार लेखिएका हुन्। परमप्रभुले मलाई योजनामा भएका हरेक चीज बुझ्नमा मद्दत गर्नुभयो।”
19 داوود همچنین به پسرش، سلیمان گفت: «توانا و دلیر باش و عمل کن. هراسان مباش و ترسان مشو، زیرا خداوند خدا، خدای من با توست. او تو را ترک نخواهد کرد و تنها نخواهد گذاشت تا تمام کارهای معبد بزرگ تمام شوند. گروههای کاهنان و لاویان برای همهٔ خدمات معبد بزرگ اینجا هستند و با تو مردان داوطلب ماهر برای هر کاری آماده‌اند، همچنین همهٔ افسران و مردم زیر فرمان تو هستند.»
20दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी बन अनि यो काम पूर्ण गर। नडराऊ र निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्।
20 گروههای کاهنان و لاویان برای همهٔ خدمات معبد بزرگ اینجا هستند و با تو مردان داوطلب ماهر برای هر کاری آماده‌اند، همچنین همهٔ افسران و مردم زیر فرمان تو هستند.»
21यहाँ पूजाहारी र लेवीहरूको समूह छन् जो परमेश्वरको मन्दिरमा सबै कार्यहरू गर्नको निम्ति तयार छन्। सबै सिपालु कर्मीहरू सबै कार्यहरूमा तँलाई सहायता गर्न तयार छन। सबै अधिकारीहरू र सबै मानिसहरूले तपाईको हुकूम मान्नेछन्।”