Nepali

Persian

1 Kings

15

1अबियाम यहूदाका नयाँ राजा भए। नाबातका छोरा यारोबामले इस्राएलमा शासन गर्दा अठारहऔं वर्षमा यस्तो भयो।
1 در سال هجدهم سلطنت یربعام، پسر نباط، ابیا پادشاه یهودا شد
2अबियामले यरूशलेममा तीन वर्ष शासन गरे। उनकी आमाको नाउँ माका थियो। तिनी अब्शालोमकी छोरी थिइन्।
2 و مدّت سه سال در اورشلیم پادشاهی کرد. مادرش معکه، دختر ابشالوم بود.
3उनले त्यस्तैं सबै पापका कामहरू गरे जस्तो उनका पिताले गरेका थिए। अबियाम परमप्रभु आफ्नो परमेश्वर प्रति विश्वासी थिएनन्। यसकारण उनी आफ्नो हजूरबा दाऊद जस्तो विश्वासी थिएनन्।
3 او مانند جدش داوود کاملاً به خداوند خدای خود وفادار نبود و مرتکب همهٔ گناهانی که پدرش شده بود، گشت.
4दाऊदको खातिर परमप्रभुले उसलाई एउटा सन्तान यरूशलेमा दिनुभयो। परमप्रभुले दाऊदका सन्तानलाई यरूशलेममाथि शासन गर्न दिनुभयो अनि यसलाई रक्षा गर्ने प्रतिज्ञा गर्नु भयो।
4 امّا به‌خاطر داوود، خداوند خدای او، به ابیا پسری داد تا بعد از او در اورشلیم حکومت کند و آن را امن نگاه دارد.
5दाऊदले सँधै नै सही काम गरे जो परमप्रभुले चाहानु हुन्थ्यो। उनले सँधै नै परमप्रभुको आदेश पालन गरे। एक पटक दाऊदले परमप्रभुको आदेश पालन गरेनन् जुन समयमा दाऊदले हित्ती उरीयाहको विरोधमा पाप गरेका थिए।
5 زیرا داوود آنچه را که به چشم خداوند نیک بود، انجام می‌داد و از فرمانهای او در طول حیاتش سرپیچی نکرد؛ به جز در مورد اوریای حِتّی.
6रहबाम र यारोबामको बिचमा युद्ध अबियामको जीवन भरी नै चलिरह्यो।
6 در تمام طول زندگی ابیا جنگی که بین رحبعام و یربعام شروع شد، ادامه داشت.
7अबियामले जे काम गरे सबै नै ‘यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ। अबियाम राजा भएको समयमा अबियाम र यरोबामबीच युद्ध भइरह्यो।
7 بقیّهٔ کارهای ابیا در کتاب پادشاهان یهودا ثبت شده است.
8जब अबियामको मृत्यु भयो उसलाई दाऊदको शहरमा गाडियो। अबियामको छोरा आसा नयाँ राजा भए।
8 ابیا درگذشت و در شهر داوود به خاک سپرده شد و پسرش آسا جانشین او شد.
9इस्राएलमा यारोबाम राजा भएको बिसौं वर्षमा आसा यहूदाका राजा भए।
9 در بیستمین سال سلطنت یربعام، پادشاه اسرائیل، آسا پادشاه یهودا شد
10आसाले यरूशलेममा 41 वर्ष शासन गरे। उनकी हजूरआमाको नाउँ “माका” थियो। अनि “माका” अब्शालोमकी छोरी थिइन्।
10 و مدّت چهل و یک سال در اورشلیم پادشاهی کرد. مادر بزرگ او معکه، دختر ابشالوم بود.
11आसाले आफ्ना पिता-पुर्खा दाऊदले गरे जस्तैं परमप्रभुले जे स्वीकृत गर्नु भएको थियो त्यो कामहरू मात्र गरे।
11 آسا هرآنچه را که در چشم خداوند نیکو بود، مانند جدش داوود بجا می‌آورد.
12त्यस समयमा यस्ता मानिसहरू थिए जो आफ्नो शरीर यौनका लागि बेचेर अरू देवताहरूको सेवा गर्दथे। आसाले ती मानिसहरूलाई देश छोड्न वाध्य गराए। आसाले ती मूर्तिहरू पनि हटाए जो उनका पुर्खाहरूले बनाएका थिए।
12 او تمام روسپیان و لواط‌گران را در پرستشگاههای بت‌پرستان از سرزمین اخراج کرد و همهٔ بُتهایی را که نیاکانش ساخته بودند، برداشت.
13आसाले उसको आमा माकालाई पनि रानीको पदबाट हटाईदिए। माकाले अशेरा देवीको पूजा गर्न घृणित खाम्बाहरू बनाएकी थिइन्। आसाले ती खाम्बाहरू ढालिदिए अनि तिनीहरूलाई किदरोन बेंसीमा जलाईदिए।
13 او مادر بزرگ خود معکه را از مقام ملکهٔ مادر بر کنار کرد، زیرا او بت زننده‌ای به شکل الههٔ اشره ساخته بود. آسا بت را شکست و در وادی قدرون سوزاند.
14उसले अग्ला ठाउँको पूजास्थानहरू भत्काएनन् तर उनी आफ्नो जीवनभरी परमप्रभु प्रति सम्पूर्ण हृदयले विश्वासी रहे।
14 با وجودی که آسا همهٔ پرستشگاههای بالای تپّه‌‌ها را نابود نکرد، ولی تا پایان زندگی خود به خداوند وفادار ماند.
15आसा र उनका पिताले परमेश्वरलाई केही चीजहरू दिए। तिनीहरूले सुन, चाँदी र अरू चीजहरूको उपहार दिए। आसाले ती सबै चीजहरू मन्दिरमा राखे।
15 او تمام وسایلی را که پدرش به خداوند وقف کرده بود در معبد بزرگ قرار داد.
16राजा आसा यहूदाका राजा भएको समयमा उनी सधैं इस्राएलका राजा बाशाको विरोधमा लडिरहेको हुन्थे।
16 آسا، پادشاه یهودا و بعشا، پادشاه اسرائیل در تمام دوران حکومت خود با یکدیگر در جنگ بودند.
17इस्राएलका राजा बाशा यहूदाको विरूद्धमा लडे। बाशाले उसका मानिसहरूलाई आसाको देश यहूदा जाने देखि रोक्न चाहन्थे। यसकारण उनले रामा शहरलाई साह्रै सुदृढ बनाए।
17 بعشا یهودا را تصرّف کرد و شهر رامه را مستحکم نمود تا رفت و آمد به یهودا را قطع کند.
18यसकारण आसाले परमप्रभुको मन्दिर अनि राजाको महलबाट सबै चाँदी र सुन निकाले। उनले सुन-चाँदी आफ्ना सेवकहरूलाई दिए अनि तिनीहरूलाई अरामका राजा बेनहदद कहाँपठाए। बेनहदद तब्रिमोनका छोरा थिए। तब्रिमोन हेज्योनका छोरा थिए। दमिश्क बेनहददको राजधानी शहर थियो।
18 پس آسای پادشاه تمام نقره و طلایی را که در معبد بزرگ و کاخ باقی مانده بود برداشت و با عدّه‌ای از مقامات خود با این پیام به دمشق نزد بنهدد، پسر طبرمون، نوهٔ حزیون، پادشاه سوریه فرستاد.
19आसाले यो संदेश पठाए, “मेरा पिता र तिम्रा पिता माझ शान्ति सम्झौता भएको थियो। अहिले म तिमीसित शान्ति सम्झौता गर्न चाहन्छु। म तिम्रो लागि सुन-चाँदीको उपहार पठाइरहेको छु। इस्राएलका राजा बाशासित कृपया शान्ति सम्झौता भंग गर्नुहोस जसले गर्दा ऊ मेरो देशबाट बाहिर जानेछ अनि हामी लाई अलग छोड्नेछ।”
19 «بگذار تا مانند پدرانمان متّحد شویم. این طلا و نقره هدیه‌ای برای توست. اکنون پیمان خود را با بعشا، پادشاه بشکن تا نیروهای خود را از سرزمین من خارج کند.»
20राजा बेनहददले राजा आसासँग सम्झौता गरे। तिनले उसको सेनापतिहरू अनि सेनाहरू इस्राएली शहरहरू इयोन, दान, आबेल-बेतमाका; गलील पोखरीको वरिपरिका शहर अनि नप्तालीका इलाकामा लड्न पठाए।
20 بنهدد با آسای پادشاه موافقت کرد و افسران فرمانده و ارتش آنها را فرستاد تا به شهرهای اسرائیل حمله کنند. آنها شهرهای عیون، دان، آبل بیت معکه، منطقهٔ دریاچهٔ جلیل و تمام سرزمین نفتالی را تسخیر کردند.
21बाशाले यी आक्रामणको बारेमा सुने। यसकारण उनले रामालाई सुदृढ बनाउन छोडिदिए। उनले त्यो शहर त्याग गरे अनि तिर्सातिर फर्किए।
21 هنگامی‌که بعشای پادشاه این را شنید از مستحکم کردن رامه دست کشید و به شهر ترصه رفت.
22तब राजा आसाले यहूदाका जम्मै मानिसहरूलाई आदेश दिए। कसैलाई पनि माफी भएन। तिनीहरू रामा गए अनि सबै ढुङ्गा र काठहरू बोके जसद्वारा बाशा त्यो शहरलाई सुदृढ बनाउँदै थिए। तिनीहरूले ती सामानहरू बिन्यामीनको भूमिमा गेबा अनि मिस्पा पुर्याए। तब राजा आसाले ती दुइ शहरहरूलाई अझै दरिलो बनाए।
22 آنگاه آسای پادشاه دستور صادر کرد که همه در سراسر یهودا، بدون استثناء سنگها و الوار رامه را که بعشا برای ساختمان استفاده کرده بود، بردارند و ببرند. آسای پادشاه با این مصالح شهر مصفه و جَبَع در سرزمین بنیامین را مستحکم کرد.
23राजा आसाले गरेका त्यो प्रत्येक कुरा उसको सैनिक शक्तिको विषयमा अनि उसले स्थापित गरेका त्यो शहरहरू यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ। जब आसा बूढा भए, उनी कुँजा भएका थियो।
23 بقیّهٔ وقایع دوران سلطنت آسا، شجاعت و همهٔ کارهای دیگر او و شهرهایی که ساخته بود، در کتاب تاریخ پادشاهان یهودا نوشته شده‌اند. امّا در زمان پیری‌اش بیماری پا، او را فلج کرد.
24तिनी मरे अनि उनलाई उनका पुर्खा दाऊदको शहरमा गाडियो। तब आसाका छोरा यहोशापात उनीपछि नयाँ राजा भए।
24 آسا درگذشت و در گورستان سلطنتی در شهر داوود به خاک سپرده شد و پسرش یهوشافاط جانشین او شد.
25आसाको शासनकालको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। नादाबले इस्राएलमा दुइ वर्ष शासन गरे।
25 در سال دوم سلطنت آسا، پادشاه یهودا ناداب، پسر یربعام بر تخت سلطنت اسرائیل نشست.
26नादाबले परमप्रभुले जे नराम्रो सम्झे त्यही गरे। उनले पापका कामहरू त्यसरी गरे जसरी उनका पिता यारोबामले गरेका थिए। यारोबामले पनि इस्राएल मानिसहरूलाई पाप गर्न लगाए।
26 آنچه را در نظر خداوند پلید بود، بجا می‌آورد و در راه نیاکان خود گام برداشت و با گناه خود مردم اسرائیل را وادار به گناه کرد.
27बाशा अहियाहका छोरा थिए। तिनीहरू इस्साकार कुस समूहका थिए। बाशाले राजा नादाबलाई मार्ने योजना बनाए। नादाबको शासनकालमा सम्पूर्ण इस्राएल गिब्बतोन शहर को विरूद्ध लडिरहेको थियो। यो एउटा पलिश्तीहरूको शहर थियो। त्यस ठाउँमा बाशाले नादाबलाई मारे।
27 بعشا، پسر اخیا که از طايفهٔ یساکار بود، علیه ناداب دسیسه کرد و هنگامی‌که ارتش ناداب، شهر جِبتون در فلسطین را محاصره کرده بودند، ناداب را کشت.
28आसा यहूदाका राजा भएको समय तेस्रो वर्षमा यो घटना भयो। अनि आशा इस्राएलका अर्का राजा भए।
28 بعشا، ناداب را در سال سوم پادشاهی آسا بر یهودا کُشت و جانشین او شد.
29बाशा जब नयाँ राजा भए, उनले यारोबामको परिवारको प्रत्येक सदस्यलाई मारे। बाशाले यारोबामको परिवारको कसैलाई पनि जिउँदो छोेडेनन्। परमप्रभुले जसरी हुनुपर्छ भन्नुभएको थियो यो घट्ना त्यसरी नै भयो। परमप्रभुले शीलोबाट आफ्नो सेवक अहियाह मार्फत भन्नुभएको थियो।
29 به مجرّدی که بعشا پادشاه شد، تمام خاندان یربعام را کشت. طبق کلام خداوند که براخیای شیلونی سخن گفته بود.
30यस्तो भयो किन यारोबामले धेरै पापका कामहरू गरेका थिए। अनि यारोबामले इस्राएलका मानिसहरूलाई धेरै पाप गर्न लगाए। यारोबामले परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाए।
30 به‌خاطر گناهی که یربعام مرتکب شد و قوم اسرائیل را وادار به گناه کرد، خشم خداوند خدای اسرائیل برافروخته شد.
31अरू कार्यहरू जे जति नादाबले गरे इस्राएलका ‘राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
31 سایر وقایع حکومت ناداب و همهٔ کارهای او در کتاب تاریخ پادشاهان اسرائیل نوشته شده‌ است.
32बाशाले इस्राएलमा शासन गरेको समयमा उनी यहूदाका राजा आशाको विरोधमा युद्ध गरिरहेकाथिए।
32 آسا و بعشا پادشاه اسرائیل همواره در جنگ بودند.
33आसाले यहूदामा शासन गरेको तेस्रो वर्षमा अहियाहका छोरा बाशा इस्राएलका राजा भए। बाशाले तिर्सामा 24 वर्ष शासन गरे।
33 بعشا، پسر اخیا در سال سوم سلطنت آسا پادشاه یهودا، سلطنت خود را آغاز کرد و مدّت بیست و چهار سال در ترصه بر همهٔ اسرائیل حکومت کرد. آنچه را در چشم خداوند پلید بود، انجام می‌داد و در راه یربعام گام برداشت و با گناه خویش مردم اسرائیل را به گناه کشاند.
34तर बाशाले त्यही सब कामहरू गरे जसलाई परमप्रभुले भूल कामहरू थिए भनि भनेको थियो। उनले पनि ती पापहरू गरे जो यारोबामले गरेको थियो। यारोबामले पनि इस्राएलीहरूलाई पाप गर्न लगाए।
34 آنچه را در چشم خداوند پلید بود، انجام می‌داد و در راه یربعام گام برداشت و با گناه خویش مردم اسرائیل را به گناه کشاند.