1बेन-हदद अरामका राजा थिए। उनले आफ्नो सबै सेनाहरू जम्मा गरे। उनीसँग 32 जना राजाहरू थिए। तिनीहरूसँग घोडा अनि रथहरू थिए। तिनीहरूले सामरिया माथि आक्राामण गरे अनि त्यसको विरोधमा लडाईं गरे।
1
بنهدد، پادشاه سوریه تمام ارتش خود را گرد هم آورد، سی و دو پادشاه و اسبها و ارّابهها همراه او بودند. او سامره را محاصره و به آن حمله کرد.
2राजाले इस्राएलका राजा आहाब कहाँ शहरमा राजदूतहरू पठाए।
2
او قاصدان را به شهر، نزد اخاب پادشاه اسرائیل فرستاده، چنین پیام داد:
3संदेश यस्तो थियो, “बेन-हदद भन्दछन्, ‘तिमीले मलाई तिम्रो चाँदी र सुन दिनु पर्छ। तिमीले आफ्ना स्वास्नीहरू र नानीहरू पनि मलाई दिनु पर्छ।”‘
3
«نقره و طلای تو و بهترین زنان و فرزندان تو از آن من هستند.»
4इस्राएलका राजाले उत्तर दिए, “महाराज, मेरा मालिक म सहमत छु कि म अहिले तिम्रो हुँ अनि मसित भएको प्रत्येक वस्तु तिम्रो हो।”
4
پادشاه اسرائیل پاسخ داد: «هرچه شما بگویید، ای سرور من، ای پادشاه من و آنچه دارم از آن شماست.»
5तब राजदूत फर्केर आहाब कहाँ आए। तिनीहरूले भने, “बेन-हदद भन्दछन्, ‘मैले तिमीलाई पहिले भनेको थिएँ। तिमीले तिम्रो सबै स्न, चाँदी तथा पत्नीहरू र नानीहरू मलाई दिनु पर्छ।
5
قاصد دوباره آمد و گفت: «بنهدد چنین میگوید، نقره و طلا و همسران و فرزندان خود را تحویل بده.
6भोलि म तिम्रो घर र तिम्रा अधिकारीहरूको घर खोजीनिधि गर्न मानिसहरू पठाउँदैछु। तिमीले मेरा मानिसहरूलाई सबै बहुमूल्य वस्तुहरू दिनु पर्छ अनि तिनीहरूले ती वस्तुहरू म कहाँ ल्याउनेछन्।”‘
6
من فردا در همین موقع درباریان خود را میفرستم، آنها خانهٔ تو و تمام خدمتگزاران تو را جستجو خواهند كرد و هرچه را كه دلشان بخواهد برخواهند داشت.»
7यसकारण राजा आहाबले देशका सबै प्रमुख अगुवाहरूको सभा बोलाए। आहाबले भने, “हेर, बेन-हदद संकट खोजिरहेका छन्। पहिला उनले मलाई भने मैले उनलाई मेरा पत्नीहरू, मेरा नानीहरू, मेरो चाँदी र मेरो सुन दिनु पर्छ। ती वस्तुहरू उनलाई दिन म राजी भएँ। अनि अहिले उनी सबै वस्तुहरू लिन चाहन्छन्।”
7
اخاب پادشاه، رهبران سرزمین را فراخواند و گفت: «ببینید، این مرد میخواهد ما را نابود کند. او خواستار نقره و طلا و زنها و بچّههای من بود و من موافقت کردم.»
8तर सबै बूढा-प्रधानहरू र मानिसहरूले भने, “उनको आज्ञा नमान। उनी जे भन्दछन् त्यो नगर।”
8
رهبران و مردم پاسخ دادند: «به او توجّه نکن و تسلیم نشو.»
9यसकारण आहाबले एक जना राजदूत बेन हदद समक्ष पठाए। आहाबले भने, “म त्यही गर्नेछु जो तिमीले पहिला भनेका थियौ। तर म तिम्रो दोस्रो आदेश पालन गर्ने छैन।” राजा बेन-हददका मानिसहरूले संदेश राजाकहाँ पुर्याए।
9
پس اخاب به پیام آوران بنهدد گفت: «به سرورم، پادشاه بگویید: من درخواست اول تو را میپذیرم امّا نمیتوانم با پیشنهاد دوم موافقت کنم.»
قاصدان رفتند و با پیام دیگری بازگشتند که:
10तब दूत राजा बेन-हददबाट अर्को संदेश लिएर फर्किए। संदेश थियो, “म सामरियालाई सम्पूर्ण रूपले नष्ट पार्नेछु। म कसम खान्छु, त्यहाँ मेरा प्रत्येक मानिसका निम्ति एक मुठ्ठी धूलो पनि रहने छैन। मेरा देवताले मलाई नष्ट पारून् यदि मैले यस्तो गर्न सकिन भने!”
10
بنهدد چنین میگوید: «من نیروی کافی میآورم تا شهر شما را نابود کنند و خاک آن را در دست خود حمل کنند. خدایان مرا بکشند، اگر چنین نکنم.»
11राजा आहाबले उत्तर दिए, “बेन-हददलाई भन जुन मानिसले कवच धारण गर्छ, त्यसले त्यस मानिसको जस्तो गर्व नगरोस्, जो त्यसलाई खोल्न मानिसले झैं घमण्ड गर्नु हुँदैन।”
11
اخاب پادشاه پاسخ داد: «به بنهدد پادشاه بگویید که سرباز واقعی بعد از نبرد افتخار میکند نه قبل از آن.»
12राजा बेन-हदद अरू शासकहरू सँग आफ्नो पालमा मद्यपान गरिरहेका थिए। त्यस बेला संदेशवाहकहरू आए अनि उनलाई राजा आहाबको संदेश दिए। राजा बेन-हददले आफ्ना मानिसहरूलाई आहाबको शहरलाई आक्रमण गर्न तयार हुने आदेश दिए। उनका मानिसहरू तिनीहरू आफैं युद्धका निम्ति तयार भए।
12
هنگامی که بنهدد این پیام را شنید در چادر با پادشاهان دیگر مشغول میگساری بود. او به مردان خود گفت: «در جای خود مستقر شوید و آمادهٔ حمله به شهر باشید» و آنها در مواضع خود مستقر شدند.
13त्यसै बेला एक जना अगमवक्ता राजा आहाबकहाँ गए। अगमवक्ताले भने, “राजा आहाब, परमप्रभुले तिमीलाई भन्नुहुन्छ, ‘के तिमीले विशाल सेना देखेका छौ? म, तिमीलाई तिनीहरूलाई परास्त पार्ने शक्ति दिइरहकोछु। तब तिमी जान्ने छौ म परमप्रभु हुँ।”‘
13
در این هنگام نبیای نزد اخاب پادشاه آمد و گفت: «خداوند میگوید: 'این ارتش بزرگ را میبینی! من امروز تو را بر آنان پیروز خواهم کرد و تو خواهی دانست که من خداوند هستم.'»
14आहाबले भने, “तिनीहरूलाई परास्त गर्नका लागि तपाईं कसलाई प्रयोगगर्न हुनेछ?” अगमवक्ताले भने, “परमप्रभु भन्नुहुन्छ, ‘सरकारी अधिकारीका साना सहायकहरू।”‘ तब राजाले सोधे, “मुख्य सेनालाई कसले नियन्त्रण गर्छ?” अगमवक्ताले उत्तर दिए, “तपाईंले।”
14
اخاب پرسید: «چه کسی این کار را خواهد کرد؟» نبی پاسخ داد: «خداوند میگوید به وسیلهٔ سربازان جوانی كه تحت نظر فرمانداران اسرائیل هستند.»
سپس او پرسید: «چه كسی حمله را آغاز خواهد كرد؟»
او پاسخ داد: «خود تو!»
15यसकारण आहाबले सरकारी अधिकारीका तरूण सहायकहरूलाई भेला गरे। ती जम्मा 232 जना तन्देरी मानिसहरू थिए। तब राजाले इस्राएलका सेनाहरूलाई एकसाथ बोलाए। जम्मा संख्या 7,000 पुग्यो।
15
پس اخاب سربازان جوان فرمانداران استانها را فراخواند. آنها دویست و سی و دو نفر بودند. سپس او ارتش اسرائیل را که هفت هزار نفر بودند، فراخواند.
16राजा बेन-हदद अनि 32 जना राजाहरू जो उनलाई सघाउथे तिनीहरू आ-आफ्नो पाल भित्र मद्यपान गरिरहेका थिए। यसै बेला राजा आहाबको आक्रामण शुरू भयो।
16
هنگام ظهر از شهر خارج شدند. در این زمان بنهدد و سی و دو پادشاهِ متّحد او در چادرهای خود میگساری میکردند.
17तन्देरी सहायकहरूले पहिला आक्रामण गरे। राजा बेन-हददका मानिसहरूले उनलाई भने, सैनिकहरू सामरियाबाट बाहिर निस्किए।
17
نخست سربازان فرمانداران استانها بیرون رفتند. دیدهبانان بنهدد خبر دادند که گروهی سرباز از سامره بیرون میآیند.
18यसकारण बेन-हददले भने, “तिनीहरू लडाई गर्न आइरहेका हुनेछन्। अथवा तिनीहरू शान्तिको कुरा गर्न आइरहेकाछन्। तिनीहरूलाई जिउँदै पक्रा।”
18
بنهدد گفت: «چه برای جنگ و چه برای صلح میآیند آنها را زنده دستگیر کنید.»
19राजा आहाबका तन्देरी अधिकारीहरूले आक्रामणको नेतृत्व गरिरहेका थिए। इस्राएलका सेनाहरूले तिनीहरूलाई अनुसरण गरिरहेका थिए।
19
پس سربازانِ فرماندارانِ استانها ابتدا از شهر خارج شدند و ارتش اسرائیل به دنبال آنها.
20तब इस्राएलीहरूले प्रत्येकलाई मारे जो तिनीहरूको बाटोमा खडा थिए। यसकारण अरामका सेनाहरू भाग्न थाले। इस्राएलका सेनाहरूले तिनीको पछि लाग्ने काम गरे। राजा बेन-हदद एउटा रथको घोडामा चढेर भागे।
20
هریک از ایشان حریف خود را کشت، سربازان سوری گریختند و اسرائیلیها ایشان را دنبال کردند ولی بنهدد سوار بر اسب همراه گروهی از سواره نظام گریخت.
21राजा आहाबले सेनालाई नेतृत्व दिए अनि अरामको सैनिकहरूबाट सबै घोडाहरू अनि रथहरू कब्जा गरे। यसकारण राजा आहाबले अरामी सेनालाई परास्त गराए।
21
پادشاه اسرائیل بیرون رفت و اسبها و ارّابهها را گرفت و سوریها را در کشتاری بزرگ شکست داد.
22तब अगमवक्ता राजा आहाब समक्ष गए र भने, “अरामका राजा, बेन-हदद आउंदो बसन्तमा तिमीसित लडाईं गर्न फेरि आउनेछ। यसकारण तिमीले अहिले आफ्नो घर जानुपर्छ अनि आफ्नो सैनिकलाई बलियो बनाउनु पर्छ। अनि उनलाई परास्त गर्नका लागि सचेत योजनाहरू बनाऊ।”
22
آنگاه نبی نزد اخاب پادشاه رفت و گفت: «بازگرد و نیروهای خود را بازسازی کن و آنچه را لازم است انجام بده، زیرا در بهار پادشاه سوریه دوباره به تو حمله خواهد کرد.»
23राजा बेन-हददका अधिकारीहरूले उनलाई भने, “इस्राएलका देवताहरू ता पहाडहरूका देवता हुन्। हामीले पर्वतीय क्षेत्रमा लडाईं गर्यौ। यसकारण इस्राएलका मानिसहरूले जीते। यसकारण हामी उनीहरू सँग त्यस ठाउँमा लडाईं गरौं। तब हामी जित्ने छौं।
23
درباریان پادشاه سوریه به او گفتند: «خدایان اسرائیل، خدایان تپّهها هستند، به همین دلیل آنها از ما نیرومندتر بودند. اجازه بدهید تا ما در دشت با آنها بجنگیم، یقیناً ما نیرومندتر خواهیم بود.
24तिमीले यही काम गर्नु पर्नेछ। सैनिकहरूलाई आदेश दिने अनुमति 32 जना राजाहरूलाई नदिनु। तिनीहरूको सैनिकहरूलाई सेनापतिहरूले नै नियन्त्रण गरून्।
24
اکنون آن سی و دو پادشاه را بر کنار کن و به جای آنان فرماندهان نظامی بگمار
25“अब तिनी मासिएको सैनिक जस्तैं सैनिक गठन गर। त्यस सेनाका जस्तैं घोडाहरू र रथहरू भेला गर। त्यसपछि हामीले सम्म भूमिमा इस्राएलीहरू सँग लडाईं गर्नु पर्छ। तब हामी जित्ने छौं।” बेन-हददले तिनीहरूको सल्लाह माने। उनले त्यही गरे जो तिनीहरूले भने।
25
و ارتشی مانند سپاهی که از دست دادی آماده کن، اسب به جای اسب و ارّابه به جای ارّابه، آنگاه ما در دشت نبرد خواهیم کرد. یقیناً نیرومندتر از آنان خواهیم بود.»
بنهدد پادشاه موافقت کرد و طبق پیشنهاد ایشان عمل نمود.
26यसकारण बेनहददले बसन्तमा अरामीहरूलाई भेला गरे। उनी इस्राएलीहरू सँग युद्ध गर्न अपेक गए।
26
در بهار، بنهدد سربازان خود را فراخواند و به شهر افیق رفت تا به اسرائیل حمله کند.
27इस्राएलीहरू युद्धका लागि तयार भए। इस्राएली मानिसहरू अरामी सैनिकसित युद्ध गर्न हिंडे। तिनीहरूले अराम शिबिरको पछाडि तिर आफ्नो शिबिर बनाए। शत्रुको तुलनामा इस्राएलीहरू बाख्राका दुइवटा साना बथानहरू जस्ता देखिन्थे तर अरामेली सैनिकहरूले सबै इलाकाहरू ढाकेका थिए।
27
مردم اسرائیل نیز آماده و مجهّز بودند و به مقابلهٔ ایشان رفتند و اسرائیلیها مانند دو گلّهٔ کوچک بُز در برابر سوریها بودند، درصورتیکه سوریها همهجا را پر کرده بودند.
28परमेश्वरका जन इस्राएलका राजाकहाँ आए र भनेः “परमप्रभुले भन्नुभएको छ, ‘अरामका मानिसहरूले त्यो सोच्छन्, म, परमप्रभु हुँ पर्वतहरूका मात्र परमेश्वर हुँ, अनि म सम्म भूमिको पनि परमेश्वर होइन। यसकारण म तिमीलाई यो विशाल शत्रुलाई परास्त गर्ने शक्ति दिन्छु। तब तिमी जान्ने छौ, कि म नै परमप्रभु हुँ।”‘
28
نبیای نزد اخاب پادشاه رفت و گفت: «خداوند چنین میفرماید: چون سوریها میگویند من خدای تپّهها هستم و نه خدای دشتها، من شما را بر ارتش بزرگ آنها پیروز خواهم کرد و تو و مردمانت خواهید دانست که من، خداوند هستم.»
29सात दिनसम्म सैनिकहरू एका-अर्काको सामु शिबिरमा बसिरहे। सातौं दिन लडाईं शुरू भयो। एक दिनमा इस्राएलीहरूले 1,00,000 अरामका सैनिकहरू मारे।
29
مدّت هفت روز سپاه سوریه و اسرائیل در مقابل یکدیگر اردو زدند. در روز هفتم نبرد آغاز شد و اسرائیلیها صد هزار نفر از سوریها را کشتند.
30बाँचेकाहरू अपेक शहरतिर भागे। शहरको पर्खाल ती सैनिकहरू मध्ये 27,000 माथि ढल्यो। बेन-हदद पनि शहरतिर भागे। उनी एउटा कोठामा लुके।
30
بازماندگان به شهر افیق گریختند و دیوار شهر به روی بیست و هفت هزار نفر از ایشان خراب شد.
بنهدد نیز به شهر گریخت و در پستوی خانهای پناه گرفت.
31उनका सेवकहरूले उनलाई भने, “हामीले सुनेका थियौं, इस्राएलका राजाहरू दयालु छन्। हामी खस्रो लुगा लगाऔं अनि टाउकोमा डोरी बाँधौं। त्यसपछि इस्राएलका राजा कहाँ जाऔं। हुन सक्छ उनीले हामीलाई जिउँदो बस्न दिने छन्।”
31
درباریان بنهدد به او گفتند: «ما شنیدهایم که پادشاهان اسرائیل بخشنده هستند. اجازه بدهید تا پلاس دور کمر خود ببندیم و طناب به گردن خود بیندازیم و به نزد پادشاه اسرائیل برویم، شاید تو را زنده بگذارد.»
32तिनीहरूले खस्रो लुगा लगाएर टाउकोमा डोरी बाँधे। तिनीहरू इस्राएलका राजाकहाँ गए। तिनीहरूले भने, “तिम्रो सेवक, बेन-हदद भन्दछन्, ‘कृपया मलाई बाँच्न देऊ।”‘ आहाबले भने, “के उनी अझै जिउँदै छन्? उनी मेरा भाइ हुन्।”
32
پس آنها پلاس به کمر خود بستند و طناب به گردن خود نهادند و نزد اخاب رفتند و گفتند: «خدمتگزار تو بنهدد میگوید: 'اجازه دهید من زنده بمانم.'»
اخاب پرسید: «آیا او هنوز زنده است؟ او برادر من است.»
33बेन-हदूदका मानिसहरूले अहाबको शब्दको संकेत सुन्ने आशा गरेका थिए त्यो उसले बेन-हदूदलाई मार्ने छैन्। जब राजा आहाबले भन्यो त्यो बेन-हदद उसको भाइ थियो, सल्लाहकारले लगत्तै भने, “हो, बेन-हदद तपाईंका भाई हुन्।” आहाबले भने, “उनलाई मकहाँ ल्याऊ।” यसकारण बेन-हदद राजा आहाब समक्ष आए। राजा आहाबले उनलाई ऊ सितै रथमा बस्नभने।
33
درباریان بنهدد این را نشانه خوبی دانستند و بیدرنگ حرف خودش را تکرار کردند و گفتند: «بله، برادر تو بنهدد.»
اخاب فرمان داد: «او را نزد من بیاورید.» هنگامیکه بنهدد رسید اخاب از او دعوت کرد که سوار ارابهٔ او شود.
34बेन-हददले उनलाई भने, “आहाब, म तिमीलाई शहरहरू दिनेछु जो मेरा पिताले तिम्रा पिताबाट लिएका थिए। अनि तिमी दमीशाकमा पसलहरू खोल्न सक्ने छौ जसरी मेरा पिताले सामरियामा गरेका थिए।” आहाबले उत्तर दिए, “यदि तिमी यसमा सहमत हुन्छौ भने म तिमीलाई मुक्त रूपमा जान दिने छु।” यसकारण दुइजना राजाहरूले शान्ति सम्झौता गरे। त्यसपछि राजा आहाबले राजा बेन-हददलाई मुक्त गरे।
34
بنهدد گفت: «تمام شهرهایی را که پدرم از پدر تو گرفت به تو بازمیگردانم. تو میتوانی در دمشق مرکز تجاری برپا کنی، همانطور که پدرم در سامره کرد.»
اخاب پاسخ داد: «تحت این شرایط تو را آزاد میکنم.» پس از اینکه پیمان بستند، بنهدد را رها کرد.
35एक जना अगमवक्ताले अर्का अगमवक्ताहरूलाई भने, “म माथि प्रहार गर!” उनले भने परमप्रभुले यसो गर्न भनी आदेश दिनुभएको थियो। तर अर्को अगमवक्ताले उनी माथि प्रहार गर्न मानेनन्।
35
به فرمان خداوند مردی از گروه انبیا به دوست خود گفت: «مرا بزن» امّا آن مرد چنین نکرد.
36यसकारण पहिला अगमवक्ताले भने, “तिमीले परमप्रभुको आदेश पालन गरेनौ। यसकारण एउटा सिंहले तिमीलाई मार्नेछ जब तिमी यो ठाउँ छोड्ने छौ।” अर्का अगमवक्ता त्यो ठाउँ छोडेअनि एउटा सिंहले उनलाई मार्यो।
36
پس به او گفت: «چون تو از فرمان خداوند سرپیچی کردی پس از اینکه مرا ترک کنی، شیری تو را خواهد کشت.» و چون او را ترک کرد شیری آمد و او را کشت.
37पहिलो अगमवक्ता अर्को मानिस समक्ष गए अनि भने, “ममाथि प्रहार गर!” त्यस मानिसले उनी माथि प्रहार गर्यो अनि अगमवक्ताहरूलाई घाइते बनायो।
37
نبی مرد دیگری را یافت و به او گفت: «مرا بزن» پس آن مرد او را زد و زخمی نمود.
38यसकारण अगमवक्ताले आफ्नो अनुहार एउटा लुगाले छोपे। यस प्रकार उनी को हुन भनी कसैले पनि थाह पाउन सकेन। अगमवक्ता गए अनि बाटोमा राजाको प्रतीक्षा गर्न थाले।
38
نبی صورت خود را با پارچهای پوشاند تا ناشناس باشد و در کنار جاده رفت و منتظر عبور پادشاه اسرائیل ایستاد.
39जब राजा आए अनि अगमवक्ताले उनलाई बोलाए र भने, “म युद्धमा लडाईं गर्न हिंडे। हाम्रा चार जना मानिसहरू मध्ये एक जनाले एक जना शत्रुको सैनिक मकहाँ ल्यायो। मानिसले भन्यो, ‘यस मानिसलाई हेरिराख। यदि यो मानिस भाग्यो भने तैंले आफ्नो जीवन यसको ठाउँमा दिनु पर्छ अथवा तैंले एक तोडा सुन दण्ड तिर्नु पर्नेछ।’
39
هنگامیکه پادشاه از آنجا میگذشت او را صدا کرد و گفت: «بندهٔ تو در میدان جنگ بود که سربازی، اسیری را نزد من آورد و گفت: مواظب این مرد باش اگر فرار كند تو باید به جای او كشته شوی و یا سه هزار سکّهٔ نقره جریمه بدهی.
40तर म अरू नै काममा व्यस्त भएँ। यस कारण त्यो मानिस भाग्यो।” इस्राएलका राजाले भने, “तिमीले आफैंले भनी सकेकाछौ तिमीलाई सजाय हुनु पर्छ।”
40
امّا من به کارهای دیگر مشغول شدم و آن مرد گریخت.»
پادشاه پاسخ داد: «تو مقصّر هستی و باید تاوان آن را بپردازی.»
41तब अगमवक्ताले आफ्नो अनुहारबाट लुगा निकाल्यो। इस्राएलका राजाले उनलाई हेरे अनि उनी एक जना अगमवक्ता हुन भनी थाह पाए।
41
آنگاه نبی پارچه از صورت خود کنار زد و پادشاه اسرائیل او را شناخت که یکی از انبیاست.
42तब अगमवक्ताले राजालाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तपाईंले त्यस मानिसलाई मुक्त गराउनु भयो जसलाई मैंले भनेथे त्यो मर्नु पर्छ। यसकारण उसको सट्टामा तिमी मर्ने छौ अनि तिम्रा सैनिकहरू उसको सैनिकहरूको सट्टामा मर्नेछन्!”‘
42
نبی به پادشاه چنین گفت: «خداوند چنین میفرماید: 'چون مردی را که من به مرگ محکوم کردهام، گذاشتی تا از دست تو رها شود، در نتیجه جان تو به جای جان او و جان مردم تو به جای مردم او خواهد بود.'»
پادشاه اندوهناک و پریشان به خانهٔ خود در سامره بازگشت.
43तब राजा आफ्नो घर सामरिया फर्किए। उनी चिन्तित र उदास थिए।
43
پادشاه اندوهناک و پریشان به خانهٔ خود در سامره بازگشت.