Nepali

Persian

1 Kings

8

1त्यसपछि राजा सुलेमानले इस्राएलका बूढा-प्रधानहरू, विभिन्न कुल-वंशका प्रमुखहरू, र इस्राएलका कुल-वंशहरूका अगुवाहरूलाई बोलाए। उनले तिनीहरूलाई यरूशलेममा आउने आदेश दिए। सुलेमानले परमप्रभुको करारको सन्दूकलाई दाऊदको शहरबाट जसलाई सियोन पनि भनिन्थ्यो, ल्याउन चाहन्थे।
1 آنگاه سلیمان تمام رهبران طایفه‌‌‌‌‌ها و خاندانهای ‌اسرائیل را در اورشلیم جمع کرد تا صندوق پیمان خداوند را از شهر داوود، یعنی صهیون، به معبد بزرگ بیاورند.
2यसकारण सबै इस्राएलका मानिसहरू वर्षको सातौं महीनामा त्यसको महीनाको चाडको समयमा मानिसहरू सुलेमानसित भेला हुन्थे।
2 همهٔ مردان اسرائیل در ماه ایتانیم که ماه هفتم است، در عید خیمه‌ها نزد سلیمان پادشاه جمع شدند.
3इस्राएलका सबै बूढा प्रधानहरू त्यस ठाउँमा पुगे। तब पूजाहारीहरूले पवित्र सन्दूक उठाए।
3 هنگامی‌که همهٔ رهبران اسرائیل آمدند، کاهنان صندوق پیمان را بلند کردند
4तिनीहरूले भेट हुने पाल अनि पालमा रहेका सबै पवित्र चीज-बीजहरू समेत परमप्रभुको पवित्र सन्दूक सित बोके। लेवीकुहरूले यी सामानहरू बोक्नमा पूजाहारीलाई सघाए।
4 و به معبد بزرگ آوردند. لاویان و کاهنان، همچنین خیمهٔ مقدّس خداوند و همهٔ ظروف مقدّسی را نیز که داخل آن بود، آوردند.
5राजा सुलेमान अनि इस्राएलका सारा समुदाय करारको सम्झौता सन्दूक अघि भेला भए। तिनीहरूले धेरै बलिहरू चढाए। तिनीहरूले यति धेरै भेडाहरू अनि पशुहरू मारे, कुनै मानिसले गन्ती गर्न सकेन।
5 سلیمان پادشاه و همهٔ مردم اسرائیل در مقابل صندوق پیمان جمع شدند و تعداد بی‌شماری گوسفند و گاو قربانی کردند.
6तब पूजाहारीहरूले परमप्रभुकोको करारको सन्दूकलाई यथा स्थानमा स्थापित गरे। यो ठाउँ मन्दिरमा महा पवित्र स्थानको भित्र थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूको पंखेटाको तल स्थापित गरियो।
6 کاهنان صندوق پیمان خداوند را در جای خود در داخل معبد بزرگ و در مقدّسترین مکان زیر بالهای مجسمهٔ فرشتگان نگهبان قرار دادند.
7करूब स्वर्गदूतहरूका पखेटा पवित्र सन्दूक माथि फिंजिएका थिए। तिनीहरूले पवित्र सन्दूक अनि यसको खाम्बाहरूलाई ढाकि दिए।
7 بالهای گستردهٔ فرشتگان نگهبان روی صندوق پیمان، چوبهایی را که با آنها صندوق حمل می‌شد، می‌پوشاند.
8यी थाम्ने खाम्बाहरू धेरै लामा थिए। अति पवित्र स्थानको अघि उभिने कुनै मानिसले खाम्बाहरूको छेऊ देख्न सकथ्यो। तर बाहिरबाट कुनैपनि मानिसले तिनीहरूलाई देख्न सक्दैन थिए। खाम्बाहरू आज पनि त्यहाँ छन्।
8 این چوبها آن‌قدر بلند بودند که از مقدّسترین مکان که قبل از محراب بود دیده می‌شدند، امّا از خارج دیده نمی‌شدند و تا به امروز در همان‌جا هستند.
9पवित्र सन्दूक भित्र मात्र दुइवटा ढुङ्गाका पाटीहरू थिए। यी पाटीहरू तिनै थिए जसलाई मोशाले होरेब नाउँ भएको ठाउँमा पवित्र सन्दूकभित्र राखेका थिए। होरेब त्यो ठाउँ थियो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसँग तिनीहरू मिश्रबाट बाहिर निस्केपछि करार बाँध्नुभएको थियो
9 در صندوق پیمان چیزی جز دو لوح سنگی که موسی در کوه سینا -‌جایی که خداوند با قوم اسرائیل هنگام خروجشان از مصر پیمان بست- در آن گذاشته بود، نبود.
10पूजाहारीहरूले पवित्र सन्दूकलाई अति पवित्र स्थानमा स्थापित गरे। जब पूजाहारीहरू पवित्र स्थानबाट बाहिर आए, परमेश्वरको मन्दिरमा बादल भरियो।
10 هنگامی‌که کاهنان از جایگاه مقدّس خارج شدند، ابری معبد بزرگ را پُر کرد،
11पूजाहारीहरूले आफ्नो काम निरन्तर गर्न सकेनन् किनभने मन्दिर परमेश्वरको महिमाले भरियो।
11 به طوری که کاهنان نتوانستند وظایف خود را انجام دهند، زیرا نور درخشان و خیره کنندهٔ حضور خداوند آنجا را پُر کرده بود.
12तब सुलेमानले भनेः “परमप्रभुले अकाशमा चम्काउँन घाम बनाउनुभयो, तर उहाँले कालो बादलमा बस्न मन पराउनुभयो।
12 آنگاه سلیمان گفت: «خداوند فرموده است که در تاریکی غلیظ ساکن خواهد شد.
13मैले तिम्रो लागि अचम्मको मन्दिर बनाए एउटा ठाउँ जहाँ तिमी सँधै बस्ने छौ।”
13 اکنون من معبد با شکوهی برای تو ساخته‌ام، مکانی که تو تا ابد در آن ساکن شوی.»
14इस्राएलका सबै मानिसहरू त्यहाँ उभिएका थिए। यसर्थ राजा सुलेमान तिनीहरूतिर फर्किए अनि परमेश्वरलाई तिनीहरूका लागि आशीर्वाद दिने बिन्ती गरे।
14 آنگاه سلیمان پادشاه به آنها روی کرد و تمام جماعتی را که در آنجا ایستاده بودند برکت داد و
15तब राजा सुलेमानले भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्। उहाँले परमप्रभुले भन्नुभयो उहाँले मेरो पितासँग प्रतिज्ञा गर्नु भएको पूरा गर्नु भयो।
15 گفت: «سپاس بر خداوند خدای اسرائیل که هرچه به پدرم داوود وعده داده بود، با دستهای خود انجام داد. به او فرموده بود،
16‘मैंले इस्राएलका मानिसहरूलाई मिश्रबाट ल्याएको दिनदेखि अहिले सम्म मेरै सत्कारमा मन्दिर निर्माण गर्नका लागि इस्राएलको परिवार समूहहरूबाट कुनै शहरलाई छानेको थिइन। तर इस्राएलका मानिसहरूमाथि शासन गर्नका लागि मैले दाऊदलाई मन पराएको छु।’
16 از زمانی که قوم خود اسرائیل را از مصر بیرون آوردم، شهری را در سرتاسر اسرائیل برنگزیدم که در آن معبدی ساخته شود تا من در آن ستایش شوم، امّا داوود را برگزیدم تا بر قوم من حکومت کند.
17“मेरा पिता दाऊदले परमप्रभु इस्राएलका परमेश्वरको सत्कार गर्नका लागि एउटा मन्दिर बनाउन साह्रै नै चाहेका थिए।
17 «آرزوی پدرم داوود این بود که معبدی برای پرستش خداوند خدای اسرائیل بسازد.
18तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नु भएको थियो, ‘म जान्दछु, मेरो सत्कारका लागि तिमी एउटा मन्दिर बनाउन साह्रै नै इच्छुक छौ, अनि यो राम्रो कार्य हो, तिमी मेरो मन्दिर बनाउन चाहन्छौ।
18 امّا خداوند به پدرم داوود گفت: 'خواست تو خوب بود که می‌خواستی معبدی برای من بنا کنی
19तर तिमी नै त्यो मानिस होइनौ जसलाई मैले मन्दिर बनाउनका लागि रोजेको छु। तिम्रो छोराले मेरो मन्दिर बनाउने छ!’
19 ولی تو این معبد را برای من بنا نخواهی کرد، بلکه پسری که برای تو به دنیا خواهد آمد، معبدی به نام من خواهد ساخت.'
20“यसकारण परमप्रभुले त्यो प्रतिज्ञा पूरा गर्नु भएको छ, जो उहाँले दिनुभएको थियो। अहिले म मेरा पिता दाऊदको ठाउँमा राजा छु। अब म परमप्रभुले भन्नुभए जस्तैं इस्राएलका मानिसहरू माथि शासन गर्ने छुँ। परमप्रभु इस्राएलका परमेश्वरको लागि मैले मन्दिरको निर्माण गरें।
20 «اکنون خداوند به وعدهٔ خود وفا کرده است، زیرا من به جای پدرم داوود برخاسته‌ام و بر تخت سلطنت اسرائیل نشسته‌ام، همان‌طور که خداوند وعده داده بود و من معبد بزرگ را برای پرستش خدای اسرائیل ساخته‌ام.
21मैंले मन्दिरमा पवित्र सन्दूकका लागि एउटा ठाउँ बनाएँ। पवित्र सन्दूकभित्र परमप्रभुले हाम्रा पुर्खाहरूसित गर्नुभएको करार-पत्र छ। परमप्रभुले जब करार गर्नुभयो तब उहाँले हाम्रा पुर्खाहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो।”
21 در آنجا مکانی برای صندوق پیمان فراهم آورده‌ام، پیمانی كه خداوند، هنگامی‌که نیاکان ما را از مصر بیرون آورد، با آنها بست.»
22तब सुलेमान परमप्रभुको वेदी अघि उभिए। सबै मानिसहरू उनको अघि उभिएका थिए। राजा सुलेमानले आफ्नो हात फिंजाए अनि अकाशतिर हेरेर।
22 آنگاه سلیمان درحالی‌که تمام قوم اسرائیل حاضر بودند، در مقابل قربانگاه در حضور خداوند ایستاد. دستهای خود را به سوی آسمان بلند کرد
23उनले भनेः “परमप्रभु, इस्राएलका परमेश्वर, अकाश अथवा धर्तीमा तपाईं जस्तो अरू कुनै परमेश्वर छैन। तपाईंले आफ्ना भक्तहरूसँग करार गर्नुभएको छ किनभने तपाईं उनीहरूलाई प्रेम गर्नु हुन्छ तपाईं आफ्नो वचनलाई पूरा गर्नुहुन्छ तपाईं तपाईंको अनुसरण गर्ने मानिसहरूका लागि दयालु अनि साँचो हुनुहुन्छ।
23 و گفت: «ای خداوند خدای اسرائیل، هیچ خدایی چون تو در آسمان و در روی زمین نیست! تو پیمان خود را با قوم خویش نگاه می‌داری و هنگامی‌که با تمام دل در زندگی از تو پیروی می‌کنند، محبّت خود را به آنها نشان می‌دهی.
24तपाईंले आफ्ना सेवक, मेरा पिता दाऊदसँग प्रतिज्ञा गर्नु भएको थियो तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो तपाईंले प्रतिज्ञा आफ्नै मुखबाट गर्नु भएको थियो। अनि आफ्नो विशाल शक्तिको बलमा तपाईंले आफ्नो प्रतिज्ञालाई आज सत्य साबित गर्नुभयो।
24 تو وعدهٔ خود را با پدرم داوود، نگاه داشتی؛ امروز همهٔ سخنان تو به حقیقت پیوسته است.
25अब, हे परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्ना सेवक तथा मेरा पिता दाऊदसँग गरेको अर्को प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले भन्नुभएको थियो, ‘दाऊद, तिम्रा छोराहरूले ध्यानसँग मेरा आज्ञा पालन गरून् जसरी तिमीले गरेका थियौ। यदि तिनीहरूले यसो गरे भने तिम्रा वंशबाट कसैले सँधैनै इस्राएलका मानिसहरूमाथि शासन गर्ने छ।’
25 اکنون ای خداوند خدای اسرائیل، وعده‌ای را که به بندهٔ خود، پدرم داوود داده‌ای، نگاه‌دار که فرمودی: همواره یکی از فرزندان او بر تخت پادشاهی اسرائیل خواهد نشست، اگر مانند او از تو پیروی کنند.
26अनि फेरि, हे, परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंलाई मेरा पितासँग गरेको प्रतिज्ञालाई निरन्तर राख्न अनुरोध गर्दछु।
26 پس اکنون ای خدای اسرائیل، بگذار هرآنچه را به بنده‌ات، پدرم داوود وعده داده بودی، به حقیقت بپیوندد.
27“तर, मेरा परमेश्वर! तपाईं साँच्चै पृथ्वीमाथि बास गर्नु हुन्छ? सम्पूर्ण अकाश अनि स्वर्गको सर्वोच्च स्थानले पनि तपाईंलाई राख्न सक्दैन। तब मैंले बनाएको यस घरले तपाईंलाई कसरी राख्न सक्छ?
27 «امّا ای خدا، آیا براستی تو در زمین ساکن خواهی شد؟ حتّی همهٔ آسمانها گنجایش تو را ندارند، پس چگونه این معبد بزرگ، تو را در خود جای خواهد داد؟
28तर कृपया मेरा प्रर्थना अनि मेरो अनुरोध सुनी दिनुहोस्। म तपाईंको सेवक हुँ अनि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। मेरो यो प्रार्थना सुनीदिनु होस्। आज तपाईंसंग प्रार्थना गरिरहेको छु।
28 ای خداوند، خدا، من بندهٔ تو هستم، به نیایش من گوش فرا ده و درخواست امروز مرا برآورده کن.
29विगतमा तपाईंले भन्नु भएको थियो, ‘मेरो सत्कार गरिनेछ।’ यस कारण यस मन्दिरलाई रात-दिन हेर्नुहोस्। यस मन्दिरमा गरेको प्रार्थना सुनीदिनुहोस्।
29 باشد که چشمان تو روز و شب بر این معبد بزرگ باشد، مکانی که تو برگزیده‌ای تا ستایش شوی، هنگامی‌که به سوی این معبد بزرگ نیایش می‌کنم مرا بشنو.
30परमप्रभु, म अनि तपाईंका मानिसहरू यस ठाउँमा आउने छौं अनि तपाईंमा प्रार्थना गर्ने छौं। कृपया प्रार्थनासुनी दिनुहोस्! हामी जान्दछौं, तपाईं स्वर्गमा बस्नु हुन्छ। हामी हाम्रो प्रार्थना सुनीदिने अनि हामीलाई क्षमा गर्न अनुरोध गर्दछौं।
30 نیایش‌های مرا بشنو، نیایش‌های قوم خود را، هنگامی‌که به سوی این مکان روی می‌کنند، بشنو؛ از جایگاه خود در آسمانها ما را بشنو و ما را ببخش.
31“यदि एउटा मानिसले अर्को व्यक्तिको विरूद्ध पापहरू गर्यो भने, उसलाई यहाँ वेदीमा ल्याईन्छ। यदि त्यो मानिस दोषी छैन भने, तब उसले उसलाई निर्दोष छु भनि शपथ खान लगाउनेछु।
31 «هرگاه کسی متّهم به جرمی‌ علیه دیگری گردد و به قربانگاه این معبد بزرگ آورده شود تا سوگند یاد کند که بی‌گناه است،
32तब स्वर्गमा उसलाई सुन्नुहोस् अनि उसप्रति न्याय गर्नुहोस्। यदि मानिस दोषी छ भने उसलाई कृपा गरेर दोषी देखाउनुहोस्। अनि यदि मानिस निर्दोष छ भने कृपया उसलाई निर्दोष भएको देखाउनु होस्।
32 ای خداوند، در آسمانها بشنو و عمل کن و بندگان خود را داوری کن، گناهکار را مجازات و آنچه کرده است بر سر او فرود آور و بی‌گناهان را طبق نیکوکاری ایشان پاداش بده.
33“कहिले काँही तपाईंका मानिसहरूले तपाईंको विरूद्धमा पाप कार्य गरे भने उनका शत्रुहरूले उनीहरूलाई परास्त गर्छन्। तब मानिसहरू तपाईंतिर फर्किन्छन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। मानिसहरूले यस मन्दिरमा नै तपाईंको प्रार्थना गर्नेछन्।
33 «هنگامی‌که قوم تو اسرائیل، به‌خاطر گناه علیه تو از دشمنانشان شکست می‌خورند، آنگاه که به سوی تو باز می‌گردند و به این معبد بزرگ می‌آیند و با فروتنی برای بخشش، تو را نیایش می‌کنند،
34कृपया उनीहरूलाई स्वर्गबाट सुनि दिनुहोस्। तपाईंको मानिसहरूको पापलाई क्षमा गरि दिनुहोस् अनि तिनीहरूलाई आफ्नो धर्ती फेरि प्राप्त गर्न दिनुहोस्। तपाईंले यो धर्ती उनका पुर्खाहरूलाई दिनु भएको थियो।
34 از آسمانها آنها را بشنو، گناه قوم خود را ببخش و آنها را به سرزمینی که به نیاکان ایشان دادی، بازگردان.
35“कहिले काँही तिनीहरू तपाईंको विरूद्धमा पापकार्य गर्छन् अनि तपाईंले तिनीहरूको धर्तीमा पानी पर्न नै बन्द गरी दिनुहुन्छ। तब तिनी यस ठाउँतिर फर्केर प्रार्थना गर्नेछन् अनि तपाईंको नाउँको स्तुति गर्नेछन्। तपाईंले तिनीहरूलाई दुःख दिनुहुन्छ अनि तिनीहरू आफ्नो पाप कार्यका लागि अफशोच गर्नेछन्।
35 «هنگامی‌که آسمان بسته می‌شود و به‌خاطر گناه علیه تو، باران نمی‌بارد، اگر آنها به سوی این مکان دعا کنند و نام تو را بخوانند و از گناه بازگردند،
36यसर्थ कृपया स्वर्गमा नै तिनीहरूको प्रार्थना सुनि दिनुहोस्। तब हाम्रो पाप क्षमा गर्नुहोस्। मानिसहरूलाई सही बाटोमा हिँड्ने ज्ञान दिनुहोस्। तब, हे परमप्रभु तिनीहरूलाई दिएको धर्तीमा पानी पार्नुहोस्।
36 از آسمانها آنها را بشنو. گناهان پادشاه و مردم اسرائیل را ببخش و به آنها درستکاری بیاموز. پس ای خداوند، به آن سرزمینی که به عنوان ارث دایمی به قومت بخشیده‌ بودی، باران بفرست.
37“धर्ती साह्रै नै सुक्खा हुनसक्छ अनि यसमा कुनै अन्न उम्रिने छैन। अथवा जनसाधारणमा महामारी फिंजिन सक्छ। हुन सक्छ, फल्दै गरेको सबै अन्नहरू कीराहरूद्वारा नष्ट हुनेछ। हाम्रा मानिसमाथि केही शहरहरूमा तिनका शत्रुहरूद्वारा आक्रामण हुनेछ। अथवा हाम्रा धेरै मानिसहरू बीमार हुनेछन्।
37 «هرگاه این سرزمین دچار خشکسالی یا طاعون شود یا محصولات آن در اثر بادهای سوزان و هجوم ملخ از بین رود، یا دشمن قوم تو را در هریک از شهرها محاصره کند، هر بلا و مرضی که باشد.
38जब यस मध्ये कुनै एउटा घटना घट्छ अनि जब एउटा व्यक्ति अथवा इस्राएलीहरूले तिनीहरूको पापहरूको क्षमा माग्छ अनि तिनीहरूले यस मन्दिरबाट तपाईंकहाँ हात उठाउँछ।
38 نیایش‌های آنها را بشنو، اگر هرکس از قوم تو اسرائیل، با قلبی پر از اندوه دستهای خود را به سوی این معبد بزرگ با نیایش بلند کند،
39तपाईंले आफ्नो वासस्थान स्वर्गबाट कृपया उसको प्रार्थना सुनिदिनु होस्। मानिसहरूको मनभित्रके छ। तपाईंले मात्र जान्नुहुन्छ। यसकारण प्रत्येक मानिससित उसले गरेका कार्य अनुसार व्यवहार गर्नुहोस्।
39 نیایش‌های آنها را بشنو. از جایگاه خود در آسمانها به آنها گوش فرا ده. ایشان را ببخشای و یاری کن، تنها تو از اندیشهٔ قلب انسان آگاهی. با هرکس، هر آن گونه که سزاوار است، عمل کن.
40यस्तो गरी दिनु होस् जसले गर्दा तपाईंका मानिसहरू जतिञ्जेलस बाँच्ने छन् त्यतिञ्जेल डराउने गर्छन्, जबसम्म तपाईंले हाम्रा जो पिता-पुर्खाहरूलाई दिनभएको भूमिमा तिनीहरूलाई बस्न दिनु हुनेछ।
40 تا آنها در تمام مدّتی که در سرزمینی که تو به نیاکانشان داده‌ای، همیشه زندگی کنند و از تو بترسند.
41[This verse may not be a part of this translation]
41 «همچنین وقتی بیگانه‌ای که در سرزمین دوردستی زندگی می‌کند، نام تو و کارهای عظیمی ‌که تو برای قوم خود انجام داده‌ای، بشنود و برای دعا و ستایش تو به این معبد بزرگ بیاید،
42[This verse may not be a part of this translation]
42 نیایش او را بشنو. از آسمان که جایگاه توست، او را بشنو و آنچه را از تو درخواست می‌کند، برآورده کن تا همهٔ مردم جهان مانند قوم تو اسرائیل، تو را بشناسند و از تو پیروی کنند. آنگاه آنها خواهند دانست این معبد بزرگی که من ساخته‌ام، مکانی است که تو باید ستایش شوی.
43स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको पार्थना सुनि दिनुहोस्। कृपया अरू ठाऊँका मानिसहरूले भनेको कुरा विचार गरिदिनुहोस्। तब ती मानिसहरू डराउने छन अनि इस्राएलका मानिस सरह तपाईंको आदर गर्नेछन्। तब सबै ठाऊँका मानिसहरूले जान्नेछन्, मैंले तपाईंको सम्मानमा यो मन्दिर बनाएँ।
43 «آنگاه که تو به مردم خود امر می‌کنی که به جنگ علیه دشمنانشان بروند و آنها به سوی این شهر که تو برگزیده‌ای و این معبد بزرگ که من برای تو ساخته‌ام، به درگاه تو نیایش کنند، هرکجا که هستند،
44“कहिले-कहिले तपाईं आफ्ना भक्तजनलाई तिनीहरूका शत्रुहरूको विरूद्धमा युद्ध गर्ने आदेश दिनुहुन्छ। तब तपाईंका मानिसहरू यस शहरतिर बढने छन् जुन तपाईंले चुन्नुभएको थियो अनि मैंले तपाईंको सम्मानमा यस मन्दिरको निर्माण गरेको छु। तिनीहरू तपाईंमा प्रार्थना गर्नेछन्।
44 نیایش آنها را بشنو. از آسمانها ایشان را بشنو و پیروزشان گردان.
45त्यस समयमा स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको प्रार्थना सुनि दिनुहोस् अनि तिनीहरूलाई सहायता गर्नुहोस्।
45 «هنگامی‌که قوم تو علیه تو مرتکب گناه می‌شود -‌زیرا هیچ‌کس نیست که گناه نکند- و تو در خشم خود اجازه می‌دهی که دشمن آنها را شکست دهد و به اسارت به سرزمینی دیگر ببرد، حتّی اگر آن سرزمین دور دست باشد.
46“तपाईंका मानिसहरूले तपाईंका विरूद्धमा पाप गर्नेछन्। म यो जान्दछु किनभने प्रत्येक मानिसले पाप गर्छ। तब तिनीहरूसँग तपाईं क्राोधित हुनुहुनेछ र तपाईंको क्रोधद्वारा। तपाईंले तिनका शत्रुहरूलाई तिनीहरूमाथि विजय हासिल गराउनु हुनेछ। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउने छन् अनि टाढा नजीक कतैं अर्को जग्गामा राख्नेछन्।
46 نیایش مردم خود را بشنو. اگر ایشان در آن سرزمین توبه کنند و اعتراف نمایند که چه پلید و گناهکار هستند، خداوندا نیایش ایشان را بشنو.
47त्यस टाढाको ठाऊँमा तपाईंका मानिसहरूले के भयो भनी सोच्ने छन्। आफ्नो पाप कार्यका लागि तिनीहरू क्षमा-याचना गर्नेछन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। तिनीहरू भन्ने छन्, ‘हामीले पाप गरेका छौं अनि भूल गरेका छौं।’
47 اگر ایشان با تمامی دل و جان خود، در سرزمین دشمنان خود که آنها را به اسارت برده‌اند، توبه کنند و به سوی سرزمینی که به نیاکانشان دادی و شهری که تو برگزیدی و معبد بزرگی که من به نام تو ساخته‌ام، نیایش کنند،
48तिनीहरू ती टाढा ठाऊँमा कैदी हुनेछन्। तर यदि तिनीहरू कैदीमा हुदा सम्पूर्ण हृदयले तपाईं कहाँ आउँछन् अनि तिनीहरू तपाईंको भूमिलाई हेर्दै प्रार्थना गर्छन जुन तपाईंले तिनीहरूका पिता-पूर्खालाई दिनु भएको थियो। यस शहरलाई तपाईंले चुन्नु भएको थियो अनि यो मन्दिर तर्फ जुन मैले तपाईंको सम्मान मा बनाए।
48 آنگاه نیایش ایشان را بشنو. از جایگاه خود در آسمانها نیایش ایشان را بشنو و نسبت به آنها بخشنده باش.
49तपाईंले तिनीहरूलाई तपाईंको निवास स्थान स्वर्गबाट सुनि दिनुहोस् अनि तिनीहरूसित राम्रो व्यवहार गर्नुहोस्।
49 مردمی ‌را که علیه تو گناه و سرکشی کرده‌اند، ببخش و قلب کسانی‌که ایشان را به اسارت گرفته‌اند، نرم ساز تا شاید بر ایشان مهربانی کنند.
50तपाईंका मानिसहरूका सबै पाप क्षमा गरिदिनुहोस्। अनि तपाईंको विरूद्धमा गरेको पाप क्षमादान दिनुहोस्। तिनीहरूका शत्रुहरूलाई तिनीहरूप्रति दयालु बनाइ दिनु होस्।
50 چون ایشان قوم و میراث تو هستند که از مصر، از میان کوره آهن بیرون آوردی.
51सम्झना रहोस, तिनीहरू तपाईंकै जाति हुन। सम्झना रहोस, तिनीहरूलाई तपाईंले नै मिश्रबाट ल्याउनु भएको हो। यसो गरेर तिनीहरूलाई तपाईंले बलेको आगोबाट बचाउनु भएको थियो।
51 «بگذار تا چشمان تو بر زاری خدمتکار تو و زاری قوم تو اسرائیل گشوده باشد و هنگامی‌که تو را می‌خوانند، ایشان را بشنوی.
52“हे परमप्रभु परमेश्वर, कृपया मेरो प्रार्थना सुनिदिनु होस् अनि इस्राएलका आफ्ना मानिसहरूको प्रार्थना सुनिदिनु होस्। तिनीहरूको प्रार्थना कुनै पनि बेला सुनिदिनुहोस् जब तिनीहरू सहायताका लागि तपाईंसंग बिन्ती गर्छन्।
52 چون تو ایشان را از میان تمامی ‌مردم جهان برگزیدی تا میراث تو باشند، همان‌گونه که به موسی خدمتگزار خود، هنگامی‌که نیاکان ما را از مصر بیرون آوردی، اعلام کردی.»
53तपाईंले तिनीहरूलाई पृथ्वीका सबै मानिसहरूबाट आफ्ना विशेष मानिसहरूको रूपमा चुन्नुभएको छ। परमप्रभु तपाईंले हाम्रो लागि यस्तो गर्नेछु भनी वचन दिनुभएको थियो। तपाईंले आफ्नो सेवक मोशालाई मिश्रबाट हाम्रा पुर्खाहरूलाई ल्याउनमा प्रयोगगर्नु भएको थियो।”
53 پس از آن که سلیمان نیایش و زاری خود را به خداوند پایان داد از برابر قربانگاه که زانو زده و دستهای خود را به سوی آسمان برافراشته بود، برخاست
54सुलेमानले परमेश्वरसँग त्यो प्रार्थना गरे। उनले वेदीको अघि घुँडा टेकेका थिए। सुलेमानले आफ्नो पाखुरा स्वर्गतिर उठाएर प्रार्थना गरे। तब सुलेमानले प्रार्थना सिध्याए अनि उभिए।
54 و ایستاد و با آوازی بلند همهٔ کسانی را که در آنجا گرد آمده بودند، برکت داد و گفت:
55तब उनले परमेश्वरसँग ठूलो स्वरमा इस्राएलका मानिसहरूलाई आशीष दिने बिन्ती गरे। सुलेमानले भनेः
55 «سپاس بر خداوند باد که طبق همهٔ وعده‌های خود به قوم خود اسرائیل آرامی بخشید، و به همهٔ وعده‌های نیکویی که توسط موسی خدمتگزار او داده شده بود، وفا کرد.
56“परमेश्वरको स्तुति गर! उहाँले इस्राएलका आफ्ना मानिसहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। अनि उहाँले हामीलाई शान्ति दिनुभएको छ! परमप्रभुले आफ्नो सेवक मोशालाई प्रयोग गर्नु भएको थियो अनि इस्राएलका मानिसहरूलाई धेरै राम्रा-राम्रा प्रतिज्ञा गर्नु भएको थियो। अनि परमप्रभुले आफ्नो प्रत्येक प्रतिज्ञालाई पूरा गर्नु भएको छ!
56 خداوند خدای ما، با ما باشد، همان‌طور که با نیاکان ما بود و ما را ترک و رها نکند.
57म प्रार्थनागर्छु, परमेश्वर सँधै हामीसँग हुनुहुनेछ जसरी उहाँ हाम्रा पुर्खाहरूसँग हुनुहुन्थ्यो। म प्रार्थनागर्छु, परमप्रभुले कहिलेपनि हामीलाई छोडनुहुनेछैन।
57 باشد که او دلهای ما را به سوی خود مایل گرداند تا در راه او گام برداریم و فرمانها و قوانینی را که به نیاکان ما داد بجا آوریم.
58म प्रार्थनागर्छु हामी उहाँतिर फर्कनेछौं अनि उहाँको अनुसरण गर्नेछौं। तब हामी ती सबै ऐन, निर्णय र आदेशहरू पालन गर्ने छौं जो उहाँले हाम्रा पुर्खाहरूलाई दिनुभएको थियो।
58 تا خداوند خدای ما همواره این نیایش را به یاد داشته باشد و با بخشندگی، نیاز روزانهٔ مردم اسرائیل و پادشاه ایشان را برآورده کند.
59म आशा गर्छु, हाम्रा परमप्रभुले सँधै नै यो प्रार्थना सम्झना गर्नुहुनेछ जुन मैंले चढाएको छु। म प्रार्थना गर्छु, परमप्रभुले आफ्नो सेवक राजा अनि इस्राएलका मानिसहरूका लागि यी सबै कामहरू गर्नुहुनेछ। म प्रार्थना गर्छु उहाँले यो काम प्रत्येक दिन गर्नु हुनेछ।
59 تا همهٔ مردم جهان بدانند که خداوند ما یکتاست و به جز او خدایی نیست.
60(जब परमप्रभुले यी कार्यहरू गर्नु हुनेछ।) तब संसारका सबै मानिसहरूले जान्नेछन हाम्रा परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ।
60 باشد که شما که قوم او هستید، همیشه به خداوند خدای ما وفادار باشید. قوانین و فرامین او را همان‌طور که امروز پیروی می‌کنید بجا آورید.»
61सबै मानिसहरूले परमप्रभु हाम्रा परमेश्वर प्रति भक्त र सत्य हुनुपर्छ। तिमीले सँधै नै उहाँको विधि-विधान र आदेशहरू अनुसरण र पालन गर्नुपर्छ। तिमीले भविष्यमा पनि नियमित रूपमा नियम पालन गर्नुपर्छ जस्तो अहिले गर्दैछौं।”
61 آنگاه سلیمان پادشاه و تمام قوم اسرائیل در برابر خداوند قربانی کردند.
62तब राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले उनीसँगै परमप्रभुलाई बलि चढाए।
62 سلیمان بیست و دو هزار گاو و یکصد و بیست هزار گوسفند برای قربانی سلامتی به خداوند تقدیم کرد. پس پادشاه و همهٔ قوم اسرائیل معبد بزرگ را تقدیس کردند.
63सुलेमानले 22,000 साँढे अनि 1,20,000 भेडाहरू बलि चढाए। यी सबै मेलबलि भेंट बलि थिए। यस प्रकार इस्राएलका राजा अनि मानिसहरूले परमप्रभुलाई मन्दिर समर्पण गरे।
63 در همان روز پادشاه وسط حیاط جلوی معبد بزرگ را تقدیس کرد. چون قربانگاه برنزی گنجایش همهٔ قربانی‌ها را نداشت. قربانی‌های سوختنی، هدایای آردی و چربی قربانی‌های سلامتی را در آنجا تقدیم کرد.
64त्यस दिन राजा सुलेमानले मन्दिर अघिको आंगन पनि समर्पण गरे। उनले होमबलि, अन्नबलि अनि पशुहरूको बोसो चढाए जुन मेलबलि समर्पण थियो। राजा सुलेमानले यी बलि अनि भेंटीहरू आँगनमा चढाए। उनले यसो गरे किनभने भित्र परमप्रभुको अघि बनाइएको काँसाको वेदीमा यी सबै चीजहरू अटाऊँदैन थियो।
64 پس پادشاه با همهٔ قوم اسرائیل در آن زمان به مدّت هفت روز عید خیمه‌ها را برپا نمود و انبوهی از جمعیّت از راه دور، از گذرگاه حمات تا مرز مصر در جنوب در آنجا بودند. در روز هشتم سلیمان مردم را روانه کرد و آنها پادشاه را برکت دادند و با شادمانی و با دلی شاد از همهٔ خوبی‌هایی که خداوند به داوود خدمتگزار خود و همهٔ قوم اسرائیل نشان داد، به خانه‌های خود رفتند.
65यसकारण यस प्रकार राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले त्यस समयमा चाड मनाए। सम्पूर्ण इस्राएलीहरू उत्तरमा हमात पासदेखि मिश्र नदीको सीमानहरूसम्म त्यहाँ थिए। त्यहाँ एउटा ठूलो मानिसहरूको भिड थियो। तिनीहरू परमप्रभुको सामुने जम्मा भएका थिए। तब तिनीहरू अझै सात दिनसम्म त्यहाँ बसे। तिनीहरूले सबैजम्मा 14 दिन चाड मनाए।
65 در روز هشتم سلیمان مردم را روانه کرد و آنها پادشاه را برکت دادند و با شادمانی و با دلی شاد از همهٔ خوبی‌هایی که خداوند به داوود خدمتگزار خود و همهٔ قوم اسرائیل نشان داد، به خانه‌های خود رفتند.
66अर्को दिन सुलेमानले मानिसहरूलाई घर फर्किने आदेश दिए। तिनीहरू सबैले राजालाई धन्यवाद दिए अनि सबै खुशी मनाउँदै घर फर्किए। तिनीहरू खुशी थिए किनभने परमप्रभुले उहाँको सेवक दाऊद र इस्राएलका सबै मानिसहरूका निम्ति यी सबै राम्रो कार्यहरू गर्नु भएको थियो।