1शमूएलले एक ढुँग्रो विशेष तेल लिए र शाऊलको टाउकोमा खन्याई दिए। शमूएलले म्वाई खाँदै भने, “परमप्रभुले तपाईंलाई आफ्ना मानिसहरूका अगुवाको रूपमा अभिषेक गर्नुभएको छ। तपाईंले परमप्रभुका मानिसहरूलाई शासन गर्नुहुनेछ तपाईंले तिनीहरूलाई चारैतिरका शत्रुबाट रक्षा गर्नुपर्छ। परमप्रभुले तपाईंलाई आफ्नो मानिसहरूको शासकको रूपमा अभिषेक गर्नुभएको हो। यहाँ एउटा संकेत छ त्यसले यो सत्य हो भनि प्रमाण दिइने छ।
1
آنگاه سموئیل یک ظرف روغن زیتون را گرفته، بر سر شائول ریخت. بعد او را بوسید و گفت: «خداوند تو را انتخاب فرموده است که فرمانروای اسرائیل باشی. تو بر قوم او فرمانروایی خواهی کرد و آنها را از دست تمام دشمنانشان خواهی رهانید و این نشانهٔ آن است که خداوند تو را برگزیده است تا بر قوم او سلطنت کنی.
2आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहाननेर सेलमहमा दुइजना मानिसहरू भेट्टाउनु हुनेछ। ती दुइजना मानिसहरूले भन्नेछन्, ‘तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुर्ता गर्दै भन्दै हुनुहुन्छ, अब म मेरो छोराको लागि के गरूँ?”‘
2
وقتی از من جدا میشوی، دو نفر را در کنار قبر راحیل در شهر صلصح که در سرزمین بنیامین واقع است، خواهی دید. آنها به تو خبر میدهند که الاغهایی را که جستجو میکردی، پیدا شدهاند. حالا پدرت در فکر الاغها نیست بلکه بهخاطر تو نگران است و میگوید، پسرم را چطور پیدا کنم.
3तब शमूएलले भने, “तपाईंहरू ताबेरमा बज्राँठको रूख नआइञ्जेलसम्म अघि बढ्नुहोस्। त्यहाँ तीनजना मानिसहरू भेट्नुहुनेछ। तिनीहरू बेतेलमा परमेश्वरको आराधना गर्न गइरहेका हुनेछन्। ती मध्येको पहिलोले तीनवटा पाठा बोकेको हुनेछ। दोस्रोले तीनवटा रोटी र तेस्रोले एक मशक दाखरस बोकेको हुनेछन्।
3
باز وقتی جلوتر بروی به درخت بلوط تابور میرسی. در آنجا سه مرد را میبینی که برای پرستش خداوند به بیتئیل میروند. یکی از آنها سه بُزغاله، دیگری سه قرص نان و سومی یک مشک شراب با خود دارد.
4ती तीनै जना मानिसले तपाईंलाई अभिवादन गर्नेछन्। तिनीहरूले दुइवटा रोटी दिनेछन्। ती दुइवटै रोटी तपाईंले स्वीकार गर्नुपर्छ।
4
آنها با تو احوالپرسی میکنند و به تو دو قرص نان میدهند که تو باید آن را بپذیری.
5त्यहाँबाट तपाईं गिबियत एलोहिम जानुपर्छ। त्यहाँ पलिश्तीहरूको एउटा चौकी छ। जब तपाईं त्यस शहरमा पुग्नुहुन्छ केही अगमवक्ताहरू निक्लदै गरेको भेट्नु हुनेछ। ती अगमवक्ताहरू आराधनास्थानबाट झर्दै गरेका हुनेछन्। तिनीहरूले अगमवाणीहरू बोलिरहेका हुनेछन्। तिनीहरूले खैंजडी, ढोलक, बाँसुरी र वीणा बजाउँदै गरेका हुनेछन्।
5
بعد به کوه خدا در جبعه میرسی که در آنجا سربازان فلسطینیان نگهبانی میدهند. همین که به شهر وارد میشوی با چند نفر از انبیا برمیخوری که از کوه پایین میآیند و در حال نواختن چنگ و دف و نی و بربط، میرقصند و میخوانند.
6त्यति बेला परमप्रभुको आत्मा तपाईंमाथि उत्रनुहुनेछ र तपाईंलाई शक्ति दिनुहुनेछ, तपाईं परिवर्तन हुनुहुनेछ। तपाईं भिन्न मानिस हुनुहुनेछ। तपाईं पनि ती अगमवक्ताहरूसितै अगमवाणी बोल्नसक्ने हुनुहुन्छ।
6
سپس روح خداوند بر تو قرار میگیرد و تو هم با آنها میخوانی و به شخص دیگری تبدیل میشوی.
7यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किन? किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ।
7
از آن به بعد هر تصمیمی که میگیری انجام بده، زیرا خداوند با تو خواهد بود.
8“म भन्दा पहिले गिलगाल जानुहोस्। त्यसपछि म तपाईं भएकोमा आउने छु। म त्यहाँ होमबलि र मेलबलि चढाउँनेछु। तर तपाईंले सात दिन पर्खनु पर्नेछ। तब म आउनेछु अनि तपाईंले के गर्नुपर्छ म बताँउनेछु।”
8
تو قبل از من به جلجال برو، در آنجا من در وقت ادای مراسم قربانی سوختنی و ذبح کردن قربانیهای سلامتی با تو خواهم بود. هفت روز منتظر من باش تا بیایم و به تو بگویم که چه کارهایی باید بکنی.»
9जब शाऊल शमूएलबाट बिदा लिन फर्के, परमेश्वरले शाऊलको जीवन नै अर्कै बनाइदिनुभयो। त्यही दिन यी सबै घटनाहरू घटे।
9
وقتی شائول با سموئیل خداحافظی کرد و میخواست برود، خدا شخصیّت تازهای به او داد و همهٔ چیزهایی را که سموئیل گفته بود، به حقیقت پیوستند.
10शाऊल र तिनको नोकर गिबियथ एलोहिम गए। त्यहाँ शाऊलले अगमवक्ताहरूको एक समूहलाई भेटे। परमेश्वरको आत्मा शक्तिसाथ शाऊलमाथि तुरून्तै उत्रियो अनि शाऊलले पनि ती अगमवक्ताहरूको समूहमा अगमवाणी गर्नुभयो।
10
وقتی شائول و نوکرش به کوه خدا رسیدند گروهی از انبیا را دیدند که به طرف آنها میآیند. آنگاه روح خدا بر شائول قرار گرفت و با آنها میخواند.
11ति-जसले शाऊललाई पहिले देखि चिन्थे उनीहरूले शाऊललाई अगमवाणी गरेका देखे। यसर्थ तिनीहरूले एक अर्कासित प्रश्न गर्न थाले, “कीशको छोरालाई के भयो? के शाऊल पनि अगमवक्ताहरू मध्ये एउटा हो?”
11
کسانیکه قبلاً او را میشناختند، وقتی دیدند که با انبیا میخواند، گفتند: «پسر قیس را چه شده است؟ آیا شائول هم نبی شده است؟»
12गिबियथ एलोहिमका एकजनाले भने, “हो! यस्तो देखिंदैछ, ऊ नै तिनीहरूका गुरू हुन्।” यसैकारण यो भनाइ प्रचलित छः “के शाऊल पनि एउटा अगमवक्ता नै हो?”
12
یک نفر از حاضرین اضافه کرد: «پدرشان کیست؟» از همان زمان این مَثَل وِرد زبان مردم شد که میگویند: «شائول هم از جملهٔ انبیاست.»
13शाऊलले अगमवाणी बोल्न छोडेपछि घरकै छेउको स्थानमा आराधना गर्न गए।
13
وقتی شائول نبوّتش را تمام کرد، به منزل خود رفت.
14शऊलका काकाले शाऊललाई र त्यस नोकरलाई भने, “कता गएका थियौ?” शाऊलले भने, “हामी गधाका खोजीमा थियौं। जब हामीहरूले तिनीहरूलाई पाउँन सकेनौ त्यसपछि हामी शमूएललाई भेट्न गयौं।”
14
عموی شائول از آنها پرسید: «کجا رفته بودید؟»
شائول جواب داد: «برای یافتن الاغها رفته بودیم. چون آنها را نیافتیم، پیش سموئیل رفتیم.»
15शाऊलका काकाले भने, “मलाई भन त, शमूएलले के-के भने?”
15
عمویش گفت: «به من بگو که او چه گفت.»
16शाऊलेले भने, “शमूएलले हामीलाई गधाहरू पाइसकेको छ भने।” शाऊलले प्रत्येक कुराहरू बताएनन्। राज्यको बारेमा शमूएलले भनेको कुरा बताएनन्।
16
شائول جواب داد: «او به ما گفت که الاغها پیدا شدهاند.» امّا دربارهٔ پادشاهی چیزی به عموی خود نگفت.
17शमूएलले सबै इस्राएलका मानिसहरूलाई मिस्पामा परमप्रभुकहाँ भेला हुन बोलाए।
17
سموئیل قوم اسرائیل را برای یک اجتماع در مصفه دعوت کرد
18शमूएलले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले इस्राएललाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई मिश्रको अधीनबाट बचाएँ र अन्य राष्ट्रहरूबाट पनि बचाएँ जसले तिमीहरूलाई चोट पुर्याउन चाहन्थे।’
18
و به آنها گفت: «خداوند خدای اسرائیل چنین میفرماید: 'من قوم اسرائیل را از مصر بیرون آوردم و شما را از دست مردم مصر و ممالکی که بر شما ظلم میکردند، نجات دادم.'
19तर आज तिमीहरूले आफ्नो परमेश्वरलाई अस्वीकार गर्यौ। तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै दुःख र कष्टहरूबाट बचाउनुभयो। तर तिमीहरू भन्छौ, ‘होइन, हामीलाई शासन गर्ने एउटा राजा चाहिन्छ। यसैकारणले अब परमप्रभुको अगाडि परिवारका सदस्यहरू र परिवार समूहहरू लिएर उपस्थित होऊ।”
19
امّا امروز شما خدای خود را که شما را از بلاها و مصائب رهایی بخشید، رد کردید. حالا از من میخواهید که پادشاهی برایتان انتخاب کنم. بسیار خوب، اکنون به ترتیب طایفهٔ و خاندان به حضور خداوند حاضر شوید.»
20शमूएलले इस्राएलका सबै परिवार समूहलाई उपस्थित गराए। त्यसपछि शमूएलले नयाँ राजा छान्न थाले। पहिलो बिन्यामिनी कुल समूह चुनियो।
20
پس سموئیل همهٔ طایفههای اسرائیل را به حضور خداوند جمع کرد و از بین آنها طایفهٔ بنیامین به حکم قرعه انتخاب شد.
21शमूएलले बिन्यामिनी कुलसमूहका प्रत्येकलाई एक-एकजना गरेर अगाडि जानु भने। त्यसपछि मन्त्रीको परिवारालाई चुनियो। त्यसपछि त्यही मन्त्री परिवारको प्रत्येकलाई एक एकजना गरेर अगाडि जानु भने। यसरी कीशका छोरा शाऊललाई चुनियो। जब मानिसहरूले शाऊललाई खोजे, त्यहाँ शाऊललाई भेट्टाएनन्।
21
سپس همهٔ خانوادههای طایفهٔ بنیامین را به حضور خداوند آورد و قرعه به نام خانوادهٔ مطری درآمد. سپس هریک از افراد خانوادهٔ مطری حاضر شدند و از بین آنها شائول، پسر قیس انتخاب گردید. امّا وقتی رفتند که او را بیاورند او را نیافتند.
22अनि तिनीहरूले परमप्रभुसित सोधे, “शाऊल यहाँ अझै आइपुगेकै छैनन्?” परमप्रभुले भन्नुभयो, “त्यो त्यहाँ भेटी चढाइएका सामानहरूको पछि लुकेकोछ।”
22
پس از خداوند پرسیدند: «او کجاست؟ آیا او اینجا در بین ماست؟»
خداوند جواب داد: «بلی، او خود را در بین اسبابها پنهان کرده است.»
23मानिसहरूले शाऊललाई सामानहरूको पछाडिबाट खोजेर निकाले। शाऊल मानिसहरूका माझमा खडा भए। त्यहाँ शाऊल अरू भन्दा अग्ला थिए।
23
آنگاه رفتند و او را آوردند. وقتی در بین مردم ایستاد، یک سر و گردن از دیگران بلندتر بود.
24शमूएलले सबै मानिसहरूलाई भने, “परमप्रभुले चुन्नु भएको मानिसलाई हेर। मानिसहरूमा शाऊल जस्तो मानिस अर्को कोही छैन।” त्यसपछि मानिसहरूले नारा लगाए, “हाम्रा राजा दीर्घायु रहुन्।”
24
سموئیل به مردم گفت: «این شخص همان کسی است که خداوند او را به عنوان پادشاه شما انتخاب فرموده است. در تمام قوم اسرائیل مثل او پیدا نمیشود.»
آنگاه همگی با یک صدا گفتند: «زنده باد پادشاه!»
25शमूएलले राज्यका नियमहरू मानिसहरूलाई बुझाए। यो एउटा पुस्तकमा पनि लेखे र यस व्यवस्थाको पुस्तकलाई परमप्रभुको अघि राखे। तब तिनले मानिसहरूलाई घर जानु भने।
25
بعد سموئیل حقوق و وظایف پادشاه را برای مردم شرح داد و همه را در کتابی نوشت و به حضور خداوند تقدیم کرد. سپس مردم را به خانههای خود فرستاد.
26शाऊल पनि गिबामा आफ्ना घर गए। अनि केही वीरपुरूषहरू शाऊलसित गए। अनि परमेश्वरले यी वीर पुरूषहरूको हृदय छुनुभयो।
26
شائول هم به خانهٔ خود در جبعه برگشت و مردان نیرومند هم که خدا دل آنها را برانگیخته بود شائول را همراهی کردند.
امّا بعضی از اشخاص پستی که در آنجا حاضر بودند، گفتند: «این شخص چطور میتواند ما را نجات بدهد؟» پس او را مسخره کردند و هدیهای برایش نیاوردند، ولی او حرفی نزد.
27तर कोही बद्माशहरूले भने, “यो मानिसले हामीलाई कसरी रक्षा गर्छ?” तिनीहरूले शाऊलको विरूद्धमा नराम्रो भन्न थाले र उपहार नदिनेभए। तर शाऊलबाट कुनै प्रतिक्रिया भएन। अम्मोनीका राजा नाहाशले गाद र रूबेन कुल समूहरूलाई सताईरहेका थिए। नाहाशले प्रत्येक पुरूषको एउटा दाहिने आँखा निकाल्न लगायो। नाहाशले तिनीहरू कसैलाई पनि सहायता गर्न दिएनन्। अम्मोनीका राजा नाहाशले यर्दन नदीको पूर्वतिर बस्ने प्रत्येक इस्राएली मानिसहरूको दाहिने आँखा निकाले। तर 7,000 इस्राएली मानिसहरू अम्मोनीबाट भागेर याबेश गिलाद आए।
27
امّا بعضی از اشخاص پستی که در آنجا حاضر بودند، گفتند: «این شخص چطور میتواند ما را نجات بدهد؟» پس او را مسخره کردند و هدیهای برایش نیاوردند، ولی او حرفی نزد.