Nepali

Persian

1 Samuel

14

1एक दिन शाऊलका छोरा जोनाथनले तिनका हतियार बोक्ने युवकलाई भने, “हिंडे र बेंसीको पल्लो पट्टि पलिश्तीहरूको छाउनीमा जाऔं।” तर जोनाथनले यो कुरा आफ्ना पितालाई भनेन।
1 یک روز یوناتان به جوانی که اسلحه او را حمل می‌کرد گفت: «بیا تا به اردوگاه فلسطینیان که در آن طرف است برویم.» او این امر را به پدر خود اطّلاع نداد.
2शाऊल पहाडको किनारा मिग्रोनमा एउटा अनारको रूखमुनि बसिरहेका थिए। छेवैमा खला पनि थियो। शाऊलसँग प्राय 600 मानिसहरू थिए।
2 شائول با ششصد نفر از سربازان خود در نزدیکی جبعه در مغرون، زیر یک درخت انار اردو زده بود.
3एकजनाको नाउँ अहियाह थियो। अहिया ईकाबोदका भाइ अहीतूबका छोरा थिए। ईकाबोद पीनहासका छोरा थिए। पीनहास एलीका छोरा थिए। अहिले एली शीलोमा परमप्रभुको पूजाहारी थिए। अहियाह पूजाहारी थिए अनि तिनले एपोद लगाएका थिए। यी मानिसहरूले जोनाथन गइसकेको कुरा चाल पाएनन्।
3 در بین مردان او اخیای کاهن حضور داشت. (اخیا برادر ایخابود، پسر فینحاس و نوهٔ عیلی) وی کاهن خداوند در شیلوه بود. او جامهٔ مخصوص کاهنان را دربر داشت. مردم نمی‌دانستند که یوناتان آنجا را ترک کرده است.
4वाटोको दुवै पट्टि ठूला-ठूला चट्टानहरू थिए। जोनाथनले त्यही बेंसीको बाटो भएर पलिश्तीहरूको छाउनीमा पुग्ने निश्चय गरे। बाटोको एकापट्टि बोसेस नाउँ भएको एउटा ठूला चट्टान थियो र अर्को तर्फ सेन नाउँ गरेको अर्को चट्टान थियो।
4 یوناتان برای اینکه به استحکامات نظامی فلسطینیان برسد می‌بایست از گذرگاه باریکی که بین دو صخرهٔ تیز به نامهای بوصیص و سِنَّه بود، بگذرد.
5एउटा ठूलो चट्टान भने उत्तरतिर मिकमाशलाई हेरिरहे झैं देखिन्थ्यो। अर्को चट्टानले भने दक्षिणतिर गिबालाई हेरिरहे झैं देखिन्थ्यो।
5 یکی از آن دو صخره به طرف شمال، مقابل مخماس و دیگری به طرف جنوب مقابل جبعه قرار داشت.
6जोनाथनले आफ्नो हतियार बोक्ने युवा सहयोगीलाई भने, “आऊ, ती विदेशीहरूको छाउनीमा जाऔ। हुन सक्छ, परमप्रभुले तिनीहरूलाई डराउनको निम्ति हामीलाई प्रयोग गर्नुहुनेछ। हामीसँग ज्यादा सैनिक होस् कि नहोस् परमप्रभुलाई कसैले रोक्न सक्दैन।”
6 یوناتان به جوان همراه خود گفت: «بیا تا به اردوگاه فلسطینیان کافر برویم. امید است که خداوند به ما کمک بکند، زیرا تعداد دشمن چه کم باشد، چه زیاد، در برابر قدرت خداوند ناچیز است.»
7जोनाथनको हतियार बोक्ने युवकले भन्यो, “तपाईंलाई जे राम्रो लाग्छ त्यहि गर्नुहोस्। म त तपाईंको साथमा छँदैछु।”
7 جوان همراهش گفت: «هرچه صلاح می‌دانی بکن، من با نظر تو موافقم.»
8जोनाथनले भन्यो, “जाऔ! त्यो बेंसीबाट भएर सिधै पलिश्ती रक्षकहरू भएतिर जाऔं। हामी तिनीहरूले देख्ने गरी अघि बढौं।
8 یوناتان گفت: «پس بیا به آنجا برویم. ما خود را به آنها نشان می‌دهیم.
9यदि तिनीहरूले हामीलाई, ‘तिमीहरू त्यही उभिनु जबसम्म हामी त्यहाँ आइपुग्दैनौं भन्छन् भने हामी जहिंको तहीं उभिनेछौं। हामी अघि बढ्दैनौं।
9 اگر گفتند: 'حرکت نکنید تا ما پیش شما بیاییم،' ما در جای خود می‌ایستیم و پیش آنها نمی‌رویم.
10तर यदि पलिश्तीहरूले हामीहरूलाई ‘अगाडि बढ’ भने, हामी तिनीहरू भएसम्म चढछौं। किनभने यो परमेश्वरको चिन्ह हो यो चिन्हको अर्थ हुनेछ परमप्रभुले तिनीहरूलाई हराउनु हुनेछ।”
10 امّا اگر گفتند که پیش آنها برویم، در آن صورت می‌رویم، زیرا این نشانهٔ آن است که خداوند آنها را به دست ما تسلیم می‌کند.»
11यसर्थ जोनाथन र तिनका सहयोगी पलिश्तीहरूले देख्ने गरी उभिए। पलिश्ती रक्षकहरूले भने, “हेर! हिब्रूहरू लुकेको खाल्टोबाट निस्केर आउँदैछन्।”
11 پس آنها خود را به سپاهیان فلسطینیان نشان دادند و فلسطینیان گفتند: «عبرانیان را ببینید که از غارهایی که در آنها پنهان شده بودند، بیرون آمده‌اند.»
12किल्लाको रक्षक पलिश्तीहरूले जोनाथन र तिनका सहायकलाई कराएर भने, “यहाँ आऊ, तिमीहरूलाई हामी पाठ सिकाउँने छौं।” जोनाथनले आफ्नो सहयोगीलाई भन्यो, “पहाड चढ्दा मेरो पछि आउनु, परमेश्वरले यसरी मिलाउनु भएको छ कि इस्राएलीहरूले पलिश्तीहरूलाई हराउने छ।”
12 آنها یوناتان و جوان همراهش را صدا کرده گفتند: «اینجا بیایید تا چیزی را به شما نشان بدهیم.» یوناتان به جوان همراه خود گفت: «پشت سر من بیا، خداوند آنها را به دست ما تسلیم می‌کند.»
13[This verse may not be a part of this translation]
13 یوناتان به حالت سینه‌خیز درحالی‌که همراهش پشت سرش می‌آمد، پیش آنها بالا رفت و به فلسطینیان حمله کرد. یوناتان آنها را به زمین می‌انداخت و جوان همراهش که پشت سرش بود، آنها را می‌کشت.
14[This verse may not be a part of this translation]
14 در همان حملهٔ اول، یوناتان و همراهش در حدود بیست نفر آنها را در یک جریب زمین هلاک کردند.
15मैदान, छाउनीमा र किल्लामा भएका सबै पलिश्ती सैनिकहरू डराउन थाले। यहाँसम्म भयो कि पलिश्तीहरूका वीरभन्दा वीर सैनिक पनि डराए। जमीन काम्यो र पलिश्ती सैनिकहरू साह्रै नै डराए।
15 تمام فلسطینیان چه در اردوگاه و چه در بیرون و حتّی سربازان از ترس به لرزه افتادند. در آن هنگام زلزلهٔ شدیدی رخ داد و آنها را بیشتر به وحشت انداخت.
16शाऊलका रक्षकहरूले बिन्यामीन देशको गिबामा भएका पलिश्ती सैनिकहरू चारै दिशातिर भाग-भाग गरेको देखे।
16 نگهبانان شائول در جبعهٔ بنیامین دیدند که سپاه عظیم فلسطینیان سراسیمه به هر طرف می‌دوند.
17शाऊलले आफ्ना छेवैमा भएका सैनिकहरूलाई भने, “सैनिकहरूको गन्ती गर। म यो जान्न चाहन्छु कि कसले छाउनी छोडे।” तिनीहरूले गन्ती गरे। छाउनीमा जोनाथन र तिनका सहायक थिएनन्।
17 آنگاه شائول به همراهان خود گفت: «ببینید چه کسانی غایب هستند.» وقتی جستجو کردند دیدند که یوناتان و کسی‌که اسلحهٔ او را حمل می‌کرد حاضر نبودند.
18शाऊलले अहियाहलाई भने, “परमेश्वरको पवित्र सन्दूक ल्याऊ!” त्यस समय सन्दूक इस्राएलीहरूसँग नै थियो।
18 پس شائول به اخیا گفت که صندوق پیمان خداوند را پیش او بیاورد. چون صندوق خداوند در آن وقت پیش قوم اسرائیل بود.
19शाऊल पूजाहारी अहियाहसँग कुरा गर्दैथिए। शाऊलले परमेश्वरको सुझाव पर्खिरहेका थिए। तर पलिश्तीहरूको छाउनीमा होहल्ला र अशान्ती अझै बढ्दै थियो। शाऊलको धैर्य खतम भइसकेको थियो। अन्त्यमा पूजाहारी अहियालाई शाऊलले भने, “अब भयो प्रार्थना गर्न बन्द गर, हात तल झार।”
19 هنگامی که شائول با کاهن حرف می‌زد، شورش در اردوی فلسطینیان شدیدتر شد و شائول به کاهن گفت: «صبر کن!»
20शाऊलले आफ्ना सैनिकहरूलाई एकत्रित पारे र युद्धको निम्ति निस्किए। पलिश्ती सेनाहरू साँच्चै नै अलमल्ल परिरहेका थिए। तिनीहरूले एक-अर्कामा तिनीहरूको तरवार लिएर झगडा गर्न शुरू गरे।
20 پس شائول و همراهانش همگی برای جنگ رفتند و دیدند که فلسطینیان برضد یکدیگر شمشیر کشیده، خودشان یکدیگر را می‌کشند.
21केही हिब्रूहरू पनि पलिश्तीहरूसित तिनीहरूका नोकरहरू जस्तै त्यही छाउनीमा थिए। तिनीहरूले पनि पलिश्तीहरूलाई आक्रमण गरे। तिनीहरू पनि इस्राएली शाऊल र जोनाथनसित मिले।
21 آن عدّه از عبرانیانی که قبلاً در اردوی فلسطینیان بودند به طرفداری از مردم اسرائیل که با شائول و یوناتان بودند علیه فلسطینیان داخل جنگ شدند.
22पलिश्ती सैनिकहरू भाग्दै छन् भन्ने खबर एप्रैमका पहाडी प्रदेशमा लुकेका सबै इस्राएलीहरूले सुने। यसैले ती इस्राएलीहरू पनि युद्धमा सामेल भएर पलिश्तीहरूलाई खेद्न थाले।
22 همچنین اسرائیلیانی که در کوهستان افرایم خود را پنهان کرده بودند وقتی خبر فرار فلسطینیان را شنیدند به جنگ دشمن رفتند.
23यसरी परमप्रभुले इस्राएलीहरूलाई त्यस दिन रक्षा गर्नुभयो। तिनीहरूले बेत-आवेनको पारिसम्मै लडाँईं लडे। सबै सैनिकहरू शाऊलका साथ थिए त्यहाँ झण्डै 10,000 पुरूष थिए। एप्रैमका पहाडी देशको प्रत्येक शहरमा युद्ध फैलियो।
23 خداوند در آن روز قوم اسرائیل را پیروز ساخت و جنگ از حدود بیت‌آون هم گذشت.
24त्यस दिन शाऊलले ठूलो भूल गरे। इस्राएलीहरू भोका र थकित थिए, कारण शाऊलले शपथ खान लगाएका थिए, शाऊलको शपथ थियो, साँझ अघि कसैले केही खाने छैन। “अथवा मैले मेरो शत्रुहरूलाई पराजित नगरूञ्जेलसम्म खानेकुरा खाए त्यसलाई दण्ड दिइनेछ।” यसर्थ कुनै इस्राएली सैनिकले केही खाएनन्।
24 اسرائیلی‌ها در آن روز از گرسنگی ناتوان شده بودند؛ زیرا شائول گفته بود: «تا من انتقام خود را از دشمنان نگیرم، نباید کسی دست به غذا بزند و اگر کسی این کار را بکند، لعنت بر او باد!» بنابراین آن روز هیچ‌کسی غذا نخورده بود.
25[This verse may not be a part of this translation]
25 مردم به جنگلی رسیدند و دیدند که عسل بروی زمین جاری است
26[This verse may not be a part of this translation]
26 و در همه‌جای جنگل عسل به فراوانی پیدا می‌شد، ولی از ترس سوگندی که شائول خورده بود، کسی به آن دست نزد.
27तर जोनाथनलाई शपथ बारे केही थाह थिएन। जोनाथनले आफ्ना पिताले जबरदस्ती मानिसहरूलाई शपथ खुवाएको कुरा सुनेका थिएनन्। एउटा लट्टी जोनाथनसँग थियो। उनले महको चाकामा लट्टी घुसारे र लठ्ठीमा मह ल्याएर केही मह खाए र फूर्तिलो अनुभव गरे।
27 امّا یوناتان چون از فرمان پدر خود بی‌اطّلاع بود، نوک عصایی را که در دست داشت داخل کندوی عسل کرده آن را خورد و حالش بهتر شد.
28एउटा सैनिकले जोनाथनलाई भन्यो, “तपाईंका पिताले मानिसहरूलाई एउटा शपथ खान लगाए। तपाईंका पिताले मानिसहरूलाई केही खाएमा दण्डित गरिने शपथ खुवाए। यसैले मानिसहरू भोकभोकै छन्। यसैले गर्दा मानिसहरू कमजोरी भए।”
28 یکی از حاضرین به او گفت: «ما همگی از گرسنگی بی‌حال هستیم، چون پدرت گفته است: 'لعنت بر آن کسی‌که امروز چیزی بخورد.'»
29जोनाथनले भने, “मेरो पिताले देशलाई समस्यामा हाल्नुभयो। हेर त मैले अलिकति मह चाखेको मात्र थिएँ कस्तो फूर्तिलो भएँ।
29 یوناتان جواب داد: «پدرم بیهوده مردم را زحمت می‌دهد. می‌بینی که فقط با چشیدن یک ذره عسل چقدر حالم بهتر شد.
30आज मानिसहरूले शत्रु पक्षबाट जे-जे भोजन ल्याएका थिए, ती सब खान पाएका भए कति राम्रो हुन्थ्यो। हामीले अझ धेरै पलिश्तीहरूलाई मार्न सक्थ्यौं।”
30 بهتر بود اگر پدرم به مردم اجازه می‌داد تا از غذایی که از دشمنان به دست آورده‌اند بخورند، آنگاه می‌توانستند تعداد زیادتری از فلسطینیان را بکشند.»
31त्यस दिन इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। तिनीहरू मिकमाश देखि अय्यालोन सम्मका बाटोभरी लडे। यसैले मानिसहरू थकित र भोका थिए।
31 آن روز مردم اسرائیل فلسطینیان را از مخماس تا ایلون تعقیب کرده می‌کشتند و در اثر گرسنگی ضعیف شده بودند.
32तिनीहरूले पलिश्तीहरूबाट भेडा, गाई र बाछाहरू खोसेका थिए। त्यस बेला इस्राएलका मानिसहरू यति भोका थिए कि तिनीहरूले ती पशुहरूलाई त्यही जमिनमा मारे र खाए। जबसम्म पशुहरूमा रगत थियो।
32 پس به حیواناتی که به غنیمت گرفته بودند حمله کرده گاوها و گوسفندان را سر می‌بریدند و گوشت آنها را با خون می‌خوردند.
33शाऊललाई एउटा मानिसले भन्यो, “हेर्नुहोस्! मानिसहरूले परमप्रभुको विरूद्धमा पाप गर्दैछन्। तिनीहरूले रगतै समेत मासु खाँदैछन्!” शाऊलले भने, “तिमीहरूले पाप गर्दैछौ। यहाँ एउटा ठूलो ढुङ्गालाई पल्टाऊ।”
33 کسی به شائول خبر داده گفت: «مردم با خوردن خون در مقابل خداوند گناه می‌کنند.» شائول گفت: «شما خیانت کرده‌‌‌اید. حالا یک سنگ بزرگ را پیش من بغلطانید
34फेरि शाऊलले भने, “मानिसहरूलाई गएर भन कि प्रत्येक मानिसले साँढे र भेडा लिएर मकहाँ आओस्। यहाँ तिनीहरूले आफ्ना साँढे र भेडा मार्नुपर्छ। परमप्रभु विरूद्ध पाप काम नगर! रगतै समेतको मासु नखाओ।” त्यस रात प्रत्येकले आ-आफ्नो पशुहरू ल्याएर त्यहाँ मारे।
34 و بعد بروید و به مردم بگویید که گاوان و گوسفندان را به اینجا بیاورند و بکشند و بخورند و با خوردن خون، پیش خداوند گناه نکنند.» پس همه در آن شب گاوان را آورده در آنجا کشتند.
35शाऊलले परमप्रभुको निम्ति वेदी बनाए। शाऊल आफैले वेदी बनाउन शुरू गरे।
35 شائول برای خداوند قربانگاهی ساخت و آن اولین قربانگاهی بود که برای خداوند بنا کرد.
36शाऊलले भने, “आज राती हामी पलिश्तीहरूलाई लखेट्नेे छौं। हामीले तिनीहरूबाट प्रत्येक बस्तु खोस्ने छौं। हामीले तिनीहरू सबैलाई मार्ने छौं।” सैनिकहरूले जवाफ दिए, “तपाईंलाई जे राम्रो लाग्छ, त्यही गर्नुहोस्।” तर पूजाहारीले भने, “परमेश्वरलाई सोध।”
36 سپس شائول گفت: «بیایید بر فلسطینیان شبیخون بزنیم و تا صبح هیچ‌کدام آنها را زنده نگذاریم.» مردم گفتند: «هرچه صلاح می‌دانی بکن.» امّا کاهن گفت: «اول با خدا مشورت کنیم.»
37यसकारण शाऊलले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई पछ्याउँदै खेदौं? के मलाई पलिश्तीहरूलाई हराउन दिनुहुन्छ?” तर परमेश्वरबाट कुनै जवाफ आएन।
37 شائول از خدا پرسید: «آیا به تعقیب فلسطینیان برویم؟ آیا به ما کمک می‌کنی که آنها را مغلوب سازیم؟» امّا خدا در آن شب به او جوابی نداد.
38यसले गर्दा शाऊलले भने, “सबै नेताहरूलाई मेरो समक्ष बोलाउनु, आज कसले पाप काम गर्यो, बुझौ।
38 بعد شائول به رهبران قوم گفت: «باید معلوم کنیم که چه کسی از ما مرتکب گناه شده است.
39म इस्राएलको रक्षा गर्ने परमप्रभुको शपथ खाँदै यो प्रतिज्ञा गर्छु, यहाँ सम्म कि मेरो छोरा जोनाथनले नै पाप गरेको छ भने पनि छोडिने छैन मर्ने छ।” तर कसैले पनि उनलाई केही भनेनन्।
39 به نام خداوند که آزادی بخش اسرائیل است قسم می‌خوردم که گناهکار باید کشته شود، حتّی اگر پسرم یوناتان باشد.» امّا کسی چیزی نگفت.
40यसकारण शाऊलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकतिर उभिनु। म र मेरो छोरा जोनाथन अर्कोतिर उभिन्छौ।” सबै सैनिकले भने, “तपाईंको जो इच्छा हजुर।”
40 آنگاه شائول به قوم اسرائیل گفت: «همهٔ شما آن طرف بایستید و یوناتان و من این طرف می‌ایستیم.» مردم جواب دادند: «تو هرچه که بهتر است انجام بده.»
41तब शाऊलले प्रार्थना गर्न लागे, “परमप्रभु, इस्राएलको परमेश्वर, तपाईंले दासलाई आज किन जवाफ दिनुभएन, यदि मैले अथवा मेरो छोरा जोनाथनले कुनै पाप गरेको भए परमप्रभु इस्राएलका परमेश्वर ऊरीम दिनुहोस्। यदि तपाईंका इस्राएली मानिसहरूले पाप गरेका भए तुम्मीम दिनुहोस्।” यस प्रकारले शाऊल र जोनाथन चुनिएका थिए अन्य मानिसहरू चुनिएका थिएनन्।
41 شائول با دعا به خداوند گفت: «خداوندا، ای خدای اسرائیل، چرا به سؤال این بنده‌ات جوابی ندادی؟ آیا من و یوناتان گناهی کرده‌ایم یا گناه به گردن دیگران است؟ خداوندا، گناهکار را به ما نشان بده.» سپس قرعه انداختند، قرعه به نام شائول و یوناتان درآمد.
42शाऊलले भने, “अब म र मेरो छोरामा कसलाई दोष दिनु पर्ने हो? को दोषी हो?” जोनाथन चुनिएका थिए।
42 طبق دستور شائول، بین خود او و یوناتان قرعه انداختند. این بار قرعه به نام یوناتان درآمد.
43शाऊलले जोनाथनलाई भने, “मलाई भन्, तैले के गरिस्।” जोनाथनले शाऊललाई भन्यो, “मैले अलि कति लट्टीमा लागेको मह चाखें। यत्तिले नै म मर्नु पर्ने?”
43 آنگاه شائول به یوناتان گفت: «راست بگو چه کرده‌ای؟» یوناتان جواب داد: «کمی عسل را با نوک عصای دست خود گرفته خوردم. برای مردن حاضرم.»
44शाऊलले भने, “यदि मैले गरेको प्रतिज्ञा पूरा गरिनँ भने परमेश्वरले मलाई खूबै नराम्रो गर्नुहुनेछ। यसर्थ जोनाथन मर्नै पर्छ।”
44 شائول گفت: «بلی، تو حتماً باید کشته شوی. خدا مرا بکشد، اگر تو کشته نشوی.»
45तर सबै सैनिकाहरूले भने, “आज जोनाथनले इस्राएललाई विजयी गरायो। के जोनाथन मर्नै पर्ने? होइन! हामी जीवित परमेश्वरको नाउँमा शपथ खान्छौ कि जोनाथनलाई कसैले हानि गर्न सक्दैन, उसको शिरको एउटा केशसम्म कसैले हल्लाउन सक्ने छैन। परमेश्वरले आज पलिश्तीहरूसँगको युद्धमा जोनाथनलाई सहायता गर्नुभएको छ।” यसरी मानिसहरूले जोनाथनलाई बचाए। तिनलाई मृत्युदण्ड दिइएन।
45 ولی سربازان به شائول گفتند: «امروز یوناتان قوم اسرائیل را نجات داد. غیر ممکن است که او کشته شود. به نام خداوند قسم نمی‌گذاریم حتّی یک تار موی او هم کم شود، زیرا امروز به وسیلهٔ او بود که خداوند معجزهٔ بزرگی نشان داد.» به این ترتیب مردم شفاعت کرده یوناتان را از مرگ نجات دادند.
46शाऊलले पलिश्तीहरूलाई खेदेनन्। पलिश्तीहरू आफ्नै ठाउँमा फर्किए।
46 بعد شائول، فرمان بازگشت سپاه خود را صادر کرد و فلسطینیان هم به وطن خود برگشتند.
47शऊलले इस्राएलमा पूरा अधिकार जमाए। शाऊल इस्राएल वरिपरिका शत्रुहरूसित लडे। शाऊल मोआबी, अम्मोनी, एदोमी, सीबाका राजा र पलिश्तीहरूसंग लडे। जहाँ-जहाँ गएर लडे शाऊलले इस्राएलका शत्रुहरूलाई हराए।
47 وقتی شائول پادشاه اسرائیل شد، با همهٔ دشمنان، از قبیل موآبیان، عمونیان، اَدومیان، پادشاهان صوبه و فلسطینیان جنگید و در همهٔ جنگها پیروز شد.
48शाऊल अत्यन्तै सहासी थिए। शाऊलले इस्राएलका मानिसहरूबाट सामान चीज-बीज खोस्न खोज्नहरूको हातबाट पनि इस्राएलीहरूलाई बचाए, शाऊलले यहाँ सम्म कि अमालेकीहरूलाई पनि हराए।
48 او با شجاعت تمام عمالیقیان را شکست داد و قوم اسرائیل را از دست دشمنان نجات داد.
49शाऊलको छोराहरू जोनाथन, यिश्वी र मल्कीशूअ थिए। शाऊलकी जेठी छोरीको नाउँ मेराब र कान्छी छोरीको नाउँ मीकल थियो।
49 شائول سه پسر داشت به نامهای یوناتان، یشوی و ملکیشوع. او همچنین دارای دو دختر بود. دختر بزرگش میرب و دختر کوچکش میکال نام داشت.
50शाऊलकी पत्नीको नाउँ अहीनोम थियो। अहीनोमचाहि अहीमासकी छोरी थिइन्। शाऊलका सेनापति नेरका छोरा अबनेर थिए। नेरचाहिं शाऊलका काका थिए।
50 زن شائول، اخینوعام دختر اخیمعاص بود و فرماندهٔ ارتش او، ابنیر پسر نیر عموی شائول بود.
51शाऊलका पिता कीश र अबनेरका पिता नेरचाहि अबीएलका छोराहरू थिए।
51 قیس پدر شائول و نیر پدر ابنیر و پسران ابیئیل بودند. در تمام دوران سلطنت شائول، اسرائیل و فلسطینیان همیشه در جنگ بودند و شائول هر شخص نیرومند و شجاعی را که می‌دید، به خدمت سپاه خود در می‌آورد.
52शाऊल जीवनभरी नै साहसी थिए। पलिश्तीहरू विरूद्ध कठिन युद्ध लडे। जहिले पनि कुनै वीरलाई देखेमा शाऊलले आफ्नो सैनिक दलमा त्यसलाई सामेल गर्थे र आफ्नो छेवैमा राखेर राजाको रक्षक बनाउँथे।
52 در تمام دوران سلطنت شائول، اسرائیل و فلسطینیان همیشه در جنگ بودند و شائول هر شخص نیرومند و شجاعی را که می‌دید، به خدمت سپاه خود در می‌آورد.