Nepali

Persian

1 Samuel

17

1पलिश्तीहरूले आफ्ना सैनिकहरूलाई युद्धको निम्ति भेला गराए। तिनीहरू यहूदा स्थित सोकोहमा भेला भए। तिनीहरूको छाउनी सोकोह र अजेकाको बीचमा एपेसदम्मीम नाउँका शहरमा थियो।
1 فلسطینیان ارتش خود را برای جنگ در سوکوه، در سرزمین یهودیه جمع کردند و در افس دمیم، بین سوکوه و عزیقه اردو زدند.
2शाऊल र इस्राएली सैनिकहरू पनि एक ठाउँमा भेला भए। तिनीहरूको छाउनी एला बेंसीमा थियो। शाऊलका सैनिकहरूले पंक्ति बाँधे पलिश्तीहरूसित युद्ध गर्न तयार थिए।
2 و همچنین شائول و مردان جنگی اسرائیل نیز جمع شده در درّهٔ ایلاه اردو زدند و یک خط دفاعی در مقابل فلسطینیان تشکیل دادند.
3पलिश्तीहरू एउटा पहाड माथि थिए, र इस्राएलीहरू अर्को पहाड माथि थिए। दुवै पक्षका बीचमा बेंसी थियो।
3 فلسطینیان در یک طرف، بالای کوه ایستادند و اسرائیلیان بر کوه مقابل در طرف دیگر، درحالی‌که درّه‌ای در بین ایشان قرار داشت.
4पलिश्तीहरूको गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यत पलिश्तीहरूका छाउनीबाट बाहिरियो।
4 آنگاه مرد مبارزی به نام جلیات که از اهالی جت بود از اردوی فلسطینیان به میدان آمد. قد او در حدود سه متر بود.
5शिरमा काँसाको टोपी लगाएको थियो। शरीरमा माछाको कत्ला जस्तै कवच कोट लगाएको थियो। त्यो रक्षा कवच काँसाको नै थियो यसको ओजन 5,000 शेकेलको थियो।
5 کلاهخود برنزی بر سر، زره برنزی به وزن پنجاه و هفت کیلو به تَن
6गोल्यतले खुट्टातिर पनि काँसाकै कवच लगाएको थियो। काँसाकै भाला पिठ्यूँमा बोकेको।
6 و ساق‌بند برنزی به پا داشت. زوبین برنزی روی شانه‌هایش بود
7भालाको लट्टी जुलाहाको लुगा बुन्ने डण्डा जत्रो थियो। भालाको ओजन 600 शेकेलको थियो। गोल्यतको हात-हतियार बोक्ने तिनको अघि-अघि हिंडथ्यो।
7 و چوب نیزه‌اش به کلفتی چوب نساجان و سرنیزه‌اش از آهن و به وزن هفت کیلو بود. سلاحدارش پیشاپیش او با سپر بزرگی می‌رفت.
8प्रत्येक दिन गोल्यत बाहिर निस्कन्थ्यो र इस्राएली सैनिकहरूलाई चुनौती दिनथ्यो। उसको चुनौति थियो, “किन तिमीहरूले युद्धको निम्ति पंक्ति कसेको? तिमीहरू शाऊलका नोकर हौ म त पलिश्ती हुँ। एउटा मानिस छानेर मेरो विरूद्धमा लडनलाई पठाऊ।
8 او در آنجا ایستاد و با صدای بلند به سپاه اسرائیل گفت: «آیا لازم بود که با این‌همه سپاه برای جنگ بیایید؟ من از طرف فلسطینیان به میدان آمده‌ام و شما هم که از مردان شائول هستید، یک نفر را از طرف خود برای جنگ با من بفرستید.
9यदि त्यस मानिसले मलाई मार्यो भने तब हामी सबै पलिश्तीहरू तिमीहरूका दास बन्नेछौ। तर यदि मैले त्यस मानिसलाई मारे भने मैले जितेको हुनेछ र तिमीहरू हाम्रो दास हुनेछौ। तिमीहरूले हाम्रा सेवा गर्नुपर्छ।”
9 اگر بتواند با من بجنگد و مرا بکشد، آنگاه ما همه غلام شما می‌شویم. و اگر من بر او غالب شدم و او را کشتم، در آن صورت شما غلام ما می‌شوید و ما را خدمت می‌کنید.»
10पलिश्तीले यसो पनि भन्यो, “आज म इस्राएली सेनाहरूलाई गिल्ला गर्छु। एउटा मानिस पठाइदेऊ ताकि म त्यससित लडन सकुँ।”
10 او اضافه کرد: «من امروز مبارز می‌طلبم. پس یک ‌نفر را بفرستید تا با من بجنگد.»
11शाऊल र इस्राएली सैनिकहरूले पलिश्तीले भनेको यी सब सुन्थे र साह्रै डराउँथे।
11 وقتی شائول و سپاه اسرائیل سخنان او را شنیدند جرأت خود را از دست دادند و بسیار ترسیدند.
12दाऊद यिशैका छोरा थिए। यिशै इफ्रातीका छोरा थिए जो बेतलेहेमको, यहूदाका थिए। यिशैका आठजना छोराहरू थिए। शाऊलका समयमा यिशै बूढा भइसकेका थिए।
12 داوود، پسر یسای افراتی که از اهالی بیت‌لحم و از طایفهٔ یهودا بود، هفت برادر داشت. پدرش در زمان پادشاهی شائول بسیار پیر و سالخورده شده بود.
13यिशैका जेठा, माहिला र साहिंला छोराहरू शाऊलसित रणभूमिमा गएका थिए। जेठा छोराको नाउँ एलीआब थियो। माहिला छोराको नाउँ अबीनादाब र साँहिला छोराको नाउँ शम्मा थियो।
13 سه برادر بزرگ او به ترتیب، الیاب، ابیناداب و شمه نام داشتند که با سپاه شائول برای جنگ آمده بودند.
14दाऊद चाहिं कान्छो छोरा थिए। जेठा, माहिला र साँहिला चाहिं शाऊलको सेनामा थिए।
14 داوود برادر کوچکتر بود. آن سه برادر با شائول ماندند
15कान्छा छोरा दाऊद शाऊलको छाउनी र बेतलेहेममा आफ्ना पिताका भेडाहरू हेरचाह गर्न आउने जानेगर्थे।
15 و داوود گاه‌به‌گاه به بیت‌لحم برمی‌گشت تا از گلّه‌های پدر خود نگهبانی کند.
16त्यो पलिश्ती गोल्यत प्रत्येक दिन बिहानै बेलुकी इस्राएलीहरूका छाउनीमा आएर ठट्टा गर्थ्यो। 40दिनसम्म त्यसले सधैं त्यस्तै गर्यो।
16 در عین حال آن فلسطینی تا چهل روز، صبح و شام به میدان می‌آمد و مبارز می‌طلبید.
17एक दिन यिशैले दाऊदलाई भने, “यस फुर्लुङमा चार पाथी (एक एपा) चिउरा र दशवटा रोटी छन् तिम्रा दाज्यूहरूलाई छाउनीमा लगि देऊ।
17 یک روز یَسی به داوود گفت: «این ده‌ کیلو غلّهٔ برشته را با ده‌ نان بردار و هرچه زودتر برای برادرانت در اردوگاه ببر.
18यो 10 टुक्रा पनीर पनि लिए जाऊ। तिम्रा दाज्यूहरूको 1,000 सेनाको समूहलाई आदेश गर्ने अधिकारीलाई देऊ। दाज्यूहरूले के गर्दै छन् हेर। दाज्यूहरू ठीक-ठाक नै छन् भन्ने प्रमाण पनि लिएर आउनु।
18 همچنین این پنیرها را هم برای فرماندهان ایشان ببر و ببین که برادرانت چطور هستند و از سلامتی ایشان برای من نشانه‌ای بیاور.»
19तिम्रो दाज्यूहरू र सबै इस्राएली सैनिकहरू शाऊलसित एला बेंसीमा छन्। तिनीहरू त्यहाँ पलिश्तीहरूसँग लड्दैछन्।”
19 در همین وقت شائول و سپاهیان او در درّهٔ ایلاه با فلسطینیان در جنگ بودند.
20बिहानै दाऊदले अर्को एउटा गोठालोलाई भेडाहरू जिम्मा लगायो। दाऊदले भोजन लियो र यिशैले भने अनुसार हिंड्‌यो। दाऊदले गाडा सोझै छाउनीमा लिएर गयो। सैनिकहरू युद्ध पंक्तिमा गएका थिए अनि युद्ध गर्न लागे झैं हल्ला गरिरहेका थिए।
20 داوود صبح زود برخاست و گلّه را به چوپان سپرد. آذوقه را برداشت و طبق راهنمایی پدر خود رهسپار اردوگاه شد و دید که سپاه اسرائیل با فریاد روانهٔ میدان جنگ است.
21इस्राएली र पलिश्ती दुवैतिरका सैनिकहरू युद्ध गर्न तयार रहे।
21 لحظه‌ای بعد هر دو لشکر مقابل هم صف آراستند.
22दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो।
22 داوود چیزهایی را که با خود آورده بود به نگهبانان اردو سپرد و خودش به میدان جنگ رفت تا احوال برادران خود را بپرسد.
23जस्तो दाऊदले आफ्ना दाज्यूहरूसँग कुरा गरेको बेला त्यो श्रेष्ठ योद्धा पलिश्ती गोल्यत पलिश्ती सैनिकबाट निस्केर आयो। गोल्यतले सधैं झैं इस्राएललाई गाली दिन थाल्यो। दाऊदले पनि गोल्यातले भनेको कुरा सुन्यो।
23 در همین موقع مبارز فلسطینی که نامش جلیات و از شهر جت بود، از اردوگاه فلسطینیان خارج شد و مانند گذشته مبارز طلبید و داوود شنید.
24इस्राएली सैनिकहरू त गोल्यतलाई देखे पछि भाग्न थाले। सबै नै भयभित थिए।
24 همین که سپاهیان اسرائیل او را دیدند، از ترس فرار کردند.
25एकजना इस्राएलीले भने, “त्यसलाई देख्यौ त्यसले के गरिरहेछ राम्ररी हेर? त्यो गोल्यत घरि-घरि आएर इस्राएलीहरूलाई यसरी नै गाली गर्छ। जसले यसलाई मार्छ त्यो धेरै धनी हुनेछ। राजा शाऊलले धेरै सम्पत्ति दिनुहुनेछ। शाऊलले उसकी छोरी पनि विवाह गर्न दिनेछन् जसले त्यसलाई मार्न सक्छ। शाऊलले उसको परिवारलाई इस्राएलमा स्वतन्त्र बनाउनेछन्।”
25 گفتند: «آن مرد را دیدید؟ او آمده است که آبروی تمام سپاه اسرائیل را ببرد. پادشاه اعلام کرده است که هرکسی او را بکشد جایزهٔ خوبی به او می‌بخشد و دختر خود را هم به او می‌دهد. و نیز تمام خاندانش از دادن مالیات معاف می‌شوند.»
26दाऊदले छेवैका मानिसलाई सोध्यो, “त्यसले के भन्यो? यदि कसैले यो पलिश्तीलाई मार्छ अनि इस्राएलको इज्जत बचाउँछ भने एउटा विदेशी मात्र त हो, उसले के इनाम पाउनेछ? यो गोल्यत के हो र? गोल्यत एकजना पलिश्ती भन्दा बढी केही होइन। त्यसले यो के सोचिरहेछ? उसले जीवित परमेश्वरका सैनिकहरूलाई धम्काउन सक्छ।”
26 داوود از کسانی‌که آنجا ایستاده بودند، پرسید: «کسی‌که آن فلسطینی را بکشد و اسرائیل را از این ننگ رهایی دهد، چه پاداشی می‌گیرد؟ این فلسطینی کافر کسیت که سپاه خدای زنده را این‌طور تحقیر و رسوا می‌کند؟»
27यसैले इस्राएलीहरूले गोल्यतलाई मार्नेको इनामबारे दाऊदलाई बताउँछन्।
27 آنها گفتند: «او همان پاداشی را می‌گیرد که پیشتر گفتیم.»
28दाऊदका जेठा दाज्यू एलीआबले दाऊद सैनिकहरूसित बात गर्दै गरेको सुने। एलीआब दाऊदसँग रिसाउँछ। एलीआबले दाऊदलाई भग्ने, “तँ यहाँ किन आइस्? भेडाहरू मरूभूमिमा कसलाई छोडेर आइस्? तँ यहाँ आउनुको कारण मैले जाने। तँलाई जे गर्न पठाइएको हो त्यो गर्न तँ चाहँदैनस्। तँ यहाँ खालि युद्ध हेर्नलाई मात्र आउन चाहन्थिस्।”
28 چون الیاب، برادر بزرگ او دید که داوود با آن مردان حرف می‌زند، خشمگین شد و پرسید: «اینجا چه می‌کنی؟ آن چند تا گوسفند را در بیابان، پیش چه کسی گذاشتی؟ من تو آدم بدجنس را می‌شناسم و می‌دانم که به بهانهٔ دیدن جنگ آمده‌ای.»
29दाऊदले भन्यो, “मैले त्यस्तो के गरे र? मैले कुनै नराम्रो काम गरिन म खालि कुरा गर्दै थिएँ।”
29 داوود گفت: «من چه کرده‌ام؟ تنها یک سؤال کردم.»
30दाऊद चारैतिर दौडिएर अरू सेनाहरूसित त्यही प्रश्नहरू सोध्न थाल्यो। तिनीहरूले पनि दाऊदलाई त्यही पहिले कै जस्तो उत्तर दिए।
30 این را گفت و رو به طرف شخص دیگری کرده، سؤال خود را تکرار نمود و هر کدام همان یک جواب را به او دادند.
31केही मानिसहरूले दाऊदलाई कुरा गर्दै गरेको सुने। तिनीहरूले दाऊदलाई शाऊल कहाँ पुर्याएर दाऊदले गरेको कुरा सबैलाई सुनाए।
31 وقتی سخنان داوود به گوش شائول رسید، شائول او را به حضور خود خواند.
32दाऊदले शाऊललाई भन्यो, “त्यस पलिश्ती गोल्यतको कारण तपाईं हतास नहुनुहोस्। म तपाईंको सेवक हुँ। त्यस पलिश्तीसँग म लडने छु।”
32 داوود به پادشاه گفت: «نگران نباشید. من می‌روم و با آن فلسطینی می‌جنگم.»
33शाऊलले भने, “तिमी गएर त्यस पलिश्तीसँग लड्न सक्ने छैनौ। तिमी सैनिक पनि त होइनौ। तिमी सानै छौ तर गोल्यत सानै देखि युद्धभूमिमा लड्दै आएको हो।”
33 شائول به داوود گفت: «تو نمی‌توانی حریف آن فلسطینی شوی، زیرا تو جوانی بی‌تجربه هستی و او از جوانی شخصی جنگجو بوده است.»
34तर दाऊदले शाऊललाई फेरि भन्यो, “म, तपाईंको सेवक हुँ र मेरो पिताको भेडा पनि चराउने गर्छु। भेडाका बथानबाट सिंह र भालू आएर भेडा लैजान्थे।
34 امّا داوود در جواب گفت: «این غلامت چوپانی گلّهٔ پدر خود را کرده است. هرگاه شیر یا خرس بیاید و برّه‌ای را از گلّه ببرد،
35म त्यस्ता जंगली पशुहरूलाई खेद्दै जान्थे र तिनीहरूका मुखबाट भेडा खोसेर ल्याउँथे। यदि जंगली जन्तुले मलाई आक्रमण गरे त्यसको मुख मुनिको भुत्ला समात्थें र त्यसलाई हिर्काउथें।
35 من بدنبالش رفته و آن را از دهان حیوان درّنده نجات می‌دهم. اگر به من حمله کند، گلویش را گرفته و آن را می‌کشم.
36मैले सिंह र भालू मारेको छु। म त्यस विदेशी गोल्यतलाई त्यसरी नै मार्नेछु। गोल्यत मर्नु नै पर्छ किनकि त्यसले जीवित परमेश्वरका सेनाहरूको ठट्टा गरेको छ।
36 غلامت شیر و خرس را کشته است و با این فلسطینی کافر هم که سپاه خدای زنده را بی‌حرمت می‌کند، همان معامله را می‌نماید.
37परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनु भएको छ। परमप्रभुले यी पलिश्ती गोल्यतबाट पनि बचाउनु हुनेछ।” शाऊलले दाऊदलाई भने, “ठीक छ जाऊ? परमप्रभु तिम्रो साथमा रहुन्।”
37 خداوندی که مرا از چنگ و دندان شیر و خرس نجات داده است، از دست این فلسطینی هم نجات می‌دهد.» پس شائول موافقت کرده گفت: «برو خداوند همراهت باشد.»
38शाऊलले दाऊदलाई आफ्नै पोशाक पहिराइ दिए। शाऊलले काँसाको टोपी दाऊदको शिरमा अनि आफ्नो हातहतियर शरीरमा लगाइ दिए।
38 آنگاه شائول لباس جنگی خود را به داوود پوشانید. کلاهخود برنزی به سرش گذاشت و زره به تنش کرد.
39दाऊदले तरवार भिरेर यताउता हिँड्ने चेष्टा गर्यो। यसरी शाऊलको पोशाकले दाऊदलाई साह्रै असजिलो बनायो। यस्तो पोशाकको अभ्यास दाऊदलाई थिएन। दाऊदले शाऊललाई भन्यो, “म यसरी लडून सक्दिन मैले तिनीहरूको प्रयोग गरेको छैन।” यसर्थ दाऊदले सबै फूकाले।
39 داوود شمشیر شائول را به کمر بست و دو سه قدم راه رفت ولی دید که نمی‌تواند با آن لباسها حرکت کند. او به شائول گفت: «من به این لباسها عادت ندارم.» پس آنها را از تنش بیرون آورد.
40दाऊदले हातमा एउटा टेकने लौरो लियो र खोलाबाट चिल्लो पाँचवटा ढुङ्गा टिप्यो। गोठालाको झोलाभित्रको थैलीमा उक्त पाँचवटा ढुङ्गा हाल्यो र घुयेत्रो हातमा बोक्यो। त्यसपछि त्यो पलिश्ती गोल्यतलाई हाँक दिन बढ्‌यो।
40 سپس چوبدستی خود را به دست گرفت و پنج تا سنگ صاف از وادی برداشت و در کیسهٔ چوپانی خود انداخت. و فلاخن خود را برداشته و به طرف آن فلسطینی رفت.
41पलिश्ती गोल्यत विस्तारै दाऊदकहाँ आयो। गोल्यतको सहायक अघि-अघि ढाल बोकेर हिंडूदै थियो।
41 فلسطینی هم درحالی‌که سربازی سپر او را در جلوی او می‌برد به طرف داوود رفت.
42गोल्यतले दाऊदलाई हेर्यो र हाँस्यो। गोल्यतले सोच्यो यो सैनिक होइन, खालि सुन्दर र रातोवर्णको केटो हो।
42 وقتی فلسطینی، خوب به داوود نگاه کرد، او را مسخره نمود. چون به نظر او داوود پسری خوشرو و ظریف بود.
43गोल्यतले दाऊदलाई भन्यो, “यो लौरो केको निम्ति हो? कुकुरलाई जस्तै मलाई खेद्त चाहन्छौ?” अनि गोल्यतले आफ्ना देवताहरूको नाउँ उच्चारण गरेर दाऊदलाई सराप्न थाल्यो।
43 او به داوود گفت: «آیا من سگ هستم که با چوب برای مقابلهٔ من می‌آیی؟» پس داوود را به نام خدایان خود لعنت کرد.
44गोल्यतले दाऊदलाई भन्यो, “यता आइज, म तेरो मासु चराहरू र जंगली जनावरहरूलाई खुवाउँनेछु।”
44 بعد به داوود گفت: «بیا تا گوشتت را به مرغان هوا و درّندگان صحرا بدهم.»
45दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्।
45 داوود به فلسطینی جواب داد: «تو با شمشیر و نیزه نزد من می‌‌آیی و من به نام خداوند متعال، خدای اسرائیل که تو او را حقیر شمردی، نزد تو می‌آیم.
46आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर।
46 امروز خداوند مرا بر تو پیروز می‌گرداند. من تو را می‌کشم و سرت را از تن جدا می‌کنم و لاشهٔ سپاهیانت را به مرغان هوا و درّندگان صحرا می‌دهم تا همهٔ مردم روی زمین بدانند که خدایی در اسرائیل هست
47यहाँ जम्मा भएका सबै मानिसहरूले बुझ्ने छन् कि परमप्रभुलाई आफ्ना मानिसहरूलाई बचाउँनका निम्ति तरवार र भाला चांहिदैन भनेर। युद्ध परमप्रभुको हो अनि तिमी पलिश्तीहरूलाई हराउनमा परमप्रभुले हामीलाई सहायता गर्नुहुन्छ।”
47 و همهٔ کسانی‌که در اینجا حاضرند، شاهد باشند که پیروزی با شمشیر و نیزه به دست نمی‌آید، زیرا جنگ، جنگ خداوند است و او ما را بر شما پیروز می‌سازد.»
48पलिश्ती गोल्यत दाऊदलाई आक्रमण गर्न सुरियो। र बिस्तारै दाऊद अघि बढन थाल्यो। त्यत्ति नै बेला दाऊद दौडिएर लडन चाडै अघि सर्यो।
48 وقتی‌که فلسطینی از جای خود حرکت کرد و می‌خواست به داوود نزدیک شود، داوود فوراً برای مقابله به سوی او شتافت.
49दाऊदले आफ्नो झोलाबाट एउटा ढुङ्गा निकाल्यो र घुँयेत्रोमा राखेर मच्चायो। घुयेत्रोको ढुङ्गा गएर गोल्यतको आँखा बिच निधारमा लाग्यो। गोल्यत घोप्टो परेर भूईंमा लड्यो।
49 دست خود را در کیسه کرد و یک سنگ برداشت و در فلاخن گذاشت و پیشانی فلسطینی را نشانه گرفت. سنگ به پیشانی او فرو رفت و او را نقش بر زمین نمود.
50यसरी दाऊदले पलिश्तीलाई घुँयेत्रोको ढुङ्गाले हिर्काएर हरायो। उसले ढुङ्गाले हिर्कायो अनि पलिश्तीलाई मार्यो। दाऊदसंग तरवार थिएन।
50 داوود با یک فلاخن و یک سنگ بر فلسطینی غالب شد و درحالی‌که هیچ شمشیری در دست او نبود، او را کشت.
51यसर्थ उ दौडिएर पलिश्तीको छेउमा गयो। त्यसपछि दाऊदले गोल्यतकै म्यानबाट तरवार झिकेर गोल्यतको टाउको छिनायो। यसरी दाऊदले गोल्यतलाई मार्यो। जब अरू पलिश्तीले उनीहरूको वीर नै मरेको देखे अनि डरले भाग्न थाले।
51 بعد داوود رفت و بالای سر فلسطینی ایستاد، شمشیر او را از غلاف کشید و او را کشت و سرش را از تن جدا کرد. وقتی فلسطینیان دیدند که پهلوانشان کشته شد، همگی فرار کردند.
52इस्राएल र यहूदाका सैनिकहरूले जयघोषणा गर्दै दगुर्दै पलिश्तीहरूलाई खेद्न थाले। इस्राएलीहरूले पलिश्तीहरूलाई खेद्दै-खेद्दै गातको सिमाना र एक्रोनको ढोकासम्म पुर्याए र धेरै संख्यामा पलिश्तीहरू मारे। पलिश्तीहरूको लाश गात र एक्रोनको शारेमसम्म सडकभरी छरपष्ट थियो।
52 بعد لشکر اسرائیل و یهودا برخاستند و با فریاد به تعقیب فلسطینیان تا جت و حتّی دروازه‌های عقرون پرداختند به طوری که جاده‌ای که به طرف شعریم و جت و عقرون می‌رفت پر از اجساد مردگان بود.
53पलिश्तीहरूलाई खेद्दै सिमाना कटाए पछि इस्राएलीहरू फर्केर पलिश्तीहरूका छाउनीमा पसे र त्यहाँ धेरै सामानहरू फेला पारे।
53 سپس دست از تعقیب کشیده برگشتند و اردوگاه فلسطینیان را غارت نمودند.
54दाऊदले पलिश्तीको टाउको यरूशलेममा नै पुर्यायो। पलिश्तीको हात-हतियार पनि आफ्नै पालमा राख्यो।
54 داوود سر بریدهٔ جلیات را گرفته به اورشلیم برد. امّا اسلحهٔ او را در چادر خودش نگاه ‌داشت.
55शाऊलले दाऊदलाई गोल्यतसँग लड्न गएको देखेका थिए। शाऊलले सेनाका सेनापति अबनेरसँग सोधे, “अबनेर, त्यस केटोको बाबु चाहिं को हुन्?” अबनेरले भने, “मेरो राजा, शपथ लिएर भन्दैछु, मलाई थाहा छैन।”
55 وقتی‌که داوود برای جنگ با فلسطینی می‌رفت، شائول از فرمانده سپاه خود، ابنیر پرسید: «این جوان پسر کیست؟» ابنیر جواب داد: «پادشاها به جان تو قسم که من نمی‌دانم.»
56राजा शाऊले भने, “त्यसको बाबुको चाहिंको रहेछ खोजी गर।”
56 پادشاه به ابنیر گفت: «برو بپرس که این جوان پسر کیست.»
57जब दाऊद गोल्यतलाई मारेर फर्के, अबनेरले उसलाई शाऊल कहाँ लग्यो। दाऊदको हातमा अझै पनि त्यस पलिश्तीको टाउको झुण्डिरहेको थियो।
57 پس از آنکه داوود فلسطینی را کشت و برگشت، ابنیر او را به نزد شائول برد. داوود هنوز سَر جلیات را با خود داشت و شائول از او پرسید: «ای جوان، پدر تو کیست؟» داوود جواب داد: «پدر من بندهٔ شما، یسای بیت‌لحمی است.»
58शाऊलले उसलाई सोधे, “युवक, तिम्रो बाबु को हुन्?” दाऊदले जवाफ दिए, “म तपाईं कै सेवक बेतलेहेमका यिशैको छोरा हुँ।”
58 و شائول از او پرسید: «ای جوان، پدر تو کیست؟» داوود جواب داد: «پدر من بندهٔ شما، یسای بیت‌لحمی است.»