1शमूएल जब वृद्ध भए, तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्त्ता नियुक्त गरे।
1
وقتی سموئیل به سن پیری رسید، پسران خود را به عنوان داور بر اسرائیل تعیین نمود.
2शमूएलका जेठा छोराको नाउँ योएल थियो। माहिला छोराको नाउँ चाहिं अबियाह थियो। योएल र अबियाह बेर्शबामा न्यायकर्ता थिए।
2
نام پسر اول او یوئیل و دومی ابیا بود که در بئرشبع داوری مینموند.
3तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे।
3
امّا پسرانش به راه او نرفتند. آنها برای سود شخصی خود کار کرده، رشوه میگرفتند و عدالت را پایمال مینمودند.
4यसर्थ इस्राएलका सबै बूढा-प्रधानहरू शमूएललाई भेट्न रामामा भेला भए।
4
پس تمام بزرگان قوم یکجا شده پیش سموئیل به رامه رفتند
5बूढा-प्रधानहरूले शमूएललाई भने, “तपाईं बूढा हुनुभयो, तपाईंका छोराहरू तपाईं जस्ता ठीक बाटामा छैनन्। अब, हामीलाई शासन अनि न्याय गर्न अरू देशहरूको जस्तै राजा दिनुहोस्।”
5
و به او گفتند: «خودت پیر و سالخورده شدهای و پسرانت هم به راه تو نمیروند، بنابراین ما میخواهیم که مانند اقوام دیگر پادشاهی داشته باشیم تا بر ما حکومت کند.»
6यसरी बूढा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूएलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूएलले परमप्रभुमा प्रार्थना गरे।
6
سموئیل از اینکه آنها گفتند «ما پادشاه میخواهیم،» بسیار دلگیر شد، پس به حضور خداوند دعا کرده از او راهنمایی خواست.
7शमूएललाई परमप्रभुले भन्नुभयो, “मानिसहरूले जसो भन्छन् त्यसै गर। तिनीहरूले तँलाई अस्वीकार गरेका छैनन्। बरू मलाई अस्वीकार गर्दैछन्। तिनीहरूले मलाई तिनीहरूको राजा हुन अस्वीकार गरिरहेका छन्।
7
خداوند به سموئیل فرمود: «برو، به هرچه میگویند گوش بده. آنها میخواهند مرا ترک کنند نه تو را، و میل ندارند که بعد از این من پادشاه آنها باشم.
8तिनीहरूले सधैं जे गर्थे त्यही गर्दैछन्। मैले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याएँ। तर तिनीहरूले आज मलाई छाडेर अन्य देवताहरूको सेवा गरे। तिनीहरूले तँलाई पनि त्यस्तै गर्दैछन्।
8
از همان روزی که آنها را از کشور مصر خارج کردم، همیشه سرکشی کردهاند و پیرو خدایان دیگر بودهاند. حالا با تو هم همان رفتار را میکنند.
9यसर्थ मानिसहरूका कुरा सुनेर तिनीहरूले भने झैं गर। तर तिनीहरूलाई एउटा चेतावनी भने दिनू। तिनीहरूलाई भनिदिनु राजाले तिनीहरूलाई के गर्छ। एउटा राजाले मानिसहरूलाई कसरी शासन गर्छन्।”
9
پس برو و به هرچه میگویند گوش بده، امّا به آنها اخطار کن و آنها را از رفتار و کردار پادشاهی که بر آنها حکومت خواهد کرد، باخبر ساز.»
10ती मानिसहरूले एउटा राजाको माग गरे। यसकारण परमप्रभुले भन्नु भएका सम्पूर्ण कुराहरू शमूएलले मानिसहरूलाई बताए।
10
سموئیل آنچه را که خداوند فرموده بود، به کسانیکه از او پادشاه میخواستند، بیان کرد و گفت:
11शमूएलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन् अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोरालाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्।
11
«بدانید که پادشاه، پسران شما را به خدمت خواهد گرفت، بعضی را برای ارّابهها و بعضی را برای اسبها و بعضی را نیز برای اینکه پیشاپیش ارّابههای او بدوند.
12राजाले तिम्रो छोराहरूलाई सैनिक बन्न वाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरू 50 जना भन्दा ज्यादा मानिसका। राजाले तिम्रा छोरालाई उनको खेत जोत्न र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउँन लाउँनेछन्।”
12
فرماندهان نظامی را به رتبههای مختلف مقرّر میکند تا سپاه او را در جنگ رهبری نمایند. بعضی را مأمور میسازد که زمینهای او را شخم بزنند و محصولات او را درو کنند و تجهیزات نظامی و ارّابههای او را بسازند.
13“राजाले तिमीहरूका छोरीहरूलाई पनि लानेछन्। तिनीहरूमध्ये कतिलाई खाना पकाउन र रोटी पकाउन विवश गर्नेछन्। अनि कसैलाई अत्तर बनाउन बाध्य गर्नेछन्।
13
دختران شما را برای عطرسازی، آشپزی و نانپزی میبرد.
14“राजाले तिमीहरूको सबभन्दा असल खेतहरू, दाखको बगैचा र भद्राक्षका रूखहरू लानेछन्। अनि तिनीहरूलाई उसको सेवकहरूको हातमा सुम्पिदिनेछन्।
14
بهترین زمینهای زراعتی، باغهای انگور و زیتون شما را گرفته، به خدمتکاران خود میبخشد.
15तिमीहरूको अन्न र दाखको फसलको दशौ भाग राजाले लिनेछन्। अनि अधिकारीहरू अनि सेवकहरूको हातमा सुम्पिदिनेछन्
15
دهیک غلّه و انگورتان را گرفته به مأموران و خادمان خود میدهد.
16राजाले तिमीहरूका कमारा-कमारीहरूलाई पनि लैजाने छन्। उनले असल जातका पशु र गधाहरू पनि तिमीहरूबाट लिनेछन्। यी सबै लगेर आफ्नै प्रयोगमा लगाउँने छन्।
16
غلامان، کنیزان، بهترین حیوانات گلّه و الاغهای شما را برای کارهای شخصی خود به کار خواهد گرفت.
17तिमीहरूका भेडा बाख्राको दशौ भाग पनि तिनले लिनेछन्। “अनि तिमी आफै पनि राजाको दास बनिनेछौ।
17
ده یک گلّهٔ شما را گرفته، خود شما را نیز غلام خود میسازد.
18तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।”
18
در آن روز از دست پادشاهی که برای خود انتخاب کردهاید، فریاد خواهید کرد، امّا خداوند به دادتان نخواهد رسید.»
19तर मानिसहरूले शमूएलको कुरा सुन्दैसुनेन्। तिनीहरूले भने, “होइन! हामीलाई शासन गर्ने एउटा राजा नै चाहिन्छ।
19
با وجود همهٔ این دلایل باز هم مردم اصرار کردند و گفتند: «ما پادشاه میخواهیم،
20तब हामी पनि अरू देश सरह हुनेछौ, हामीलाई नेतृत्व दिने, हाम्रो अघि युद्ध लडने, हाम्रा निम्ति युद्ध गर्ने हाम्रा राजा हुनेछन्।”
20
چون آرزو داریم که مانند اقوام دیگر باشیم. او بر ما سلطنت کند و در جنگ رهبر ما باشد.»
21शमूएलले मानिसहरूको भनाइ सुने पछि शमूएलले परमप्रभुलाई तिनीहरूका कुरा दोहोर्याइदिए।
21
وقتی سموئیل سخنان آنها را شنید، همه را به حضور خداوند عرض کرد.
خداوند به سموئیل فرمود: «هرچه مردم میخواهند بکن. برو و پادشاهی برای آنها تعیین نما.» پس سموئیل مردم را به خانههای خود فرستاد.
22परमप्रभुले जवाफ दिनु भयो, “तिनीहरूले चाहे जस्तै! तिनीहरूलाई एउटा राजा देऊ।” तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “ठीकै छ! तिमीहरूले एउटा राजा पाउँने भयौ। अहिले सबै तिमीहरूको शहरमा जाऊ।”
22
خداوند به سموئیل فرمود: «هرچه مردم میخواهند بکن. برو و پادشاهی برای آنها تعیین نما.» پس سموئیل مردم را به خانههای خود فرستاد.