Nepali

Persian

2 Chronicles

12

1रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहूदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे।
1 هنگامی‌که پادشاهی رحبعام استوار و نیرومند شد او و تمامی یهودا قوانین خداوند را ترک کردند.
2रहबामको राज्यकालको पाँचौं वर्षमा शीशकले यरूशलेम शहर माथि आक्रमण गरे। शीशक मिश्रदेशका राजा भए। किनभने रहबाम अनि यहूदाका मानिसहरू परमप्रभु प्रति विश्वसनीय थिएनन्।
2 در سال پنجم پادشاهی رحبعام، چون به خدا وفادار نبودند، شیشق، فرعون مصر علیه اورشلیم برخاست.
3शीशकसित 1,200 रथहरू, 60,000 घोड सवारहरू सेना जो कसैले गन्ती गर्न नसक्ने थिए। शीशकका विशाल सेनामा लूबी, सुक्किया अनि कूशी सैनिकहरू थिए।
3 او با هزار و دویست ارّابه و شصت هزار سواره و همراه یا سربازان بی‌شمار لیبی‌یایی و سکیان و حبشی از مصر آمد.
4शीशकले यहूदाका सुदृढ शहरहरूलाई परास्त गरे। त्यसपछि शीशकले आफ्ना सैन्यलाई यरूशलेममा ल्याए।
4 او شهرهای دیواردار یهودا را تسخیر کرد و تا اورشلیم رسید.
5तब शमायाह अगमवक्ता रहबाम अनि यहूदाका प्रमुखहरू कहाँ आए। यहूदाका ती प्रमुखहरू यरूशलेममा भेला भएका थिए किनभने तिनीहरू सबै शीशकसित भयभीत थिए। शमायाहले रहबाम अनि यहूदाका प्रमुखहरूलाई भने, “परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः ‘रहमबाम तँ अनि यहूदाका मानिसहरूले मलाई त्याग गरेका छौ मेरो व्यवस्था पालन गर्न अस्वीकार गरेका छौ। यसर्थ अब म मेरो सहायता बिना तँलाई शीशकको सामना गर्न छोड्ने छु।”‘
5 آنگاه شمعیای نبی نزد رحبعام و رهبران یهودا که به‌خاطر شیشق در اورشلیم جمع شده بودند، آمد و به ایشان گفت: «خداوند چنین می‌فرماید: شما مرا ترک کرده‌اید، پس من شما را در دست شیشق رها می‌کنم.»
6तब यहूदाका प्रमुखहरू अनि राजा रहबाम दुःखित भए अनि स्वयंलाई नम्र तुल्याए। तब परमप्रभुबाट शमायाह कहाँ “संन्देश आयो।”
6 آنگاه رهبران اسرائیل و پادشاه فروتن شدند و گفتند: «خداوند عادل است.»
7परमप्रभुले शमायाहलाई भन्नुभयो, “राजा अनि प्रमुखहरू स्वयं नम्र भएका छन्। यसर्थ म तिनीहरूलाई नष्ट गर्ने छैन, म तिनीहरूलाई चाँडै बचाउँने छु। म मेरो रीस यरूशलेम माथि पोख्नलाई शीशकको प्रयोग गर्ने छैन।
7 هنگامی‌که خداوند دید که ایشان فروتن شده‌اند، کلام خداوند بر شمعیا آمد و فرمود: «ایشان فروتن شده‌اند، من نابودشان نخواهم کرد و به ایشان رهایی خواهم داد. خشم من به دست شیشق بر اورشلیم فرود نخواهد آمد.
8तर यरूशलेमका मानिसहरू शीशकका सेवक हुने छन्। यस्तो हुने छ जसद्वारा तिनीहरूले यो सिक्ने छन् कि मेरो सेवा गर्नु अन्य राष्ट्रहरूका राजाहरूको सेवा गर्नु भन्दा भिन्न हो।”
8 با این وجود ایشان بندهٔ او خواهند شد تا تفاوت بین خدمت کردن به من و پادشاهان سرزمین‌‌های دیگر را بدانند.»
9शीशकले यरूशलेम माथि चढाईं गरे अनि सम्पत्तिहरू लगे जो परमप्रभुको मन्दिरमा थियो। शीशक मिश्रदेशका राजा थिए। अनि तिनले ती सम्पत्ति पनि लगे जो राजाको भवनमा थियो। शीशकले हरेक चीज लिए अनि ती सम्पत्तिहरू लगेर गए। तिनले ती सुनका ढालहरू पनि लगे जो सुलेमानले बनाएका थिए।
9 پس شیشق فرعون علیه اورشلیم برآمد. او خزانه‌های معبد بزرگ و کاخ پادشاه را با خود برد، او هرچه بود را برداشت. او همه‌چیز را، شامل سپرهایی طلایی که سلیمان ساخته بود، با خود برد.
10राजा रहबामले सुनका ढालहरूको स्थानमा काँसाका ढालहरू बनाए। रहबामले ती काँसाका ढालहरू अधिकारीहरूलाई दिए जो भवनको प्रवेशद्वारको रक्षागर्ने जिम्मामा थिए।
10 امّا رحبعام پادشاه به جای آنها سپرهای برنزی ساخت و آنها را به دست نگهبانان دروازه‌های کاخ پادشاه داد.
11जब राजा परमप्रभुको मन्दिर भित्र पस्थे तब रक्षकहरूले काँसाका ढालहरू बाहिर निकाल्थे। पछि तिनीहरूले ती काँसाका ढालहरू लगेर रक्षा गृहमा राख्थे।
11 هرگاه پادشاه به معبد بزرگ می‌رفت، نگهبانان با او می‌آمدند و سپرها را می‌آوردند و سپس به اتاق نگهبانان باز می‌گرداندند.
12जब रहबामले स्वयंलाई नम्र तुल्याए तब परमप्रभुले आफ्नो क्रोध रहबामबाट हटाउनु भयो। यसरी नै परमप्रभुले रहबामलाई पूर्ण रूपले ध्वंश पार्नु भएन। त्यहाँ यहूदामा केही असल कुरा पनि थियो।
12 چون او خود را فروتن کرد، خشم خداوند از او دور گشت و ایشان را کاملاً نابود نکرد و شرایط یهودا رو به خوبی بود.
13राजा रहबामले स्वयंलाई यरूशलेममा एक शक्तिशाली राजा बनाए। तिनी एकचालीस वर्षका थिए जब तिनी राजा भए। रहबाम यरूशलेममा सत्र वर्षसम्म राजा थिए। यरूशलेम त्यो शहर हो जसलाई परमप्रभुले इस्राएलका समस्त कुल समूहबाट चुन्नु भएको हो। परमप्रभुले आफ्ना नाउँ यरूशलेममा राख्न रोज्नु भयो। रहबामकी आमा नामा थिइन्। नामा अम्मोन देशकी थिइन्।
13 رحبعام در اورشلیم پادشاهی نمود و قدرت خود را افزایش داد. هنگامی‌که رحبعام حکومت خود را آغاز کرد چهل و یک سال داشت. او هفده سال در اورشلیم، شهری که خداوند از میان طایفه‌های اسرائیل برگزید تا نام خود را بر آنجا بگذارد، حکومت کرد. مادرش نعمه عمونی نام داشت.
14रहबामले नराम्रा कुराहरू गरे किनभने तिनले परमप्रभुको आज्ञा पालन गर्ने कुरा हृदयबाट निश्चय गरेका थिएनन्।
14 او پلید کار بود زیرا دلش به دنبال خداوند نبود.
15रहबामले आफू राजा हुँदा शुरूदेखि अन्त सम्मको आफ्नो शासनमा जे जति कुराहरू गरे ती शमायाह अगमवक्ताका लेखहरूमा अनि इद्दो, दर्शीका लेखहरूमा लेखिएका छन्। ती पुस्तकहरू वंशावलिहरू जस्तै लेखीएका छन्। अनि रहबाम र यारोबाम माझ, दुवै राजाहरूको शासनकालभरी युद्ध चलिरह्यो।
15 شرح کارهای رحبعام از آغاز تا پایان در اسناد شمعیای نبی و عدوی رائی طبق شجره‌نامه نوشته شده‌اند. همواره رحبعام و یربعام با یکدیگر در جنگ بودند. رحبعام در گذشت و به نیاکان خود پیوست. او را در شهر داوود به خاک سپردند و پسرش ابیا جانشین او شد.
16रहबामको मृत्यु भयो अनि उसलाई उसको पिता-पुर्खाहरूसित गाडे। रहबामलाई दाऊदको शहरमा गाडियो। त्यसपछि रहबामका छोरा अबियाह नयाँ राजा भए।
16 رحبعام در گذشت و به نیاکان خود پیوست. او را در شهر داوود به خاک سپردند و پسرش ابیا جانشین او شد.