Nepali

Persian

2 Chronicles

15

1परमेश्वरको आत्मा अजर्याहमाथि उत्रनुभयो। अजर्याह ओदेदका छोरा थिए।
1 روح خداوند بر عزریا، پسر عودید فرود آمد
2अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ।
2 او به دیدن آسا رفت و به او گفت: «ای آسا، همهٔ یهودا و بنیامین به من گوش فرا دهید، خداوند با شماست، اگر او را بجویید او را خواهید یافت امّا اگر به او پشت کنید او هم شما را ترک خواهد کرد.
3धेरै समयसम्म इस्राएल सत्य परमेश्वर बिहीन थियो। अनि तिनीहरू शिक्षा दिने पूजाहारी बिहीन र नियम बिहीन थिए।
3 برای زمان طولانی، اسرائیل بدون خدای حقیقی و بدون کاهنی که آموزگار باشد و بدون قانون بود.
4तर जब इस्राएलका मानिसहरूले दुःख पाए, तिनीहरू फेरि परमप्रभु परमेश्वर तर्फ फर्किए। उहाँ इस्राएलका परमेश्वर हुनु हुन्छ। तिनीहरूले परमप्रभुलाई खोजे अनि उहाँलाई पाए।
4 امّا در دشواری، هنگامی‌که به سوی خداوند بازگشتند و او را خواستار شدند، او را یافتند.
5दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो
5 در آن زمانها رفت و آمد برای کسی امن نبود، زیرا پریشانی بر همهٔ ساکنان سرزمین غلبه کرده بود.
6‘एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंश पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो।
6 ایشان درهم شکسته شده بودند، کشورها علیه کشورها و شهرها علیه شهرها بودند، زیرا خداوند ایشان را به هر نوع بلا دچار کرد.
7‘तर आसा, तिमी अनि यहूदाका र बिन्यामीनका मानिसहरू शक्तिशाली बन। कमजोर नबन, नछोड किनभने तिमीहरूले तिम्रा असल कार्यका निम्ति पुरस्कार प्राप्त गर्ने छौ।”
7 امّا شما شجاع باشید و نگذارید دستهای شما ناتوان شوند، زیرا کارهای شما پاداش خواهد داشت.»
8जब आसाले यी वचनहरू अनि संन्देशहरू ओबेद, अगमवक्ताबाट सुने तिनी खूबै उत्साहित भए। त्यसपछि उसले ती घृणित मूर्तिहरू यहूदा अनि बिन्यामीनका सबै स्थानबाट हटाए। आसाले ती घृणित मूर्तिहरू एप्रैमका पहाडी देशकाअधिकारमा ल्याएका शहरहरूबाट पनि हटाए। अनि तिनले परमप्रभुको वेदी मरम्मत गरे जो परमप्रभुको मन्दिरको दलान अघि थियो।
8 هنگامی‌که آسا نبوّت عزریا، پسر عودید را شنید، جرأت یافت و تمام بُتهایی را که در سرزمین یهودا و بنیامین و شهرهایی که در تپّه‌های افرایم تسخیر کرده بود نابود کرد. او همچنین قربانگاه خداوند را که در حیاط معبد بزرگ بود، بازسازی کرد.
9त्यस पछि आसाले यहूदा अनि बिन्यामीनका सबै मानिसहरूलाई एकत्रित गरे। तिनले एप्रैम, मनश्शे अनि शिमोनका कुल समूहका मानिसहरूलाई पनि, जो यहूदा देशमा बस्नका निम्ति इस्राएल देशबाट आएका थिए भेला गरे। धेरै संख्यामा ती मानिसहरू यहूदामा आए किनभने तिनीहरूले देखे कि परमप्रभु, आसाका परमेश्वर आसाका साथ हुनुहुन्थ्यो।
9 تعداد زیادی از مردم طایفه‌های افرایم، منسی و شمعون چون دیدند خداوند با آسا می‌باشد، نزد او آمدند و در قلمروی حکومت او زندگی ‌کردند. آسا ایشان و مردم یهودا و بنیامین را فراخواند.
10आसा अनि ती मानिसहरू यरूशलेममा आसाका शासनकालको पन्ध्रौं वर्षको तेस्रो महीनामा एकत्रित भए।
10 ایشان در ماه سوم، سال پانزدهم سلطنت آسا در اورشلیم گِرد آمدند.
11त्यस समय तिनीहरूले 700 गोरूहरू, 7,000 भेडा अनि बाख्राहरू परमप्रभुलाई बलि चढाए। आसाका सेनाले ती पशुहरू र अन्य मूल्यवान वस्तुहरू आफ्ना शत्रुहरूबाट लिएका थिए।
11 در آن روز از غنایمی که با خود آورده بودند هفتصد راس گاو و هفت هزار گوسفند برای خداوند قربانی کردند.
12तब तिनीहरूले आफ्ना सम्पूर्ण हृदय अनि आफ्ना सम्पूर्ण आत्मा द्वारा परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्ने करार गरे। उहाँ तिनीहरूका पुर्खाहरूले सेवा गरेका परमेश्वर हुनुहुन्छ।
12 ایشان به اتّفاق پیمان بستند که خداوند، خدای نیاکان خود را، با تمام دل و جان پیروی کنند
13कुनै पनि व्यक्ति जसले परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्न अस्वीकार गर्थे त्यसलाई मारिन्थ्यो। यसको केही महत्व थिएन त्यो व्यक्ति मुख्य होस् वा साधारण होस्, यदि त्यो व्यक्ति पुरूष होस् वा स्त्री होस्।
13 و هرکسی که خداوند، خدای اسرائیل را نجوید، خواه پیر یا جوان، خواه مرد یا زن، کشته شود.
14तब आसा अनि मानिसहरूले परमप्रभु प्रति शपथ लिए। तिनीहरू उच्च आवाजमा कराए। तिनीहरूले तुरही र नरसिङ्गाहरू पनि बजाए।
14 ایشان با صدای بلند و فریاد، با صدای شیپور و بوقها، برای خداوند سوگند یاد کردند.
15यहूदाका सबै मानिसहरू शपथबारे खुशी थिए। किनभने तिनीहरूले आफ्ना हृदयबाट प्रतिज्ञा गरेका थिए। तिनीहरूले आफ्ना सम्पूर्ण हृदयले परमेश्वरको अनुसरण गरे। तिनीहरूले परमेश्वरलाई खोजे अनि उहाँलाई पाए। यसरी परमप्रभुले सबै देशमा तिनीहरूलाई शान्ति प्रदान गर्नु भयो।
15 تمام مردم یهودا به‌خاطر پیمانی که بسته بودند، شادمان گشتند؛ زیرا با تمام دل سوگند یاد کردند و خداوند را با تمام وجود خواسته و یافته بودند، و خداوند به ایشان از همه جهت آرامش بخشید.
16राजा आसाले आफ्नी आमा माकालाई पनि राजमाताको पदबाट हटाए। आसाले यसो गरे, किनभने तिनले अशेरा देवीको सम्मानमा ती भयानक स्तम्भहरू मध्ये एक स्तम्भ खडा गरेकी थिइन्। आसाले त्यो अशेरा-स्तमभ काटेर त्यसलाई सा-साना टुक्रा पारिदिए। त्यसपछि तिनले ती टुक्राहरूलाई किद्रोन बेंसीमा जलाइदिए।
16 او مادر بزرگ خود، معکه را از مقام ملکهٔ مادر بر کنار کرد، زیرا او بت زننده‌ای به شکل الههٔ اشره ساخته بود. آسا بت را شکست و در وادی قدرون سوزاند.
17उच्च स्थानहरू इस्राएलबाट हटाइएन, तर आशाको हृदय आसाको जीवनकाल भरि परमप्रभु प्रति विश्वसनीय रह्यो।
17 با وجودی که آسا پرستشگاههای بالای تپّه‌ها را از بین نبرده بود، لیکن در سراسر زندگی خود به خداوند وفادار ماند.
18अनि आसाले सुन र चाँदीले बनिएका पवित्र उपहारहरू जो तिनी अनि तिनका पिताले अर्पण गरेका थिए ती सबै परमेश्वरको मन्दिरमा राखे।
18 همهٔ چیزهایی را که پدرش وقف کرده بود، همراه با اشیایی که خودش وقف کرد و شامل ظروف نقره و طلا بودند به معبد بزرگ خداوند آورد. تا سی و پنجمین سال سلطنت آسا جنگی رخ نداد.
19आसाको पैंतीस वर्ष सम्मको शासनमा अरू कुनै युद्ध भएन।
19 تا سی و پنجمین سال سلطنت آسا جنگی رخ نداد.