1यहोशापात आसाका स्थानमा यहूदाका नयाँ राजा भए। यहोशापात आसाका छोरा थिए। यहोशापातले यहूदालाई शक्तिशाली तुल्याए जसमा कि तिनीहरू इस्राएलको विरूद्ध लडन सकून।
1
یهوشافاط به جای پدر خود پادشاه شد. او قوای خود را در مقابل اسرائیل استحکام بخشید.
2तिनले सैनिकहरूका दलहरू यहूदाका सबै शहरहरूका किल्लाहरूमा राखे। यहोशापातले यहूदामा अनि तिनका पिता आशाले अधिकारमा लिएका एप्रैमका शहरहरूमा सैनिकहरूको किल्ला समूह लगाए।
2
او نیروهای خود را در همهٔ شهرهای مستحکم یهودا مستقر کرد و پادگانهایی در سرزمین یهودا و شهرهایی که پدرش آسا در افرایم تصرّف کرده بود، ایجاد نمود.
3परमप्रभु यहोशापातका साथ हुनुहुन्थ्यो किनभने यहोशापातले यौवन कालमा आफ्ना पुर्खा दाऊदले गरेका असल कुराहरू गरेका थिए। यहोशापातले बाल मूर्तिहरूको अनुसरण गरेनन्।
3
خداوند به یهوشافاط برکت داد، زیرا او در اوایل در همان راهی که جدش داوود میرفت گام برمیداشت و بت بعل را نپرستید،
4यहोशापातले तिनका पुर्खाहरूले अनुसरण गरेका परमेश्वरलाई खोजे। तिनले परमेश्वरका आदेशहरू पालन गरे तिनी इस्राएलका मानिसहरू बसेका तरिकाले बसेनन्।
4
بلکه به دنبال خدای اجدادش رفت و فرمانهای او را اطاعت کرد و مثل پادشاهان اسرائیل.
5परमप्रभुले यहोशापातलाई यहूदाका शक्तिशाली राजा बनाउनु भयो। यहूदाका सबै मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याउँथे। यसर्थ यहोशापातसित प्रशस्त धन सम्पत्ति अनि सम्मान थियो।
5
در نتیجه خداوند پادشاهی را در دستهای او استوار نمود. تمام یهودا برای یهوشافاط هدیه آوردند و او دولتمند و مورد احترام بود.
6यहोशापातको हृदयले परमप्रभुको तरिकामा आनन्द प्राप्त गरे। तिनले उच्च स्थानहरू अनि अशेरा-स्तम्भहरू यहूदा देशबाट बाहिर निकालि दिए।
6
او با دل و جان به خداوند وفادار بود. او همچنین پرستشگاههای بالای تپّهها و الهههای اشره را از یهودا برداشت.
7यहोशापातले आफ्ना प्रमुखहरूलाई उपदेश दिनका निम्ति यहूदाका शहरहरूमा पठाए। यहोशापातको शासनको तेस्रो वर्षमा यस्तो भयो। ती प्रमुखहरू बेनहेल, ओबदियाह, जकर्याह, नतनेल अनि मीकायाह थिए। यहोशापातले यी प्रमुखहरू सित लेवीहरूलाई पनि पठाए।
7
در سال سوم سلطنتش مأموران خود، بنحایل، عوبدیا، زکریا، نتنئیل و میکایا را برای آموزش به شهرهای یهودا فرستاد.
8ती लेवीहरू शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह तोबियाह अनि तोब-अदोनियाह थिए। यहोशापातले एलीशामा र योराम पूजाहारीहरू पनि पठाए।
8
ایشان با نُه نفر لاوی و دو کاهن همراه بودند. لاویان عبارت بودند از: شمعیا، نتنیا، زبدیا، عسائیل، شمیراموت، یهوناتان، ادونیا، طوبیا، توب ادونیا. نامهای کاهنان الیشمع و یهورام بودند.
9ती प्रमुखहरू, लेवीहरू अनि पूजाहारीहरूले यहूदामा मानिसहरूलाई शिक्षा दिए। तिनीहरू सित परमप्रभुको व्यवस्थाहरूको पुस्तक थियो। तिनीहरू यहूदाका सबै शहरहरूमा गए अनि मानिसहरूलाई शिक्षा दिए।
9
آنها از روی کتاب تورات خداوند که با خود داشتند، به همهٔ شهرهای یهودا رفتند و به مردم تعلیم میدادند.
10यहूदा नजिकका राष्ट्रहरू परमप्रभु सित भयभीत थिए। त्यसै कारणले गर्दा तिनीहरूले यहोशापात विरूद्ध युद्ध शुरू गरेनन्।
10
ترس خداوند تمام سلطنتهای کشورهای اطراف یهودا را فراگرفت و از جنگ با یهوشافاط خودداری کردند.
11केही पलिश्ती मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याए। तिनीहरूले यहोशापात कहाँ चाँदी पनि ल्याए किनभने तिनीहरू जान्दथे उनी अत्यन्त शक्तिशाली राजा हुन्। केही अरबी मानिसहरूले यहोशापात कहाँ पशुहरूका बथानहरूपनि ल्याए। तिनीहरूले 7,700 भेडाहरू अनि 7,700 बाख्राहरू तिनी कहाँ ल्याए।
11
حتّی بعضی از فلسطینیان برای یهوشافاط هدیه و نقره به عنوان باج میآوردند و عربها هم برای او هفت هزار و هفتصد قوچ و هفت هزار و هفتصد بُز نر هدیه آوردند.
12यहोशापात अधिक भन्दा अधिक शक्तिशाली भए। तिनले यहूदा देशमा किल्लाहरू अनि भण्डार शहरहरू निर्माण गरे।
12
قدرت و شهرت یهوشافاط روزافزون بود. و در یهودا قلعهها و شهرها برای ذخیره و انبار ساخت.
13तिनले भण्डार शहरहरूमा अनेक आपुर्तिहरू राखे। अनि यहोशापातले यरूशलेममा प्रशिक्षित सैनिकहरू राखे।
13
او در شهرهای یهودا کارهای بزرگی انجام داد.
او سربازان توانای جنگجویی در اورشلیم داشت.
14ती सैनिकहरू तिनीहरूका परिवार समूहमा सूची बद्ध थिए। यरूशलेमका ती सैनिकहरूको सूची यो होः यहूदाका कुल समूहका सेनाध्यक्षहरू यी थिएः अदना 3,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए।
14
این است نامهای ایشان طبق نیاکانشان: از یهودا فرمانده گروههای هزار نفری: ادُنه با سیصد هزار رزمنده نیرومند.
15योहोहानान 2,80,000 सैनिकहरूका सेनाध्यक्ष थिए।
15
بعد از او یهوحانان، فرمانده دویست و هشتاد هزار نفر،
16अमस्याह 2,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए। अमस्याह जिक्रीका छोरा थिए। अमस्याह परमप्रभुको सेवामा आफूलाई अर्पण गर्नमा खुशी थिए।
16
پس از او عمسیا، پسر زکری که برای خدمت به خداوند داوطلب شده بود، فرمانده دویست هزار نفر،
17बिन्यामीनका कुल समूहका सेनाध्यक्षहरू यी थिएः एल्यादाका 2,00,000 सैनिकहरू थिए जसले धनु, काँढ अनि ढालहरू चलाउँथे। एल्यादा अत्यन्त साहसी सैनिक थिए।
17
از بنیامین، الیاداع، رزمندهای نیرومند، با دویست هزار نفر مسلّح به کمان و سپر.
18यहोसापात 1,80,000 मानिसहरूका अगुवा थिए जो युद्धका निम्ति तयार थिए।
18
در کنارش یهوزاباد با صد و هشتاد هزار نفر آماده جنگ.
ایشان در خدمت پادشاه بودند، بهعلاوهٔ کسانیکه پادشاه در شهرهای مستحکم در سراسر یهودا مستقر کرده بود.
19ती सबै सैनिकहरू राजा यहोशापातका सेवा गर्थे। राजाका अन्य मानिसहरू पनि पूरा यहूदा देशका किल्लाहरूमा थिए।
19
ایشان در خدمت پادشاه بودند، بهعلاوهٔ کسانیکه پادشاه در شهرهای مستحکم در سراسر یهودا مستقر کرده بود.