Nepali

Persian

2 Chronicles

24

1योआश सात वर्ष उमेरका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा चालीस वर्ष शासन गरे। तिनकी आमाको नाउँ सिब्या थियो। सिब्या बेर्शेबा शहरकी थिइन्।
1 یوآش هفت ساله بود که پادشاه شد و مدّت چهل سال در اورشلیم سلطنت کرد. نام مادرش ظبیه و از اهالی بئرشبع بود.
2योआशले पूजाहारी यहोयादा बाँचुन्जेल परमप्रभुको सामुन्ने उचित कार्य गरे।
2 یوآش در سراسر دوران عمر یهویاداع کاهن، آنچه را در نظر خداوند درست بود انجام داد.
3यहोयादाले योआशका निम्ति दुइवटी पत्नीहरू चुने। योआशका छोरा-छोरीहरू भए।
3 یهویاداع برای او دو زن گرفت که از آنها دارای چند پسر و دختر شد.
4तब, पछि योआशले परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने निर्णय गरे।
4 پس از مدّتی یوآش تصمیم گرفت که معبد بزرگ را بازسازی کند.
5योआशले पूजाहारी अनि लेवीहरूलाई साथ बोलाए। तिनले तिनीहरूलाई भने, “यहूदा शहरमा जाऊ अनि इस्राएलका सबै मानिसहरूले प्रति वर्ष तिर्ने धन संग्रह गर। त्यो धन तिम्रो परमेश्वरको मन्दिर फेरि निर्माण गर्नमा प्रयोग गर। चाँडो गर अनि यो काम गर।” तर लेवीहरूले हतार गरेनन्।
5 او کاهنان و لاویان را فراخواند و به ایشان گفت: «هرچه زودتر به شهرهای یهودا بروید و از همهٔ مردم اسرائیل پول جمع کنید تا خانهٔ خدای خود را هر سال تعمیر کنید.» امّا لاویان در این کار شتاب نکردند.
6यसर्थ राजा योआशले मुख्य पूजाहारी यहोयादालाई बोलाए। राजाले भने, “यहोयादा, तिमीले किन लेवीहरूलाई यहूदा अनि यरूशलेमबाट तिरो-धन ल्याउन लगाएनौं? परमप्रभुको सेवक मोशा अनि इस्राएलका मानिसहरूले पवित्र पाल निर्माण गर्नमा त्यो तिरो-धन प्रयोग गरेका थिए।”
6 پس پادشاه یهویاداع رهبر کاهنان را فراخواند و به او گفت: «چرا لاویان را برای گردآوری مالیاتی که موسی، خادم خداوند برای قوم اسرائیل و برای خیمهٔ مقدّس معیّن کرده، به یهودا و اورشلیم روانه نساخته‌ای؟»
7विगत कालमा, अतल्याहका छोराहरू जबरजस्ती परमेश्वरको मन्दिर भित्र पसेका थिए। तिनीहरूले परमप्रभुको मन्दिरमा भएका पवित्र चीजहरू आफ्ना बाल देवताहरूको पूजा गर्नमा प्रयोग गरेका थिए। अतल्याह अत्यन्त दुष्ट स्त्री थिइन्।
7 (زیرا پیروان عتلیا، آن زن پلید به معبد بزرگ آسیب رسانده بودند و حتّی وسایلی را که به خداوند هدیه داده شده بود، برای استفادهٔ بت بعل برده‌ بودند.)
8राजा योआशले एउटा सन्दूक बनाउने अनि त्यसलाई परमप्रभुको मन्दिरको द्वारको बाहिर राख्ने आदेश गरे।
8 پس پادشاه فرمان داد تا صندوقی بسازند و در بیرون دروازهٔ معبد بزرگ بگذارند.
9तब लेवीहरूले यहूदा अनि यरूशलेममा एक घोषणा गरे। तिनीहरू रोए मानिसहरूलाई परमप्रभुका निम्ति तिरो-धन ल्याउनु भने। परमेश्वरका सेवक मोशाले मरू-भूमिमा भएको समयमा इस्राएलका मानिसहरूबाट जो तिरो-धन मागेका थिए यो धन त्यति नै हो।
9 آنگاه در سرتاسر یهودا و اورشلیم اعلام شد تا مالیاتی را که موسی، خادم خدا، برای قوم اسرائیل در بیابان تعیین کرده بود، بیاورند.
10समस्त प्रमुखहरू अनि मानिसहरू खुशी थिए। तिनीहरूले आफ्ना धन ल्याए अनि त्यसलाई सन्दूकमा हाले। तिनीहरूले तबसम्म लगातार दिइरहे जब सम्म सन्दूक भरी भएन।
10 همهٔ رهبران و مردم با شادمانی مالیاتهای خود را آوردند و در صندوق ریختند تا صندوق پر شد.
11तब लेवीहरूले त्यो सन्दूक राज-अधिकारीहरू कहाँ लानु पर्यो। तिनीहरूले सन्दूक धनले परिपूर्ण भएको देखे। राजाका सचिव अनि मुख्य पूजाहारीका अधिकारी आए अनि सन्दूकबाट धन निकालेर लगे। तब तिनीहरूले त्यो सन्दूकलाई फेरि त्यस कै स्थानमा फर्काई लगे। तिनीहरूले यो काम घरि-घरि गरे अनि प्रचुर धन संग्रह गरे।
11 هنگامی‌که لاویان می‌دیدند که پول فراوانی در صندوق است آن را نزد مشاور پادشاه و مأموران کاهن اعظم می‌آوردند و آن را خالی می‌کردند و به جای خود باز می‌گرداندند. این کار روزهای پی‌درپی انجام شد و پول فراوانی گرد آوردند.
12तब राजा योआश अनि यहोयादाले त्यो धन ती मानिसहरूलाई दिए जो परमप्रभुको मनिदरमा काम गर्थे। अनि परमप्रभुको मन्दिरमा काम गर्ने मानिसहरूले परमप्रभुको मन्दिर फेरि निर्माण गर्नका निम्ति निपूण काठ खोप्नेहरू अनि सिकर्मीहरूलाई ज्यालमा राखे। तिनीहरूले ती कर्मीहरू पनि ज्यालमा ल्याए जो परमप्रभुको मन्दिरलाई फेरि निर्माण गर्नका निम्ति फलाम अनि काँसाका काम गर्न सिपालु थिए।
12 پادشاه و یهویاداع پول را به مسئولان بازسازی معبد بزرگ دادند و ایشان معماران و نجّاران، آهنگران و کارگرانی را که با برنز کار می‌کردند، استخدام کردند تا معبد بزرگ را بازسازی کنند.
13मानिसहरू जसले कामको निरीक्षण गर्दथे एक्दमै परिश्रमी थिए। परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने कार्य सफल भयो। तिनीहरूले परमप्रभुको मन्दिर पहिलाको जस्तै निर्माण गरे अनि तिनीहरूले यसलाई पहिलाको भन्दा बलियो बनाए।
13 تمام کارگران با جدّیت کار کردند و معبد بزرگ را به حالت اولیهٔ آن بازسازی نمودند و آن را مستحکم ساختند.
14जब कर्मीहरूले काम पूरा गरे तिनीहरूले उब्रिएको धन राजा योआश अनि यहोयादा कहाँ ल्याए। तिनीहरूले त्यो धन परमप्रभुको मन्दिरका निम्ति चीज-बीज बनाउनमा प्रयोग गरे। ती चीज-बीजहरू मन्दिरको सेवामा अनि होम-बलि अर्पण गर्नमा प्रयोग गरिन्थे। तिनीहरूले सुन-चाँदीका कचौरा एवं अन्य चीजहरू पनि बनाए। पूजाहारीहरूले यहोयादा जीवित रहेसम्म प्रतिदिन परमप्रभुको मन्दिरमा होमबलि अर्पण गरिरहे।
14 وقتی‌که کار ترمیم تمام شد، بقیّهٔ پول را برای پادشاه و یهویاداع بردند و از آن پول ظروف طلا و نقره، از قبیل قاشق، کاسه و وسایلی که جهت قربانی سوختنی به کار می‌رفتند، برای معبد بزرگ ساختند؛ تا زمانی که یهویاداع زنده بود، همیشه قربانی سوختنی در معبد بزرگ تقدیم می‌شد.
15यहोयादा बृद्ध भए। तिनी लामो समयसम्म बाँचे, त्यसपछि तिनको मृत्यु भयो। यहोदा 130 वर्षको बृद्ध हुँदा तिनको मृत्यु भयो।
15 یهویاداع در کمال پیری در سن صد و سی سالگی در گذشت،
16मानिसहरूले यहोयादालाई दाऊदका शहरमा गाडिदिए जहाँ राजाहरूलाई गाडिन्छन्। मानिसहरूले यहोयादालाई त्यहाँ गाडि दिए किनभने तिनले आफ्ना जीवनमा इस्राएलमा परमेश्वर अनि परमेश्वरका मन्दिरका निम्ति धेरै असल कार्य गरे।
16 و او را در شهر داوود در گورستان پادشاهان به خاک سپردند چون او برای اسرائیل و خدا و معبد بزرگ نیکویی کرده بود.
17यहोयादाको मृत्यु पछि, यहूदाका प्रमुखहरू आए अनि राजा योआश समक्ष झुके। राजाले ती प्रमुखहरूका कुरा सुने।
17 امّا هنگامی‌که یهویاداع در گذشت، رهبران یهودا نزد پادشاه آمدند و او را تحریک کردند و او به سخنان ایشان گوش کرد.
18राजा अनि ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले आराधना गर्ने परमप्रभु परमेश्वरको मन्दिरलाई परित्याग गरे। तिनीहरूले अशेरा खामा अनि अन्य मूर्तिहरूका पूजा गर्न शुरू गरे। परमेश्वर यहूदा अनि यरूशलेमका मानिसहरूसित क्रोधित हुनु भयो किनभने राजा अनि अगुवाहरू दोषी थिए।
18 پس مردم معبد بزرگ خداوند، خدای اجداد خود را ترک نمودند و به پرستش الههٔ اشره و بُتها پرداختند. به‌خاطر این گناه، خشم خداوند بر یهودا و اورشلیم فرود آمد.
19परमेश्वरले मानिसहरू कहाँ तिनीहरूलाई परमप्रभु तिर फर्काइ ल्याउन भनी अगमवक्ताहरू पठाउनु भयो। अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिए। तर मानिसहरूले सुन्न अस्वीकार गरे।
19 امّا باز هم خداوند انبیا را فرستاد تا ایشان را نصیحت کنند و به سوی او بازگردانند، ولی ایشان گوش ندادند.
20परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।”‘
20 آنگاه روح خدا زکریا پسر یهویاداع را فراگرفت. او بر بلندی، مقابل مردم ایستاد و به ایشان گفت: «خداوند چنین می‌فرماید: چرا از فرامین خداوند سرپیچی می‌کنید؟ به این سبب کامیاب نخواهید شد، چون شما خداوند را ترک کرده‌اید او نیز شما را رها ساخته است.»
21तर मानिसहरूले जकर्याहको विरूद्ध षड्‌यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुञ्जेल मानिसहरूले तिनलाई ढुँङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे।
21 امّا ایشان علیه او توطئه کردند و به دستور پادشاه او را در حیاط معبد بزرگ سنگسار کردند.
22राजा योआशले तिनी प्रति यहोयादाले दर्शाएको दया सम्झेनन्। यहोयादा जकर्याहका पिता थिए। तर योआशले यहोयादाका छोरा जकर्याहलाई मारिदिए। जकर्याहको मृत्यु हुनु अघि तिनले भने, “परमप्रभुले देख्नु हुनेछ जो तिमीहरूले गर्दै छौ अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”
22 یوآش پادشاه مهربانی‌های یهویاداع، پدر زکریا را به یاد نیاورد، در عوض پسر او را کشت. هنگامی‌که زکریا جان می‌داد، گفت: «باشد تا خداوند این را ببیند و از تو انتقام بگیرد!»
23वर्षको अन्ततिर, अरामी सेना योआशको विरूद्ध आए। तिनीहरूले यहूदा अनि यरूशलेम माथि आक्रमण गरे अनि मानिसका सबै प्रमुखहरूलाई मारिदिए। तिनीहरूले सबै मूल्यवान बस्तुहरू दमीशकका राजा कहाँ पठाए।
23 در بهار آن سال ارتش سوریه به جنگ با یوآش برخاست و به یهودا و اورشلیم حمله کرد و تمام رهبران ایشان را کشتند و اموال زیادی را به تاراج بردند و برای پادشاهاشان به دمشق فرستادند.
24अरामी सेना मानिसहरूको सानो दलको रूपमा आएका थिए तर परमप्रभुले तिनीहरूलाई यहूदाका अति विशाल सेनालाई परास्त पार्न दिनु भयो। परमप्रभुले यसो गर्नु भयो। किनभने यहूदाका मानिसहरूले, आफ्ना पुर्खाहरूले अनुसरण गरेका परमप्रभु परमेश्वरलाई त्याग गरे। यसरी योआश दण्डित भए।
24 با وجودی که ارتش سوریه با افراد کمی آمده بودند، خداوند ارتش بسیار بزرگی را به دست ایشان داد، زیرا ایشان خداوند، خدای نیاکان خود را ترک کرده بودند، به این ترتیب یوآش پادشاه مجازات شد.
25जब अरामीहरूले योआशलाई छाडे तब तिनी नराम्रो प्रकारले घाइते भएका थिए। योआशका आफ्नै सेवकहरूले तिनको विरूद्ध षड्‌यन्त्र रचे। तिनीहरूले यसो गरे किनभने योआशले पूजाहारी यहोयादाका छोरा जकर्याहलाई मारेका थिए। सेवकहरूले योआशलाई तिनको आफ्नै ओछ्यानमा मारिदिए। योआशको मृत्यु भएपछि मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडीदिए। तर तिनीहरूले तिनलाई त्यस स्थानमा गाडेनन् जहाँ राजाहरूलाई गाडिन्छ।
25 یوآش بشدّت زخمی شده بود و هنگامی‌که ارتش دشمن عقب‌نشینی کرد، دو نفر از خدمتگذاران وی دسیسه کردند و به‌خاطر خون پسر یهویاداع کاهن، او را در بسترش کشتند. پس او مرد و او را در شهر داوود به خاک سپردند؛ ولی او را در آرامگاه پادشاهان دفن نکردند.
26ती यिनै सेवकहरू हुन् जसले योआशको विरूद्ध षड्‌यन्त्र रचेका थिएः जाबाद अनि यहोजाबाद। जाबादकी आमाको नाउँ शिमात थियो। शिमात अम्मोनकी थिइन्। अनि यहोजाबादकी आमाको नाउँ शिम्रित थियो। शिम्रित मोआबकी थिइन्।
26 کسانی‌که علیه او توطئه کردند، عبارت بودند از: زاباد، پسر شمعه عمونی و یهوزاباد، پسر شمریت موآبی بودند. کارهای پسران او و پیشگویی‌هایی که دربارهٔ او و بازسازی معبد بزرگ، همه در کتاب تفسیر تواریخ پادشاهان نوشته شده‌اند و امصیا، جانشین پدرش یوآش شد.
27योआशका छोराहरूको विषयमा कथा, तिनी विरूद्धको महान अगमवाणीहरू अनि तिनले कसरी फेरि परमेश्वरको मन्दिर निर्माण गरे, यी सबै राजाहरू “सम्बन्धी व्याख्या” नाउँको पुस्तकमा लेखिएका छन्। अमस्याह तिनका पछि नयाँ राजा भए। अमस्याह योआशका छोरा थिए।
27 کارهای پسران او و پیشگویی‌هایی که دربارهٔ او و بازسازی معبد بزرگ، همه در کتاب تفسیر تواریخ پادشاهان نوشته شده‌اند و امصیا، جانشین پدرش یوآش شد.