Nepali

Persian

2 Chronicles

33

1मनश्शे बाह्र वर्ष उमेरका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा पचपन्न वर्ष सम्म राजा भए।
1 منسی دوازده ساله بود که پادشاه شد و مدّت پنجاه و پنج سال در اورشلیم سلطنت کرد.
2मनश्शेले ती कामहरू गरे जो परमप्रभुले गल्ती हो भन्नुभयो। तिनले ती राष्ट्रहरूका भयानक अनि पाप पूर्ण तरिका अनुसरण गरे जसलाई परमप्रभुले इस्राएलका मानिसहरूको सामुन्ने देशबाट निक्लन वाध्य तुल्याउनु भएको थियो।
2 او آنچه را که در نظر خداوند پلید بود انجام داد و از روش اقوامی که خداوند از سر راه مردم اسرائیل بیرون رانده بود، پیروی نمود.
3मनश्शेले उच्च स्थानहरू फेरि निर्माण गरे जसलाई हिजकियाह तिनका पिताले भत्काइदिएका थिए। मनश्शेले बाल देवताहरूका निम्ति वेदीहरू निर्माण गरे अनि अशेरा स्तम्भहरू खडा गरे। तिनी तारा-मण्डललाई शिर झुकाउँथे अनि ती नक्षत्र समूहका पूजा गर्थे।
3 او پرستشگاههای بالای تپّه را که پدرش حزقیا ویران کرده بود، بازسازی کرد و برای بت بعل قربانگاهها برپا کرد و الهه‌های اشره را ساخت. او آفتاب و ماه و ستارگان آسمان را پرستش و خدمت کرد.
4मनश्शेले असत्य देवताहरूको निम्ति वेदीहरू परमप्रभुको मन्दिरमा बनाए। परमप्रभुले मन्दिरको बारेमा भन्नुभएको थियो, “मेरो नाउँ सदैव यरूशलेममा रहनेछ।”
4 او در معبد بزرگ قربانگاهها ساخت، در جایی که خداوند فرموده بود: «نام من در اورشلیم تا ابد خواهد ماند.»
5तर मनश्शेले परमप्रभुका दुइ आँगनहरूमा सारा तारा-मण्डलहरूका निम्ति वेदीहरू निर्माण गरे।
5 او در حیاط معبد بزرگ برای آفتاب و ماه و ستارگان قربانگاهها ساخت.
6मनश्शेले बलिको निम्ति आफ्नै छोरा-छोरीहरूलाई पनि बेन हिन्नोमको बेंसीमा होम गरे। मनश्शेले भविष्य भन्ने, जोखाना हेर्ने, जादू-टुना गर्ने काम गरेर जादूको प्रयोग पनि गरे। तिनले मृत आत्मासित कुरा-कानी गर्ने र भूत-प्रेतहरूसित कुरा-कानी गरे। मनश्शेले धेरै कुराहरू गरे जसलाई परमप्रभुले गल्ती हो भन्नु भयो अनि यसले परमप्रभुलाई क्रोधित तुल्यायो।
6 او پسران خود را در درّهٔ هنوم در آتش قربانی کرد. او جادوگری و فالگیری می‌کرد و با احضار کنندگان ارواح و افسونگران مشورت می‌نمود. او در نظر خداوند کارهای بسیار پلیدی کرد و خشم او را برانگیخت.
7मनश्शेले एउटा मूर्तिको शालिग बनाए अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखे। त्यही मन्दिर जसको बारेमा परमेश्वरले दाऊद अनि तिनका छोरा सुलेमान सित कुरा-कानी गर्नु भएको थियो। परमेश्वरले भन्नु भएको थियो, “म मेरो नाउँ यो मन्दिर अनि यरूशलेम त्यो शहरमा राख्छु जसलाई मैले सबै परिवार समूहका सबै शहरहरूबाट चुनेको छु, अनि मेरो नाउँ सदा सर्वदा त्यहाँ रहने छ।
7 او مجسمهٔ کنده‌کاری شده‌ای را که ساخته بود، در معبد بزرگ قرار داد، جایی که خداوند به داوود و پسرش سلیمان گفته بود: «من در این معبد بزرگ و در اورشلیم شهری که از میان تمام شهرهای طایفه‌های اسرائیل برگزیده‌ام، نام خود را تا ابد خواهم ‌گذاشت.
8म इस्राएलीहरूलाई फेरि यो भूमिबाट बाहिर गर्ने छैन जसलाई मैले तिनीहरूका पुर्खाहरूलाई दिनुका निम्ति चुनें। तर मैले तिनीहरूलाई दिएका सबै आदेशहरू तिनीहरूले पालन गर्नु पर्ने छ। इस्राएलका मानिसहरूले सबै व्यवस्था, विधि अनि आदेशहरू पालन गर्नु पर्ने छ जो तिनीहरूलाई दिनु भनी मैले मोशालाई दिएँ।”
8 و اگر مردم اسرائیل توجّه کنند و که از تمام فرامین، قوانین، احکام و دستوراتی که توسط موسی به ایشان داده‌ام، پیروی کنند، من دیگر هرگز ایشان را از سرزمینی که به نیاکانشان داده‌ام، بیرون نخواهم کرد.»
9मनश्शेले यहूदाका मानिसहरू अनि यरूशलेममा बस्ने मानिसहरूलाई गल्ती कुरा गर्न उत्साहित तुल्याए। तिनीहरू ती राष्ट्रहरू भन्दा अति नराम्रा थिए जो यो भूमिमा इस्राएलीहरू भन्दा अघि थिए अनि परमप्रभुले ती मानिसहरूलाई नष्ट गर्नु भएको थियो।
9 ولی منسی، یهودا و مردم اورشلیم را طوری گمراه کرد که ایشان بیشتر از اقوامی که خداوند از برابر ایشان بیرون رانده بود، پلیدی کردند.
10परमप्रभुले मनश्शे अनि तिनका मानिसहरू सित कुरा-कानी गर्नु भयो, तर तिनीहरूले सुन्न अस्वीकार गरे।
10 خداوند با منسی و قوم او سخن گفت، امّا ایشان گوش ندادند،
11यसर्थ परमप्रभुले यहूदामाथि आक्रमण गर्नका निम्ति अश्शूरका राजाका सेनाका सेनापतिहरू ल्याउनु भयो। ती सेनापतिहरूले मनश्शेलाई पक्रे अनि तिनलाई आफ्ना बन्दी बनाए। तिनीहरूले तिनलाई अंकुशेहरू लगाइ दिए अनि हातमा पित्तलका साङ्गलाहरू लगाइ दिए अनि तिनलाई बाबेल देशमा लगे।
11 پس خداوند فرماندهان ارتش امپراتور آشور را علیه ایشان برانگیخت، ایشان منسی را اسیر کردند و قلّاب در او فرو کردند و او را به زنجیر کشیدند و به بابل بردند.
12जब तिनी माथि यी दुःख कष्ट आई पर्यो तब मनश्शेले तिनका परमप्रभु परमेश्वरबाट सहायताको निम्ति बिन्ती गरे। मनश्शेले आफ्ना पुर्खाहरूका परमेश्वर समक्ष स्वयंलाई बिनम्र तुल्याए।
12 در مشقّت خود فروتن شد و از خداوند، خدای خود کمک خواست.
13मनश्शेले परमेश्वरसँग प्रार्थना गरे अनि तिनलाई सहायता गर्नु होस् भनी परमेश्वरसित बिन्ती गरे। परमप्रभुले मनश्शेको पार्थना सुन्नु भयो अनि तिनका निम्ति दुःखित हुनु भयो। परमप्रभुले तिनलाई यरूशलेम अनि तिनका सिंहासनमा फर्केर जान दिनु भयो। तब मनश्शेले जाने परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ भनी।
13 خدا نیایش منسی را پذیرفت و به او پاسخ داد و اجازه داد تا به اورشلیم باز گردد و دوباره حکمرانی کند. این رویداد باعث شد که منسی بداند که خداوند، خداست.
14त्यो घट्ना भए पछि, मनश्शेले दाऊद शहरको निम्ति एक बाहिरी पर्खाल निर्माण गरे। यो पर्खाल किद्रोन बेंसीको गीहोन जलस्रोतको पश्चिमतिर, मतस्थ फाटकको प्रवेशद्वार तिर अनि ओपेल डाँडाको वरिपरि फैलिएको थियो। तिनले पर्खाल अत्यन्त अग्लो बनाए। त्यसपछि तिनले यहूदाका सबै किल्लाहरूमा अधिकारीहरू राखे।
14 سپس او دیوار خارجی شهر داوود را از درّه‌ای که در غرب جیحون، تا دروازهٔ ماهی و ناحیه‌ای از شهر را که تپّهٔ عوفل نامیده می‌شد، بازسازی کرد و به ارتفاع آنها افزود. او همچنین فرماندهان ارتشی در شهرهای مستحکم یهودا گماشت.
15मनश्शेले ती विचित्र मूर्तिदेवताहरू हटाए। तिनले परमप्रभुको मन्दिरबाट मूर्ति निकाले। तिनले मन्दिर डाँडामा अनि यरूशलेममा तिनले निर्माण गरेका सबै वेदीहरू हटाए। मनश्शेले ती सबै वेदीहरू यरूशलेम शहर बाहिर निकाले।
15 او خدایان بیگانه را همراه با مجسمه‌ای که خودش در معبد بزرگ گذاشته بود بیرون آورد و قربانگاه بت‌پرستان در روی تپّهٔ نزدیک معبد بزرگ و در مکانهای دیگر اورشلیم، همه را از شهر بیرون برد و دور ریخت.
16तब उसले परमप्रभुको वेदी स्थापना गरे अनि त्यसमा मेलबलि अनि धन्यवादका उपहारहरू अर्पण गरे। मनश्शेले यहूदाका सबै मानिसहरूका निम्ति परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नु भनी एक आदेश गरे।
16 او همچنین قربانگاه خداوند را بازسازی کرد و در روی آن قربانی‌های سلامتی و شکرگزاری قربانی کرد. او به همهٔ مردم یهودا فرمان داد تا خداوند، خدای اسرائیل را پرستش کنند.
17मानिसहरूले उच्च-स्थानहरूमा बलिहरू चढाउन थाले, तर तिनीहरूका बलिहरू केवल परमप्रभु तिनीहरूका परमेश्वर निम्ति थिए।
17 با وجودی که مردم هنوز در پرستشگاههای بالای تپّه‌ها قربانی می‌کردند، ولی قربانی آنها فقط برای خداوند بود.
18मनश्शेले गरेका अन्य कुराहरू, अनि तिनका परमेश्वरसित तिनका प्रार्थना अनि दर्शीहरूका वचनहरू जसले परमप्रभु इस्राएलका परमेश्वरबाट मनश्शेलाई दिएका वचनहरू यी सबै कुराहरू, “इस्राएलका राजाहरूको अधिकारिक उल्लेख” नाउँका पुस्तकमा लेखिएका छन्।
18 کارهای دیگر منسی همراه با دعای او به خدای خود و پیام انبیایی که به نام خداوند، خدای اسرائیل با او سخن گفتند، همه در کتاب تاریخ پادشاهان اسرائیل نوشته شده‌اند.
19मनश्शेको प्रार्थना परमेश्वरले कसरी सुनीदिनु भयो अनि तिनी प्रती दुःखित हुनु भयो, सो “दर्शीहरूको पुस्तकमा” लेखिएको छ। मनश्शेका तिनी स्वयं विनम्र हुनु भन्दा अघिका पापहरू र गल्तीहरू, ती स्थानहरू जहाँ तिनले उच्च स्थानहरू निर्माण गरेका थिए अनि अशेरा स्तम्भहरू स्थापित गरेका थिए सो पनि “दर्शीहरूको पुस्तकमा” लेखिएका छन्।
19 دعای پادشاه و پاسخ خدا به او، فهرست گناهان او قبل از اینکه توبه کند، کارهای پلید او، پرستشگاههایی که در بالای تپّه‌ها ساخت و الهه‌های اشره و دیگر بُتهایی که پرستش کرد، همه در کتاب تاریخ انبیا نوشته شده‌اند.
20यसरी मनश्शेको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले मनश्शेलाई तिनको आफ्नै राज भवनमा गाडि दिए। आमोन मनश्शेका स्थानमा नयाँ राजा भए। आमोन मनश्शेका छोरा थिए।
20 منسی هم مانند نیاکان خود در گذشت و او را در کاخ خود به خاک سپردند و پسرش، آمون جانشین او شد.
21आमोन बाईस वर्षका हुँदा यहूदाका राजा भए। तिनी यरूशलेममा दुइ वर्ष सम्म राजा थिए।
21 آمون در سن بیست و دو سالگی به سلطنت رسید و مدّت دو سال در اورشلیم پادشاهی کرد.
22आमोनले परमप्रभुको समक्ष नराम्रा कुराहरू गरे। तिनले आफ्ना पिता मनश्शेले जस्तै परमप्रभुले जो तिनी द्वारा गराउन चाहनु हुन्थ्यो, ठीक त्यसरी गरेनन्। आमोनले कुँदिएका मूर्ति अनि सालिकहरूलाई बलिहरू चढाए जो तिनका पिताले निर्माण गरेका थिए। आमोनले ती मूर्तिहरूको पूजा गरे।
22 او هم مانند پدرش منسی، کارهایی را که در نظر خداوند پلید بود، انجام داد. او برای تمام بُتهایی که پدرش منسی ساخته بود، قربانی کرد و آنها را پرستش نمود.
23आमोनले तिनी स्वयंलाई परमप्रभुको समक्ष नम्र तुल्याएनन् जसरी मनश्शे, तिनका पिताले आफूलाई नम्र तुल्याएका थिए। यसकारण आमोन परमेश्वरको सामुन्ने धेरै दोषी थिए।
23 او مانند پدرش منسی در برابر خداوند فروتن نشد، بلکه آمون بیشتر و بیشتر به گناهان خود افزود.
24आमोनका सेवकहरूले तिनी विरूद्ध षडयन्त्र रचे। तिनीहरूले आमोनलाई तिनको आफ्नै घरमा मारिदिए।
24 خدمتکارانش علیه او توطئه چیدند و او را در کاخ سلطنتی کشتند. مردم یهودا قاتلان آمون را کشتند و پسرش، یوشیا را به جای او پادشاه ساختند.
25तर यहूदाका मानिसहरूले ती सबै सेवकहरूलाई मारिदिए जसले राजा आमोनको विरूद्ध षडयन्त्र रचेका थिए। त्यसपछि मानिसहरूले योशियाहलाई नयाँ राजा हुन चुने। योशियाह आमोनका छोरा थिए। योशियाह यहूदाका राजा
25 مردم یهودا قاتلان آمون را کشتند و پسرش، یوشیا را به جای او پادشاه ساختند.