Nepali

Persian

2 Chronicles

4

1सुलेमानले वेदी बनाउनका निम्ति काँसाको प्रयोग गरे त्यो कँसाको वेदी 20 हात लामो, 20 हात चौडा अनि 10 हात अग्लो थियो।
1 او قربانگاهی از برنز ساخت که درازای آن نُه متر و پهنای آن نُه متر و ارتفاع آن چهار متر و نیم بود.
2त्यस पछि सुलेमानले गलित काँसाको प्रयोग एउटा ठूलो खड्कुँले निर्माण गर्नका निम्ति गरे। त्यो ठूलो जलाशय गोलो थियो अनि एक धारदेखि अर्को धार सम्म यसको नाप 10 हात थियो। अनि त्यसको अग्लाइको नाप 5 हात अनि 30 हात घेरा भएको थियो।
2 او همچنین حوض گِرد برنزی ساخت که قطرش چهار متر و چهل سانتیمتر و ارتفاعش دو متر و بیست سانتیمتر بود و پیرامونش سیزده متر و بیست سانتیمتر بود.
3ठूलो काँसाको खड्कुँलाको बिट मुनि गोरूका आकृतिहरू अंकित थिए। ती आकृतीहरू दुइ पंक्तिमा थिए जो खड्कुँला वरिपरि 10 हात फैलिएका थिए। खडकुँलाको आकृति बनाउँदा नै उचित स्थानमा गोरूका आकृति ढालिएका थिए।
3 گرداگرد لبهٔ خارجی حوض، با دو ردیف، یکی بر روی دیگری تزئین شده بود. این ردیف‌ها به شکل گاو نر بودند که با حوض یکپارچه بود.
4ठूलो काँसाको खड्कुँला बाह्रवटा गोरू ठूल्ठूला मूर्तिहरू माथि थिए। तीनवटा गोरू उत्तर तर्फ फर्केका थिए। तीनवटा गोरू पश्चिमतर्फ फर्केका थिए। तीनवटा गोरू दक्षिण तर्फ फर्केका थिए। तीनवटा गोरू पूर्व तर्फ फर्केका थिए। ठूलो काँसाको खड्कुँला यी गोरूहरू माथि थिए। सबै गोरूहरू तिनीहरूका पछिल्ला भाग एक अर्काका साथ अनि माझमा पारेर उभ्याइएका थिए।
4 این حوض بر دوازده گاو نر ایستاده بود، سه گاو نر به طرف شمال، سه به طرف غرب و سه به طرف جنوب و سه به طرف شرق قرار داشتند.
5ठूलो काँसाको खड्कुँला आठ सेन्टी मिटर बाक्लो थियो। ठूलो खडकुँलाको घेरा प्यालाको घेरा जस्तै थियो। घेरा फक्रिएको लिली जस्तै देखिन्थ्यो। त्यसमा प्रायः सत्तरी हजार पाथी अटाउँन सकिन्थ्यो।
5 ضخامت دیوارهٔ حوض به پهنای کف دست بود. لبهٔ آن به شکل لبهٔ جام و خود حوض به شکل گل سوسن ساخته شده بود. ظرفیت آن بیش از شصت هزار لیتر بود.
6सुलेमानले दशवटा स्नान भाँडाहरू बनाए। पाँच स्नान भाँडाहरू तिनले ठूलो काँसाको खडकुँलाको दाहिनेतिर राखे अनि सुलेमानले पाँच स्नान भाँडा ठूलो काँसाको खड्कुँलाको देब्रेतिर राखे। यी दशवटा स्नान भाँडाहरू होमबलिका निम्ति अर्पण गरिएका सामग्रीहरू धुनका निम्ति प्रयोग गरिनु थियो। तर ठूलो काँसाको खड्कुँला बलि अर्पण गर्नुको अघि पूजाहारीहरूले नुहाउनका निम्ति प्रयोग गरिनु थियो।
6 او همچنین ده حوضچه ساخت که پنج عدد آنها را در سمت راست و پنج عدد دیگر را در سمت چپ قرار داد. در این حوضچه‌ها قربانی سوختنی را می‌شستند، آب حوض بزرگ برای شست‌وشوی کاهنان بود.
7सुलेमानले सुनको दशवटा सामदान बनाए। तिनले ती सामदान बनाउने योजनालाई अनुसरण गरे तिनले ती सामदानहरू मन्दिरमा राखे। पाँचवटा सामदान दाहिनेतर्फ अनि पाँचवटा सामदान देब्रेतिर थिए।
7 ده چراغدان طلا را طبق مشخصات آنها ساخت. پنج عدد آنها را در طرف راست و پنج عدد دیگر آنها را در طرف چپ معبد بزرگ قرار داد.
8सुलेमानले दशवटा टेबलहरू बनाए अनि तिनीहरूलाई मन्दिरमा राखे। पाँचवटा टेबलहरू दाहिनेतिर अनि पाँचवटा टेबलहरू मन्दिरमा देब्रेतिर राखिए। अनि सुलेमानले 100 स्नान भाँडाहरू बनाउन सुन प्रयोग गरे।
8 ده عدد میز ساخت و آنها را در معبد بزرگ گذاشت، پنج میز را در سمت راست و پنج میز دیگر را در طرف چپ قرار داد. او یکصد کاسهٔ طلا ساخت.
9सुलेमानले पूजाहारीहरूको आँगन, ठूलो आँगन अनि आँगनहरूका निम्ति ढोकाहरू पनि बनाए। तिनले आँगानतिर खुलिने ती ढोकाहरूलाई ढाक्न काँसाको प्रयोग गरे।
9 او حیاطی برای کاهنان ساخت و حیاط بزرگ و درهایی برای حیاطها ساخت و آنها را با برنز روکش کرد.
10त्यसपछि तिनले ठूलो काँसाको खड्कुँलालाई मन्दिरको दाहिनेतिर दक्षिण पूर्व दिशामा राखे।
10 او حوض را در گوشهٔ جنوب شرقی معبد بزرگ قرار داد.
11हूरामले भाँडा, बेल्चा अनि कचौराहरू बनाए। त्यसपछि हूरामले परमेश्वरको मन्दिरमा राजा सुलेमानका निम्ति कार्य समाप्त गरे।
11 حورام دیگها، بیلها و کاسه‌ها ساخت. پس او کارهایی را که برای سلیمان پادشاه در معبد بزرگ انجام می‌داد، به پایان رساند که عبارت بودند از:
12हूरामले दुइवटा स्तम्भहरू अनि ती दुइ स्तम्भका माथिल्ला भागका ठूला कचौराहरू बनाएका थिए। हूरामले दुइ ठूला स्तम्भका टुप्पोको अंशमा भएका दुइ ठूला कचौरहरूलाई ढाक्न बुट्टादार जाली पनि बनाए।
12 دو ستون؛ کاسه‌ها و دو سر ستون که در بالای ستونها بودند و شبکه‌هایی که دو جام سر ستونها را پوشانده بودند
13हूरामले दुइ बुट्टादार जालीका निम्ति 400 दारिम पनि बनाए। प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू थिए। ती जालीहरूले दुइ स्तम्भका टुप्पोका अंशमा भएका कचौराहरू छोपिएका थिए।
13 چهارصد انار برای دو شبکه؛ برای هر شبکه دو ردیف انار که روی جامها را می‌پوشاند.
14हूरामले ठेला-गाडीहरू अनि आधार स्तम्भमा कचौराहरू पनि बनाए।
14 پایه‌ها و حوضچه‌های آنها؛
15हूरामले एउटा ठूलो काँसाका खडकुँला अनि खडकुँला मुन्तिर बाह्रवटा गोरूहरू बनाए।
15 حوض بزرگ و دوازده گاو زیر آن؛
16हूरामले भाँडाहरू, बेल्चाहरू, काँटाहरू अनि सबै सामग्रीहरू परमप्रभुको निम्ति राजा सुलेमानलाई बनाइदिए। यी सामग्रीहरू कलाईवाला काँसाद्वारा बनाइएका थिए।
16 حورام، دیگها، بیلها، چنگالها و تمام وسایل دیگر را با برنز برّاق، به دستور سلیمان پادشاه، برای معبد بزرگ ساخت.
17राजा सुलेमानले ती सामग्रीहरू पहिला माटाका साँचामा खन्याए। ती साँचाहरू सुक्कोत अनि सरेदा शहर माझ भएको यर्दन बेंसीमा निर्माण गरिएका थिए।
17 به دستور پادشاه، اینها در دشت اردن در زمین خاک رُس بین سُكوّت و صرده ریخته‌گری کردند.
18सुलेमानले यति विघ्नयी चीज बीजहरू बनाए कि कसैलेपनि यसका निम्ति प्रयोग गरिएको काँसाको तौल लिने चेष्टा गरेनन्।
18 سلیمان همهٔ اینها را به مقدار زیاد ساخت که وزن برنز آنها محاسبه نشد.
19सुलेमानले परमेश्वरको मन्दिरका निम्ति चीज बीजहरू बनाए। सुलेमानले सुनको वेदी बनाए। तिनले टेबलहरू बनाए जहाँ उपस्थितको रोटी राखिन्थ्यो।
19 پس سلیمان هر آنچه را در معبد بزرگ بود ساخت، قربانگاه طلا، میز نان مقدّسی که به خدا تقدیم می‌شد.
20सुलेमानले सामदानहरू अनि त्यसका बत्तीहरू शुद्ध सुनको बनाए। ती बत्तीहरू तिनीहरूका निम्ति बनाएको योजना अनुसार भित्र पवित्रस्थानको अघि जलाउनु पर्ने थियो।
20 چراغدانها و پایه‌هایشان از طلای خالص بود که در جلوی مقدّسترین مکان مطابق برنامه روشن شوند.
21सुलेमानले फूलहरू, बत्तीहरू, धुपौरा अनि चिम्टाहरू बनाउनका निम्ति शुद्ध सुनको प्रयोग गरे।
21 گُلها، چراغها، انبرها را از طلای خالص ساخت؛ گُلگیرها، کاسه‌ها و قاشقها و آتشدانها را از طلای خالص ساخت. درِ خارجی معبد بزرگ و درِ مقدّسترین مکان نیز روکش طلا شده بود.
22सुलेमानले छरितो पार्ने, बाटाहरू, कचौराहरू, तावा चिम्टाहरू अनि धूपदानीहरू बनाउका निम्ति शुद्ध सुनको प्रयोग गरे। सुलेमानले मन्दिरका ढोकाहरू, महा पवित्रस्थानको भित्री ढोकाहरू अनि मुख्य विशाल कक्षका ढोकाहरू निर्माण गर्नका निम्ति शुद्ध सुनको प्रयोग गरे।
22 گُلگیرها، کاسه‌ها و قاشقها و آتشدانها را از طلای خالص ساخت. درِ خارجی معبد بزرگ و درِ مقدّسترین مکان نیز روکش طلا شده بود.