1अगमवक्ताहरूका समूह मध्ये एउटाकी पत्नीले एलीशालाई यसो भनेर बिन्ती गरिन्, “तपाईंको दास मेरो पति अहिले मरे। तपाईलाई थाहै छ कि उनले परमप्रभुको सम्मान गर्दथे। तर उनले एक जना मानिसको ऋण लिएका थिए। र अहिले त्यो मानिसले मेरो दुइजना छोराहरूलाई लिन र तिनीहरूलाई आफ्नो दास बनाउन आइरहेको छ।”
1
همسر یکی از اعضای گروه انبیا نزد الیشع آمد و گفت: «ای سرورم همانطور که میدانید شوهرم درگذشته است. او مردی خداترس بود، امّا حالا طلبکار آمده تا دو فرزند مرا به غلامی ببرد.»
2एलीशाले जवाफ दिए, “म कसरी तिम्रो मद्दत गर्न सक्छु? मलाई भन, तिमीसँग घरमा के छ?” आइमाईले भनी, “मसित घरमा केही छैन। मसित एउटा भाँडोमा भद्रक्षको तेल मात्र छ।”
2
الیشع به او گفت: «چه کاری میتوانم برایت انجام دهم؟ به من بگو در خانه چه داری؟»
او پاسخ داد: «خدمتکار تو به جز یک کوزهٔ روغن زیتون چیز دیگری در خانه ندارد.»
3तब एलीशाले भने, “जाऊ र आफ्ना सबै छिमेकहरूबाट कचौराहरू मागेर ल्याऊ। सबै कचौराहरू खाली हुनुपर्छ। धेरै कचौराहरू ल्याऊ।
3
الیشع به او گفت: «برو بیرون و از همهٔ همسایگانت تا آنجا که میتوانی کوزههای خالی قرض بگیر.
4त्यसपछि आफ्नो घर जाऊ अनि ढोकाहरू बन्द गर। तिमी र तिम्रा छोराहरू मात्र भित्र हुनेछौ। तब सबै ती भाँडाहरूमा तेल खन्याऊ। भाँडाहरू भर अनि तिनीहरूलाई बेग्लै ठाउँमा राख।”
4
آنگاه تو و پسرانت داخل خانه شوید و در را ببندید و شروع کنید در کوزهها روغن ریختن و هر کدام را که پر شد، کنار بگذارید.»
5यसकारण आइमाई एलीशाबाट विदा लिएर आफ्नो घर गई अनि ढोका थुनी। घरभित्र ऊ र उसका छोराहरू मात्र थिए। उसका छोराहरूले उसको नजिक भाँडाहरू ल्याए अनि उसले तेल भरी।
5
پس آن زن از نزد او به خانهاش رفت و در را به روی خود و پسرانش بست. پسرانش کوزهها را میآوردند و او روغن را داخل آنها میریخت.
6उसले धेरै भाँडाहरू भरी। अन्तमा उसले आफ्नो छोरालाई भनी, “मलाई अर्को भाँडा देऊ।” तर सबै भाँडाहरू भरिएका थिए। छोराहरूमध्ये एक जनाले आमालाई भन्यो, “अरू भाँडा छैन।” त्यस बेला आँङ्खोरामा तेल सकिएको थियो।
6
هنگامیکه کوزهها پر شدند، او به پسرش گفت: «کوزهٔ دیگری بیاور.» او پاسخ داد: «دیگر کوزهای نیست.» آنگاه روغن باز ایستاد.
7तब आइमाईले परमेश्वरका जनलाई के भयो भनी। एलीशाले उसलाई भने, “जाऊ, तेल बेच अनि बेचेपछि अफ्नो ऋण तिर्ने काम गर। तिमी र तिम्रा छोराहरू रहेको रूपियाँमा गुजारा गर्न सक्छौ।”
7
او نزد الیشع نبی بازگشت و او به زن گفت: «برو، روغن را بفروش و قرضهایت را پرداخت کن و تو و پسرانت میتوانید با باقیماندهٔ آن زندگی کنید.»
8एकदिन एलीशा शुनैम तिर गए। त्यहाँ शुनैममा एक जना प्रख्यता आइमाई बस्थिइन्। यस आइमाईले एलीशालाई रोकेर आफूसँग खाना खान बिन्ती गरिन्। यसकारण एलीशा प्रत्येक पटक त्यस ठाउँ भएर जाने गर्थे त्यहाँ भोजन गर्न बस्थे।
8
روزی الیشع به شونیم رفت. در آنجا زن ثروتمندی زندگی میکرد. او با اصرار او را به غذا خوردن دعوت کرد. بعد از آن هرگاه به شونیم میرفت در آنجا غذا میخورد.
9आइमाईले आफ्नो लोग्नेलाई भनी, “हेर, म बुझ्न सक्छु एलीशा परमेश्वरका पवित्र जन हुन्। उनी सबै समय हाम्रो घर भएर जान्छन्।
9
او به شوهرش گفت: «من مطمئن هستم این مرد که همیشه به اینجا میآید، مرد مقدّس خداست.
10एलीशाका लागि छानामाथि एउटा सानो कोठा बनाई दिउँ। त्यस कोठामा एउटा ओछ्यान राखिदिउँ। त्यहाँ एउटा चौकी, एउटा कुर्सि अनि एउटा बत्तीदानी राखिदिउँ। त्यसपछि जब तिनी हाम्रो घरमा आउँछन्, उनले आफ्नो लागि यो कोठा पाउने छन्।”
10
بیا در روی بام اتاق کوچکی بسازیم و در آن تخت و میز و صندلی و چراغی بگذاریم تا او هرگاه به اینجا میآید، بتواند در آنجا بماند.»
11एकदिन एलीशा आइमाईको घरमा आए। उनी त्यस कोठामा गए अनि त्यहाँ विश्राम गरे।
11
روزی الیشع به شونیم بازگشت و به اتاق خود رفت تا استراحت کند.
12एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “यस शुनैमेली आइमाईलाई बोलाऊ।” सेवकले शुनैमेली आइमाईलाई बोलायो र उ एलीशाको सामु उभियो।
12
او به خدمتکار خود، جیحَزی گفت: «برو آن زن را صدا کن.» هنگامیکه زن آمد،
13एलीशाले आफ्नो सेवकलाई भने, “अब यस आइमाईलाई भन, ‘हेर तिमीले हाम्रो हेरचाह गर्ने ठूलो कार्य गरेकी छौ। तिम्रो लागि म के गर्न सक्छु? के तिमी चाहन्छौ, हामीले तिम्रो लागी राजालाई भन्नु पर्छ अथवा सेनाका कप्तानलाई?”‘ आइमाईले भनी, “म यहाँ आफ्ना मानिसहरूको माझ मा बसेर सुखी छु।”
13
الیشع به جیحزی گفت: «از او بپرس در عوض زحماتی که برای ما متحمّل شده، چهکار میتوانم برای او بکنم؟ آیا پیامی برای پادشاه یا فرماندهٔ ارتش دارد؟»
زن پاسخ داد: «من در میان اقوام خود زندگی میکنم و نیازی ندارم.»
14एलीशाले गेहजीलाई भने, “हामी उसका लागि के गर्न सक्छौं?” गेहजीले उत्तर दिए, “मलाई थाह छ। उसको छोरा छैन अनि उसको लोग्ने बूढो भएको छ।”
14
الیشع از جیحزی پرسید: «پس برای او چه کاری میتوانم انجام دهم؟» او پاسخ داد: «او پسری ندارد و شوهرش مرد پیری است.»
15तब एलीशाले भने, “उनलाई बोलाऊ।” यसकारण गेहजीले आइमाईलाई बोलाए। ऊ आई अनि दैलौमा उभिई।
15
الیشع دستور داد: «به آن زن بگو اینجا بیاید.» زن آمد و در میان درگاه ایستاد.
16एलीशाले आइमाईलाई भने, “अर्को बसन्तमा यस समय तिमीले आफ्नो छोरालाई अंङ्गालेको हुने छौ।” आइमाईले भनी, “होइन महाशय! परमेश्वरका जन, मसित ढाँट्ने काम नगर्नुहोस्।”
16
الیشع به او گفت: «سال آینده در همین وقت، پسری در آغوش خواهی داشت.»
زن پاسخ داد: «نه! سرور من، ای مرد خدا، به کنیز خود دروغ نگویید.»
17तब आइमाई गर्भवती भई। एलीशाले भने जस्तै अर्को बसन्तमा आइमाईर्ले छोरा जन्माई।
17
امّا همانطور که الیشع گفته بود، آن زن حامله شد و در بهار سال بعد پسری به دنیا آورد.
18बालक ठूलो भयो। एकदिन बालक आफ्नो बुबा अनि बालि काट्नेहरूलाई हेर्न खेत गयो।
18
هنگامیکه کودک بزرگ شد، روزی به نزد پدرش نزد دروگران رفت
19बालकले आफ्नो बुबालाई भन्यो, “अह, मेरो टाउको! मेरो टाउको दुख्दैछ!” बुबाले आफ्नो सेवकलाई भन्यो, “उसको आमाकहाँ लिएर जाऊ।”
19
و به پدرش گفت: «آه، سرم، سرم!»
پدر به خدمتکار خود گفت: «او را نزد مادرش ببر.»
20सेवकले केटालाई आमाकहाँ पुर्यायो। बालक दिउँसोसम्म आमाको काखमा बस्यो। त्यसपछि ऊ मर्यो।
20
خدمتکار او را برداشت و نزد مادرش برد. کودک تا ظهر روی پای مادرش نشست و آنگاه مُرد.
21आइमाईले बालकलाई एलीशाको ओछ्यानमा सुताई। उसले त्यस कोठाको दैलो बन्द गरी अनि बाहिर गई।
21
مادر پسرش را بالا برد و در بستر الیشع خواباند. در را بست و پایین رفت.
22उसले आफ्नो लोग्नेलाई बोलाई अनि भनी, “कृपया मेरो निम्ति एक जना सेवक र एउटा गधा पठाइ दिनु होस्। त्यसपछि म परमेश्वरका जनलाई भेट्न जानेछु अनि फर्किने छु।”
22
آنگاه شوهرش را خواند و به او گفت: «خدمتکاری با الاغ به اینجا بفرست تا من به سرعت نزد الیشع نبی بروم و بازگردم.»
23आइमाईको लोग्नेले भन्यो, “तिमी किन आज परमेश्वरको जन कहाँ जान चाहन्छौ? महीनाको पहिलो दिन अथवा बिश्राम-दिन त होइन।” उसले भनी, “चिन्ता नगर्नु होस्। सबथोक ठीकठाक हुनेछ।”
23
شوهرش پرسید: «چرا امروز باید نزد او بروی؟ نه ماه نو است و نه سبت.»
زن پاسخ داد: «جای نگرانی نیست.»
24तब तिनले गधामाथि एउटा काठी राखिए र आफ्नो सेवकलाई भनिन्, “गधालाई छिटो डोर्याउ। मैले नभनुञ्जेल सम्म ढीलो नगर।”
24
آنگاه زن الاغ را پالان کرد و به خدمتکار گفت: «تا آنجا که میتوانی تند برو و تا وقتیکه من نگفتهام آهسته نرو.»
25आइमाई परमेश्वरको जनलाई भेट्न कर्मेल डाँडामा गई। परमेश्वरको जन एलीशाले शुनेमेली आइमाईलाई टाढाबाट आउँदै गरेको देखे। एलीशाले आफ्नो सेवकलाई भने, “हेर, शुनैमेली आइमाई! उसलाई लिन अहिले जा!
25
پس زن روانه شد و در کوه کرمل، به مرد خدا رسید.
هنگامیکه مرد خدا دید که او میآید به خدمتکار خود جیحزی گفت: «نگاه کن زن شونمی میآید.
26उसलाई भन, ‘के भूल भयो? तिमी ठीकठाक त छौ? के तिम्रो लोग्ने ठीक छ? तिम्रो नानी ठीक छ?”‘ गेहजीले शुनैमेली आइमाईलाई सबै कुराहरू सोध्यो। उसले उत्तर दिई, “सबै ठीक ठाक छ।”
26
عجله کن و به استقبالش برو و ببین آیا حال خودش، شوهرش و فرزندش خوب است.»
زن به جیحزی گفت: «همهچیز خوب است.»
27तर शुनैमेली आइमाई परमेश्वरको जनसम्म पर्वतमा चढी, ऊ निहुरी अनि एलीशाको चरण स्पर्श गरी। गेहजी शुनैमेली आइमाईलाई तान्न नजिक आयो। तर परमेश्वरको जन एलीशाले गेहजीलाई भने, “उसलाई एक्लै हुन देऊ! ऊ साह्रै दुःखी छ अनि परमेश्वरले यस बारे केही भन्नु भएन। परमप्रभुले यो खबर म देखि लुकाउनुभयो।”
27
امّا وقتی به سر کوه نزد الیشع رسید، به پاهایش چسبید. جیحزی آمد تا او را از پاهایش دور کند، الیشع گفت: «او را رها کن، مگر نمیبینی او عمیقاً ناراحت است؟ و خداوند در مورد آن چیزی به من نگفته است.»
28तब शुनैमेली आइमाईले भनी, “महाशय, मैले कहिले छोरा मागेको थिइन। मैले तपाईलाई भनेको थिएँ, ‘मलाई नढाँट्नु होस्।”‘
28
آنگاه زن گفت: «آیا من از شما فرزندی خواستم؟ آیا از شما خواهش نکردم که مرا فریب ندهید؟»
29तब एलीशाले गेहजीलाई भने, “जान तयार होऊ। मेरो हिंड्ने लौरो तिमीसित लिएर जाऊ कसैसँग कुरा गर्न नउभिई! यदि कोही मानिससँग भेट भयो भने अभिवादन सम्म नगर्नु यदि कसैले अभिवादन गरे जवाफ नदिनु। मेरो हिंड्ने लौरो नानीको अनुहारमाथि राखिदिनु।”
29
الیشع به جیحزی گفت: «عجله کن، عصای مرا بردار و برو. اگر کسی را دیدی، سلام نکن و اگر به تو سلام کردند، جواب نده. عصای مرا روی صورت پسر بگذار.»
30तर नानीको आमाले भनी, “म शपथ खाएर भन्छु जस्तो परमप्रभु सदा रहनु हुन्छ अनि तपाई हुनुहुन्छ, म तपाईलाई छोडेर जाने छैन।” यसकारण एलीशा उठे अनि शुनैमेली आइमाईको पछि-पछि हिंडे।
30
آنگاه مادر کودک گفت: «به خداوند زنده و به جان تو سوگند که من بدون تو اینجا را ترک نمیکنم.» پس الیشع برخاست و به دنبال او رفت.
31गेहजी एलीशा र शुनैमेली आइमाई भन्दा पहिले शुनैमेलीको घरमा पुग्यो। गेहजीले नानीको अनुहारमाथि लौरो राखिदियो। तर नानीले केही बोलेन न त कुनै संकेत गरे कि उसले कुनै कुरो सुनेको थियो। तब गेहजी एलीशालाई भेट्न फर्किगयो। गेहजीले एलीशालाई भन्यो, “नानी बिउँझेको छैन।”
31
جیحزی جلوتر از ایشان رفت و عصا را روی صورت کودک گذاشت. امّا هیچ صدا و علامتی از حیات نبود. پس بازگشت و به الیشع گفت: «کودک بیدار نشد.»
32एलीशा घरभित्र पसे। उसको ओछ्यानमाथि एक जना बालक लडिरहेको थियो।
32
هنگامیکه الیشع وارد خانه شد، دید که کودک مرده روی تخت او خوابیده است.
33एलीशा कोठभित्र पसे अनि दैलो बन्द गरे। अहिले कोठामा एलीशा र बालक मात्र थिए। तब एलीशाले परमप्रभुलाई प्रार्थना गरे।
33
او در را بست و به درگاه خداوند دعا کرد.
34एलीशा ओछ्यानमाथि चढेर बालकमाथि निहुरिए। एलीशाले आफ्नो मुख बालकको मुखमाथि जोडे। उनले उसको आँखा बालकको आखाँमाथि राखे उनले आफ्नो हातहरू बालकको हातहरू माथि राखे। एलीशा बालकको शरीर तातो नभए सम्म बालकमाथि पल्टिरहे।
34
بعد برخاست در بستر به روی طفل دراز کشید و دهان، چشمان و دستهای خود را بر دهان، چشمان و دستهای طفل گذاشت و درحالیکه روی او خمیده، دراز کشیده بود، بدن او گرم شد.
35त्यसपछि एलीशा अलग भए अनि कोठाको वरिपरि हिंडिरहे। तिनी फेरि गए अनि बालकमाथि तबसम्म पल्टिरहे जबसम्म उसले सात पटक हाच्छिउँ गरेन अनि आफ्नो आँखा खोल्दैन।
35
سپس از بستر پایین آمد و در اتاق یکبار بالا و پایین قدم زد. بعد دوباره آمد و به روی کودک خم شد. آنگاه کودک هفت بار عطسه زد و چشمان خود را باز کرد.
36एलीशाले गेहजीलाई बोलाए अनि भने, “शुनैमेली आइमाईलाई बोलाऊ!” गेहजीले शुनैमेमी आइमाईलाई बोलाए अनि ऊ एलीशासामु आई। एलीशाले भने, “तिम्रो छोरालाई उठाऊ।”
36
الیشع جیحزی را خواند و گفت: «این زن شونمی را بخوان.» پس او را خواند و هنگامیکه نزد او آمد الیشع گفت: «پسرت را بردار.»
37तब शुनैमेली आइमाई कोठभित्र पसी अनि एलीशाको खुट्टामा निहुरिई। त्यसपछि उसले आफ्नो छोरालाई उठाई अनि बाहिर निस्कि।
37
آن زن آمد و به پاهای او افتاد و در روی زمین تعظیم کرد. سپس پسرش را برداشت و بیرون رفت.
38एलीशा फेरि गिलगाल गए। देशमा अनिकाल थियो। अगमवक्ताहरूको दल एलीशाको अघि बसिरहेका थिए। एलीशाले आफ्नो सेवकलाई भने, “आगोमा ठूलो भाँडो राख अनि अगमवक्ताहरूको दलका लागि केही सिरूवा बनाऊ।”
38
هنگامیکه الیشع به جلجال بازگشت، قحطی بود. درحالیکه به گروهی از انبیا تعلیم میداد، او به خدمتکار خود گفت: «دیگ بزرگ را بار کن و برای ایشان آش بپز.»
39एकजना मानिस बाहिर खेतमा साग-पात लिन गए। उसले एउटा जंङ्गली दाख भेट्यो र त्यसबाट केही लौकाहरू टिप्यो। उसले लौकाहरू आफ्नो झोलामा हल्यो र तिनीहरूलाई ल्यायो। उसले जङ्गली लौकाहरूलाई काट-कुट पारे र एउटा भाँडामा हाल्यो। तर अगमवक्ताहरूको दलले कस्तो किसीमको कन्द मुल हो चिनेन्।
39
یکی از آنها برای آوردن سبزی به صحرا رفت و بوتهٔ وحشی کدو یافت و دامن خود را از کدو پر کرد و آمد و آنها را بدون آن که بداند چیست، خُرد کرد و در دیگ ریخت.
40त्यसपछि तिनीहरूले केही सिरूवा मानिसहरूका लागि खान खन्याए। तर जब तिनीहरूले सिरूवा खानु शुरू गरे, तिनीहरू एलीशासामु चिच्याए, “हे परमेश्वरका जन, भाँडोमा विष छ।” भोजनको स्वाद बिष जस्तो थियो, त्यसकारण तिनीहरूले त्यो भोजन खान सकेनन्।
40
برای مردان آش کشیدند که بخورند ولی به محض اینکه آن را چشیدند به الیشع گفتند: «این سمی است» و نتوانستند بخورند.
41तर एलीशाले भने, “केही पीठो ल्याऊ।” तिनीहरूले एलीशाका लागि पिठो ल्याए अनि उनले त्यो भाँडामा हाले। तब एलीशाले भने, “मानिसहरूका लागि सिरूवा खन्याऊ जसले गर्दा तिनीहरूले खान सकून्।” अनि सिरूवामा कुनै विष थिएन।
41
الیشع گفت: «آرد بیاورید.» و او آن را در دیگ ریخت و گفت: «برای مردان بکشید تا بخورند.» و چیز مضری در دیگ نبود.
42बाल शालीशाहबाट एक जना मानिस आए अनि परमेश्वरको जन (एलीशा)का लागि पहिलो फसलको रोटी ल्याए। यस मानिसले 20 वटा जौंका रोटीहरू अनि नयाँ अन्न आफ्नो बोरामा ल्याए, तब एलीशाले भने, “यो भोजन मानिसहरूलाई देऊ, तिनीहरूले खान सकुन्।”
42
روزی مردی از بعل شَلیشه آمد و برای الیشع بیست قرص نان جو از محصول نَوبر و خوشههای تازه در یک کیسه آورد. الیشع به خادمش گفت: «اینها را به مردم بده که بخورند.»
43एलीशाको सेवकले भन्यो, “के भन्नु हुन्छ? यहाँ एक सय जना मानिसहरू छन्। म ती सबै मानिसहरूलाई यो भोजन दिन सक्छु?” तर एलीशाले भने, “मानिसहरूलाई भोजन खान देऊ। परमप्रभु भन्नुहुन्छ, ‘तिनीहरूले खान्छन् अनि अझै पनि भोजन रहने छ।”
43
امّا خادمش گفت: «آیا فکر میکنی که این چند قرص نان برای یکصد نفر کافی است؟»
الیشع باز گفت: «آنها را به مردم بده که بخورند، زیرا خداوند میفرماید که همه سیر میشوند و چیزی هم باقی میماند.»
پس خادم نان را جلوی آنها گذاشت و همانطور که خداوند فرموده بود، خوردند و چیزی هم باقی ماند.
44तर एलीशाको सेवकले अगमवक्ताहरूको दलको सामु भोजन पस्कियो। अगमवक्ताहरूको दलका लागि खाना प्रचुर थियो अनि तिनीहरूले खाएपछि भोजन रह्यो। परमप्रभुले भन्नुभए जस्तै घट्ना भयो।
44
پس خادم نان را جلوی آنها گذاشت و همانطور که خداوند فرموده بود، خوردند و چیزی هم باقی ماند.