Nepali

Persian

2 Kings

6

1अगमवक्ताहरूको दलले एलीशालाई भने, “हामी त्यस ठाउँमा बसिरहेका छौं। तर हाम्रोनिम्ति ठाउँ साह्रै सानो भयो।
1 روزی گروهی از انبیا به الیشع گفتند: «جایی که ما زیر نظر تو در آن زندگی می‌کنیم برای ما کوچک است.
2यर्दन नदीमा जाऔं अनि केही काठ काटौं। हामीमध्ये प्रत्येकले मुढो पाउने छौं अनि हामीले त्यहाँ बस्नका लागि एउटा ठाउँ बनाउने छौं।” एलीशाले उत्तर दिए, “राम्रो जाऊ अनि त्यसै गर।”
2 اجازه بدهید ما به رود اردن برویم و الوار جمع کنیم و خانه‌ای برای خود در آنجا بسازیم تا در آن زندگی کنیم.» الیشع پاسخ داد: «بسیار خوب.»
3एक जना मानिसले भन्यो, “कृपया हामीसँग हिंड्नुहोस्।” एलीशाले भने, “म आउनेछु।”
3 آنگاه یکی از ایشان گفت: «خواهش می‌کنم همراه خدمتکارانت بیا» و او پاسخ داد: «خواهم آمد.»
4यसकारण एलीशा अगमवक्ताहरूको दलसँग गए। जब तिनीहरू यर्दन नदीमा पुगे, तिनीहरूले केही रूख ढाल्न थाले।
4 پس الیشع با ایشان رفت. هنگامی‌که آنها به رود اردن آمدند، مشغول بریدن درختان شدند.
5तर जब एक जना मानिस केही रूखहरू काट्दै थियो, फलामको बञ्चरो बिंडमा खुस्केर पानीमा झर्यो। त्यो मानिस करायो, “मालिक, मैले त्यो बञ्चरो मागेर ल्याएको थिएँ।”
5 امّا زمانی که یک نفر از ایشان درختی را می‌برید تیغهٔ تبرش در آب افتاد. او فریاد کرد و گفت: «ای سرورم، من این تبر را امانت گرفته بودم.»
6परमेश्वरको जन एलीशाले भने, “त्यो कहाँ झर्यो?” मानिसले ठाउँ देखायो जहाँ बञ्चरो झरेको थियो। तब एलीशाले एउटा लौरो काटे अनि पानीमा लौरो फ्याँके। लौरोले गर्दा फलामको बञ्चरो तैरिन थाल्यो।
6 الیشع پرسید: «کجا افتاد؟» هنگامی‌که جایش را به او نشان داد، الیشع چوبی برید و در آنجا انداخت و تیغهٔ تبر به روی آب آمد.
7एलीशाले भने, “बञ्चरो टिप।” तब मानिस लम्कियो अनि बञ्चरो लियो।
7 الیشع گفت: «آن را بردار.» پس او دستش را دراز کرد و آن را برداشت.
8अरामका राजा इस्राएलको विरूद्धमा लडाइँ गरिरहेका थिए। उनले आफ्ना सैनिक अधिकारीहरूसँग सल्लाहको सभा राखे। उनले भने, “यस ठाउँमा छाउनी बनाऊँ।”
8 پادشاه سوریه با اسرائیل در جنگ بود، با افسران خود مشورت کرد و محل اردوگاه را برگزید.
9तर परमेश्वरका जन एलीशाले इस्राएलका राजाकहाँ एउटा खबर पठाए। एलीशाले भने, “होशियार रहनुहोस्! त्यस ठाउँको नजिक नजाउनुहोस् अरामी सैनिकहरू त्यहाँ तल गाइरहेका छन्।”
9 امّا الیشع برای پادشاه اسرائیل پیام فرستاد که «مواظب باشید و از این محل عبور نکنید، زیرا ارتش سوریه در آنجاست.»
10इस्राएलका राजाले आफ्नो मानिसहरूलाई त्यस ठाउँमा खबर पठाए कि परमेश्वरको मानिसले यस विषय चेताउनी दिएका थिए। उसले ती खबरहरू कम्तिमा तीनपल्ट पठाए त्यसकारण मानिसहरू होसियार भए।
10 پادشاه اسرائیل به افرادی که آنجا بودند، هشدار داد و آنها مراقب بودند. این رویداد چند بار تکرار شد.
11अरामका राजा यस विषयमा साह्रै दुःखी थिए। अरामका राजाले आफ्ना सैनिक अधिकारिहरूलाई बोलाए अनि तिनीहरूलाई भने, “मलाई भन, इस्राएलका राजाको चियो कसले गर्दै छ?”
11 به‌خاطر این موضوع فکر پادشاه سوریه بسیار آشفته گشت. او افسران خود را فراخواند و از ایشان پرسید: «چه کسی در میان شما طرفدار پادشاه اسرائیل است؟»
12अरामको राजाका अधिकारिहरूमध्ये एक जनाले भने, “मेरो मालिक र महाराज, हामीमध्ये कोही पनि गुप्तचर छैन! इस्राएलका अगमवक्ता, एलीशाले इस्राएलका राजालाई तपाईंले भनेको जे पनि कुराहरू भन्छ यहाँसम्म कि तपाईले सुत्ने कोठामा बोलेका कुरा पनि बताइदिन्छन्।”
12 آنگاه یکی از افسران او گفت: «هیچ‌کس ای پادشاه. این الیشع، نبی اسرائیل است که آنچه را شما حتّی در اتاق خواب خود می‌گویید، به پادشاه اسرائیل می‌گوید.»
13अरामका राजाले भने, “एलीशाको पत्तो लगाऊ अनि म उसलाई पक्रिन मानिसहरू पठाउने छु।” सेवकहरूले अरामका राजालाई भने, “एलीशा दोतानमा छन्।”
13 او گفت: «بروید و ببینید که او کجاست تا من بفرستم او را دستگیر کنند.» به او گفتند که الیشع در دوتان است.
14तब अरामका राजाले घोडाहरू, रथहरू अनि धेरै सैनिकहरू दोतान पठाए। तिनीहरू राति पुगे अनि शहरलाई घेरे।
14 پس او سواران و ارّابه‌ها و سپاه بزرگی به آنجا فرستاد. آنها در شب آمدند و شهر را محاصره کردند.
15एलीशाको सेवक त्यस बिहान चाँडै उठेको थियो। सेवक बाहिर निस्कियो अनि उसले देख्यो, शहलाई चारैतिर बाट घोडाहरू र रथहरू सहित सैनिकले घेरेको थियो। एलीशाको सेवकले एलीशालाई भन्यो, “हे, मेरा मालिक, हामी के गर्न सक्छौ?”
15 صبحگاه، هنگامی‌که خادم الیشع برخاست و بیرون رفت و دید، سپاهی با اسبان و ارّابه‌ها شهر را محاصره کرده‌اند به الیشع گفت: «ای سرورم، چه باید کرد؟»
16एलीशाले भने, “नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।”
16 الیشع پاسخ داد: «نترس، تعداد کسانی‌که با ما هستند بیشتر از آنهاست.»
17तब एलीशाले प्रार्थना गरे अनि भने, “परमप्रभु, म बिन्ती गर्छु तपाई, मेरो सेवकको आँखा खोलि दिनुहोस् जसले गर्दा उसले देख्न सकोस्।” परमप्रभुले युवा सेवकको आखाँ खोलि दिनुभयो अनि सेवकले देख्यो, पाहाड आगोको घोडा अनि रथहरूले घेरिएको थियो। तिनीहरू सबै एलीशाको वारिपरि थिए।
17 آنگاه او دعا کرد و گفت: «ای خداوندا، چشمان او را باز کن تا ببیند.» خداوند دعای او را پاسخ داد و خدمتکار الیشع نگاه کرد و دید کوهها پر از اسبها و ارّابه‌های آتشین در اطراف الیشع هستند.
18ती आगोका घोडा र रथहरू एलीशा छेऊ आए। एलीशाले परमप्रभुसंग प्रार्थना गरे अनि भने, “म प्रार्थना गर्छु तपाईंले यी मानिसहरूलाई अंन्धा बनाइदिनुहोस्।” तब परमप्रभुले त्यसै गर्नुभयो जस्तो एलीशाले भने। परमप्रभुले अरामी सेनाहरूलाई अंन्धो बनाइदिनुभयो।
18 هنگامی‌که سوریها حمله کردند، الیشع دعا کرد: «ای خداوند این مردان را کور کن.» خداوند پاسخ دعای او را داد و آنها را کور کرد.
19एलीशाले अरामी सेनालाई भने, “यो सही बाटो होइन, यो सही शहर होइन। मेरो अनुसरण गर। म तिमीहरू त्यस मानिसकहाँ पुर्याँउछु जसलाई तिमीहरू खोजि रहेका छौ।” त्यसपछि एलीशाले अरामी सैनिकहरूलाई सामरियामा पुर्याए।
19 الیشع به ایشان گفت: «راه این نیست و این شهری نیست که دنبال آن می‌گردید، مرا دنبال کنید و شما را نزد مردی که در جستجویش هستید خواهم برد.» او ایشان را به سامره برد.
20जब तिनीहरू सामरियामा पुगे, एलीशाले भने, “परमप्रभु, यी मानिसहरूका आँखा खोलि दिनुहोस्, यिनीहरूले देख्न सकुन्।” तब परमप्रभुले तिनीहरूको आँखा खोलि दिनुभयो अनि अरामी सैनिकले देखे, तिनीहरू सामरिया शहरमा छन्।
20 پس از ورود به سامره الیشع بی‌درنگ دعا کرد و گفت: «خداوندا، چشمان ایشان را باز کن تا ببینند.» خداوند ایشان را بینا ساخت و دیدند که در سامره هستند.
21इस्राएलका राजाले अरामी सेनालाई देखे। इस्राएलका राजाले एलीशालाई भने, “मेरा पिता, के म तिनीहरूलाई मारिदिऊँ? के तिनीहरूलाई मारिदिऊँ?”
21 هنگامی‌که پادشاه اسرائیل ایشان را دید از الیشع پرسید: «ای پدر، آنها را بکشم؟ آنها را بکشم؟»
22एलीशाले जवाफ दिए, “अहँ, तिनीहरूलाई नमार। तिमीले तिनीहरूलाई तरवारहरू, धनुषहरू र वाणहरूबाट पक्रेनौं। अरामी सैनिकहरूलाई केही रोटी र पानी देउ। तिनीहरूलाई खाना-पीना देऊ तब आफ्नो मालिकसित भेट्न घर फर्किन देऊ।
22 الیشع پاسخ داد: «تو آنها را نخواهی کشت. آیا کسانی را که با شمشیر و کمان اسیر می‌کنی، می‌کشی؟ به آنها آب و نان بدهید تا بخورند و بنوشند و نزد سرور خود بازگردند.»
23इस्राएलका राजाले अरामी सैनिकहरूका लागि ठूलो भोज तयार गरे। अरामी सैनिकहरूले खान पान गरे। तब इस्राएलका राजाले तिनीहरूलाई घर फर्काइ दिए। अरामी सैनिकहरू आफ्ना मालिककहाँ घर फर्किए। अरामीहरूले इस्राएलको भूमिमा आक्रमण गर्न कहिले पनि सेनाहरू पठाएन।
23 پس او جشن بزرگی برای ایشان برگزار کرد و هنگامی‌که خوردند و نوشیدند ایشان را روانه ساخت و ایشان نزد سرور خود بازگشتند. ارتش سوریه پس از آن به خاک اسرائیل حمله نکرد.
24यस्तो घटना भएपछि अरामका राजा बेनन्हददले आफ्ना सेना जम्मा गरे अनि सामारिया शहरलाई घेर्न र आक्रमण गर्न गए।
24 پس از مدّتی بنهدد، پادشاه سوریه، تمام ارتش خود را گرد آورد و به سامره یورش برد و آنجا را محاصره کرد.
25सैनिकहरूले मानिसहरूलाई शहरभित्र खाद्य ल्याउन दिएनन्। त्यसकारण सामरियामा डरलाग्दो अनिकाल भयो। सामरियामा यस्तो अनिकाल भयो कि एउटा गधाको टाउको चाँदीको अस्सी शेकेलमा बिक्री भयो। एक मुठ्ठी सिमीलाई चाँदीको पाँच शेकेलमा बिक्री भयो।
25 در اثر محاصره قحطی در شهر به حدّی بود که کلّهٔ الاغ، هشتاد تکهٔ نقره و ظرف کوچکی از فضلهٔ کبوتر، به پنج تکهٔ نقره به فروش می‌رسید.
26इस्राएलका राजा शहरको वरिपरि भएको पर्खालमाथि हिंडिरहेका थिए। एउटी आइमाईले उनलाई देखेर चिच्याई। आइमाईले भनी, “मेरा मालिक अनि राजा, मलाई सघाउनु होस्।”
26 هنگامی‌که پادشاه اسرائیل روی دیوار شهر قدم می‌زد، زنی فریاد برآورد: «مرا کمک کنید ای سرور، ای پادشاه.»
27इस्राएलका राजाले भने, “यदि परमप्रभुले तिमीलाई सहायता गर्नु भएन भने म कसरी सहायता गर्ने? मसित तिमीलाई दिने केही छैन। खलोबाट अन्नको दाना आएको छैन अथवा दाखरसको कोलबाट दाखरस ल्याइएको छैन।”
27 او پاسخ داد: «اگر خداوند تو را کمک نکند، من چگونه می‌توانم تو را یاری کنم؟ از کدام خرمنگاه و چرخشت چیزی به تو بدهم؟
28इस्राएलका राजाले आइमाईलाई भने, “तिमीलाई के कष्ट छ?” आइमाईले उत्तर दिई, “यस आइमाईले मलाई भनी, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी त्यसलाई मार्न सक्छौ अनि उसलाई आजै खान सक्छौं। त्यसपछि हामी भोलि हाम्रो खाने छौं।’
28 مشکل تو چیست؟» او پاسخ داد: «این زن به من گفت: 'پسرت را بده تا امروز او را بخوریم و فردا پسر مرا می‌خوریم.'
29यसकारण हामीले मेरो छोरा उमाल्यौं अनि उसलाई खायौं। त्यसपछि अर्को दिन मैले यस आइमाईलाई भनें, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी उसलाई मार्न सक्छौं अनि खान सक्छौं। तर उसले आफ्नो छोरा लुकाई।”
29 پس ما پسرم را پُختیم و خوردیم. روز بعد من به او گفتم پسرت را بده تا او را بخوریم، ولی او پسر خود را پنهان کرده است.»
30जब राजाले आइमाईलाई के भने, उनले आफूलाई खिन्न भएको देखाउन आफ्नो लुगा च्याते। जब राजा पर्खालमाथि हिंडेको समयमा मानिसहरूले उनलाई आफूलाई उदास र दुःखी देखाउन शोक वस्त्र लगाएको देखे।
30 چون پادشاه سخن زن را شنید جامهٔ خود را پاره کرد و مردمی که نزدیک دیوار بودند، دیدند که پادشاه در زیر لباس خود پلاس به تن داشت.
31राजाले भने, “परमेश्वरले मलाई सजाय दिऊन् यदि यस दिनको अन्तसम्म शापातको छोरा एलीशाको टाउको उसको जीउमा रहेको छ भने।”
31 پادشاه گفت: «خداوند مرا بکشد، اگر تا پایان روز سر الیشع را از تنش جدا نکنم.»
32राजाले एक जना दूत एलीशा कहाँ पठाए। एलीशा आफ्नो घरमा बसिरहेका थिए र बूढा-प्रधानहरू उनीसँगै बसेरहेका थिए। दूत पुग्नअघि एलीशाले भने, “हेर, एकजना हत्याराले मेरो टाउको काट्नको निम्ति मानिसहरू पठाउँदै छ। जब दूत यहाँ आइपुग्छ, ढोका बन्द गर। ढोकालाई पक्रेर राख र उसलाई भित्र पस्न देखि रोक। म उसको पछि आएको उसको मालिक पैतालाको आवाज सुन्दैछु।”
32 الیشع با بزرگان در خانهٔ خود نشسته بود که پادشاه قاصدی نزد او فرستاد. امّا قبل از اینکه قاصد برسد الیشع به بزرگان گفت: «می‌بینید که این قاتل کسی را فرستاده تا سر از تن من جدا کند؟ هنگامی‌که قاصد آمد در را ببندید و اجازه ندهید که داخل شود. پادشاه خودش پشت سر او خواهد آمد.» هنگامی‌که هنوز سخن می‌گفت، پادشاه نزد او آمد و گفت: «این بلا از طرف خداوند است، چرا باید بیشتر برای خداوند صبر کنم؟»
33जब एलीशा आफ्ना ठुला-बडा सित कुरा गरिरहेका थिए, दूत उनीसमक्ष आयो। यस्तो सन्देश थियोः “यो सङ्कट परमप्रभुबाट आएको हो! म किन परमप्रभुलाई धेरै बेरसम्म पर्खिनु?”
33 هنگامی‌که هنوز سخن می‌گفت، پادشاه نزد او آمد و گفت: «این بلا از طرف خداوند است، چرا باید بیشتر برای خداوند صبر کنم؟»