Nepali

Persian

Acts

14

1पावल र बर्णाबास आइकोनियम शहरमा गए। तिनीहरू यहूदीहरूका सभाघर भित्र पसे (उनिहरूले प्रत्येक शहरमा गरे जस्तै) तिनीहरूले यस्तो प्रकारले बोले कि धेरै यहूदीहरू अनि गैर-यहूदीहरूले उनीहरूले भनेका कुरामा विश्वास गरे।
1 در شهر قونیه نیز پولس و برنابا به كنیسه یهود وارد شدند و چنان صحبت كردند، كه گروه عظیمی از یهودیان و یونانیان ایمان آوردند.
2तर केही यहूदीहरूले विश्वास गरेनन्।। ती यहूदीहरूले गैर-यहूदीहरूलाई उक्साए अनि विश्वासीहरूको बिरुद्ध कुभावना सृष्टि गरे।
2 امّا یهودیانی كه ایمان نیاورده بودند، غیر یهودیان را تحریک كردند و افكار آنان را نسبت به این ایمانداران منحرف ساختند.
3तब पावल र बर्णाबास आइकोनियममा लामो समय सम्म बसे र प्रभुको विषयमा निडर भई प्रचार गरे। तिनीहरूले परमेश्वरको दयाको प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई चमत्कारहरू र आश्चर्यमय कुराहरू गर्ने शक्ति दिनु भएर तिनीहरूका सन्देश प्रमाणित गर्नुभयो।
3 آن دو مدّت زیادی در آن شهر ماندند و بدون ترس دربارهٔ خداوند سخن می‌گفتند. خداوند نیز با اعطای قدرت به آنها برای انجام عجایب و نشانه‌ها، پیام فیض بخش خود را تصدیق می‌فرمود.
4कतिपय मानिसहरू यहूदीहरूका पक्षमा थिए, जब अन्य मानिसहरू पावल यहूदीहरूका पक्षमा थिए। यसरी त्यो शहरका मानिसहरू दुइ भागमा बाँडिए।
4 امّا بین مردم شهر دودستگی افتاد، عدّه‌ای طرفدار یهودیان شدند و عدّه‌ای جانب رسولان را گرفتند.
5कतिपय गैर-यहूदीहरू, कतिपय यहूदीहरू अनि यहूदीहरूका अगुवाहरूले पावल र वर्णाबासलाई हानि पुर्याउने प्रयास गरे। तिनीहरूले उनीहरूलाई ढुङ्गाले हिर्काएर मार्न चाहन्थे।
5 در این وقت یهودیان و غیر یهودیان با همدستی اولیای امور تصمیم گرفته بودند، به رسولان آزار برسانند و آنان را سنگسار نمایند.
6जब पावल र बर्णाबासले त्यस्तो षडयन्त्रहरू थाहा पाए तिनीहरूले त्यो शहर छोडे अनि लाइकाओनियाका लिस्त्रा अनि डर्बी शहरहरू र त्यसका वरिपरिका क्षेत्रहरू तर्फ गए।
6 به محض اینكه رسولان از این موضوع آگاه شدند، به سوی شهرهای لیكائونیه یعنی لستره و دربه و نواحی مجاور فرار كردند
7तिनीहरूले त्यहाँ पनि सुसमाचार प्रचार गरे।
7 و در آنجا به بشارت نجات ادامه دادند.
8लिस्त्रामा एकजना लङ्गडो मानिस थियो। उ जन्मै देखि लङ्गडो थियो अनि कहिले पनि हिंडेको थिएन।
8 در شهر لستره مرد مفلوجی نشسته بود، كه لنگ مادرزاد بود و هرگز با پاهای خود راه نرفته بود.
9उसले पावलले भनेका कुराहरू सुन्यो। पावलले उसलाई सोझै हेरे अनि यो थाहा पाए कि उसमा जति हुन्छु भन्ने प्रशस्त विश्वास थियो।
9 او به سخنان پولس گوش می‌داد. پولس به صورت او خیره شد و چون دید ایمان آن را دارد كه شفا یابد،
10यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिंडन थाल्यो।
10 با صدای بلند به او گفت: «بلند شو و راست روی پاهای خود بایست.» او جست زد و به راه افتاد.
11जब पावलले जे गरे त्यो मानिसहरूले देखे तिनीहरू लाइकाओनिया भाषामा चिच्याए। तिनीहरूले भने, “देवताहरू मानिसहरू जस्तै भएका छन् अनि तिनीहरू हामीकहाँ आएका छन्!”
11 وقتی مردم كاری را كه پولس كرد دیدند، به زبان آن محل فریاد زدند: «خدایان به صورت انسان در میان ما فرود آمده‌اند.»
12मानिसहरूले बर्णाबासलाई “जिउस” र पावललाई “हर्मेस” भन्न लागे किनभने उनी प्रमुख वक्ता थिए।
12 برنابا را مشتری و پولس را عطارد خواندند. (پولس را از آن جهت عطارد خواندند، كه سخنگوی آنان بود.)
13जिउसको मन्दिर शहरको नजिकमा थियो। त्यस मन्दिरका पूजाहारीले शहरका द्वारहरूमा केही साँढेहरू अनि फूलका मालाहरू ल्याए। त्यो पूजाहारी र त्यहाँ बस्ने मानिसहरूले पावल र बर्णाबासलाई बलि अर्पण गर्न चाहन्थे।
13 آنگاه كاهن پرستشگاه مشتری كه پرستشگاهش در خارج از شهر واقع بود گاوانی با حلقه‌های گل به دروازهٔ شهر آورد و می‌‌خواست به اتّفاق جماعت گاوان را قربانی كند.
14तर जब ती प्रेरितहरू पावल र बर्णाबासले त्यस्तो कुरा थाह पाए, तिनीहरूले आफ्नै लुगाहरू च्याते। मानिसहरू तिर दौडे अनि चिच्याएः
14 امّا هنگامی‌که آن دو رسول، یعنی برنابا و پولس از این امر مطّلع گشتند، لباسهای خود را دریدند و به میان مردم رفته فریاد می‌کردند:
15“हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरेहछौ? हामी देवताहरू होइनौ! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौ! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ र्फकन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समूद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो।
15 «ای آقایان، چه می‌کنید؟ ما هم مثل شما انسان هستیم، با عواطف و احساساتی مانند خود شما. ما برای شما مژده‌ای داریم، كه از این کارهای بیهوده باز گردید و به خدای زنده‌ای كه آسمان و زمین و دریا و آنچه را كه در آنهاست آفریده است، روی آورید.
16बितेका दिनहरूमा उहाँले सबै जातिहरूलाई आफ्नो इच्छा अनुसार बाँच्न दिनुभयो
16 در دوران گذشته او اجازه داد كه جمیع ملّتها به راههای خود بروند.
17तर पमेश्वरले गर्नु भएको कार्यले उहाँको वास्तविकताको प्रमाण गर्यो। उहाँले तिमीहरूका लागि असल कामहरू गर्नुभयो उहाँले तिमीहरूलाई आकाशबाट वर्षा दिनुभयो। उहाँले ठीक समयमा नै तिमीहरूलाई फसल दिनुभयो। उहाँले तिमीहरूलाई प्रशस्त आहार दिनुभयो र साथै तिमीहरूका हृदय आनन्दले परिपूर्ण पारिदिनु भयो।”
17 در عین حال کارهای نیک او همیشه وجودش را ثابت نموده است. او به شما از آسمان باران و محصول به موقع عطا می‌کند، به شما غذا می‌دهد و دلهایتان را از شادمانی پر می‌سازد.»
18पावल र बर्णाबारले तिनीहरूलाई ती कुराहरू भने। तरै पनि तिनीहरूले ती भीडलाई तिनीहरूको बलिहरू अर्पण गर्न नदिनलाई निकै संर्घष गर्नु पर्यो।
18 رسولان با این سخنان به سختی توانستند مردم را از قربانی كردن برای ایشان باز دارند.
19त्यसपछि एन्टिओक र आइकोनियमाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विरुद्ध मानिसहरूलाई भडकाए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा होने र शहरदेखि बाहिर तानी निकाले । मानसिहरूले पावललाई मारियो भनी सोचे।
19 در این هنگام یهودیان از انطاكیه و قونیه رسیدند و مردم را با خود متّحد ساخته و پولس را سنگسار كردند و به گمان اینكه مرده است، او را از شهر بیرون كشیدند.
20येशूका चेलाहरू (विश्वासीहरू) पावलको वरिपरि जम्मा भए। अनि उनी उठे र शहरतिर र्फकिए। अर्कोदिन उनी र बर्णाबसले त्यो शहर छाडे अनि डर्बी तिर लागे।
20 امّا وقتی شاگردان دور او جمع شدند او برخاست و به داخل شهر آمد و روز بعد به اتّفاق برنابا به دربه عزیمت كرد.
21पावल र बर्णाबसले डर्बीमा सुसमाचार प्रचार गरे। धेरै मानिसहरू येशूका चेला भए। पावल र बर्णाबास लिस्त्रा, आइकोनियम र एन्टिओक शहर तिर र्फकिए।
21 پس از اینكه در آن شهر هم بشارت دادند و پیروان بسیاری یافتند، به لستره و قونیه و انطاكیه بازگشتند
22ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।”
22 و در بین راه شاگردان را تقویت می‌کردند و آنان را تشویق می‌‌نمودند كه در ایمان خود پایدار بمانند و به آنان می‌گفتند: «برای داخل شدن به پادشاهی خدا ما باید از راههای بسیار سختی بگذریم.»
23तिनीहरूले हरेक मण्डलीको निम्ति अग्रजहरू नियुक्त गरे। तिनीहरूले ती अग्रजहरूका निम्ति उपवास र प्रार्थना गरे। ती अग्रजहरूले प्रभुमा आफ्ना विश्वास सुम्पे अनि यसैकारणले पावल र बर्णाबासले तिनहरूलाई उहाँको देखरेखमा छाडे।
23 در هر یک از كلیساها مشایخی را تعیین كردند و با نیایش و روزه ایشان را به دست آن خداوندی كه به او گرویده بودند، سپردند.
24पावल र बर्णाबास पिसिदिया देश भएर प्यामफिलिया भन्ने देशमा आए।
24 سپس از سرزمین پیسیدیه گذشتند و به سرزمین پمفیلیه رسیدند.
25तिनीहरूले सन्देश पर्गा शहरमा प्रचार गरे अनि अटालिया भन्ने शहर तर्फ गए।
25 وقتی پیام را در پرجه هم اعلام كردند به اتالیه وارد شدند
26अनि त्यहाँबाट समूद्र यात्रा गरेर तिनीहरू सिरिया अन्तर्गत एन्टिओकतिर गए। यही एउटा शहर हो जहाँ विश्वासीहरूलाई परमेश्वरको अनुग्रहमा सुम्पिएर यो काम गर्न पठाए। अब तिनीहरूले त्यो काम सिद्धयाएका थिए।
26 و از آنجا با کشتی به سوی انطاكیه رفتند. یعنی همان جایی‌که به‌خاطر خدمتی كه انجام داده بودند، به فیض الهی سپرده شده بودند.
27जब पावल र बर्णाबास त्यहाँ आईपुगे तिनीहरूले मण्डलीका सदस्यहरूको एउटा सभा बोलाए। परमेश्वरले तिनीहरूसंग जे गर्नु भयो सो वृतान्त तिनीहरूले विश्वासीहरूलाई बताइदिए। तिनीहरूले भने, “परमेश्वरले ढोका उघारिदिनु भयो ताकि अन्य जातिहरूले पनि विश्वास गर्न सकुन्!
27 وقتی به آنجا رسیدند، اعضای كلیسا را جمع كردند و ایشان را از هرچه خدا به اتّفاق آنان انجام داده بود، مطّلع ساختند و نیز گفتند، كه چگونه خدا راه ایمان را به روی ملل غیر یهود گشوده است و در آنجا مدّتی پیش شاگردان ماندند.
28पावल अनि बर्णाबास चेलाहरूसित धेरै लामो समय सम्म एण्टिओकमा बसे।
28 و در آنجا مدّتی پیش شاگردان ماندند.