Nepali

Persian

Acts

2

1जब पेन्तिकोसको दिन आइपुग्यो, प्रेरितहरू सबै एकै ठाउँमा जम्मा भएका थिए।
1 وقتی روز پنتیكاست رسید، همهٔ ایمانداران با هم در یكجا جمع بودند.
2अचानक स्वर्गबाट जोडले हुरी बतास चले जस्तै एउटा आवाजले तिनीहरू जुन कोठामा बसिरहेका थिए त्यस कोठालाई सम्पूर्ण प्रकारले ढाकिदियो।
2 ناگهان صدایی شبیه وزش باد شدید از آسمان آمد و تمام خانه‌ای را كه در آن نشسته بودند، پر ساخت.
3तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो।
3 در برابر چشم آنان زبانه‌هایی مانند زبانه‌های آتش ظاهر شد، كه از یكدیگر جدا گشته و بر هر یک از آنان قرار گرفت.
4तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो।
4 همه از روح‌القدس پر گشتند و به طوری ‌كه روح به ایشان قدرت بیان بخشید، به زبانهای دیگر شروع به صحبت كردند.
5त्यसबेला यरूशलेममा केही धार्मिक यहूदीहरू बस्थे। तिनीहरू संसारको प्रत्येक राष्ट्रबाट आएका थिए।
5 در آن زمان یهودیان خداپرست از جمیع ملل زیر آسمان، در اورشلیم اقامت داشتند.
6तिनीहरू धेरै जसो आवाज सुने पछि आए। प्रेरितहरूले आ-आफ्ना भाषामा बोलेको सुनेर तिनीहरू छक्क परे।
6 وقتی آن صدا به گوش رسید، جمعیّت گرد آمدند و چون هرکس به زبان خود سخنان ایمانداران را شنید، همه غرق حیرت شدند
7यी सबै यहूदीहरू यसमा आर्श्चय चकित भए। तिनीहरूले बुझेनन् कि कसरी प्रेरितहरू यस्तो गर्न सक्षम भए। तिनीहरूले भने, “हेर! यी मानिसहरू जो बोलिरहेका छन् तिनीहरू सबै गालीलबाट आएका हुन्।
7 و در كمال تعجّب اظهار داشتند: «مگر همهٔ این کسانی‌که صحبت می‌کنند جلیلی نیستند؟
8तर हामी तिनीहरूले बोलेका शब्दहरू हाम्रो आफ्नै भाषामा सुनिरहेका छौं। यो कसरी सम्भव भयो? हामी विभिन्न ठाउँहरूबाट आएका हौं
8 پس چطور است كه هر یک از ما پیام آنان را به زبان خودمان می‌شنویم؟
9पार्थीया, मेदीया, एलाम, मेसोपोटामिया, यहूदिया, कपोदिसिया, पोन्टस, एशिया,
9 ما كه از پارتیان و مادیان و عیلامیان و اهالی بین‌النهرین و یهودیه و كپدوكیه و پنطس و استان آسیا
10फ्रिगिया, प्याम्फिलिया, मिश्रदेश, साईरिन छेउको लिबिया, रोम
10 و فریجیه و پمفلیه و مصر و نواحی لیبی كه متّصل به قیروان است و زائران رومی،
11क्रेती र अरबीयाबटा। हामी कतिपय जन्मजात यहूदीहरू हौं अनि अरू कतिलाई यहूदी धर्ममा परिवर्तन गरिको छ। हामी ती विभिन्न देशहरूबाट आएका हौं। तर हामी ती मानिसहरूलाई हाम्रो आफ्नै भाषामा सुन्न सक्छौं। तिनीहरूले परमेश्वरको विषयमा भनेका सबै महान कुराहरू हामी बुझ्न सक्छौं।”
11 هم یهودیان و هم آنانی كه دین یهود را پذیرفته‌‌اند، و اهالی كریت و عربستان هستیم، شرح كارهای بزرگ خدا را به زبان خودمان می‌شنویم.»
12मानिसहरू सबै आर्श्चय चकित र अलमल्ल भए। तिनीहरूले आपसमा प्रश्न गरे, “यसको मतलब के हुन सक्थ्यो?”
12 همه حیران و سرگردان به یكدیگر می‌گفتند: «یعنی چه؟»
13तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिए अनि माते।
13 امّا بعضی مسخره‌كنان می‌گفتند: «اینها از شراب تازه مست شده‌اند.»
14त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसंग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यु-भाइहरू र यरूशलेमाका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु।
14 امّا پطرس با آن یازده رسول برخاست و صدای خود را بلند كرد و خطاب به جماعت گفت: «ای یهودیان و ای ساكنان اورشلیم، توجّه كنید: بدانید و آگاه باشید كه
15यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भर्खर नौ मात्र बजेको छ।
15 برخلاف تصوّر شما، این مردان مست نیستند؛ زیرا اکنون ساعت نُه صبح است.
16आज यहाँ भइरहेका कुरा अगमवक्ता योएलले भनेका हुन्
16 بلكه این همان چیزی است كه یوئیل نبی گفت:
17‘परमेश्वर भन्नुहुन्छः अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु, तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्। तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्। तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्।
17 'خدا می‌فرماید در زمان آخر چنین خواهم كرد: از روح خود بر همهٔ مردم فرو خواهم ریخت و پسران و دختران شما نبوّت خواهند كرد و جوانان شما رؤیاها و پیران شما خوابها خواهند دید.
18त्यसबेला, म मेरो आत्मा खनाउनेछु, मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि, अनि तिनीहरूले अगमवाणी गर्नेछन्।
18 آری، حتّی بر غلامان و كنیزان خود در آن روزها از روح خود فرو خواهم ریخت و ایشان نبوّت خواهند كرد.
19म छक्क पर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु, तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु। त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।
19 و در آسمان شگفتی‌ها و بر روی زمین نشانه‌هایی ظاهر خواهم نمود، یعنی خون، آتش و دود غلیظ.
20घाम अन्धकारमय भई बद्लिने छ अनि जुन रगत सरह रक्तिम हुनेछ तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ।
20 پیش از آمدن آن روز بزرگ و پر شكوه خداوند، خورشید تاریک خواهد شد و ماه رنگ خون خواهد گرفت
21अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’ योएल 2:28-32
21 و چنان خواهد شد كه هرکه نام خداوند را بخواند نجات خواهد یافت.'
22“मेरो यहूदी दाज्यु-भाइहरू, यी शब्दहरूमा ध्यान देऊः नासरतको बासिन्दा येशू विशिष्ट मानिस हुनुहुन्थ्यो। परमेश्वरले यो स्पष्ट रुपमा तिमीहरूलाई देखाउनु भयो। परमेश्वरले येशूको माध्यमद्वारा शक्तिशाली अनि आर्श्चजनक कुराहरू गरेर यसलाई प्रमाण गर्नुभयो। तिमीहरू सबै जनाले यी कुराहरू देखेका छौ।
22 «ای مردان اسرائیلی به این سخنان گوش دهید. عیسای ناصری مردی بود، كه مأموریتش از جانب خدا به وسیلهٔ معجزات و شگفتی‌ها و نشانه‌هایی كه خدا توسط او در میان شما انجام داد، به ثبوت رسید، همان طوری که خود شما خوب می‌دانید.
23येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घटना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो।
23 شما این مرد را، كه بر طبق نقشه و پیشدانی خدا به دست شما تسلیم شد، به وسیلهٔ كفار به صلیب میخكوب كردید و كشتید.
24येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो।
24 امّا خدا او را زنده كرد و از عذاب مرگ رهایی داد. زیرا محال بود، مرگ بتواند او را در چنگ خود نگه دارد.
25दाऊदले येशूको विषयमा यस्तो भनेका थिएः ‘सधैं मैले प्रभुलाई सम्मुख देखें, मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ।’
25 داوود دربارهٔ او می‌فرماید: 'خداوند را همیشه پیش روی خود می‌دیدم زیرا او در دست راست من است تا لغزش نخورم.
26यसैले मेरो हृदय आनन्दित छ र मेरो मुख आनन्दसित बोल्दछ। मेरो शरीले पनि आशामा भरोसा गर्नेछ।
26 به این سبب دلم مسرور گردید و زبانم از شادمانی فریاد می‌کرد و بدن فانی من در امید ساكن خواهد شد،
27किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोडनुहुनेछैन। तिमीहरूले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुनुदिनेछैनौ।
27 از آن‌رو كه جانم را در دنیای مردگان ترک نخواهی كرد و نمی‌گذاری كه بندهٔ امین تو فساد را ببیند.
28तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’ भजनसंग्रह 16:8-11
28 تو راههای حیات را به من شناسانیده‌ای و با حضور خود مرا از شادمانی پر خواهی كرد.'
29“मेरा दाज्यु-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसंग छ।
29 «ای دوستان دربارهٔ جدّ ما داوود صریحاً باید بگویم كه او نه فقط مرد و به خاک سپرده شد، بلكه آرامگاه او نیز تا به امروز در میان ما باقی است.
30दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी।
30 و چون او نبی بود و می‌دانست كه خدا برای او سوگند یاد كرده است، كه از نسل او یک ‌نفر را بر تخت سلطنت بنشاند،
31यस्तो घटना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः ‘उहाँलाई नरकमा छाडिएको थिएन। उहाँको शरीर चिहानमा सडेन।’
31 از قبل، رستاخیز مسیح را پیش‌بینی نموده دربارهٔ آن گفت: 'او در دنیای مردگان ترک نشد و جسد او هرگز فاسد نگردید.'
32यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं।
32 خدا همین عیسی را پس از مرگ زنده كرد و همهٔ ما بر آن گواه هستیم.
33यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ।
33 حال كه عیسی به دست راست خدا بالا برده شده است، روح‌القدس موعود را از پدر یافته و به ما افاضه كرده است، شما این چیزها را می‌بینید و می‌شنوید.
34दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैले भनेः ‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः मेरो दाहिने तर्फ बस,
34 زیرا داوود به عالم بالا صعود نكرد امّا خود او می‌گوید: 'خداوند به خداوند من گفت: به دست راست من بنشین
35जबसम्म तिम्रा शत्रुहरू तिम्रो पाइताला मुनि राख्दिन।’ भजनसंग्रह 110:1
35 تا دشمنانت را زیر پای تو اندازم.'
36“यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।”
36 «پس ای جمیع قوم اسرائیل، یقین بدانید كه خدا این عیسی را كه شما مصلوب كردید، خداوند و مسیح كرده است.»
37जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?”
37 وقتی آنها این را شنیدند دلهایشان جریحه‌دار شد و از پطرس و سایر رسولان پرسیدند: «ای برادران، تكلیف ما چیست؟»
38पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनछौ।
38 پطرس به ایشان گفت: «توبه كنید و هر یک از ما برای آمرزش گناهانتان به نام عیسی مسیح غسل تعمید بگیرید كه روح‌القدس یعنی عطیهٔ خدا را خواهید یافت،
39यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैमा बोलाउनु हुन्छ।”
39 زیرا این وعده برای شما و فرزندان شما و برای كسانی است كه دور هستند، یعنی هرکه خداوند، خدای ما او را بخواند.»
40पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।”
40 پطرس با سخنان بسیار دیگر شهادت می‌داد و آنان را ترغیب می‌کرد و می‌گفت: «خود را از این اشخاص نادرست برهانید.»
41तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए।
41 پس کسانی‌که پیام او را پذیرفتند تعمید یافتند و در همان روز در حدود سه هزار نفر به ایشان پیوستند.
42ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे। तिनीहरू एकअर्कामा साझेदार भए। तिनीहरू एक साथ खाँदै थिए अनि एक साथ प्रार्थना गर्दै थिए।
42 آنان همیشه وقت خود را با شنیدن تعالیم رسولان و مشاركت ایماندارن و پاره كردن نان و دعا می‌گذرانیدند.
43प्रेरितहरूले धेरै शक्तिपूर्ण र आर्श्चयपूर्ण कामहरू गरे। अनि प्रत्येक मानिसले आर्श्चय मिश्रित भय अनुभव गरे।
43 در اثر عجایب و نشانه‌های بسیاری كه توسط رسولان به عمل می‌آمد، خوف الهی برهمه چیره شده بود.
44सबै विश्वासीहरू संगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे।
44 تمام ایمانداران با هم متّحد و در همه‌چیز شریک بودند.
45विश्वासीहरूले आफ्नो जमीनहरू र आफ्नो जे जति सम्पत्तिहरू थिए, सबै बेचे अनि बेचेर पाएको पैसा हरेक मानिसको आवश्यकताको अनुपातमा बाँडे।
45 مال و دارایی خود را می‌فروختند و نسبت به احتیاج هرکس بین خود تقسیم می‌کردند.
46तिनीहरूको प्रत्येक दिन मन्दिर प्राङ्गाणमा भेट हुन्थ्यो। तिनीहरू सबैको एउटै उद्देश्य थियो। तिनीहरू आनन्दित भएर अनि इमान्दारी हृदय लिएर आफ्ना घरमा सँगै रोटी टुक्राए अनि खाए।
46 آنان هر روز در معبد بزرگ دور هم جمع می‌شدند و در خانه‌های خود نان را پاره می‌کردند و با دلخوشی و صمیمیّت با هم غذا می‌خوردند. خدا را حمد می‌کردند و مورد احترام همهٔ مردم بودند و خداوند هر روز كسانی را كه نجات می‌یافتند، به جمع ایشان می‌افزود.
47तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि सबै मानिसहरूले उनीहरूलाई मन पराउँथे। अधिक भन्दा अधिक मानिसहरूले संरक्षण पाए र प्रभुले तिनीहरूलाई विश्वासीहरूको हूलमा सम्मिलित गरे। पत्रुसले एक लङ्गडो मानिसलाई निको पार्दछन्।
47 خدا را حمد می‌کردند و مورد احترام همهٔ مردم بودند و خداوند هر روز كسانی را كه نجات می‌یافتند، به جمع ایشان می‌افزود.