1जब पत्रुस र यूहन्ना मानिसहरूसंग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए।
1
هنوز سخن ایشان با قوم به پایان نرسیده بود كه كاهنان به اتّفاق فرماندهٔ پاسداران معبد بزرگ و پیروان فرقهٔ صدوقی بر سر آنان ریختند.
2पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए।
2
آنان از اینكه رسولان، قوم را تعلیم میدادند و به اتّكای رستاخیز عیسی، رستاخیز مردگان را اعلام میکردند، سخت ناراحت شده بودند.
3यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे।
3
پس پطرس و یوحنا را گرفتند و چون نزدیک غروب بود تا روز بعد ایشان را در زندان نگه داشتند،
4तर धेरै मानिसहरू जजसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए।
4
امّا بسیاری از کسانیکه آن پیام را شنیده بودند، ایمان آوردند و تعداد مردان ایشان به حدود پنج هزار نفر رسید.
5अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न भए।
5
روز بعد، رهبران یهود و مشایخ و علما در اورشلیم جلسهای تشكیل دادند.
6प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए।
6
«حنا» كاهن اعظم و قیافا و یوحنا و اسكندر و همهٔ اعضای خانوادهٔ كاهن اعظم حضور داشتند.
7तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?”
7
رسولان را احضار كردند و از آنان سؤال نمودند: «با چه قدرت و به چه نامی این كار را کردهاید؟»
8तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः
8
پطرس پر از روحالقدس جواب داد: «ای سران قوم و ای مشایخ اسرائیل،
9तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो?
9
اگر امروز بهخاطر کار نیكویی كه در مورد یک مرد علیل انجام شد، از ما بازپرسی میکنید و میخواهید بدانید كه او به چه وسیله شفا یافته است،
10तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। उ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा!
10
همهٔ شما و همهٔ قوم اسرائیل بدانید كه این مرد که امروز به قدرت نام عیسی مسیح ناصری، كه شما او را روی صلیب كشتید و خدا او را زنده گردانید، کاملاً شفا یافته و ایستاده است.
11येशू हुनुहुन्छः ‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’ भजनसंग्रह 118:22
11
این همان سنگی است كه شما بنّایان آن را خوار شمردید و رد كردید، ولی اکنون مهمترین سنگ بنا شده است.
12येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”
12
در هیچكس دیگر، رستگاری نیست و در زیر آسمان هیچ نامی جز نام عیسی به مردم عطا نشده است تا به وسیلهٔ آن نجات یابیم.»
13यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसंगै रहन्थे भनेर थाहा पाए।
13
وقتی آنان جسارت پطرس و یوحنا را مشاهده كردند و پی بردند كه افرادی درس نخوانده و معمولی هستند، متعجّب شدند و دانستند كه از یاران عیسی بودهاند.
14तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्।
14
وقتی شخص شفا یافته را همراه پطرس و یوحنا دیدند، نتوانستند گفتار آنان را تكذیب نمایند.
15यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे।
15
پس به ایشان امر كردند، كه از شورا بیرون بروند و سپس دربارهٔ این موضوع مشغول بحث شدند
16तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ।
16
و گفتند: «با این افراد چه كنیم؟ چون همهٔ ساكنان اورشلیم میدانند كه معجزهای چشمگیر به وسیلهٔ ایشان انجام شده است و ما نمیتوانیم منكر آن بشویم.
17तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।”
17
امّا برای اینكه این جریان در میان قوم بیش از این شایع نشود، به آنان اخطار كنیم، كه دیگر دربارهٔ عیسی با كسی سخن نگویند.»
18यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे।
18
آنگاه آنان را احضار كردند و به ایشان اخطار نمودند كه به هیچ وجه به نام عیسی چیزی اظهار نكنند و تعلیمی ندهند.
19तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफै निर्णय गर।”
19
پطرس و یوحنا در پاسخ گفتند: «خودتان قضاوت كنید: در نظر خدا چه چیز درست است؟ از خدا اطاعت كنیم یا از شما؟
20हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।”
20
امّا ما نمیتوانیم از گفتن آنچه دیدهایم و شنیدهایم، دست برداریم.»
21[This verse may not be a part of this translation]
21
آنان پطرس و یوحنا را پس از تهدید بسیار مرخّص كردند، زیرا راهی نیافتند تا ایشان را تنبیه نمایند. از آن رو كه همه خدا را برای آنچه صورت گرفته بود، حمد میگفتند.
22[This verse may not be a part of this translation]
22
مردی كه این معجزهٔ شفا در مورد او انجام شده بود، بیش از چهل سال داشت.
23पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हुललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए।
23
به محض اینكه این دو شاگرد از آنجا مرخّص شدند، پیش دوستان خود بازگشتند و چیزهایی را كه سران كاهنان و مشایخ به آنان گفته بودند، بازگو كردند.
24जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो।
24
وقتی ایمانداران باخبر شدند، همه با هم به درگاه خدا دعا كردند و گفتند: «ای پروردگار، خالق آسمان و زمین و دریا و آنچه در آنهاست،
25हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः ‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन? यी सबै आशाहीन छन्।
25
تو به وسیلهٔ روحالقدس از زبان جدّ ما داوود بندهٔ خود فرمودی:
'چرا مردم جهان شورش میکنند
و قومها به باطل میاندیشند.
26पृथ्वीका राजाहरू, शासकहरू परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँई लड्न एक ठाँउमा भेला भए।’ भजनसंग्रह 2:1-2
26
پادشاهان جهان بر میخیزند
و حكمرانان ایشان اجتماع میکنند،
علیه خداوند و علیه مسیح او.'
27यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा ‘एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ।
27
در واقع در همین شهر برضد بندهٔ مقدّس تو عیسی كه تو منصوب فرمودی، اجتماع كردند. هیرودیس و پنطیوس پیلاطس، با غیر یهودیان و قوم اسرائیل دست به دست هم دادند
28यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए।
28
و همهٔ کارهایی را كه تو با قدرت و ارادهٔ خود از پیش مقرّر فرموده بودی به انجام رسانیدند.
29अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससंग भनिएको चाहनु हुन्छ।
29
اكنون ای خداوند تهدیدات آنان را ملاحظه فرما و بندگانت را توانا گردان تا پیام تو را با شهامت بیان كنند.
30प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।”
30
دست خود را به جهت شفا دادن و جاری ساختن عجایب و معجزاتی كه به نام بندهٔ مقدّس تو عیسی انجام میگیرد دراز كن.»
31विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।
31
هنگامیكه دعایشان به پایان رسید، ساختمان محل اجتماع آنان به لرزه درآمد و همه از روحالقدس پر گشتند و كلام خدا را با شهامت بیان میکردند.
32विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए।
32
همهٔ مؤمنان از دل و جان متّحد شده بودند و هیچکس دارایی خود را از آن خود نمیدانست؛ بلكه همه در اموال یكدیگر شریک بودند.
33प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसंग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो।
33
رسولان به رستاخیز عیسی خداوند با قدرتی عظیم شهادت میدادند و خدا بركت فراوانی به آنها عطا میفرمود.
34तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। जजसका आफ्ना जमीन र घरहरू थिए पैसाको निम्ति बेची दिए।
34
هیچكس در میان ایشان محتاج نبود. زیرا هرکس زمینی یا خانهای داشت آن را میفروخت، پولش را در میآورد
35तिनीहरूले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। त्यसपछि हरेकलाई उसको आवश्यकता अनुसार को चीजहरू दिइए।
35
و در اختیار رسولان میگذاشت و به این ترتیب بین محتاجان به نسبت احتیاجشان تقسیم میشد.
36विश्वासीहरू मध्ये एकजनाको नाउँ यूसुफ थियो। प्रेरितहरूले तिनलाई बर्णाबास भन्दथे। ‘बर्णाबास’ नाउँको अर्थ हुन्छ “मानिस जसले अरूलाई सहयोग गर्छ।” उनी साइप्रस देशका एकजना लेवी थिए।
36
مثلاً یوسف كه رسولان او را برنابا یعنی تشویق كننده مینامیدند و از طایفهٔ لاوی و اهل قبرس بود
زمینی داشت. آن را فروخت و پولش را در اختیار رسولان گذاشت.
37यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए।
37
زمینی داشت. آن را فروخت و پولش را در اختیار رسولان گذاشت.