Nepali

Persian

Deuteronomy

11

1“यसकारण तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई प्रेम गर्नु पर्छ। तिमीहरूले उहाँले भन्नु भएको कुराहरू गर्नुपर्छ अनि सधैं उहाँले दिनु भएको हुकुम, नियम, विधिहरू अनि आदेशहरू अनुसरण गर्नुपर्छ।
1 «خداوند خدایتان را دوست بدارید. اوامر، دستورات و قوانین او را همیشه بجا آورید.
2परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनु भएको ती सबै महान् कुराहरू आज सम्झना गर। ती सब कुराहरू हुँदा तिमीहरू थियौ तर तिमीहरूका नानीहरू होइनन्। तिमीहरूले परमप्रभु कति शक्तिशाली, कति महान् र उहाँले गर्नु भएको महान् कामहरू देख्यौ।
2 به‌یاد داشته باشید که شما از روی تجربه‌تان معلوماتی در مورد خداوند حاصل کردید و این شما بودید نه فرزندانتان، که از طرف خداوند تأدیب شدید و عظمت، قدرت، هیبت
3तिमीहरूका बाल-बच्चाले होइन तर उहाँले देखाउनु भएको चिन्ह र कार्यहरू तिमीहरूले देख्यौ, तिमीहरूले मिश्र देशका राजा फिरऊन र पूरा मिश्रदेशमा के गर्नु भयो देख्यौ।
3 و معجزات او را مشاهده نمودید و دیدید که با فرعون و تمام مردم سرزمین او چه کرد.
4मिश्र देशका सैन्य तथा तिनीहरूका घोडाहरू अनि रथहरूलाई के गर्नु भयो तिमीहरूका बाल-बच्चाहरूले होइन तिमीहरूले देख्यौ। तिनीहरूले तिमीहरूलाई खेद्‌दै थिए तर परमप्रभुले तिनीहरूलाई लाल समुद्रको पानीमा डुबाइ दिनुभयो र सम्पूर्ण ध्वंश पार्नु भयो।
4 شما مشاهده کردید که خداوند با ارتش مصر با اسبها و ارّابه‌های ایشان چه کرد و چگونه خداوند آب دریای سرخ را هنگامی‌که آنها در تعقیب شما بودند بر سرشان ریخت و چگونه خداوند آنها را تا به امروز نابود کرد.
5तिमीहरू यस भूमिमा आई नपुगुञ्जेल मरूभूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति के के गर्नुभयो त्यो तिमीहरूका बाल-बच्चाले होइन, तर तिमीहरूले देख्यौ।
5 شما می‌دانید خداوند در بیابان برای شما چه کرد، قبل از اینکه شما به اینجا بیایید.
6रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीरामलाई परमप्रभुले के गर्नुभयो तिमीहरूले देख्यौ। मानिसको मुख झैं पृथ्वी फाटेर तिनीहरूका सबै परिवार, पालहरू अनि तिनीहरूका नोकर चाकरहरू र सबै पशुहरू निलिएको इस्राएलका सबै मानिसहरूले देखेका छन्।
6 وقتی داتان و ابیرام، پسران الیاب، از طایفه رئوبین مرتکب گناه شدند، زمین دهان باز کرد و در برابر چشمان تمام مردم اسرائیل آنها را با خانواده، چادرها و مال و دارایی‌شان در خود فرو برد.
7तिमीहरूका बाल-बच्चाहरूले होइन तर तिमीहरूले परमप्रभुले गर्नु भएको ती महान् कार्यहरू देख्यौ।
7 شما با چشمان خود کارهای عظیم خداوند را دیده‌اید.
8“यसकारण यदि आज मैले दिएका आज्ञा तिमीहरूले सम्पूर्ण रूपले मान्यौ भने तिमीहरू शक्तिशाली बनिने छौ र यर्दन नदी पार गरी जुन भूमिमा प्रवेश गर्दैछौ त्यस भूमिलाई आफ्नो दखलमा राख्न योग्य बनिनेछौ।
8 «پس همهٔ این احکامی را که امروز به شما می‌دهم، بجا آورید تا قدرت آن را داشته باشید که سرزمینی را که اکنون وارد آن می‌شوید، تصرّف کنید.
9जुन भूमि धेरै असल असल चीजहरूले भरिएको छ र जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू र तिनीहरूका सबै सन्तानहरूलाई दिन शपथ खानु भएको थियो। त्यस भूमिमा तिमीहरू दीर्घायू जीवन जिउन सक्नेछौ।
9 تا در سرزمینی که خداوند به نیاکان شما وعده داده بود؛ به ایشان و فرزندانشان بدهد عمر طولانی داشته باشید، سرزمینی که غنی و حاصلخیز است.
10जुन भूमि तिमीहरू लिंदैछौ, त्यो मिश्र देश जहाँबाट तिमीहरू आएका छौ त्यस्तो छैन। मिश्र देशमा तिमीहरूले बीउ छरेर त्यसमा पानी हाल्दा आफ्नो गोडाको सहायताले खुट्टा चलाएर नालाबाट पानी हाल्नु पर्थ्यो। जसरी साग-सब्जीमा पानी हाल्थ्यौ त्यसरी नै खेतमा पनि हाल्नु पर्थ्यो।
10 این سرزمینی که شما بزودی وارد آن می‌شوید، مثل زمین مصر که از آنجا آمده‌اید نیست که در آن تخم می‌کاشتید و با سختی آبیاری می‌کردید.
11तर इस्राएलमा त्यस्तो गर्नु पर्दैन, तिमीहरू जुन भूमिमा पस्दैछौ त्यहाँ पहाडहरू छन् र आकाशबाट परेको पानी तिमीहरूको खेतले पाउँछ।
11 بلکه این سرزمین از کوهها و دشتهایی تشکیل شده است که با آبِ باران سیراب می‌شود
12परमप्रभु तिमीहरूका परमेश्वरले त्यस भूमिको हेरचाह गर्नुहुन्छ अनि वर्षको शुरूदेखि अन्तसम्मै आफ्नो दृष्टि त्यस भूमिमाथि राख्नुहुन्छ।
12 و خداوند خدایتان آن را پرورش می‌دهد و چشمان او همیشه و تمام سال متوجّه آن می‌باشد.
13“परमप्रभु भन्नुहुन्छ, ‘आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू राम्ररी सुन परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर र आफ्नो सारा हृदय र प्राणले सेवा गर।
13 «اگر شما تمام احکامی را که امروز به شما می‌دهم بجا آورید، خداوند خدایتان را دوست بدارید و با تمام قلب و جان او را خدمت کنید،
14यदि यसो गरे, म ठीक समयमा तिमीहरूको भूमिमा पानी पारि दिनेछु। म शरद र वसन्त ऋतुमा तिमीहरूको निम्ति पानी पारि दिनेछु जसले गर्दा तिमीहरूले अन्न, नयाँ दाखरस र तेल जम्मा गर्न सक्नेछौ।
14 آنگاه باران را به زمینتان در بهار و پاییز می‌فرستد تا غلّه، شراب و روغن فراوان داشته باشید.
15अनि तिमीहरूको गाईबस्तुहरूको निम्ति खेतमा प्रशस्त घाँस उमारी दिनेछु। तिमीहरूको निम्ति प्रशस्त खाने-कुराहरू हुनेछन्।’
15 چراگاهها را برای چریدن گلّه‌هایتان سبز و خرّم می‌سازد و برای خودتان هم غذای کافی می‌دهد که بخورید و سیر شوید.
16“मूर्ख नबन, सधैं सावधान भएर बस। अरू देव-देवताहरूलाई पूजा नगर।
16 احتیاط کنید مبادا فریب بخورید و از خداوند روی برگردانید و پیرو خدایان غیر شوید و آنها را بپرستید.
17यदि यसो गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाएर आकाश बन्द गरिदिनु हुनेछ र पानी पर्न छोड्ने छ। खेती हुन छोड्ने छ र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल भूमिमा तिमीहरू चाँडै नै मर्नेछौ।
17 خشم خداوند علیه شما برافروخته خواهد شد و او درِ آسمان را خواهد بست و بارانی نخواهد بود و زمین محصولی نخواهد داد و شما بزودی در زمین خوبی که خداوند به شما داده است، نابود می‌شوید.
18“मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधारमा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भइरहोस्।
18 «پس این سخنان را در دل و جان خود جای دهید و آن را مانند نشانه‌ای بر دست و پیشانی خود، به عنوان یادآوری ببندید
19यी कुराहरू तिमीहरू घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्कँदा, उठ्दा सधैं सम्झना गर। नानीहरूलाई पनि यी विधिहरू सिकाऊ।
19 و به فرزندان خود تعلیم بدهید. همیشه دربارهٔ آنها صحبت کنید؛ خواه در خانه باشید، خواه در بیرون، خواه در بستر باشید، خواه بیدار.
20यी आदेशहरू ढोकाको चौकटहरूमा र घरको फाटकमा लेख।
20 آنها را بر دو طرف چهارچوب خانه‌ها و دروازه‌هایتان بنویسید.
21तब तिमी र तिमीहरूका नानीहरू धर्तीमा लामो अवधि बाच्नेछन् परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई वचन दिनु भएको थियो। तिमीहरू तबसम्म बाँच्ने छौ जबसम्म धर्तीमाथि आकाश छ।
21 آنگاه تا آسمان و زمین باقی است، شما و فرزندان شما در سرزمینی که خداوند به نیاکان شما وعده داده است، زندگی طولانی خواهید داشت.
22“मैले तिमीहरूलाई बताएको आज्ञा पालन गर्न होशियार होऊ, परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर, उहाँले सिकाएको मार्गमा चल अनि उहाँप्रति विश्वासी बन।
22 «همهٔ این احکام را که به شما می‌دهم، به دقّت بجا آورید: خداوند خدایتان را دوست بدارید، فرامین او را بجا آورید و نسبت به او وفادار بمانید.
23तब, जब तिमीहरू त्यो भूमिमा बस्नु जानेछौ परमप्रभुले त्यहाँका अरू राष्ट्रहरूलाई उच्छेद गर्नु हुनेछ। तिमीहरूले तिमीहरू भन्दा शक्तिशाली र अधिक संख्यामा भएका मानिसहरूबाट त्यो भूमि लिने छौ।
23 آنگاه خداوند همهٔ این اقوام را که بزرگتر و قویتر از شما هستند از سر راهتان بیرون می‌راند تا شما سرزمین‌های آنها را تصرّف کنید.
24तिमीहरूले टेके जति भूमि तिमीहरू कै हुनेछ। तिमीहरूको भूमि पूर्वमा यूफ्रेटिस, नदीदेखि पश्चिममा भूमध्य सगारसम्म अनि उत्तरमा लबानोन दक्षिणमा मरूभूमिसम्म हुनेछ।
24 هر جایی که کف پای شما بر آن گذارده شود از آن شما خواهد بود. قلمروتان از طرف جنوب تا بیابان، از طرف شمال تا لبنان، از طرف شرق تا رودخانهٔ فرات و از طرف غرب تا دریای مدیترانه وسعت خواهد داشت.
25परमप्रभुले तिमीहरूको निम्ति प्रतिज्ञा गर्नु भएको छ, जुन जुन ठाउँमा तिमीहरू जाने छौ त्यहाँका मानिसहरू तिमीहरूसित डराउनेछन् एक जना पनि तिमीहरूको विरोध गर्न उभिने छैन।
25 هیچ‌کس نمی‌تواند در برابر شما مقاومت کند، چون خداوند خدایتان همان‌طور که قول داده است، هر کجا که بروید، ترس شما را در دل مردمی که با آنها روبه‌رو می‌شوید، خواهد گذاشت.
26“आज म तिमीहरूलाई केही रोज्ने मौका दिंदैछु, तिमीहरूले सराप र आशीर्वाद मध्ये एउटा रोज्नु सक्छौ।
26 «من امروز به شما حق انتخاب می‌دهم که بین برکت و لعنت یکی را انتخاب کنید.
27आज मैले तिमीहरूलाई बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू सुनेर पालन गरे तिमीहरूले आशीर्वाद पाउनेछौ।
27 اگر از احکام خداوند خدایتان که امروز به شما می‌دهم اطاعت کنید، برکت می‌بینید؛
28तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू पालन गर्नु अस्वीकार गरे तिमीहरूले सराप पाउनेछौ। यसकारण आज मैले बताएको तरिकामा जीवन यापन गर्नु नछोड अरू देव-देवताहरू नपूज कारण तिमीहरूले परमप्रभुलाई चिन्छौ अरू देव-देवताहरूलाई चिन्दैनौ।
28 امّا اگر از فرمانهای خداوند خدایتان پیروی نکنید و از راهی که امروز به شما فرمان دادم خارج شوید و به دنبال خدایان دیگری که نمی‌شناختید بروید، لعنت خواهید شد.
29“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो भूमिसम्म पुग्नु डोर्याउनु हुनेछ र तिमीहरू चाँडै त्यहाँ पुग्नेछौ अनि भूमिमा अधिकार लिनेछौ। त्यो समयमा तिमीहरूले गीरिज्जीम डाँडामा गएर आशीर्वाद र एबाल डाँडामा गएर मानिसहरूलाई सराप घोषणा गर्नु पर्छ।
29 وقتی خداوند خدایتان شما را به آن سرزمینی که تصاحب می‌کنید، برساند برکت را بر کوه جرزیم و لعنت را بر کوه عیبال اعلام کنید.
30यी पर्वतहरू मोरेका बजराँट रूखहरूको नजिक यर्दन घाँटीमा बसेका कनानहरूको भूमिमा अवस्थित छन् जो गिलगालबाट यर्दन नदीको पश्चिमतिर पर्छन्।
30 همان‌طور که می‌دانید، اینها دو کوهی هستند در غرب رود اردن، یعنی در سرزمین کنعانیانی که در دشت اردن، در مقابل جلجال زندگی می‌کنند. بلوط موره هم در آنجا واقع است.
31परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिने भूमि लिन जब तिमीहरू यर्दन नदी पारि जान्छौ अनि जब यो भूमिमा दखल कायम गर्छौ 32तिमीहरूले नियम र विधिहरू साह्रै होशियारीसँग पालन गर्नुपर्छ जो आज तिमीहरूलाई बताउँछु।
31 وقتی از رود اردن عبور کنید و به سرزمینی که خداوند خدایتان به شما می‌دهد رسیدید و در آنجا سکونت اختیار کردید، باید از تک‌تک احکامی که امروز به شما می‌دهم از دل و جان اطاعت نمایید.
32[This verse may not be a part of this translation]
32 باید از تک‌تک احکامی که امروز به شما می‌دهم از دل و جان اطاعت نمایید.