1“एउटा मानिसले एउटी स्त्रीलाई विवाह गरेको हुन सकछ अनि पछि तिनमा केही गोप्य कुरा पाउन सक्छ जो उसलाई मन पर्दैन। यदि त्यो मानिस तिनीसँग खुशी छैन भने उसले छुटानामको पत्र लेखेर उसलाई दिनु पर्छ। तब उसले तिनीलाई घरबाट बाहिर पठाउन सक्छ।
1
«ممکن است مردی با زنی ازدواج کند و بعداً تصمیم بگیرد که او را نمیخواهد، زیرا او در زن چیزی دیده است که دوست ندارد و برای او طلاق نامهای بنویسد و به زن بدهد و او را از خانه روانه بکند.
2जब त्यो स्त्रीले उसको घर छोड्छे उसले अर्को पुरूषसित विवाह गर्नु सक्छे।
2
آنگاه اگر آن زن با مرد دیگری ازدواج کند
3तर यदि उसको नयाँ दोस्रो लोग्नेले पनि उसलाई मन नपराएर छुट्टानाम पत्र दिएर घरदेखि निकाली दिएको खण्डमा अथवा त्यो नयाँ दोस्त्रो लोग्नेको मृत्यु भएको खण्डमा,
3
و شوهر دوم نیز او را نخواهد و برای او طلاق نامه بنویسد و به او بدهد و او را از خانه بیرون کند، یا شوهر دوم بمیرد.
4पहिलो लोग्ने जसले त्यस स्त्रीलाई छुट्टानाम पत्र दिई घरबाट निकालेको थियो उसले त्यही स्त्रीसँग पुनः विवाह गर्नु सक्तैन किनभने त्यो स्त्री अशुद्ध भएकी हुन्छे अनि परमप्रभुले पनि यस्तो विवाहलाई घृणा गर्नुहुन्छ। तिमीले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेको भूमिमा यस्तो पाप हुन दिनु हुँदैन।
4
در هر صورت شوهر اولش نباید دوباره با او ازدواج کند، زیرا این کار در نظر خداوند زشت است. شما نباید مرتکب چنین گناه پلیدی در سرزمینی که خداوند به شما داده است، بشوید.
5“जब एकजना मानिसले भर्खर विवाह गर्छ उसलाई एक वर्षको निम्ति सेनामा पठाउनु हुँदैन। उसलाई कुनै विशेष काममा पनि लगाउनु हुँदैन। एक वर्षसम्म उसलाई आफ्नै घरमा बस्न दिनु पर्छ र आफ्नी पत्नीलाई खुशी पार्न दिनु पर्छ।
5
«مردی که تازه ازدواج کرده است، نباید به خدمت سربازی برود، یا وظایف دیگر اجتماعی به عهدهٔ او گذاشته شود. او باید برای مدّت یک سال معاف باشد تا در خانه بماند و همسرش را خوشحال کند.
6“तिमीले कसैलाई ऋण दिन्छौ धितोको रूपमा जाँतो अथवा त्यसको कुनै भाग पनि लिनु हुँदैन किन? किनभने त्यो गर्दा उसको भोजन नै लिए जस्तै हुनेछ।
6
«هیچکسی نباید آسیا یا سنگ آسیای کسی را گرو بگیرد، زیرا آن چیز وسیلهٔ امرار معاش صاحبش میباشد.
7“यदि कुनै एकजना इस्राएलीले अर्को एकजना इस्राएलीलाई अपहरण गर्छ कमाराको निम्ति बेच्छ भने, त्यस अपहरण कर्तालाई मार्नु पर्छ र तिमीहरूको आफ्नो समूहबाट त्यस्तो दुष्टता बाहिर निकाल्नु पर्छ।
7
«اگر کسی یک نفر اسرائیلی را بدزدد و با او مثل برده رفتار کند و یا او را بفروشد، آن شخص دزد باید کشته شود تا شرارت از بین شما پاک گردد.
8“यदि तिमीलाई अत्यन्तै नराम्रो चर्म रोग लागेको छ भने लेवी पूजाहारीहरूले सिकाएको सबै कुराहरू तिमीले धेरै होशियारीसँग पालन गर्नु पर्छ। मैले पूजाहारीहरूलाई बताएका कुराहरू तिमीले अत्यन्तै होशियारीसँग पालन गर्नु पर्छ।
8
«اگر کسی به مرض برص مبتلا شود، باید به دقّت به آنچه که کاهنان میگویند عمل کند، چون آنها احکامی را که من دادهام، بجا میآورند.
9परमप्रभु तिमीहरूका परमेश्वरले मिश्रबाट बाहिर आउँदा मरियमका लागि के गर्नु भएको थियो सम्झना गर।
9
بهخاطر داشته باشید که وقتی از مصر خارج میشدید خداوند با مریم چه کرد.
10“जब तिमीले कुनै मानिसलाई ऋण दिन्छौ भने धरौटी लिन उसको घरभित्र पस्नु हुँदैन।
10
«وقتی شما به کسی قرض میدهید، نباید برای گرفتن بالاپوش او به عنوان گرو به خانهاش داخل شوید.
11तिमी बाहिर पर्खिनु पर्छ त्यो ऋण लिने मानिसले धरौटी ल्याएर दिन्छ।
11
شما باید در بیرون خانه منتظر باشید تا صاحب خانه، خودش آن را برای شما بیاورد.
12यदि मानिस गरीब छ भने उसले आफ्नो कोट बन्धकको रूपमा दिनु सक्छ जसले उसलाई तातो राख्छ। रातभरिको निम्ति तिमीले कोट धरौटी राख्नु हुँदैन।
12
اگر او مرد تنگدستی است، شما نباید در بالاپوش او بخوابید.
13साँझ नै तिमीले फर्काउनु पर्छ। तब उसले सुत्नको लागि तातो लुगा पाउँछ र तिमीलाई आशीर्वाद दिनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले यसलाई राम्रो कार्य र सही जीवन ठान्नु हुनेछ।
13
هنگام غروب شما باید بالاپوش را به او بازگردانید تا در آن بخوابد و شما را برکت دهد تا خداوند خدایتان از شما راضی باشد.
14“तिमीहरूले ज्यालामा ल्याएको नोकर जो गरीब र संकष्टमा छ, उसलाई ठग्नु हुँदैन। त्यो नोकर इस्राएली होस् अथवा तिमीहरूकै कुनै शहरमा बस्ने एक विदेशी, एक जना यसमा कुनै फरक पर्दैन।
14
«بر مزدور و کارگر تنگدست و نیازمندی که برای شما کار میکند، چه اسرائیلی باشد چه بیگانه، ظلم نکنید.
15घाम अस्ताउनु अघि प्रत्येक दिन उसको ज्याला देऊ किनभने त्यो गरीब छ अनि त्यही पैसामाथि निर्भर गर्छ। यदि तिमीले पैसा दिएनौ भने उसले तिम्रो विरूद्ध परमप्रभुलाई आरोप गर्नेछ र तिमी पापको दोषी बनिनेछौ।
15
هر روز قبل از غروب آفتاب مزد او را پرداخت کنید. او به آن مزد نیاز دارد و روی آن حساب میکند. اگر به او نپردازید، او علیه شما در حضور خداوند، زاری خواهد کرد و شما گناهکار خواهید بود.
16“केटा-केटीहरूको अपराधमा आमा-बुबालाई मृत्यु दण्ड दिनु हुँदैन र त्यसरी नै आमा-बुबाको केटा-केटीहरूलाई मृत्यु दण्ड दिनु हुँदैन। ऊ आफैंले गरेको नराम्रो कुरामा मात्र मानिसलाई मार्नु पर्छ।
16
«والدین نباید به سبب گناه فرزندان خود کشته شوند. همچنین فرزندان نیز نباید بهخاطر گناه والدینشان محکوم گردند. هرکسی باید به سبب گناه خودش کشته شود.
17“तिमीहरूले विदेशीहरू र टुहुरा-टुहुरीहरूसित राम्रो व्यवहार गर्नु पर्छ। धलौटीको रूपमा विधवाको ओढ्ने लुगा लिनु हुँदैन।
17
«غریبان و یتیمان را از حقوق ایشان محروم نکنید و لباس بیوه زنان را در مقابل قرضی که میدهید، گرو نگیرید.
18सम्झना गर तिमीहरू मिश्रदेशमा कमारा कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यस ठाउँबाट निकाली स्वतन्त्र पार्नु भयो। यसकारण गरीबहरूको निम्ति यसो गर्नु भनी म बताउँछु।
18
بهخاطر داشته باشید که شما هم در سرزمین مصر برده بودید و خداوند خدایتان شما را آزاد کرد. به همین خاطر است که من به شما چنین فرمان میدهم.
19“जब तिमीहरू आफ्नो खेतमा बाली उठाउँदै गरेको हुन्छौ, बिर्सेर एक बिटा अन्न त्यहाँ छोड्यौ भने त्यसलाई लिन नजाऊ। यो विदेशी, विधवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। यदि तिमीहरूले तिनीहरूको निम्ति केही अन्न छोड्दियौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यसको निम्ति आशीर्वाद दिनु हुनेछ।
19
«اگر در وقت دروی محصول فراموش کنید که دستهای از محصول را از مزرعه ببرید، برای بردن آن برنگردید. آن را برای غریبان و یتیمان و بیوه زنان بگذارید تا خداوند خدایتان در همهٔ کارها به شما برکت بدهد.
20जब भद्राक्षको रूखबाट भाटा अथवा टाँगोले फल झार्छौ, हाँगाहरूमा बाँकी रहेको फल हेर्न जानु हुँदैन। भद्राक्षेको फल जो तिमीहरू छोड्छौ त्यो विदेशी, विधवा र टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ।
20
وقتی محصول زیتونتان را از درخت میتکانید، چیزی را که باقی میماند نتکانید، بلکه آن را برای استفادهٔ غریبان و یتیمان و بیوه زنان بگذارید.
21त्यसरी नै जब तिमीहरू दाखबारीमा फल उठाउन जान्छौ छोडिएको फल खोज्न फार्किएर नजाऊ, ती फलहरू विदेशी, विधुवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ।
21
وقتی انگور را یکبار از تاک چیدید، بار دوم برای چیدن آن نروید، بلکه باقیمانده را بگذارید که غریبان و یتیمان و بیوه زنان از آن استفاده کنند.
بهخاطر داشته باشید که در سرزمین مصر برده بودید. به همین دلیل است که به شما این فرمان را میدهم.
22सम्झना राख तिमीहरू मिश्रदेशमा गरीब कमारा-कमारीहरू थियौ। यसकारण म तिमीहरूलाई गरीबहरूको लागि यस्तो गर भनी बताउँछु।
22
بهخاطر داشته باشید که در سرزمین مصر برده بودید. به همین دلیل است که به شما این فرمان را میدهم.