Nepali

Persian

Deuteronomy

4

1“अब, हे इस्राएलका हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ।
1 سپس موسی به قوم گفت: «حالا ای قوم اسرائیل به قوانینی که به شما یاد می‌دهم به دقّت گوش بدهید تا زنده بمانید و بتوانید به سرزمینی که خداوند خدای اجدادتان به شما داده است وارد شوید و آن را تصاحب کنید.
2मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।
2 شما نباید به احکامی‌ که به شما می‌دهم بیافزایید و یا از آنها کم کنید، بلکه فقط همین احکامی‌ را که از جانب خداوند خدایتان می‌باشد، بجا آورید.
3“बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुसरण गरेका थिए।
3 شما به چشم خود دیدید که خداوند چطور در بعل فغور تمام کسانی را که بت بعل را پرستش کردند، از بین برد.
4तर जो परमप्रभु तिमीहरूका परमेश्वरसित थिए, तिनीहरू सबै आज पनि जीवित छन्।
4 امّا چون شما به خداوند خدای خود، وفادار بودید تا امروز زنده ماندید.
5“परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ।
5 «طبق فرمان خداوند خدای خود، تمام قوانین او را به شما تعلیم داده‌ام. هنگامی که سرزمین را تسخیر کردید از آنها پیروی نمایید.
6यी विधि-विधानहरू सावधानीपूर्वक पालन गर, यसो गर्नाले अन्य राष्ट्रहरूका मानिसहरूले तिमीहरूलाई ज्ञानी तथा बुज्जकी सम्झनेछन्। ती राष्ट्रहरूका मानिसहरूले यी विधि-विधानहरूको विषयमा सुन्नेछन्। ‘तब तिनीहरूले भन्नेछन्। साँच्चैनै यस राज्यका मानिसहरू ज्ञानी अनि बुज्जकी छन्।’
6 اگر از آنها با دل و جان اطاعت کنید، پیش مردم در داشتن حکمت و بصیرت مشهور می‌شوید و چون مردم کشورهای دیگر این قوانین را بشنوند، بگویند: 'این قوم بزرگ واقعاً دارای حکمت و بصیرت هستند.'
7“जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्।
7 «زیرا کدام قومی، هرقدر هم بزرگ باشد، مثل ما خدایی دارد که هر وقتی‌که به حضور او دعا کنند، به آنها نزدیک باشد و دعایشان را فوراً قبول فرماید؟
8आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन।
8 کدام ملّتی، هرقدر هم بزرگ باشد، قوانینی این چنین عادلانه که امروز به شما دادم، دارد؟
9तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ।
9 لیکن احتیاط کنید و متوجّه باشید، مبادا در طول زندگی خود چیزهایی را که با چشمان خود دیده‌اید فراموش کنید؛ بلکه به فرزندان و نوه‌های خود یاد بدهید.
10होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’
10 آن روزی را به‌خاطر بیاورید که در کوه سینا در حضور خداوند ایستاده بودید، او به من فرمود: 'مردم را در حضور من جمع کن تا کلام مرا بشنوند و بیاموزند که تا زنده هستند به من احترام بگذارند و بتوانند فرزندان خود را تعلیم بدهند.'
11तिमी नजिकै आयौ अनि पहाक्को फेदमा उभियौ। त्यो पहाक् जलेर आकाशसम्म पुग्यो र त्यहाँ कालो, बाक्लो अँध्यारो बादल थियो।
11 «شما نزدیک آمده در دامنه کوه ایستادید درحالی‌که ابرهای سیاه و غلیظی کوه را پوشانیده بودند و شعله‌های آتش از آن به آسمان زبانه می‌کشیدند.
12परमप्रभुले आगोबाट तिमीहरूलाई भन्नुभयो तर तिमीहरूले कसैलाई बोल्दै गरेको आवाज मात्र सुन्यौ, तर तिमीहरूले आकृति देखेनौ। त्यहाँ आवाज मात्र थियो।
12 آنگاه خداوند از میان آتش با شما صحبت کرد و شما تنها آواز کلام او را شنیدید، امّا خودش را ندیدید.
13परमप्रभुले तिमीहरूलाई दश आज्ञा, आफ्नो करार र ती पालन गर्नु भनी आज्ञा दिनु भयो, अनि परमप्रभुले करारका विधि-विधानहरू दुइवटा शिलापाटीमा लेखिदिनु भयो।
13 او پیمانی را که عبارت است از احکام ده‌گانهٔ او، بر دو لوح سنگی نوشت و به شما داد تا از آنها اطاعت کنید.
14त्यही समयमा परमप्रभुले यी नियमहरू तिमीहरूलाई सिकाउने आदेश दिनु भयो जुन यर्दन नदीको वरिपरिको भूमिमा तिमीहरूले अनुसरण गर्नुपर्छ जसलाई तिमीहरू आफ्नो बनाएर बाँच्न जाँदैछौ।
14 آنگاه خداوند به من امر فرمود تا آن قوانین را به شما تعلیم بدهم که وقتی به سرزمینی که نزدیک به تصرّف و اشغال آن هستید، رسیدید از آنها پیروی نمایید.
15“त्यस दिन जतिबेला होरेब पहाडमा आगोबाट परमप्रभु तिमीहरूसित बोल्नु भयो, तिमीहरूले उहाँलाई देखेनौ कारण उहाँ निराकार हुनुहुन्थ्यो।
15 «در آن روزی که خداوند در کوه سینا از بین آتش با شما صحبت کرد، هیچ شکل و صورتی را ندیدید، پس احتیاط کنید
16यसकारण होशियार बस, जीवित प्राणीहरूको आकारमा मिथ्या देवताहरूको मूर्तिहरू बनाउने पाप गरी आफैं ध्वंश नबन। पुरूष तथा स्त्रीको आकारमा मूर्ति नबनाऊ।
16 که با ساختن بت به هر شکل، چه زن چه مرد،
17पृथ्वीमा हिंडने पशुहरू तथा आकाशमा उडने चराहरूको मूर्तिहरू नबनाऊ।
17 و چه به صورت حیوان یا پرنده،
18भूइँमा घस्रिने जन्तु अथवा पानीमा पौरडने प्राणीहरूको मूर्तिहरू पनि नबनाऊ।
18 خزنده یا ماهی، خود را آلوده نسازید.
19अनि सावधान होऊ कारण आकाशमा सूर्य, जून, ताराहरूलाई पूजा गर्न आकृष्ट नहोऊ। ती वस्तुहरूलाई पूजा नगर। परमप्रभु तिमीहरूका परमेश्वरले संसारमा त्यसो गर्ने अरू सबै जातिहरूलाई छोडदिनु भएको छ।
19 همچنین وقتی به آسمانها نگاه می‌کنید و آفتاب، مهتاب و ستارگان را می‌بینید، منحرف نشوید و آنها را سجده و پرستش نکنید. خداوند خدایتان آنها را برای تمام اقوام جهان ساخته است.
20तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ।
20 خداوند شما را از کورهٔ آهن، یعنی از مصر بیرون آورد تا قوم خاص او باشید، طوری که امروز هستید.
21“तिमीहरूको निम्ति परमप्रभु मसित रिसाउनु भयो। त्यो असल भूमि जहाँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई राख्नु हुँदैछ त्यहाँ मलाई यर्दन नदीपारि जान नदिने कठोर प्रतिज्ञा गर्नु भयो।
21 «خداوند به‌خاطر شما از من خشمگین شد و قسم خورد که من از رود اردن عبور نمی‌کنم و در آن سرزمین حاصلخیز که به شما داده است قدم نمی‌گذارم.
22तिमीहरू यर्दन नदी पारिको असल भूमिमा गएर बस्न सक्छौ तर म त्यहाँ पस्न सक्तिनँ, मैले यहीं मर्नुपर्छ।
22 من در همین جا بدون آن که به آن طرف رود اردن بروم، می‌میرم؛ امّا البتّه شما برای تصرّف آن سرزمین حاصلخیز به آنجا می‌روید.
23तिमीहरू त्यस नयाँ भूमिमा सावधानी पूर्वक बस्नुपर्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गरेको करार बिर्सनु हुदैन। परमप्रभुको आदेश पालन गर र कुनै पनि आकारमा मूर्ति नबनाऊ।
23 پس احتیاط کنید تا پیمانی را که خداوند خدایتان، با شما بست، از یاد نبرید. هیچ نوع بُتی نسازید، زیرا خداوند خدایتان، شما را از این کار منع کرده است
24किन? किनभने, अरू देवता मान्ने मानिसहरूसित परमप्रभु तिमीहरूका परमेश्वर रिसाएर आगो भई जलाएर नष्ट पार्नु हुनेछ।
24 و بدانید که او آتشِ سوزنده و خدای غیور است.
25“तिमीहरू त्यहाँ धेरै समयसम्म रहनेछौ र त्यहाँ तिमीहरूको नानीहरू अनि नाता-नातिनहरू हुनेछन्। तिमीहरू नराम्रो काम गर्नु थाल्छौ। त्यहाँ तिमीहरूले नाना प्रकारको मूर्तिहरू बनाउनेछौ जसले परमप्रभुलाई रीस उठाउनेछ।
25 «حتّی اگر سالها در آن سرزمین زندگی کنید و دارای فرزند و نوه شده باشید، خود را با ساختن بُتها آلوده نسازید. این در نظر خداوند پلید است و او را خشمناک می‌سازد.
26यसकारण, म तिमीहरूलाई चेताउनी दिंदैछु स्वर्ग र पृथ्वी मेरा साक्षीहरू हुनेछन् र यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुग्नलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दैछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्यौ भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहाँ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंश हुनेछौ।
26 من امروز آسمان و زمین را علیه شما شاهد می‌گیرم که اگر مرا اطاعت نکنید، بزودی از روی زمین محو خواهید شد. در سرزمین آن‌سوی رود اردن که بزودی آن را تصرّف خواهید کرد، مدّت زیادی زندگی نخواهید کرد.
27परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ।
27 خداوند شما را در بین اقوام پراکنده می‌کند و تعداد شما را کم می‌سازد.
28त्यहाँ तिमीहरूले मानिसले बनाएको यस्तो देवता मूर्तिको सेवा गर्नेछौ, जसले न सुन्छ, न खान्छ न त गन्ध नै थाह पाउँछ कारण तिनीहरू केवल काठ अथवा ढुङ्गाका मूर्तिहरू हुनेछन्।
28 در آنجا بُتهایی را که از چوب و سنگ و به دست بشر ساخته شده‌اند، خواهید پرستید؛ بُتهایی که نه می‌بینند، نه می‌شنوند، نه می‌خورند و نه می‌بویند.
29तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेशवरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ।
29 در آنجا به دنبال خداوند خواهید گشت و اگر با تمام قلب خود به جستجوی او بپردازید، او را خواهید یافت.
30जब तिमीहरूमाथि मैले भनेको कुराहरू आइपर्नेछन्, संकष्टमा पर्नेछौ, तब तिमीहरू परमप्रभु आफ्नो परमेशवरको शरणमा पर्नेछौ अनि उहाँको आज्ञा पालन गर्नेछौ।
30 هنگامی‌که شما در دشواری هستید و همهٔ این وقایع رخ دهد، شما به سوی خداوند باز خواهید گشت و از صدای او اطاعت خواهید کرد.
31परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ, यसकारण उहाँले तिमीहरूलाई त्याग्नुहुन्न, तिमीहरूलाई नष्ट पार्नुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नु भएको करार कहिल्यै विर्सनु हुँदैन।
31 خداوند بخشنده است. او شما را تنها نخواهد گذاشت و نابود نخواهد کرد و او پیمانی را که با نیاکان شما بسته است، فراموش نخواهد ‌کرد.
32“अतीतमा यस्तो कुनै महाकार्य भएको थियो? कहिल्यै पनि भएन। तिमीहरू जन्मनु अघिको कुराहरूलाई नियालेर हेर। सृष्टिकालको अवस्थालाई सम्झ जुन समयमा परमेश्वरले मानिस-जातिको सृष्टि गर्नु भयो। संसारमा भएको सबै कुराहरूलाई गहिरो प्रकारले नियालेर हेर, यो भन्दा महान् कार्य कहिल्यै कतै घटेको कसैले सुनेको छ? छैन!
32 «گذشته را، یعنی زمان قبل از تولّدتان را، حتّی زمانی را که خداوند انسان را بر روی زمین آفرید، جستجو کنید. همهٔ زمین را جستجو کنید، آیا هرگز چنین امر عظیمی واقع شده یا کسی چیزی مانند این شنیده است؟
33तिमीहरूले परमेश्वरलाई आगोबाट बोल्नु भएको सुनेका छौ र पनि तिमीहरू जीवित नै छौ। तर तिमीहरूलाई थाहा छ अरू मानिसहरूसित यस्तो भएको छ? कहिले पनि भएको छैन।
33 آیا قومی هرگز صدای خداوند را در میان آتش شنیده که هنوز زنده باشد؟
34अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ।
34 آیا هرگز خدایی کوشش کرده است تا برود و قومی را از میان قومی دیگر برای خود برگزیند، همان‌گونه که خداوند خدای شما، این کار را برای شما در مصر انجام داد؟ در برابر چشمان شما، او قدرت عظیم خود را به کار برد. او بلا و جنگ آورد، نشانه‌ها و شگفتی‌ها انجام داد و باعث اتّفاق حوادث وحشتناک شد.
35परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन।
35 خداوند این چیزها را به شما نشان داد تا بدانید خداوند خدای شماست و خدای دیگری به جز او وجود ندارد.
36तिमीहरूलाई शिक्षा दिनको निम्ति उहाँले स्वर्गबाट आफ्नो आवाज सुनाउनु भयो, पृथ्वीमा उहाँले तिमीहरूको अघि आगोमा देखिनु भयो अनि त्यहाँबाट बोल्नु भयो।
36 او گذاشت تا صدای او را از آسمان بشنوید تا شما را تأدیب کند و در زمین، آتشِ عظیم خود را به شما نشان داد و شما کلام او را از میان آتش شنیدید.
37“तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नु हुन्थ्यो यसैकारण तिमीहरूलाई उहाँले उनीहरूका सन्तान बनाउन रोज्नु भयो। यसकारण आफ्नो महान् शक्तिद्वारा परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याउनु भयो।
37 زیرا او نیاکان شما را دوست داشت و فرزندان ایشان را برگزید و شما را در حضور خود و با قدرت عظیمش از مصر خارج کرد.
38उहाँले तिमीहरूलाई तिमीहरूको भन्दा महान् अनि शक्तिशाली जातिहरूको भूमिमा पस्ने अनि त्यसलाई तिमीहरूको आफ्नै बनाउनु भयो। उहाँले तिमीहरूलाई तिनीहरूको भूमिमा बस्न दिनु भयो। अनि उहाँले अझै गर्नु हुँदैछ।
38 و اقوامی را که بزرگتر و نیرومندتر از شما بودند، بیرون راند تا شما را وارد کند و سرزمین آنها را به شما بدهد، چنانکه امروز است.
39“तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्।
39 پس حالا بدانید و فراموش نکنید که خداوند خدای آسمانها و همچنین خدای روی زمین است و به غیراز او خدای دیگری وجود ندارد.
40आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”
40 شما باید از فرمانهای او که امروز به شما می‌دهم پیروی کنید تا خود و فرزندان شما کامیاب گردید و برای همیشه در سرزمینی که خداوند خدایتان به شما داده است، زندگی کنید.»
41यर्दन नदीको पूर्व भागमा मोशाले तीनवटा शहरहरू छान्नु भयो
41 بعد موسی سه شهر را در شرق رود اردن تعیین کرد
42यदि कुनै मानिसले अञ्जानमा अथवा कुनै शुत्रता बिनै कुनै अर्को मानिसलाई मार्यो भने त्यो मानिस आफ्नो बचाऊको निम्ति ती तीन शहरहरू मध्ये कुनै एउटामा भागेर जान सक्थ्यो। तर यदि मारिने मानिससित उसको कुनै शत्रुता थिएन भने मात्र त्यो मार्ने मानिसको सुरक्षा त्यस अवस्थामा हुन सक्थ्यो।
42 تا اگر کسی مرتکب قتل ناخواستهٔ شخصی شد که دشمن او نبوده است، برای فرار از خطر مرگ به یکی از آنها پناه ببرد.
43मोशाले चुनेका तीन शहरहरू यी नै थिएः रूबेनीहरूको निम्ति बेसेरको अग्लो तराई गादीहरूको निम्ति गिलादमा रामोत अनि मनश्शेहरूको निम्ति बाशानको गोलन।
43 این شهرها عبارت بودند از: باصر در همواری بیابان برای طایفهٔ رئوبین، راموت، در جلعاد برای طایفهٔ جاد و جولان، در باشان برای طایفهٔ منسی.
44मोशाले इस्राएलीहरूलाई परमेश्वरका व्यवस्थाहरू दिए।
44 موسی این احکام و قوانین را هنگامی که قوم از سرزمین مصر خارج شدند و در شرق درّهٔ اردن، مقابل بیت فغور اقامت داشتند، به آنها داد.
45इस्राएली मानिसहरू मिश्रदेशबाट आएपछि मोशाले यी शिक्षा, विधि-विधान, र नियमहरू तिनीहरूलाई बताए।
45 این همان سرزمینی بود که سیحون، پادشاه اموریان در آن سلطنت می‌کرد و پایتخت آن، شهر حشبون بود. موسی و قوم اسرائیل سیحون را با مردمش مغلوب ساختند.
46जुन समयमा तिनीहरू यर्दन नदी पूर्वपट्टि अवस्थित बेतपोर पारीको बेंसीमा थिए मोशाले तिनीहरूलाई यी विधि-विधानहरू दिए। तिनीहरू हेश्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनको देशमा थिए। (मिश्रदेशबाट आउँदा मोशा अनि इस्राएलका मानिसहरूले तिनलाई पराजित गरेका थिए।
46 قوم اسرائیل سرزمین سیحون و همچنین سرزمین عوج پادشاه باشان را که هر دو از پادشاهان اموری در شرق رود اردن بودند، اشغال کردند.
47तिनीहरूले सिहोनको राज्य र बाशानका राजा ओगको राज्य कब्जा गरे। यी दुवै एमोरी राजाहरू यर्दन नदीको पूर्वपट्टि बस्थे।
47 این سرزمین از عروعیر در کنار وادی ارنون تا کوه سریون که همان حرمون است امتداد داشت و شامل تمام منطقهٔ شرق رود اردن بود که از جنوب به دریای مُرده و از مشرق به کوهپایهٔ کوه فسجه منتهی می‌شود.
48यो भूमि अर्नोन बेंसीको किनारमा अरोएरदेखि पर्वत सियोन (हर्मोन पर्वत) सम्म फिंजिएको थियो।)
48 و شامل تمام منطقهٔ شرق رود اردن بود که از جنوب به دریای مُرده و از مشرق به کوهپایهٔ کوه فسجه منتهی می‌شود.
49यस भूमि अन्तर्गत यर्दन नदी पूर्वी भागको सम्पूर्ण बेंसी, दक्षिणमा अराबा समुद्रसम्म र पूर्वमा पिस्गा पर्वत पथ्यर्रो।