1परमेश्वरको उपासना गर्न जाँदा खुबै होशियार होऊ। अज्ञानीहरूले जस्तो परमेश्वरलाई बली चढाउनु भन्दा उनको आज्ञा मान्नु धेरै राम्रो हो अज्ञानीहरू प्राय खराब काम गर्ने गर्छन् र के गर्दैछन् त्यो पनि जान्दैनन्।
1
وقتی به معبد بزرگ میروی مواظب رفتار خود باش، زیرا گوش دادن و یاد گرفتن بهتر از آن قربانیای است که اشخاص نادان میگذرانند، ولی خوب را از بد تشخیص نمیدهند.
2परमेश्वरसित प्रतिज्ञा गर्ने बेलामा होशियार होऊ। परमेश्वरसित प्रतिज्ञाहरू गर्नमा हतार नगर। परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी पृथ्वीमा छौ। यसकारण तिमीले परमेश्वरसंग एकदमै कम बोल्नु पर्छ। यो उखान साँचो छ
2
پیش از آنکه حرفی بزنی خوب فکر کن، در سخنی که میگویی عجله منما و در حضور خدا حرف نسنجیده مگو، زیرا او در عالم بالا است و تو بر روی زمین هستی. پس سخنانت خلاصه و کوتاه باشد.
3धेरै चिन्ता गर्नाले खराब सपना देखिन्छ। र धेरै बोल्नाले मूर्ख कुरा उब्जन्छ।
3
زحمت و مشقّت زیاد در کار، خواب را پریشان میسازد و پُرگویی نشانهٔ نادانی است.
4यदि तिमीले परमेश्वरसंग कुनै कुराको प्रतिज्ञा गर्छौ भने पुरा गर्नमा दिलो नगर। परमेश्वर मूर्ख मानिसहरूसंग खुशी हुनुहुन्न। तिमीले परमेश्वरलाई जुन कुरो चढाउँने प्रतिज्ञा गरेका छौ त्यो चढाऊ।
4
هرگاه برای خدا نذری داری، در ادای آن تأخیر منما، زیرا او از مردم نادان بیزار است. به قول خود وفادار باش.
5बरू कुनै भाकलै नगर्नु राम्रो हो तर भाकल गरेर पूरा नगर्नु राम्रो होइन।
5
بهتر است اصلاً نذر نکنی تا اینکه نذر نموده، ادا ننمایی.
6यसर्थ तिम्रो आफ्नै शब्दहरूले आफैंलाई पापमा पतन नगराओस् पूजाहारीलाई नभन, “मैले जे कुरा भनें त्यसको अर्थ यो होइन!” तिमीले यसो गर्यौ भने परमेश्वर तिम्रा शब्दहरूमा रिसाउनुहुनेछ, जुन कुराको निम्ति तिमीले कर्म गरेका छौ ती सबै नष्ट पारिदिनु हुनेछ।
6
مگذار که سخنان دهانت، تو را به گناه وادار کند و به خادم خدا بگویی که نذر تو اشتباهی بوده است. چرا خدا بر تو خشمگین شود و تمام حاصل کار تو را از بین ببرد؟
7धेरै सपनाहरू देख्नाले र शेखी गर्नाले व्यर्थको कुराहरूमा डोर्याउँछ। तिमीले परमेश्वरलाई आदर गर्नुपर्छ।
7
خیالات زیاد و سخنان بیمعنی بیهوده است. انسان باید از خدا بترسد.
8कतिपय देशहरूमा तिमीले यस्ता दीन-हीन मानिसहरू देख्छौ जसलाई कठोर मेहनत गर्न वाध्य गरिन्छ। तिमी बुझ्न सक्छौ कि गरीबहरू प्रति यस्तो व्यवहार राम्रो होइन। यो गरीबहरूको अधिकारको विरूद्ध ठहरिन्छ। तर अचम्म नमान। जो शासकले ती मानिसहरूलाई काम गर्न वाध्य तुल्याउँछन् तिनलाई वाध्य तुल्याउने अर्को शासक पनि हुन्छन्। अनि अझै अर्को एक शासक पनि हुन्छ, जसले यी दुवै शासकहरूलाई काम गर्न वाध्य गराउँछन्।
8
اگر میبینی که بر مردم مسکین ظلم میشود و عدالت و انصاف اجرا نمیشود، تعجّب نکن، زیرا بر هر مأمور یک مأمور بالاتر نظارت میکند و یک مأمور دیگر و عالیتر همگی را تحت نظر خود دارد.
9यति हुँदाहुँदै पनि कुनै खेती गर्न योग्य भूमिमा एउटा राजा हुनु देशको निम्ति लाभदायक हो। राजा पनि अन्तमा एउटा दास नै हो।
9
هرکسی از زمین بهره میگیرد، حتّی پادشاه هم در آن سهمی دارد.
10जसले धनलाई प्रेम गर्छ त्यो आफूसित भएको धनले कहिल्यै सन्तुष्ट हुँदैन। जसले धनलाई प्रेम गर्छ, धेरै भन्दा धेरै धन प्राप्त गरे पनि उसको मन कहिल्यै अघाउँदैन। यसकारण धन पनि व्यर्थै हो।
10
شخص پول دوست، هرگز از پول سیر نمیشود و کسیکه طالب ثروت است هرگز به آنچه دلش میخواهد نمیرسد. این نیز بیهوده است.
11कसैसित जति धेरै धन हुन्छ, उसलाई खर्च गर्नको निम्ति त्यति नै धेरै साथीहरू हुन्छन्। यसकारण त्यस धनी मानिसलाई वास्तवमा प्राप्त केही हुने होइन्। उसले आफ्नो धनलाई मात्र हेरिबस्न सक्छ।
11
هرقدر ثروت زیاد شود به همان اندازه خورندگان آن زیاد میشوند. چه چیزی عاید صاحب آن میشود جز اینکه آن را به چشمان خود ببیند؟
12जसले सारा दिन कडा मेहनत गर्छ, ऊ घर गएर चैन साथ सुत्न सक्छ। उसलाई खान कम छ कि धेरै छ केही खाँचो पर्दैन। तर धनी मानिस आफ्नो धनको चिन्तामा नै डुबिरहन्छ र सुत्नसम्म पनि सक्दैन्।
12
خواب کارگر شیرین است، چه کم خورده باشد، چه زیاد، امّا ثروت شخص دولتمند نمیگذارد که او شبها خواب راحت داشته باشد.
13मैले यस जीवनमा धेरै दुखको कुरो घटेको देखेको छु। मानिसले भविष्यको लागि धन सञ्चय गर्छन् तर त्यसले नोक्सानी पुर्याउँछ।
13
مشکل بزرگ دیگری که در این دنیا دیدم این است که شخصی پول ذخیره میکند تا در آینده از آن استفاده کند،
14अनि केही नराम्रो घटना घट्छ र उसको सबै कुरा जान्छ र त्यस मानिससित आफ्नो छोरालाई दिने पनि केही रहँदैन।
14
بعد همهٔ اندوختهٔ خود را در یک حادثه از دست میدهد و حتّی چیزی برای فرزندانش بجا نمیماند.
15एक मानिस आफ्नो आमाको गर्भबाट खाली हात आँउछ। जब त्यस मानिसको मृत्यु हुँन्छ, उ आफूसित केही नलिई सबै कुरा यही छोडेर जाँदछ। सम्पत्ति थुपार्न उसले कठोर परिश्रम गर्दछ तर जब मर्छ उ आफूसित केही लिएर जान सक्दैन।
15
برهنه از مادر به دنیا آمدهاند و همانطور برهنه از دنیا میروند و از ثروت خود چیزی را با خود نمیبرند.
16यो बडा दुखको कुरो हो। यस संसारलाई उसले त्यसरी नै छोड्नु पर्छ जसरी उ आएको थियो। यसकारण ‘हावालाई पक्रने कोशिश” गर्नाले के पाउन सक्छ?
16
واقعاً جای افسوس است که مردم رنج و زحمت بیهوده میکشند، دست خالی آمدهاند و دست خالی هم میروند و نتیجهٔ زحمتشان در پی باد دویدن است.
17उसले यदि केही पाँउछ भने त्यो हो दुख र शोकले भरेको दिन, त्यसैले आखिरमा ऊ हताश, रोगी र रिसाहा बन्दछ।
17
تمام زندگی آنها در تاریکی و با درد و رنج و خشم سپری میشود.
18मैले त यो देखें कि मानिसले जे गर्न सक्छ त्यो सबैभन्दा असल रहेछ खान, पिऊन र जुन काम उसले यस धर्तीमा आफ्नो छोटो जीवनमा गर्छ त्यसमा आनन्द लिन्छ। परमेश्वरले यिनै केही दिनहरू दिनुभएको छ बस् यहि तिम्रो र उसको हो।
18
به نظر من بهتر است که انسان بخورد و بنوشد و از دوران کوتاه زندگی خود که خدا به او داده و از آنچه که با کار و زحمت خود به دست آورده است لذّت ببرد، چون قسمتش همین است.
19यदि परमेश्वरले कसैलाई धन, सम्पत्ति र ती कुराहरूको आनन्द लिने शक्ति दिनुभएको छ भने उसले तिनको आनन्द लिन पर्छ। आफूसित जे जस्तो छ त्यसलाई स्वीकार गर्नुपर्छ र परमेश्वरबाट उपहार स्वरूप पाएको आफ्नो काममा आनन्द मनाउनु पर्छ।
19
اگر خدا به کسی ثروت و دارایی میبخشد، او باید این بخشش خدا را با شکرگزاری بپذیرد و از آن لذّت ببرد.
چنین شخصی به دوران کوتاه عمر خود فکر نمیکند، چون خدا دل او را از شادی لبریز کرده است.
20यसो भए त्यस्ता मानिसले कहिल्ये पनि जीवन छोटो छ भनी सोच्दैन। किन कि परमेश्वरले त्यस्तालाई त्यस्तै काममा लगाई राख्नुहुन्छ, जुन काम गर्नमा उसको रूचि हुँदछ।
20
چنین شخصی به دوران کوتاه عمر خود فکر نمیکند، چون خدا دل او را از شادی لبریز کرده است.