1सीनैको मरूभूमिबाट सबै इस्राएली दलसंगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपीदीम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन।
1
تمام بنیاسرائیل از بیابان سین کوچ کردند و طبق دستور خداوند از جایی به جای دیگر میرفتند. آنها در رفیدیم اردو زدند ولی در آنجا آب برای نوشیدن نداشتند.
2यसर्थ तिनीहरू मोशाको विरोधमा कुरा गर्न लागे अनि तिनीहरूले भने, “हामीलाई पिउने पानी देऊ।” मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित बहस गर्छौ? किन परमप्रभुको परीक्षा लिन्छौ?”
2
پس با اعتراض به موسی گفتند: «به ما آب بده تا بنوشیم.»
موسی در جواب آنها گفت: «چرا اعتراض میکنید؟ چرا خداوند را امتحان میکنید؟»
3तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरूद्ध गन-गन गरिरहे। मानिसहरूले भने, “किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा ल्यायौ? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरून भनी लिएर आएका हौ?”
3
امّا مردم که خیلی تشنه بودند به شورش خود ادامه داده به موسی گفتند: «چرا ما را از مصر بیرون آوردی تا ما و بچّهها و گلّههای ما را در این بیابان از تشنگی هلاک کنی؟»
4अनि मोशाले परमप्रभुलाई विन्ती गरे, “म यी मानिसहरूसित के गर्न सक्छु? तिनीहरू मलाई मार्न तैयार छन्।”
4
موسی با التماس به خداوند عرض کرد: «با این قوم چه کنم؟ چون نزدیک است مرا سنگسار کنند.»
5परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूअघि जाऊ र तिनीहरूबाट केही बूढाप्रधानहरूलाई तिमीसंगै लैजाऊ। र आफ्नो लहुरो पनि ल्याऊ। त्यो लहुरो त्यही हो जुन तिमीले नील नदीमा हिर्काउनमा प्रयोग गरेका थियौ।
5
خداوند به موسی فرمود: «چند نفر از رهبران بنیاسرائیل را با خود بردار و پیشاپیش مردم برو. آن عصایی را که با آن به رود نیل زدی به دست بگیر.
6म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।” मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे।
6
من بر روی صخرهای در کوه سینا میایستم. تو با عصایت به آن صخره بزن تا از آن صخره آب بیرون بیاید و مردم بنوشند.» پس موسی در حضور تمام رهبران اسرائیل این کار را انجام داد.
7मोशाले त्यस ठाउँको नाउँ मरीबा र मस्सा राखे किनभने यो त्यही ठाउँ हो जहाँ इस्राएली मानिसहरूले उनको विरोद्धमा गए अनि परमप्रभुको परीक्षा लिएका थिए। मानिसहरू जान्न चाहन्थे, परमप्रभु तिनीहरूसित हुनुहुन्छ अथवा हुन्न।
7
موسی اسم آن محل را مساه و مریبا گذاشت زیرا بنیاسرائیل در آنجا اعتراض کرده و خداوند را امتحان نمودند چون گفتند: «آیا خداوند با ما هست یا نه؟»
8रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाइँ गरे।
8
عمالیقیها آمدند و در رفیدیم با بنیاسرائیل به جنگ پرداختند.
9यसर्थ मोशाले यहोशूलाई भने, “केही मानिसहरूलाई छान र भोलि अमालेकीहरूसित युद्ध गर्न जाऊ। म पर्वतमाथि बसेर तिमीलाई हेर्नेछु। म त्यहाँ परमेश्वरको लहुरो पक्वी रहनेछु।”
9
موسی به یوشع گفت: «عدّهای از مردها را انتخاب کن و فردا به جنگ عمالیقیها برو. من روی قلّهٔ کوه میایستم و عصایی را که خداوند فرموده است به دست میگیرم.»
10यहोशूले मोशाको आज्ञा पालन गरे। अर्को दिन उनी अमालेकीहरूसित युद्ध गर्न गए। त्यही समय मोशा, हारून र हूर पर्वतको टाकुरामा गए।
10
یوشع هرچه موسی دستور داده بود انجام داد و به جنگ عمالیقیها رفت. موسی و هارون و حور هم به قلّهٔ کوه رفتند.
11केही समयमा जब मोशाले आफ्नो हात हावामामाथि उठाउँथे इस्राएलीहरूले युद्धमा जित्थे तर जब मोशा आफ्नो हात तल झार्थे अमालेकीहरूले जित्नु शुरू गर्थे।
11
تا زمانی که موسی دستهای خود را بالا نگه میداشت، بنیاسرائیل پیروز میشدند امّا همین که موسی دستهایش را پایین میآورد عمالیقیها پیروز میشدند.
12केही समय पछि मोशाका पाखुरा थाके। मोशासित भएका मानिसहरूले बस्नको निम्ति एउटा ढुङ्गा ल्याए अनि हारून र हूरले मोशाको हात उठाएर राखे। मोशाको एकापट्टि हारून र अर्कोपट्टि हूर थिए। तिनीहरूले मोशाको हातहरू घाम नअस्ताउञ्जेलसम्म माथि उठाई राखे।
12
وقتی دستهای موسی خسته شد، هارون و حور سنگی آوردند و موسی روی آن نشست و هارون و حور در دو طرف او ایستادند و دستهای او را بالا نگه داشتند. دستهای موسی تا غروب آفتاب بالا بود.
13यसरी यहोशू र उसका मानिसहरूले अमालेकीहरूलाई यस युद्धमा परास्त गरे।
13
به این ترتیب یوشع عمالیقیها را با شمشیر شکست داد.
14तब परमप्रभुले मोशालाई भन्नु भयो, “यस युद्ध बारे एउटा पुस्तकमा लेख अनि यहोशूलाई भन म अमालेकीहरूलाई सम्पूर्ण रूपले ध्वंश गरिदिनेछु।”
14
پس از آن خداوند به موسی فرمود: «این پیروزی را به یادگار در کتاب بنویس و به یوشع بگو من حتّی یاد عمالیقیها را هم در زیر آسمان از بین خواهم برد.»
15तब मोशाले त्यहाँ एउटा वेदी बनाए। उनले यसको नाउँ दिए, “परमप्रभु मेरो झण्डा हो।”
15
موسی قربانگاهی ساخت و آن را «خداوند پرچم من است» نامید.
و گفت: «پرچم خداوند برافراشته خواهد بود و خداوند تا ابد با عمالیق جنگ خواهد کرد.»
16मोशाले भने, “मैले परमप्रभुको सिंहासनतिर हात बढाएको थिएँ। यसकारण परमप्रभुले अमालेकीहरूको विरोधमा लडाइँ गर्नु भयो उहाँ यो सधैं गर्नु हुन्छ।”
16
و گفت: «پرچم خداوند برافراشته خواهد بود و خداوند تا ابد با عمالیق جنگ خواهد کرد.»