Nepali

Persian

Ezekiel

11

1तब हावाले मलाई परमप्रभुको मन्दिरको पूर्वी ढोकामा लग्यो। त्यस ढोका पूर्वपट्टि फर्केको थियो जताबाट सूर्य उदय हुन्थ्यो। मैले त्यस मूल ढोकाको प्रवेशमा पच्चीस जना मानिसहरू देखें। अज्जूरको छोरा याजन्याह तिनीहरूसित थिए अनि बनायाहको छोरा पलत्याह दुवै जना मानिसहरूको अगुवा त्यहाँ थिए।
1 روح خدا مرا برداشت و به دروازهٔ شرقی معبد بزرگ آورد. آنجا در نزدیک دروازه، بیست و پنج مرد بودند و در میان ایشان یازنیا پسر عزور و فلطیا پسر بنایاهو یعنی رهبران قوم را دیدم.
2त्यसपछि परमेश्वर मसित बोल्नु भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। यिनीहरू ती मानिसहरू हुन् जसले शहरमा नराम्रो योजनाहरू बनाउँछन्। तिनीहरूले मानिसहरूलाई नराम्रो काम गर्न उस्काउँछन्।
2 خدا به من فرمود: «ای انسان فانی، این مردان توطئه‌های شریرانه‌ای می‌چینند و در این شهر راهنمایی‌های پلید می‌کنند.
3तिनीहरू भन्छन्, ‘हामीहरू फेरि चाँडै आफ्नो घर बनाउदैनौं? यो शहर एउटा भाँडा हो र हामी मासु हौ।’
3 ایشان می‌گویند: 'زمان آن نرسیده که خانه‌ها را بسازیم، این شهر چون دیگ است و ما گوشت در آن می‌باشیم.'
4तिमीले मानिसहरूसँग मेरो निम्ति कुरा गर्नुपर्छ। मानिसको छोरो जाऊ र मानिसहरूलाई अगमवाणी गर।”
4 بنابراین ای انسان فانی، علیه ایشان نبوّت کن.»
5तब परमप्रभुका आत्मा ममाथि आउनु भयो र मलाई भन्नुभयो, “तिनीहरूलाई भन परमप्रभुले यी सबै कुरा भन्नु हुँदैछ इस्राएलका घरानाहरू, तिमीहरूले ठूलो योजना बनाउँदैछौ। तर मलाई थाहा छ तिमीहरूले के सोचिरहेकाछौ।
5 آنگاه روح خداوند بر من آمد و فرمود که بگو خداوند چنین می‌فرماید: «ای قوم اسرائیل، این سخنی است که می‌گویید، امّا من می‌دانم که چه می‌اندیشید.
6तिमीले यो शहरको धेरै मानिसहरू मार्यौ। तिमीले सडकको गल्लीहरू मारिएका मानिसहरूको लाशले भरिदियौ।
6 شما بسیاری را در شهر کشته‌اید. خیابانها را از اجساد پُر کرده‌اید.
7अब हाम्रा परमप्रभु यसो भन्नु हुन्छ, ‘यी सबै लाशहरू मासु हो अनि शहर भाँडा हो। तर उनी (नबूकदनेस्सर) आउनेछन अनि तिमीहरूलाई यो सुरक्षाको भाँडाबाट लिएर जानेछन्।
7 «بنابراین من، خداوند متعال می‌گویم: کشته‌شدگانی را که در درون دیگ گذاشته‌اید گوشت هستند و این شهر دیگ، امّا شما از آن بیرون آورده خواهید شد.
8तिमी तरवारसँग भयभीत छौ। तर म तिम्रो विरूद्ध तरवार लिएर आउँदैछु।”‘ परमप्रभु हाम्रो मालिकले यी सबै कुरा भन्नुभयो। यसकारण यो घट्ने छ।
8 شما از شمشیر ترسیدید، و من شما را به شمشیر می‌سپارم.
9परमेश्वरले यो पनि भन्नुभयो, “म तिमीहरूलाई यो शहरबाट बाहिर निकाल्नेछु अनि तिमीहरूलाई अपरिचितहरूको हातमा सुम्पिदिनेछु। म तिमीहरूलाई दण्ड दिनेछु!
9 شما را از شهر بیرون می‌برم و به دست بیگانگان خواهم سپرد و داوری خود را به اجرا خواهم گذاشت.
10तिमीहरू तरवारद्वारा मारिनेछौ। म तिमीहरूलाई त्यहाँ इस्राएलमा दण्ड दिनेछु, यसकारण तिमीहरूले सम्झनेछौ कि त्यो म हुँ जसले तिमीहरूलाई दण्ड दिँदैछु, म परमप्रभु हुँ।
10 با شمشیر کشته خواهید شد و در مرز اسرائیل شما را داوری خواهم کرد.
11हो, यो स्थान पकाउँने कराही हुनेछ अनि तिमीहरू यसमा मासु हुनेछौ जुन भुटिन्छ! म तिमीहरूलाई यहाँ इस्राएलमा दण्ड दिनेछु!
11 این شهر مانند دیگی که گوشت را حفظ می‌کند، از شما حفاظت نخواهد کرد. در هر کجای سرزمین اسرائیل باشید شما را مجازات خواهم کرد.
12त्यसपछि तिमीहरूले जान्नेछौ कि म नै परमप्रभु हुँ। त्यो मेरो नियम थियो जुन तिमीले तोड्यौ। तिमीले मेरो नियमहरू पालन गरेनौ। तिमीले आफ्नो चारैतिरको राष्ट्रका मानिसहरू जस्तै बस्ने निर्णय गर्यौ।”
12 آنگاه خواهید دانست که من خداوند هستم و هنگامی‌که از قوانین کشورهای همسایه پیروی می‌کردید، قوانین مرا می‌شکستید و از فرمانهای من سرپیچی می‌کردید.»
13मैले परमेश्वरको निम्ति बोल्न समाप्त गर्ने साथ, बनायाहको छोरा पलत्याह मरे। म पृथ्वीमा लडे। मैले पृथ्वीमा टाउको टेकें र भनें, “हाय! परमप्रभु मेरा मालिक के तपाईं इस्राएलका सबै बाँचेका मानिसहरूलाई सम्पूर्ण रूपले नाश गर्न तयार हुनुहुन्छ?”
13 هنگامی‌که نبوّت می‌کردم، فلطیا پسر بنایا مُرد. پس با صورت بر خاک افتادم و فریاد برآوردم: «ای خداوند متعال، آیا همهٔ بازماندگان اسرائیل را نابود خواهی کرد؟»
14तर त्यसपछि परमप्रभुको वचन मैले प्राप्त गरें। उहाँले भन्नुभयो,
14 آنگاه خداوند به من فرمود:
15“मानिसको छोरो! तिमी इस्राएलको परिवारको आफ्ना दाजू-भाइहरूलाई सम्झना गर जसलाई आफ्नो देश छोडनलाई बाध्य गरिएको थियो। तर म तिनीहरूलाई फर्काई ल्याउँनेछु। तर यहाँ यरूशलेमका बासिन्दाहरूले भन्दैछन्, ‘तिनीहरू परमप्रभुबाट टाढो गए। यो भूमि हामीलाई दिइसकेकोछ यो हाम्रो हो।”‘
15 «ای انسان فانی، خویشاوندان و قوم تو که در اورشلیم هستند، دربارهٔ تو و هموطنانت که در تبعید به سر می‌برید، می‌گویند: 'آنها از خداوند دور شده‌اند، بنابراین حالا این سرزمین به ما تعلّق دارد.'
16“यसकारण मानिसहरूसँग भन परमप्रभु हाम्रा मालिक भन्नु हुन्छ, ‘यो साँचो हो कि मैले आफ्नो मानिसहरूलाई टाढो भूमिहरूमा जानको निम्ति बाध्य गरें। मैले नै तिनीहरूलाई धेरै देशहरूमा तितर-बितर पारें। ती भूमिहरूमा म तिनीहरूको निम्ति केही समय मन्दिर हुनेछ।
16 «بنابراین چنین بگو: خداوند، خدا می‌فرماید: هر چند ایشان را به دوردستها بردم و در میان ملّتها پراکنده ساخته‌ام، امّا در حال حاضر من پناهگاه ایشان هستم.
17यसकारण तिमीले तिनीहरूलाई भन्नु पर्छ कि परमप्रभु तिनीहरूको मालिकले तिनीहरूलाई फेरि फर्काएर ल्याउँनु हुन्छ। मैले तिमीहरूलाई धेरै देशहरूमा छरिदिएँ। तर म तिमीहरूलाई एक ठाँउमा जम्मा गर्नेछु अनि ती देशहरूबाट तिमीहरूलाई फर्काएर ल्याउँनेछु। म इस्राएलको प्रदेश तिमीहरूलाई फेरि दिनेछु।
17 «بنابراین به آنها بگو که من، خداوند متعال چنین می‌گویم، ایشان را از بین مردم و کشورهایی که در آنها پراکنده‌اند، جمع می‌کنم و سرزمین اسرائیل را به آنها می‌دهم.
18अनि जब हाम्रा मानिसहरू फर्कन्छन् त्यसबेला तिनीहरूले त्यो सबै डरलाग्दा कुहिएको देव-मूर्तिहरू जुन अहिले यहाँ छ नष्ट गरिदिनेछन्।
18 هنگامی‌که بازگردند، تمام بُتهای آلوده و ناپاک را از میان برخواهند داشت.
19म तिनीहरूलाई एकैसाथ ल्याउँनेछु अनि तिनीहरूलाई एउटै मानिस जस्तै बनाउँनेछु। म तिनीहरूमा नँया आत्मा भर्नेछु। म तिनीहरूको ढुङ्गाको हृदय तोडेर त्यो ठाँउमा साँचो हृदय भरिदिनेछु।
19 من در ایشان دل و روح تازه‌ای خواهم نهاد و دل سنگی را از جسم ایشان برمی‌دارم و دلی از گوشت به ایشان خواهم بخشید.
20तब तिनीहरूले मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो नियमहरू पालन गर्नेछन्, तिनीहरूले त्यो काम गर्नेछन् जुन म गर्न लगाउँछु। तिनीहरू साँच्चै मेरो प्रजा हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुनेछु।”‘
20 تا از احکام من پیروی کنند و دستورات مرا بجا آورند. ایشان قوم من خواهند بود و من هم خدای ایشان خواهم بود.
21त्यसपछि परमेश्वरले भन्नुभयो, “तर यस समय उहाँको हृदय डरलाग्दा कुहिएको मूर्ति भइसकेको छ। मैले ती मानिसहरूलाई तिनीहरूको नराम्रो कामको निम्ति दण्ड दिनुपर्छ जुन तिनीहरूले गरेका छन्।” मेरा स्वामी परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो।
21 امّا کسانی‌که دل ایشان به دنبال پرستش بُتهای نفرت‌انگیز و ناپاک است، آنها را به خاطر آنچه که کرده‌اند، مجازات می‌کنم.
22तबपछि करूब स्वर्गदूतले आफ्नो पंखेटा फट्फटायो अनि हावामाथि उड्यो। पाङ्ग्रा तिनीहरूसितै गयो। इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो।
22 آنگاه موجودات به پرواز درآمدند و چرخها با ایشان رفتند. نور درخشندهٔ حضور خدای اسرائیل بر فراز ایشان بود.
23परमप्रभुको महिमामाथि हावामा उठ्यो अनि उसले यरूशलेम छोडि दियो। अनि केही क्षणको लागि यरूशलेमको पूर्वी पहाडमा गएर बस्यो।
23 سپس جلال خداوند از میان شهر برخاست و بر کوهی که در قسمت شرقی شهر بود، توقّف کرد.
24तब वतासले मलाई हावामाथि उठायो अनि फेरि बाबेल पुरायो, ती मानिसहरूकहाँ पुरायो जुन मानिसहरूलाई इस्राएल छोड्नुको निम्ति बाध्य गराइएको थियो। त्यसपछि दर्शनमा परमेश्वरको आत्मा हावामा उठाउनुभयो अनि मलाई छोडियो। मैले ती सबै चीजहरू परमेश्वरको दर्शनमा देखें।
24 روح خدا مرا در رؤیا برداشت و دوباره نزد تبعیدشدگان در بابل برد. در همین جا رؤیای من به پایان رسید. و هرچه را خداوند به من نشان داده بود، به تبعید شدگان گفتم.
25त्यसपछि मैले निर्वासित मानिसहरूसँग कुरा गरें। मैले ती सबै कुराहरू बताएँ जुन परमप्रभुले मलाई देखाउनु भएको थियो।
25 و هرچه را خداوند به من نشان داده بود، به تبعید شدگان گفتم.