1पावल, प्रेरितबाट प्रणाम। प्रेरित हुनलाई, मलाई न त मानिसहरूले चुने न म कुनै मानिसद्वारा पठाइएँ। येशू ख्रीष्ट अनि पिता परमेश्वरले नै मलाई प्रेरित नियुक्त गर्नु भएको हो। परमेश्वर नै एक हुनुहुन्छ जसले येशूलाई मृत्युबाट बौराई ल्याउनु भएको थियो।
1
از طرف پولس رسول كه رسالت خود را نه از جانب انسان و نه به وسیلهٔ كسی بلكه از طرف عیسی مسیح و خدای پدر كه مسیح را پس از مرگ زنده گردانید، به دست آورد.
2मसित भएका सबै ख्रीष्ट भाइहरूबाट गलातियामा भएका मण्डलीहरूलाई प्रणाम।
2
تمام ایماندارانی كه با من هستند به كلیساهای غلاطیه درود میفرستند.
3परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति दिउन।
3
فیض و آرامش خدا، پدر ما و عیسی مسیح خداوند بر شما باد.
4परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनको लागि उनले आफैलाई हाम्रा पापहरूका निम्ति बलि दिए।
4
همان عیسی كه جان خود را برای گناهان ما داد تا طبق ارادهٔ پدر ما خدا، ما را از این زمانهٔ شریر برهاند.
5उनको सदा सर्वदा महिमा होस्। आमिन।
5
خدا را تا به ابد جلال باد! آمین.
6केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुसरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ।”
6
من از این تعجّب میکنم كه شما به این زودی از آن کسیکه شما را به فیض مسیح دعوت كرده است رویگردان شدهاید و اكنون از انجیل دیگری پیروی میکنید!
7वास्तवमा, कुनै अर्को सुसमाचार साँचो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्।
7
(درصورتی كه انجیل دیگری وجود ندارد) امّا عدّهای هستند كه میخواهند شما را مضطرب سازند و انجیل مسیح را تحریف نمایند.
8हामीले तिमीहरूलाई साँचो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने उसमा विश्वास गर्नु हुँदैन।
8
حتّی اگر ما یا فرشتهای از آسمان، انجیلی غیراز آنچه ما اعلام كردیم بیاورد، بر او لعنت باد!
9हामीले यो अघि नै भनिसकेका छौं। र अहिले पनि भन्दैछु। तिमीहरूले साँचो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताँउछ भने त्यसको विरोध गर्नुपर्छ।
9
چنانکه قبلاً گفته بودم باز هم تكرار میکنم: «هر کسیکه انجیلی غیراز آنچه پذیرفتید، بیاورد بر او لعنت باد!»
10अनि के मलाई नै स्वीकार गरून् भनी मानिसहरूलाई मैले विश्वास गराउने चेष्टा गर्दैछु भन्ने तिमीहरू सझंन्छौ? होइन! मैले परमेश्वरलाई मात्र खुशी पार्ने चेष्टा गर्दैछु। मैले मानिसहरूलाई खुशी पार्न चाहेको छु र? यदि अझै मानिसहरूलाई नै खुशी पार्ने चेष्टा गर्दै थिएँ भने म येशू ख्रीष्टको सेवक बन्ने थिइनँ।
10
آیا این سخن میرساند كه من رضایت آدمیان را میخواهم؟ خیر! من فقط رضایت خدا را میخواهم. آیا قصدم خشنود ساختن مردم است؟ اگر تاكنون قصدم این بود خادم مسیح نمیبودم!
11दाज्यू-भाइहरू हो! म इच्छा गर्छु कि तिमीहरूले जान, जुन सुसमाचर मैले प्रचार गरें त्यो मानिसले बनाएको होइन।
11
ای دوستان من، میخواهم بدانید انجیلی كه من به شما دادم، ساخته و پرداختهٔ دست انسان نیست.
12मैले मानिसहरूबाट सुसमाचार पाइनँ। कसैले मलाई सुसमाचार सिकाएको होइन। येशू ख्रीष्ट आफैले मलाई यो प्रकट गर्नु भएको हो।
12
من آن را از كسی نگرفتم و كسی هم آن را به من نیاموخت. بلكه عیسی مسیح به وسیلهٔ الهام آن را به من آشكار ساخت.
13मेरो बितेको जीवन बारे तिमीहरूले सुनिसकेका छौ। म यहूदी धर्म मान्ने थिएँ। मैले परमेश्वरको मण्डलीलाई खुबै सताँए। म मण्डलीलाई भत्काउने कोशिश गर्थैं।
13
سرگذشت و کارهای سابق مرا در دین یهود شنیدهاید كه چگونه با بیرحمی به كلیسای خدا آزار میرسانیدم و در نابود ساختن آن میكوشیدم.
14म यहूदी धर्ममा विश्वास गर्थें। म यहूदी धर्मको नेता बन्न लागेको थिएँ। मैले मेरा समकालीन नव युवक यहूदीहरूलाई उछिनेको थिएँ। पुराना रीति-थिति मान्न म अरूभन्दा ज्यादै जोशीलो थिएँ। ति सब रीति-रिवाजहरू हामीले आफ्ना पुर्खाहरूबाट पाएका थियौं।
14
و در رعایت دیانت یهود از تمام یهودیان هم سن خود سبقت میگرفتم و خیلی بیشتر از آنها در اجرای تعالیم نیاكانمان متعصّب بودم.
15तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए।
15
امّا وقتی خدا كه مرا قبل از تولّد برگزیده و به وسیلهٔ فیض خود مرا دعوت كرده بود، صلاح دانست
16परमेश्वरले मलाई आफ्ना पुत्रको सुसमाचार अयहूदीहरू माझ भन्न इच्छा गरे। यसैले परमेश्वरले मलाई आफ्ना पुत्रको दर्शन गराए। परमेश्वरले बोलाउँदा मैले कसैबाट कुनै सल्लाह र सहायता लिइनँ।
16
كه پسر خود را در من ظاهر سازد تا بشارت او را به ملل غیر یهود برسانم، به عوض اینکه با كسی مشورت كنم
17न त म भन्दा अघि प्रेरित हुनेहरूलाई भेटन गएँ। तर, अबेर नगरी म अरब देशमा गएँ र त्यहाँबाट दमस्कस शहरमा फर्केर आएँ।
17
یا به اورشلیم نزد آنانی كه قبل از من رسول بودند بروم، فوراً به عربستان رفتم و بعد به دمشق باز گشتم.
18तीन र्वषपछि म यरूशलेम गएँ, म पत्रुसलाई भेट्न चाहन्थे। पत्रुससित म पन्ध्र दिन बसे।
18
بعد از سه سال به اورشلیم برگشتم تا با پطرس آشنا شوم و مدّت پانزده روز نزد او ماندم.
19मैले अरू प्रेरितहरूलाई भेटिनँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्।
19
هیچ رسول دیگری را به جز یعقوب، برادر خداوند ندیدم.
20परमेश्वर जान्दछन् मैले लेख्न लागेका यी कुराहरू झूटा होइनन्।
20
آنچه به شما مینویسم عین حقیقت است و خدا شاهد است كه دروغ نمیگویم.
21तब म सिरिया र सिलिसिया गएँ।
21
بعداً به نواحی سوریه و قلیقیه رفتم
22यहूदीयामा ख्रीष्टका मण्डलीले यसभन्दा अघि मेरो अनुहार देखेका थिएनन्।
22
و كلیساهای مسیح در یهودیه مرا شخصاً نمیشناختند.
23मेरो बारेमा तिनीहरूले खालि यति सुनेका थिएः “यस मानिसले हामीलाई खुब सताउने गर्थ्यो तर उही नै अहिले मानिसहरूलाई त्यही विश्वासका कुराहरू गरिहिंडछ जुन विश्वासलाई उ नष्ट गर्ने प्रयास गर्थ्यो।”
23
فقط میشنیدند كه: «آن کسیکه به ما آزار میرسانید، اكنون همان ایمانی را بشارت میدهد كه زمانی میکوشید آن را از بین ببرد.»
و خدا را بهخاطر من سپاس میگفتند.
24यी विश्वासीहरूले मेरै कारणले परमेश्वरको धेरै प्रशंसा गरे।
24
و خدا را بهخاطر من سپاس میگفتند.