Nepali

Persian

Genesis

46

1यसर्थ इस्राएलले मिश्र देशको यात्रा शुरू गरे। पहिला तिनी बर्शेबा गए। त्यहाँ तिनले आफ्नो बुबा इसहाकका परमेश्वरलाई बलि चढाए। उनले परमेश्वरको आराधना गरे।
1 یعقوب ‌هرچه ‌داشت‌ جمع ‌كرد و به ‌بئرشبع‌ رفت‌. و در آنجا برای خدای پدرش ‌اسحاق‌ قربانی‌ها گذرانید.
2त्यस रात परमेश्वर इस्राएलसित सपनामा बोल्नु भयो। परमेश्वरले भन्नुभयो, “याकूब, याकूब।” अनि इस्राएलले उत्तर दिए, “म यहाँ छु।”
2 در شب ‌خدا در رؤیا به ‌او ظاهر شد و فرمود: «یعقوب‌، یعقوب‌،» او جواب ‌داد: «بلی‌، ای خداوند.»
3तब परमेश्वरले भन्नुभयो, “म परमेश्वर हुँ, तिम्रा बाबुको परमेश्वर। मिश्रमा जान नडराऊ मिश्रमा म तिमीलाई ठूलो जातिहरू बनाउनेछु।
3 خداوند فرمود: «من‌ خدا هستم‌. خدای پدرت‌. از رفتن ‌به ‌مصر نترس‌. زیرا من ‌در آنجا از تو قومی بزرگ به وجود خواهم‌ آورد.
4म तिमीसँगै मिश्र जानेछु, तर म आफैंले निश्चय नै मिश्रबाट तिमीलाई फर्काएर ल्याउनेछु। जब तिमी मर्छौ तिम्रो आँखा आफ्नो हातले बंद गरिदिने यूसुफ हुनेछ।”
4 من ‌با تو به ‌مصر خواهم‌ آمد و از آنجا تو را به ‌این‌ زمین ‌برمی‌گردانم‌. موقع‌ مردنت‌ یوسف‌ پیش ‌تو خواهد بود.»
5त्यसपछि याकूबले बेर्शेबा छोडे र मिश्रको यात्रा गरे। उसका छोराहरू, पत्नीहरू र तिनीहरूका सबै नानीहरू मिश्रमा ल्याए। फिरऊनले पठाएको गाडीहरूमा तिनीहरूले यात्रा गरे।
5 یعقوب ‌از بئرشبع ‌حركت ‌كرد. پسرانش‌ او و بچّه‌های كوچک‌ و زنان ‌خود را در گاری‌هایی كه‌ فرعون‌ فرستاده ‌بود، سوار كردند.
6तिनीहरूसित गाई-वस्तुहरू र मिश्रमा तिनीहरूसित भएका सबै चीजबीजहरू थिए। यसर्थ आफ्नो सबै नानीहरू र परिवारसित मिश्र गए।
6 آنها گلّه‌ها و تمام‌ اموالی را كه‌ در كنعان ‌به دست‌ آورده ‌بودند برداشته ‌و به ‌مصر رفتند. یعقوب‌ تمام ‌خانواده‌اش‌
7तिनीसित तिनका छोरा-छोरीहरू र नाती-नातिनीहरू थिए। तिनका सबै परिवार तिनीसित मिश्रमा गए।
7 یعنی پسران‌، دختران و نوه‌هایش ‌را هم‌ با خود به ‌مصر برد.
8तिनीसित मिश्र जाने छोरा-छोरी तथा परिवार यिनै हुनः रूबेन याकूबका जेठो छोरो थिए।
8 نام‌ کسانی‌که ‌با یعقوب ‌به‌ مصر رفتند از این ‌قرار است‌: پسر بزرگ‌ یعقوب‌، رئوبین‌
9रूबेनका छोराहरूः हनोक, पल्लु, हेस्रोन अनि कर्मी थिए।
9 و پسران ‌رئوبین‌، حنوک، فلو، حسرون ‌و كارمی
10शिमोनका छोराहरूः यमूएल, यामीन, ओहद, याकीन अनि सोहर र कनानी पनि थिए। (शाओल कनानी पत्नीबाट जन्मेका शिमोनका थिए।)
10 و شمعون ‌و پسرانش‌: یموئیل‌، یامین‌، اوهد، یاكین‌، صوحر و شاول پسر زن‌ كنعانی‌.
11लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।
11 لاوی و پسرانش‌: جرشون‌، قهات‌ و مراری
12यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।
12 یهودا و پسرانش‌: شیله‌، فارص ‌و زارح‌ (عیر و اونان‌ پسران ‌دیگر یهودا در كنعان ‌مردند.) پسران ‌فارص‌ كه ‌عبارت ‌بودند از: حصرون ‌و حامول‌.
13इस्साकारका छोराहरूः तोला, पुवा, योब र शिम्रोन थिए।
13 یساكار و پسرانش‌: تولاع‌، فُوَه‌، یوب‌ و شمرون‌.
14जबूलूनका छोराहरूः सेरेद, एलोन अनि यहलेल थिए।
14 زبولون ‌و پسرانش‌ سارد، ایلون ‌و یا حلیئیل‌.
15रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून याकूबकी पत्नी लेआबाट जन्मेका छोराहरू थिए। लेआले यी छोराहरू पद्यानआराममा जन्माएकी थिइन्। तिनकी एउटी दीना नाउँ भएकी छोरी पनि थिइन्। यस परिवारमा तेत्तीस जना मानिसहरू थिए।
15 اینها پسرانی هستند كه ‌لیه ‌علاوه ‌بر دخترش ‌دینه‌، برای یعقوب‌ در فدان ‌اَرام‌ به دنیا آورد و تعدادشان ‌سی و سه ‌نفر بود.
16गादका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी, र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरीआका हेबेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।
16 همراه‌ اینها جاد و پسران ‌او یعنی صفیون‌، حجی‌، شونی‌، اصبون‌، عبی‌، ارودی و ارئیلی بودند.
17अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।
17 همچنین‌ اشخاص ‌ذیل‌ هم‌ در جمع‌ آنها بودند: پسران ‌اشیر: یمنه‌، یشوه‌، یشوی‌، بریعه ‌و خواهرشان‌ سارح‌. پسران‌ بریعه‌: حابر و ملكیئیل‌.
18यी सब याकूबकी पत्नी लेआकी कमारी जिल्पाबाट जन्मिएका थिए। (जिल्पा लाबानले आफ्नी छोरी लेआलाई दिएको कमारी हो।) त्यस परिवारमा सोह्र जना मानिसहरू थिए।
18 شانزده ‌پسر زلفه‌، كنیزی كه ‌لابان ‌به‌ دختر خود، لیه ‌داد.
19याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यूसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।)
19 دو پسر راحیل ‌زن‌ یعقوب ‌یوسف ‌و بنیامین‌.
20मिश्रमाहुँदा यूसुफको दुइवटा छोराहरू जन्मिएः मनश्शे अनि एप्रैम थिए। ओन शहरका एक जना पूजाहारी पोतीफेराकी छोरी आसनतले यूसुफका लागि यी छोराहरू जन्माइन्।
20 پسران‌ یوسف‌، منسی و افرایم‌ كه‌ اسنات‌ دختر فوطی فارع‌، كاهن ‌اون‌، برای یوسف‌ در سرزمین ‌مصر به دنیا آورد.
21बिन्यामीनका छोराहरूः बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही शेश, मुप्पीम, हुप्पीम अनि आर्द थिए।
21 پسران ‌بنیامین‌: بالع‌، باكر، اشبیل‌، جیرا، نعمان‌، ایحی‌، رش‌، مفیم‌، حفیم‌ و آرد.
22यिनीहरू याकूबकी पत्नी राहेलबाट जन्मेका छोराहरू थिए। यस परिवारमा चौध जना मानिसहरू थिए।
22 این چهارده نفر پسران‌ و نوادگان راحیل ‌و یعقوب ‌بودند.
23हुशीम दानका छोरो थियो।
23 پسر دان‌: حوشیم‌.
24नप्तालीका छोराहरूः यहसेल, गुनी, येसेर अनि शिल्लेम थिए।
24 پسران ‌نفتالی‌: یحصیئیل‌، جونی‌، یصر و شلیم‌.
25याकूब र बिल्हाबाट जन्मेका छोराहरू तिनीहरू नै थिए। (बिल्हा लाबानले आफ्नी छोरी राहेललाई पठाएको कमारी थिइ।) यस परिवारमा सात जना मानिसहरू थिए।
25 اینها پسران‌ بلهه‌، كنیزی كه ‌لابان ‌به ‌دختر خود راحیل ‌داد و او برای یعقوب ‌به دنیا آورد تعدادشان ‌هفت‌ نفر بود.
26याकूबका सन्तानहरू जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।)
26 تعداد فرزندان‌ یعقوب‌-به ‌غیراز پسران و زنهای آنها- كه ‌با او به ‌سرزمین‌ مصر رفتند شصت ‌و شش‌ نفر بود.
27त्यसमा यूसुफका दुइजना छोराहरू पनि थिए जो मिश्र देशमा जन्मेका थिए। यसर्थ मिश्र देशमा याकूब परिवारका मानिसहरू जम्मा सत्तरी जना थिए। इस्राएल मिश्रमा पुग्छ
27 و با دو پسر یوسف‌ كه‌ در مصر متولّد شده ‌بودند مجموع‌ خانوادهٔ یعقوب ‌به‌ هفتاد می‌رسید.
28याकूबले यूसुफसित कुराकानी गर्न यहूदालाई पहिले पठाए। गोशेन भूमिमा यहूदा यूसुफसित कुरा गर्न गयो। त्यसपछि याकूब र उनका अन्य मानिसहरू त्यस भूमिमा गए।
28 یعقوب‌ یهودا را پیش ‌از خود پیش ‌یوسف‌ فرستاد تا به ‌او خبر بدهد كه‌ پدرش ‌و خانوادهٔ او در راه ‌هستند و بزودی به‌ جوشن ‌می‌رسند.
29यूसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यूसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यूसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिंगन गरे र धेरै बेरसम्म रोए।
29 یوسف‌ ارابهٔ خود را حاضر كرد و به ‌جوشن ‌رفت ‌تا از پدرش ‌استقبال‌ كند. وقتی یكدیگر را دیدند، یوسف‌ دستهای خود را به‌ گردن ‌پدرش ‌انداخت ‌و مدّت‌ زیادی گریه کرد.
30तब इस्राएलले यूसुफलाई भने, “अब म शान्तिसित प्राण त्याग्न सक्छु। मैले तेरो मुख देखें अनि बुझें तँ जिउँदै छस्।”
30 یعقوب‌ به‌ یوسف ‌گفت‌: «حالا دیگر برای مردن‌ حاضرم‌، من ‌تو را دیدم‌ و یقین‌ دارم ‌كه‌ هنوز زنده‌ای‌.»
31यूसुफले आफ्नो दाज्यू-भाइ तथा बाबुका अरू परिवारलाई भने, “म जान्छु र फिरऊनलाई तिमीहरू यहाँ आएको कुरा गर्छु। म फिरऊनलाई भन्छु ‘मेरा दाज्यू-भाइ र मेरो बाबुका अरू सन्तानहरूले कनान देश छोडेर यहाँ मकहाँ आएका छन्।
31 سپس‌ یوسف ‌به ‌برادرانش ‌و سایر اعضای خانوادهٔ پدرش‌ گفت‌: «من ‌باید به ‌نزد فرعون ‌بروم ‌و به ‌او خبر بدهم‌ كه ‌برادرانم ‌و تمام‌ اهل‌ خانهٔ پدرم‌ كه ‌در كنعان ‌زندگی می‌كردند پیش ‌من ‌آمده‌اند.
32यी परिवारहरू गोठालाहरू थिए। तिनीहरूले संधै भेडा र गाई-गोरूहरू पाल्थे। तिनीहरूसित भएका गाई-वास्तुहरू सबै लिएर आएका छन्।’
32 به ‌او خواهم‌ گفت‌ كه ‌شما چوپان‌ هستید و حیوانات ‌و گلّه‌ها و رمه‌های خود را با تمام ‌دارایی خود آورده‌اید.
33जब फिरऊनले बोलने छन् र तिमीहरूलाई तिनले सोध्ने छन्, ‘तिमीहरूले के काम गर्छौ?’
33 وقتی فرعون ‌از شما بپرسد كه ‌كار شما چیست‌؟ بگویید: 'ما از دوران‌ كودكی مانند اجدادمان‌ چوپان‌ بودیم‌ و از گلّه‌های خود مواظبت‌ می‌كنیم‌.' به ‌این ‌ترتیب ‌او به‌ شما اجازه ‌می‌دهد كه‌ در منطقهٔ جوشن ‌ساكن‌ شوید.» یوسف ‌این ‌را به‌خاطر این ‌گفت ‌كه‌ مصری‌ها چوپانان ‌را ناپاک‌ می‌دانستند.
34तिमीहरूले उनलाई भन्नु, ‘हामी भेडा गोठालाहरू हौं। जीवनभरि हामी भेडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।’
34 بگویید: 'ما از دوران‌ كودكی مانند اجدادمان‌ چوپان‌ بودیم‌ و از گلّه‌های خود مواظبت‌ می‌كنیم‌.' به ‌این ‌ترتیب ‌او به‌ شما اجازه ‌می‌دهد كه‌ در منطقهٔ جوشن ‌ساكن‌ شوید.» یوسف ‌این ‌را به‌خاطر این ‌گفت ‌كه‌ مصری‌ها چوپانان ‌را ناپاک‌ می‌دانستند.