Nepali

Persian

Habakkuk

2

1“म एउटा प्रहरी झैं उभिन्छु र हेर्छु। परमप्रभुले मलाई के भन्नु हुन्छ म पर्खेर सुन्नेछु। म प्रतिक्षा गर्नेछु अनि म जान्नेछु कि उहाँले मेरो प्रश्नको के जवाफ दिनुहुन्छ।”
1 اکنون از بُرج دیدبانی خود بالا می‌روم و انتظار می‌کشم تا ببینم که خداوند به من چه می‌فرماید و به شکایت من چه پاسخی می‌دهد.
2परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसंग लेख कारण अरु मानिसहरुले पनि हेरेर पढ्न सकुन्।
2 خداوند به من پاسخ داد: «آنچه را که در رؤیا به تو نشان می‌دهم به طور آشکار و خوانا بر لوحی بنویس تا هرکسی بتواند با یک نگاه آن را بخواند.
3यो समचार त्यो एउटा बिशेष भबिष्यको बिषयमा छ। यो समचार अन्तको समयको बिषयमा हो अनि यो सत्य हुन आउनेछ। यस्तो लाग्नेछ त्यस्तो समय कहिल्यै आउँनेछैन। तर धीरजसंग त्यसको समय प्रतिक्षा गर। त्यो समय आउनेछ त्यो आउन ढिलो लाग्ने छैन।
3 این رؤیا اکنون اتّفاق نمی‌افتد، امّا در وقت معیّن اتّفاق خواهد افتاد و زمان آن بزودی خواهد رسید. آنچه را که به تو نشان می‌دهم حتماً واقع خواهد شد. شاید تا وقوع آن مدّت زیادی طول بکشد، ولی منتظر باش، زیرا وقوع آن حتمی و بدون تأخیر است.
4यो समचारले ती मानिसहरुलाई सहाएता गर्ने छैन जसले यसमाथि कान थाप्न अस्वीकार गर्नेछन्। तर धर्मी मानिसहरुले यो समचारमाथि बिश्वास गर्नेछन् अनि तिनीहरुलाई आफ्नो विश्वासको कारणले बाँच्न दिइनेछ।”
4 پیغام این است: مردم بدکار هلاک می‌شوند، امّا شخص نیکو به وسیلهٔ ایمان زندگی خواهد کرد.»
5परमेश्वर भन्नुहुन्छ, “दाखरसले मानिसलाई धोखा दिन सक्छ त्यस्तै प्रकारले एउटा शक्तिशाली मानिसको घमण्डले उसलाई मुर्ख बनाउँछ। त्यो मानिसले शान्ति पाउनेछैन। ऊ एउटा मृत्यु जस्तै हो, उसमे सधैं धेरै-धेरै इच्छा गर्छ। मृत्यू झैं ऊ कहिल्यै पनि तृप्त हुँदैन। उसले अर्को देशलाई सधैं हराई रहनेछ। उसले अन्य सबै राष्ट्रहरुलाई कैदी जस्तै लगिरहनेछ।
5 ثروت فریبنده است. اشخاص حریص مغرورند و آرامی ندارند. قومها را اسیر کرده آنها را نزد خود جمع می‌کنند و مانند مرگ به کام خود فرو می‌برند و سیر نمی‌شوند.
6निश्चय नै यी मानिसहरुले उसको हाँसो उडाउँनेछन् अनि भन्छन्, ‘अर्काको धन खोसेर धनी हुनेलाई धिक्कार होस्, त्यसले कहिले सम्म त्यसो गर्छ? त्यसलाई धिक्कार होस् जो अर्काको धन खोसेर धनी हुन्छ।’
6 اسیران با طعنه و تمسخر به بابلی‌ها می‌گویند: «وای بر شما! زیرا آنچه را که مال شما نیست می‌گیرید و به دارایی خود می‌افزایید؛ تا به کی مردم را مجبور می‌سازید تا بیشتر از آنچه که بدهکار هستند به شما بپردازند؟»
7“हे, मानिस, तिमीले मानिसहरुको धेरै धन खोसेका छौ। जे जति भइरहेछ त्यसको विरोधमा एक दिन ती मानिसहरु उठ्नेछन्। उनीहरुले चाल पाउने छन् अनि तिम्रो विरोधमा खडा हुनेछन्। त्यस समय तिनीहरुले ती सबै कुराहरु तिमीबाट लिनेछन्। अनि तिमी भयभित हुनेछौ।
7 آیا کسانی‌که به شما بدهکار هستند ناگهان برنخواهند خاست و شما را به وحشت نخواهند انداخت و شما را غارت نخواهند کرد؟
8तिमीले धेरै देशहरु लुट्यौ। तर बाँकी रहेका जातिहरुले तिमीलाई लुट्नेछन्। तिमीले धेरै मानिसहरुको हत्या गर्यौ तिमीले खेतहरु र शहरहरु नष्ट पार्यौ र बासिन्दाहरुलाई मार्यौ।
8 چون شما قومها را غارت کرده‌اید، پس بازماندگان آنها شما را غارت می‌کنند، زیرا شما مرتکب قتل شدید و ظلم و ستم را بر روی زمین رواج دادید و شهرها و ساکنان آنها را از بین بردید.
9हो, जो मानिसले नराम्रो कर्मद्वारा धन कमाउँछ, उमाथि नराम्रो कुराहरु हुनेछ। सुरक्षासित बाँच्नको लागि उसले त्यसो गर्छ। उसले सोच्छ कि अरु मानिसले उसको धन लुट्न सक्दैन, तर नराम्रो कुरा उसमाथि घट्नेछ।
9 وای به حال شما که از راه شرارت برای خود ثروت اندوخته‌اید تا خود و خانواده‌تان در رفاه و آسایش زندگی کنید و از خطر و بلا در امان باشید.
10“तिमीले धेरै मानिसहरुको सर्वनासको योजना बनाएर राखेका छौ। तर ती योजनाहरुले तिम्रो घरमा लाज ल्याउनेछन्। तिमीले दुष्ट्याईं गर्यौ यसकारण तिमाले तिम्रो जीवन गुमाउने छौ।
10 نقشه‌های شوم شما باعث رسوایی خودتان می‌شوند. شما با نابود کردن مردم، مرگ و نیستی را برای خود می‌آورید.
11तिम्रो घरको पर्खालहरु तिम्रो बिरुद्धमा चिच्याई-चिच्याई बोल्नेछन्। तिम्रो घरका काठका खामाहरुले पनि तिम्रो दुष्ट्याईंको गवाही गिनेछन् कि तिमीले दुष्ट कार्य गर्यौ।
11 حتّی سنگهای دیوار و تیرهای سقف خانه‌تان برضد شما فریاد برمی‌آورند.
12ती गुष्ट शासकहरुलाई नराम्रो हुनेछ जसले निर्दोष मानिसहरुलाई मारेर शहरको निर्माण गर्छन अनि दुष्ट्याईंद्वारा शहरहरु स्थापित गर्छन् तिनीहरुलाई नराम्रो हुनेछ।
12 وای بر شما که شهرها و روستاهای خود را با غارت و ریختن خون مردم، می‌سازید.
13सर्वशक्तिमान परमप्रभुले निर्णय लिनुभएको छ कि ती मानिसहरुले निर्माण गरेको शहरहरु सबै आगोले जलाएर खरानीमा परिणत गर्ने। तिनीहरुको सबै मेहनत बेकामको भएर जानेछ।
13 قومهایی که آنها را اسیر کردید از دسترنج خود فایده‌ای نبردند. آنها زحمت بی‌فایده کشیدند و همهٔ چیزهایی که ساخته‌اند دود می‌شوند و به هوا می‌روند، زیرا خداوند متعال چنین اراده فرموده است.
14तब सबै तिर मानिसहरुले परमप्रभुको महिमा जान्नेछन् अनि यो खबर समुद्रमा पानी जसरी फिंजिन्छ त्यसरि नै फिंजिनेछ।
14 امّا همان‌طور که دریاها پُر از آب می‌باشند، زمین نیز از حکمت و جلال خداوند پر خواهد شد.
15हाय! तिमीलाई हेर! जसले आफ्ना साथीहरुलाई तिनीहरुलाई धर्खराउन्जेल र चूर भई मातेर लडे झैं नहुन्जेल सम्म कुर्छौ र जब तिनीहरु नाङ्गो लड्छन् तब हेर्छौ।
15 وای بر شما که همسایگان خود را با جام غضب خود مست می‌سازید و بعد، از رسوایی آنها لذّت می‌برید.
16“तर त्यलाई परमप्रभुको क्रोधको बिषयमा ज्ञान हुन्छ। त्यो क्रोध विषको एउटा बोटुको समान हुन्छ जुन परमप्रभुले आफ्नो दाहिने हातमा लिनुभएको छ। त्यस मानिसले त्यो क्रोधको विष चाख्नु पर्छ। तब त्यो कुनै मातेको मानिस झैं मैदानमा लड्नेछ। “हे दुष्ट शासक तिमीले विषको त्यो बोटुको पिउनेछौ। तिमीले इज्जत हैन लाज पाउँनेछौ।
16 بزودی شکوه و جلال شما به رسوایی تبدیل خواهد شد و از پیالهٔ مجازات خداوند خواهید نوشید و مست شده به زمین خواهید افتاد.
17लबानोनमा तिमीले धेरै मानिसको हत्या गरेका छौ। तिमीले त्यहाँ धेरै पशुहरु लुटेका छौ। तिमीले लवानोनमा गरको हिंसाले तिमीलाई अत्याउँनेछ। तिम्रो पशुहरु अनि मानिसको वृहत हत्याले तिमी भयले आघातित हुनेछौ। ती शहरहरु अनि त्यहाँका मानिसहरुलाई नराम्रो काम गरेकोले तिमी डराउँने छौ।”
17 به‌خاطر ظلمهایی که در لبنان کرده‌اید و حیواناتی را که به وحشت انداختید و هلاک نمودید، اکنون خودتان نابود می‌شوید. به سبب خونهایی که ریخته‌اید و ظلمها‌ی که در شهرهای روی زمین و بر مردم آن کرده‌اید خودتان گرفتار ظلم و ستم می‌گردید.
18उसका झुटो देवताले उसलाई बचाउँन सक्दैन। किनकि त्यो त एउटा मानव निर्मित मूर्ति मात्र हो, जो धातुले मोहरेर बनाइएकोछ। यसकारण मूर्ति निर्माण-कर्ताले यसबाट सहाएता पाउने अपेक्षा गर्न सक्तैन। त्यो मूर्ति बोल्न सक्तैन।
18 از بت چه فایده‌ای به انسان می‌رسد؟ بُتی که انسان آن را بتراشد و بسازد و سپس بر آن توکّل نماید، تنها تمثالی است دروغین که حتّی نمی‌تواند حرف بزند و از آن نمی‌توان چیزی آموخت.
19जसले एउटा काठको मूर्तिलाई भन्छ, “हे देवता जाग उठ!” उसलाई अत्यन्तै नराम्रो हुनेछ। त्यो मानिसलाई धिक्कार जसले एउटा ढुङ्गाको मुर्ति जो बोल्न सक्दैन त्यसलाई भन्छ, “हे परमेशवर! उठ, जाग।” त्यो मूर्तिले सहाएता गर्न सक्दैन अथवा मार्ग दर्शन दिन सक्दैन। मूर्ति सुन अथवा चाँदीद्वारा मोहरिएको छ, तर त्यसभित्र जीवन छैन।
19 وای به حال شما که به یک تکه چوب می‌گویید «بیدار شو» و از یک بت بی‌جان می‌خواهید که برخیزد. آیا بت می‌تواند به شما چیزی بیاموزد؟ بُتها از بیرون با نقره و طلا پوشانده شده‌اند، امّا بی‌جان هستند و روحی در آنها نیست. امّا خداوند در معبد مقدّس خود است، پس تمام روی زمین در حضور او خاموش باشند.
20तर परमप्रभु, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नु हुन्छ। यसकारण परमप्रभुको सामुन्ने सम्पुर्ण पृथ्वी चुप बसेर उहाँ प्रति सम्मान प्रकट गर्नु पर्छ।
20 امّا خداوند در معبد مقدّس خود است، پس تمام روی زمین در حضور او خاموش باشند.