Nepali

Persian

Hebrews

12

1हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दगुर्नु पर्छ। यदि दौडमा केही बाधा आउछ भने त्यसलाई फ्याँकनु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ।
1 پس اكنون كه گرداگرد ما چنین شاهدان امین بی‌شماری قرار گرفته‌اند، ما باید از هر قید و بندی و هر گناهی كه دست و پای ما را بسته است، آزاد شویم و با پشتكار در میدانی كه در برابر ما قرار گرفته است، بدویم.
2हामीले सदा येशूको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।
2 به عیسی كه ایمان ما را به وجود آورده و آن را كامل می‌گرداند، چشم بدوزیم. چون او به‌خاطر شادی‌ای كه در انتظارش بود، متحمّل صلیب شد و به رسوایی مردن بر روی صلیب اهمیّت نداد و بر دست راست تخت الهی نشسته است.
3विवादहरू सहनुहुन येशूलाई विचार गर जब पापीहरूले उहाँलाई सताए, उहाँले सहनु भयो। हताश नबन? तर धीरज बन अनि येशूको बारेमा संझ।
3 به آنچه او متحمّل شد و به ضدیّت و مخالفتی كه او از طرف گناهكاران دید، بیندیشید و مأیوس و دلسرد نشوید.
4तिमीहरू पापको विरूद्ध लडदैछौ, तर अहिले सम्म तिमीहरूलाई रगत बगाउनु पर्ने अवस्थासम्म पुगेका छैनौ।
4 هنوز لازم نشده است كه شما در تلاش خود برضد گناه، خون خود را بریزید.
5तिमीहरू परमेश्वरका पुत्रहरू हौ, त्यसैकारण तिमीहरूलाई उहाँले अर्ती दिनुहुन्छ। तिमीहरूले उहाँका शब्दहरू भुलेका छौ “मेरो छोरा! परमेश्वरको अनुशासन हल्कासित नलेऊ, तिमी हताश नबन, जब प्रभुले तिमीहरूलाई सुधार्नुहुन्छ।
5 آیا این قسمت امیدبخش از كتاب خدا، كهشما را فرزندان خطاب می‌کند، از یاد برده‌اید؟ «ای فرزند من، تأدیب خداوند را ناچیز نشمار و وقتی او تو را سرزنش می‌کند ناامید نشو،
6प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।’ हितोपदेश 31:1-12
6 زیرا خداوند هرکه را دوست دارد تأدیب می‌کند، و هركه را به فرزندی می‌پذیرد تنبیه می‌نماید.»
7त्यसैले हरेक दुखलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्।
7 شما باید متحمّل این سختی‌ها بشوید، زیرا این نشان می‌دهد كه خدا با شما مانند فرزندان خود رفتار می‌کند. آیا هرگز فرزندی بوده است، كه به دست پدر خویش تأدیب نشده باشد؟
8हरेक छोराले जस्तो तिमीले कहिल्यै सजाय पाएका छैनौ भने तिमी खास छोरा नै होइनौ।
8 پس اگر شما مانند سایر پسران او تأدیب نشوید، معلوم است كه حرامزاده هستید و نه پسران حقیقی!
9यस पृथ्वीमा, हामी सबैका आ-आफ्ना पिताहरू छन् जसले हामीलाई अनुशासित गर्छन्। अनि हामी उनीहरूको आदर गर्छौ नै। यसर्थ अझ बढी हामीले आफ्ना आत्मिक पिताको अनुशासन स्वीकार गर्नुपर्छ। यसो गरयौं भने हामीले जीवन पाउनेछौ।
9 ما نسبت به پدران جسمانی‌مان كه ما را تأدیب نمودند، احترام لازم را نشان داده‌ایم، پس چقدر بیشتر باید مطیع پدر روحانی خود باشیم و زنده بمانیم.
10हाम्रा संसारिक पिताहरूले हामीहरूलाई उनीहरूले उचित सम्झेको अनुशासनको निम्ति केही समयको लागि सजाय दिए। तर उहाँ जस्तै पवित्र हुनलाई हाम्रा आत्मिक पिताले हामीलाई अनुशासित गराउँनु हुन्छ।
10 پدران جسمانی برای زمانی كوتاه بر طبق صلاحدید خویش، ما را تأدیب كردند، امّا خدا به‌خاطر خیریّت ما این‌کار را می‌کند تا مثل او پاک شویم.
11सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं।
11 زمانی‌که تنبیه می‌شویم نه تنها برای ما خوشایند نیست، بلكه دردناک است، امّا بعدها کسانی‌که با چنین تنبیهی تأدیب شده‌اند، از ثمرات آرامش یک زندگی نیکو بهره‌مند می‌شوند.
12तिमीहरू कमजोर भएका छौ। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ।
12 به دستها و پاهای سست و لرزان خود نیرو بخشید.
13असल तरिकाले बाँच जसमा कि तिमीहरू सुरक्षित रहनेछौ र आफ्ना कमजोरीबाट नष्ट हुनेछैनौ।
13 در راه راست گام بردارید تا نه تنها اعضای بیمار و معیوب شما، از مفاصل خود جدا نشوند، بلكه نیروی اولیهٔ خود را باز یابند.
14सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।
14 بكوشید تا با همهٔ مردم با صلح و سازش رفتار كنید و زندگی شما پاک و منزّه باشد، زیرا بدون آن هیچ‌کس خداوند را نخواهد دید.
15सर्तक बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बंचित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बडनु हुँदैन र अरूलाई बिगार्नु हुँदैन।
15 از یكدیگر توجّه كنید. مبادا كسی در میان شما از فیض خدا دور شود. مواظب باشید كه كسی در میان شما مثل گیاهی تلخ و زهرآگین رشد نكند و موجب ناراحتی بسیاری نگردد
16कसैले यौन अपराध गर्नुहुँदैन, अथवा एसाव जस्तो सांसारिक मनको हुनुहुँदैन। एसाव जेठो छोरो थियो र बाबुको सम्पत्तिको उत्तराधिकारी थियो। तर ती सब उसले एक छाक खानाको लागि बेच्नु पर्यो।
16 و مانند عیسو، فاسدالاخلاق و كافر نباشد. او حق نخستزادگی خود را به یک وعده غذا فروخت،
17तिमीहरू जान्दछौ, पछिबाट, उसले आफ्ना पिताको आशीर्वादको लागि रूनु पर्यो। तर उसलाई आशीर्वाद दिन अस्वीकार गरे। किनकि एसावले आफूले गरेका कुराहरू बदल्ने उपाय पाउन सकेन।
17 و شما می‌دانید كه اگرچه او بعداً می‌‌خواست آن بركت را باز به دست آورد، ولی پذیرفته نشد، زیرا راهی برای بازگشت نداشت، اگرچه او با ریختن اشک در پی آن بود.
18तिमीहरू नयाँ ठाउँमा आएका छौ। तिमीहरू छुन नसकिने, आगोले नजल्ने पाहाडमा आएका छैनौ। न त अन्धकारमा, विषादमा, आँधीमा आएका छैनौ। यही पाहाड हो जहाँ इस्राएलीहरू आएका थिए।
18 شما پیش آتش محسوس و مشتعل كوه سینا نیامده‌اید و در برابر تاریكی و تیرگی و گردباد
19यहाँ तिनीहरूले सुनेको जस्तो तुरहीको आवाज र बोलेको स्वर पनि सुन्दैनौ। जब तिनीहरूले यस्ता आवाज सुने, तिनीहरूले एउटै आवाज पनि सुन्न नपरोस्, भनेर अनुनय गरे।
19 و صدای شیپور و صداهایی كه شنوندگان آرزو داشتند دیگر آنها را نشنوند، قرار نگرفته‌اید.
20तिनीहरूले आदेशलाई थाम्न सकेनन् “यदि पशु सम्मले पनि यो पाहाड छोए त्यसलाई ढुङ्गाले हिर्काएर मारिन्छ।”
20 زیرا آنها نتوانستند فرمان خدا را كه می‌فرماید: «حتّی اگر حیوانی به كوه نزدیک شود، باید سنگسار گردد.» بپذیرند.
21तिनीहरूले जो देखेका थिए त्यो यति डरलाग्दो थियो कि मोशाले भने, “म डरले थरथरी काँपिरहेछु।”
21 آن منظره چنان ترسناک بود كه خود موسی گفت: «می‌ترسم و می‌لرزم.»
22तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आडपुगेकाछौ।
22 امّا شما در مقابل كوه صهیون و شهر خدای زنده یعنی اورشلیم آسمانی ایستاده‌اید و در برابر فرشتگان بی‌شمار
23तिमीहरू परमेश्वरका प्रथम पुत्रहरूका सभामा आइपुगेका छौ जसका नाउँहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका निर्णयकर्ता परमेश्वरकहाँ आएकाछौ। अनि तिमीहरू धर्मी मानिसहरूका आत्मा भएको ठाउँमा आएकाछौ जो पूर्ण बनेका छन्।
23 و مجلس جشن و اجتماع نخستزادگانی كه اسامی آنان در عالم بالا ثبت شده است و در برابر خدا -‌داور همه- و ارواح نیكان قرار گرفته‌اید
24तिमीहरू येशूकहाँ आएका छौ जसले परमेश्वरबाट उहाँका मानिसहरूका लागि नयाँ करार ल्याउनुभयो। तिमीहरू रगत छर्केको ठाउँमा आएकाछौ जसले हामीलाई हाबिलको रगतले भन्दा असल कुराहरू भन्दछ।
24 و پیش عیسی، واسطهٔ پیمان تازه كه خون ریختهٔ او حاكی از پیامی بهتر از خون هابیل است آمده‌اید.
25होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ?
25 مراقب باشید كه از شنیدن صدای او كه سخن می‌گوید روی نگردانید. آنها كه از شنیدن سخنان کسی‌که بر روی زمین سخن می‌گفت سر باز زدند، به كیفر خود رسیدند. پس ما اگر از گوش دادن به آن کسی‌که از آسمان سخن می‌گوید روی گردانیم، دچار چه كیفر شدیدتری خواهیم شد!
26त्यसबेला जब उहाँ बोल्नु भयो उहाँको आवाजले पृथ्वी र्थकियो। तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ “एकपल्ट अझै म धरती मात्र होइन तर स्वर्ग समेत थर्काउँछु।”
26 در آن زمان صدای او زمین را لرزانید، امّا اكنون قول داده است كه یک‌بار دیگر نه تنها زمین، بلكه آسمانها را نیز خواهد لرزانید.
27यहाँ “एकपल्ट अझै” भन्ने शब्दले स्पष्ट देखाउँदछ कि सृष्टिको हरेक चीज नष्ट हुनेछ। तर ती कुराहरू जो हल्लाउँदैनन्, रहिरहन्छन्।
27 این كلمات «یک‌بار دیگر» نشان می‌دهد مخلوقاتی كه تزلزل ‌پذیرند، از بین خواهند رفت و آنچه ثابت است، باقی خواهد ماند.
28यसर्थ, हामी कृतज्ञ बन्नुपर्छ किनकि हामीले एउटा राज्य पाउँदैछौं जो हल्लिन सक्दैन। अनि हामीले उहाँलाई प्रसन्न तुल्याउने तरिकाले आदर र भयले पूज्नुपर्छ।
28 خدا را برای آن پادشاهی تزلزل ‌ناپذیری كه او به ما می‌دهد، سپاس گوییم و او را آن‌طور كه مقبول اوست، عبادت نماییم؛ یعنی با خوف و احترام. زیرا خدای ما در واقع آتشی است كه می‌سوزاند.
29किनभने हाम्रा परमेश्वर आगो जस्तो हुनुहुन्छ जसले सखाप पार्नुहुन्छ।
29 زیرا خدای ما در واقع آتشی است كه می‌سوزاند.