1यसकारण सिकाइएका कुराहरू अनुसरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं।
1
به این سبب ما باید هرچه بیشتر به آنچه شنیدهایم توجّه كنیم تا مبادا از راه منحرف شویم.
2स्वर्गदूतहरू मार्फत परमेश्वरले दिनुभएको शिक्षा साँचो हो भन्ने देखाइएको थियो! अनि जहिले पनि यहूदीहरूले त्यस शिक्षाको विरोध गरे अथवा त्यसको अनुसरण गरेनन् तिनीहरूले उचित दण्ड पाए।
2
صحّت كلامی كه به وسیلهٔ فرشتگان بیان شد چنان ثابت شد كه هر خطا و نافرمانی نسبت به آن با مجازات لازم روبهرو میشد.
3हामीलाई दिइएको उद्धार धेरै महान् हो। यसर्थ यदि हामीले त्यस उद्धारको अवहेलना गरर्यौ भने हामी दण्डबाट कसरी उम्कन सकौंला? उद्धारको बारेमा मानिसहरूलाई पहिले भन्नुहुने प्रभु नै हुनुहुन्थ्यो। अनि उहाँलाई सुन्ने मानिसहरूले उद्धार साँचो हो भन्ने कुरो हामीलाई प्रमाणित गरे।
3
پس اگر ما نجاتی به این عظمت را نادیده بگیریم، چگونه میتوانیم از مجازات آن بگریزیم؟ زیرا در ابتدا خود خداوند این نجات را اعلام نمود و آنانی كه سخن او را شنیده بودند، حقیقت آن را برای ما تصدیق و تأیید كردند.
4परमेश्वरले पनि अचम्मका, चिन्हहरू र विभिन्न किसिमका चमत्कारहरूले प्रमाणित गरिदिनुभयो। अनि पबित्र आत्माद्वारा मानिसहरूलाई उपहारहरू दिएर त्यो प्रमाणित गरिदिनुभयो। उहाँले ती उपहारहरू आफ्नो अनुसार दिनुभयो।
4
در ضمن، خدا با نشانهها و عجایب و انواع معجزات و عطایای روحالقدس طبق ارادهٔ خود، گواهی آنان را تصدیق فرمود.
5आउन लागेको त्यो नयाँ संसारको शासक बन्न परमेश्वरले स्वर्गदूतहरूलाई छान्नु भएन। त्यो भविष्यको संसार हो जुन हामीले चर्चा गर्न लागेका छौं।
5
خدا فرشتگان را فرمانروایان جهان آینده -جهانی كه موضوع سخن ماست- قرار نداد،
6धर्मशास्त्रमा कही लेखिएको छ “तपाईं किन मानिसलाई सम्झनु हुन्छ? किन तपाईंले मानिसको पुत्रको बारे सोंच्नु हुन्छ? उ यति महत्वपूर्ण छ?
6
بلكه در جایی از کتابمقدّس گفته شده است:
«انسان چیست كه او را بهیاد آوری؟
یا بنیآدم كه به او توجّه نمایی؟
7छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो।
7
اندک زمانی او را از فرشتگان پستتر گردانیدی.
تاج جلال و افتخار را بر سر او گذاشتی،
8अनि सबैकुराहरू तपाईंले उसैको अधीनमा ल्याई दिनुभयो।” भजनसंग्रह 8:4-6 परमेश्वरले “सबैकुरा उसैको अधीनमा ल्याई दिनुभयो” भन्ने भनाइले भन्दा उहाँको अधीनदेखि बाहिर केही रहेन भन्ने बुझिन्छ। तर हामी उहाँले सबैमाथि शासन गरेको देख्दैनौं।
8
و همهچیز را تحت فرمان او درآوردی.»
پس اگر خدا همهچیز را تحت فرمان انسان در آورده، معلوم است كه دیگر چیزی باقی نمانده كه در اختیار او نباشد، امّا در حال حاضر ما هنوز نمیبینیم كه همهچیز در اختیار انسان باشد.
9केही समयको निम्ति येशू स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येशूले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो।
9
امّا عیسی را میبینیم كه اندک زمانی از فرشتگان پستتر گردیده و اكنون تاج جلال و افتخار را بر سر دارد، زیرا او متحمّل مرگ شد تا به وسیلهٔ فیض خدا، بهخاطر تمام آدمیان طعم مرگ را بچشد.
10परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोरयाउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येशूलाई पूर्ण बनाउनुभयो।
10
شایسته بود كه خدا -آفریدگار و نگهدار همهچیز- برای اینکه فرزندان بسیاری را به جلال برساند عیسی را نیز كه پدید آورندهٔ نجات آنان است، از راه درد و رنج به كمال رساند.
11उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न।
11
آنکس كه مردم را از گناهانشان پاک میگرداند و آنانی كه پاک میشوند، همگی یک پدر دارند و به این جهت عیسی عار ندارد كه آدمیان را قوم خود بخواند،
12त्यसैले उहाँ भन्नुहुन्छ “हे परमेश्वर! तपाईंको बारेमा म आफ्ना भाइ-बहिनीहरूलाई घोषणा गर्नेछु। तपाईंका सबै मानिसहरूका अघि म तपाईंको प्रशंसाको गीत गाँउनेछु।” भजनसंग्रह 22:22
12
چنانکه میفرماید:
«نام تو را به قوم خودم اعلام خواهم كرد،
و در میان جماعت تو را حمد خواهم خواند.»
13उहाँ यसो पनि भन्नुहुन्छ, “म परमेश्वरमा भरोसा गर्छु।” यशैया 8:17 अनि उहाँ भन्नुहुन्छ, “म यहाँ छु अनि मसित ती छोराछोरीहरू छन् जो परमेश्वरले मलाई दिनुभएको छ।” यशैया 8:18
13
و نیز گفته است:
«به او توکّل خواهم نمود.» باز هم میفرماید: «من با فرزندانی كه خدا به من داده است در اینجا هستم.»
14ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ।
14
بنابراین چون این فرزندان، انسانهایی دارای جسم و خون هستند، او نیز جسم و خون به خود گرفت و انسان گردید تا به وسیلهٔ مرگ خود ابلیس را كه بر مرگ قدرت دارد، نابود سازد
15येशू ती मानिसहरू जस्तै बन्नुभयो र मर्नुभयो जसले गर्दा तिनीहरूलाई मुक्त गर्न सकून्। आफ्नो मृत्युको भयले गर्दा तिनीहरूले सारा जीवन कमाराले जस्तै बिताए।
15
و آن كسانی را كه به سبب ترس از مرگ تمام عمر در بردگی به سر بردهاند، آزاد سازد.
16यो स्पष्ट छ कि, येशूले स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका सन्तानहरूलाई सहायता गर्नुहुन्छ।
16
البتّه او برای یاری فرشتگان نیامد، بلكه بهخاطر فرزندان ابراهیم آمده است.
17यसैकारणले येशूले आफूलाई हरतरहले आफ्ना भाइ बहिनीहरू जस्तै बनाउनु आवश्यक थियो ता कि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् अनि यस प्रकारले मानिसहरूलाई पापहरू क्षमा दिनसकून्।
17
پس کاملاً لازم بود كه او از هر لحاظ مانند قوم خود بشود تا به عنوان كاهن اعظم آنان در امور الهی، رحیم و وفادار باشد تا گناهان مردم را كفّاره نماید.
چون خود او وسوسه شده و رنج دیده است، قادر است آنانی را كه با وسوسهها روبهرو هستند، یاری فرماید.
18अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सकनुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो।
18
چون خود او وسوسه شده و رنج دیده است، قادر است آنانی را كه با وسوسهها روبهرو هستند، یاری فرماید.