Nepali

Persian

Isaiah

19

1मिश्रको बारेमा शोक सन्देश हेर! परमप्रभु तिब्र गतिमा उडिरहने बादलमाथि चडेर आउनु हुँदैछ। परमप्रभु मिश्रमा प्रवेश गर्नु हुनेछ अनि मिश्रका सबै झूटा देवताहरू डरले काम्नेछन्। मिश्र वीर थियो, तर त्यो गरिमा पग्लेर जानेछ।
1 این است پیامی دربارهٔ مصر: خداوند سوار بر ابرها با شتاب به سوی مصر می‌آید. بُتهای مصر در برابرش می‌لرزند و مردم آنجا شهامت خود را از دست داده‌اند.
2परमेश्वर भन्नुहुन्छ, “मिश्रका मानिसहरूलाई आपसमा म झगडा गर्ने बनाउँछु। दाज्यू-भाइहरू-माझ लडाइँ हुनेछ। छिमेकीहरू आफ्नै छिमेकीहरूसित लडाइँ गर्नेछन्। शहरहरू शहरहरूकै विरूद्ध लड्नेछन्। राज्यहरू राज्यहरू कै विरूद्ध लडनेछन्।
2 خداوند می‌گوید: «من در مصر یک جنگ داخلی ایجاد می‌کنم و برادر را بر برادر و همسایه را بر همسایهٔ خود خواهم برانگیخت. شهرهای رقیب با یکدیگر می‌جنگند و پادشاهان رقیب برای کسب قدرت مبارزه می‌کنند.
3मिश्रका मानिसहरू दोधारमा पर्नेछन्। ती मानिसहरू आफ्ना झूटा देवताहरू अनि ज्ञानी जनलाई सोध्नेछन्, के गर्नु पर्नेछ? तिनीहरूले आफ्ना तांत्रिकहरू र झाँक्रीहरूलाई सोध्नेछन्। तर तिनीहरूको उपदेश अनुपयोगी हुनेछन्।”
3 من نقشه‌های مصری‌ها را خنثی و روحیهٔ آنها را تضعیف خواهم کرد. آنها از بُتهایشان کمک می‌خواهند و طالب راهنمایی و نصیحت از جادوگران و ارواح مردگان خواهند بود.
4मेरो मालिक सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म मिश्रलाई निष्ठूर मालिकको हातमा सुम्पिदिनेछु। एकजना शक्तिशाली राजाले मानिसहरूमाथि शासन गर्नेछन्।
4 من مصری‌ها را تسلیم پادشاهی زورگو و ظالم می‌کنم و او بر آنها حکومت خواهد کرد. من، خداوند متعال، چنین گفته‌ام.»
5नील नदी सुक्नेछ। समुद्रहरूबाट पानी सुखेर जानेछ।
5 سطح آب رود نیل پایین می‌رود و آن رود به تدریج خشک خواهد شد.
6सारा नदीहरू नराम्रो प्रकारले गन्हाउने छ। मिश्रका सारा खोला-नालाहरूको पानी घट्नेछ र सुकेर जानेछ। पानीका सारा वनस्पतिहरू सड्नेछ।
6 نهرهای اطراف رود متعفّن و رو به خشک شدن هستند و بوته‌های نی و بوریای آن پژمرده خواهند شد،
7सारा उद्भिद नदीका किनारहरूसँगै मर्नेछन् र उडेर जानेछन्। नदीको ठूलो भागमा भएको उद्भिदहरू समेत मरेर जाने छ।
7 و تمام محصولاتی که در امتداد سواحل نیل کاشته شده، خشک و با باد به هوا پراکنده خواهند شد.
8“जालहारी ती सबै मानिसहरू जसले नील नदीबाट माछाहरू समाउँछन् तिनीहरू उदास हुनेछन् र रूने छन्। तिनीहरूले नील नदीकै भरमा आफ्नो जीविका चलाएका हुन्, तर त्यो सबै सुक्खा हुनेछ।
8 ماهیگیران ناله و گریه می‌کنند، چون قلّابها و تورهای آنها بی‌فایده خواهند بود.
9सारा बाटेका सुनपाटको काम गर्ने मानिसहरू अत्यन्त दुखी हुनेछन्। ती मानिसहरूलाई लुगा बनाउने उद्भिदहरू नदी सुखेकोले गर्दा उब्जने छैन्।
9 نساجان پارچه‌های نخی، ناامید
10मानिसहरूले पानी जोगाउनलाई बाँध बनाउनेछन तर विफल हुनेछन्, यसकारण तिनीहरू दुखी हुनेछन्।
10 و بافندگان و کارکنان ماهر دل‌شکسته و افسرده خواهند شد.
11“सोअन शहरका मानिसहरू मूर्ख छन्। फिराऊनका ‘सल्लाहकारहरूले’ भूल सल्लाह दिनेछन्। ती अगुवाहरूले आफूलाई ज्ञानी ठान्दछन्। तिनीहरू भन्छन् तिनीहरू प्राचीन राजाहरूका सन्तानहरू हुन्। तर तिनीहरू त्यति ज्ञानी छैनन् जति तिनीहरू सोच्छन्।”
11 رهبران شهر صوعن احمقند! داناترین مردان مصری، نصیحت احمقانه می‌دهند، چطور جرأت می‌کنند به فرعون بگویند که آنها فرزندان حکما و پادشاهان پیشین هستند؟
12हे मिश्र! तिम्रा ज्ञानी मानिसहरू कहाँ छन्? ती ज्ञानी मानिसहरूले सिक्नु पर्छ कि सेनाहरूका परमप्रभुले मिश्रको लागि यो योजना बनाउनु भयो। के हुनेछ तिनीहरूले तिमीहरूलाई भनुन्?
12 ای فرعون کجا هستند مشاوران باهوش تو؟ شاید آنها بتوانند به تو بگویند ارادهٔ خداوند متعال برای مصر چیست.
13सोअनका अगुवाहरू मूर्ख भएका छन्। नोपका अगुवाहरूले झूटा देवताहरूमाथि भरोसा गरे। त्यसकारण अगुवाहरूले मिश्रलाई गलत मार्ग तिर लगे।
13 رهبران صوعن و سروران ممفیس ابله هستند. آنها می‌بایست ملّت را هدایت می‌کردند، امّا باعث گمراهی آنها شدند.
14परमप्रभुले अगुवाहरूलाई दोधार बनाई दिनुभयो। तिनीहरू भडके र मिश्रलाई गल्ती मार्गमा डोर्याए। जे पनि अगुवाहरूले गरे सबै गल्तीहरू नै गरे। तिनीहरू मतवाला मानिसहरू सरह धर्मराउँदै भूईंमा शिथिल भएर लडिरहेका छन्।
14 خداوند باعث شد آنها مشورتهای گیج کننده‌ای بدهند. در نتیجه، مصر هرچه می‌کند اشتباه است و مثل مستی است که روی استفراغ خود افتاده باشد.
15त्यहाँ अगुवाहरूले गर्नु पर्ने केही कुरा छैन्। ती अगुवाहरू “उद्भिदको टाउको र पुच्छरहरू हुन्।” तिनीहरू “टुप्पाहरू र काण्डहरू हुन्।”
15 هیچ‌کس در مصر نمی‌تواند کمکی کند. نه غنی و نه فقیر، نه آدم مهم و نه آدم گمنام.
16त्यसबेला मिश्रदेशवासीहरू डराएकी स्त्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछ। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्।
16 زمانی می‌آید که مردم مصر مثل زنان ترسو خواهند شد. وقتی ببینند که خداوند متعال دست خود را برای مجازات آنها بلند کرده است، آنها از ترس بر خود خواهند لرزید.
17यहूदा देशले सारा मिश्रका मानिसहरूको लागि डराउने ठाउँ हुनेछ। यहूदाको नाउँ सुन्ने बित्तिकै मिश्रका मानिसहरू र्तसिनेछन्। यस्तो हुने नै छ किनभने सेनाहरूका परमप्रभुले मिश्रमा त्यस्तो घटना घटोस, भनेर योजना गर्नु भएको हो।
17 مردم مصر هر وقت به یاد آورند که خداوند متعال چه سرنوشتی نصیب آنها کرده از ترس یهودا در وحشت خواهند بود.
18त्यस समय मिश्र शहर पाँचवटा हुनेछ जहाँ मानिसहरूले कनानी भाषा बोल्छन्। ती शहरहरू मध्ये एउटाको नाउँ “विनाशक शहर” हुनेछ। मानिसहरूले सेनाहरूका परमप्रभुलाई अनुसरण गर्ने प्रतिज्ञा गर्नेछन्।
18 وقتی آن زمان برسد، مردم پنج شهر مصر به زبان عبری سخن خواهند گفت. مردم در آنجا به نام خداوند متعال سوگند یاد خواهند کرد. یکی از شهرهای آن به نام «شهرِ خورشید» نامیده خواهد شد.
19त्यस समय मिश्रको बीचमा परमप्रभुको लागि एउटा वेदी तयार हुनेछ। मिश्रको सिमानामा परमप्रभुमाथि श्रद्धा प्रकट गर्नलाई एउटा स्मारक बनाइनेछ।
19 وقتی آن روز برسد، قربانگاهی برای خداوند در سرزمین مصر وجود خواهد داشت، و یک ستون سنگی به نام او در مرز آن کشور اختصاص داده خواهد شد.
20सेनाहरूका परमप्रभुले गर्नु भएको महान र प्रभावपूर्ण कार्यहरूको यो चिह्न हुनेछ। कुनै पनि समय मानिसहरू परमप्रभुदेखि केही माग्न चिच्याइ रूनेछन् अनि परमप्रभुले सहयोगी पठाउनु हुनेछ। परमप्रभुले मानिसहरूलाई बचाउन र रक्षा गर्नलाई एक मानिस पठाउनु हुनेछ। त्यस मानिसले तिनीहरूमाथि अरूले गरेको अन्याय र दुष्ट कार्यबाट बचाउनेछ।
20 آنها نشانه‌هایی از حضور خداوند متعال در مصر خواهند بود، وقتی مردم آنجا زیر ستم هستند و برای کمک به درگاه خداوند فریاد برمی‌آورند، خداوند کسی را برای رهایی آنها خواهد فرستاد.
21त्यसबेला, मिश्रका मानिसहरूले परमप्रभुले साँचो रूपमा जान्नेछन्। मिश्रका मानिसहरूले परमेश्वरलाई प्रेम गर्नेछन्। मानिसहरूले परमेश्वरको सेवा गर्नेछन् र धेरै बलिदानहरू अर्पण गर्नेछन्। तिनीहरूले परमप्रभुसित भाकल गर्नेछन्। अनि तिनीहरूले ती प्रतिज्ञाहरू कायम राख्नेछन्।
21 خداوند، خود را به مردمان مصر آشکار خواهد ساخت، و آن وقت آنها او را خواهند ‌شناخت و پرستش خواهند کرد، قربانی‌ها و هدایای زیاد تقدیمش می‌کنند. آنها به طور جدّی نذر می‌کنند و به نذر خود وفا می‌کنند.
22परमप्रभुले मिश्रका मानिसहरूलाई दण्ड दिनु हुनेछ। अनि त्यसपछि परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु हुनेछ। तिनीहरू परमप्रभुपट्टि फर्केर आउनेछन्। परमप्रभुले तिनीहरूका प्रार्थना सुन्नु हुनेछ र तिनीहरूलाई क्षमा गर्नुहुनेछ।
22 خداوند مردم مصر را مجازات می‌کند ولی بعد آنها را شفا خواهد داد. آنها به سوی او برمی‌گردند و او دعای ایشان را می‌شنود و آنها را شفا خواهد داد.
23त्यस समयमा मानिसहरू अश्शूरबाट मिश्र अनि मिश्रबाट अश्शूर जानेछन्। मिश्र र अश्शूरका मानिसहरूसँगै आराधना गर्नेछन्।
23 وقتی آن زمان فرا رسد، شاهراهی بین مصر و آشور به وجود خواهد آمد. مردمان این دو کشور با هم رفت و آمد خواهند داشت و این دو ملّت با هم عبادت خواهند کرد.
24त्यस समयमा इस्राएल, अश्शूर र मिश्रले संयुक्त भई पृथ्वीमाथि शासन गर्नेछन्। यो त्यो देशको लागि एक आशिर्वाद हुनेछ।
24 وقتی آن زمان برسد، اسرائیل با مصر و آشور برابر خواهد گشت و این سه ملّت باعث برکت جهان خواهند شد. خداوند متعال آنها را برکت می‌دهد و خواهد گفت: «ای مصر، ای قوم من؛ و تو ای آشور که تو را آفریده‌ام، و تو اسرائیل قوم برگزیده من، من همهٔ شما را برکت می‌دهم.»
25सेनाहरूका परमप्रभुले त्यस देशलाई आशीर्वाद दिनुहुनेछ। उहाँले भन्नु हुनेछ, “मिश्र, तिमीहरू मेरा मानिसहरू हौ। अश्शूर, मैले तिमीलाई बनाएँ। इस्राएल तिमी मेरो सम्पत्ति हौ। तिमीहरू सबै धन्य हौ!”
25 خداوند متعال آنها را برکت می‌دهد و خواهد گفت: «ای مصر، ای قوم من؛ و تو ای آشور که تو را آفریده‌ام، و تو اسرائیل قوم برگزیده من، من همهٔ شما را برکت می‌دهم.»