1हिजकियाह राजा भएको चौधौं वर्षमा अश्शूरका राजा सनहेरीब यहूदाका मुख्य शहरहरूको विरूद्ध लडाई लड्न गए। सनहेरीबले ती शहरलाई पराजित गरे।
1
در چهاردهمین سال سلطنت حزقیا، پادشاه یهودا، سنحاریب، امپراتور آشور به شهرهای مستحکم یهودا حمله کرد و آنها را گرفت.
2सनहेरीबले आफ्ना कप्तानसँग विशाल सेनाहरू यरूशलेममा राजा हिजकियाहकहाँ पठाए। कप्तान र उनका सेनाहरू लाकीश छाडेर यरूशलेम तिर गए। तिनीहरू माथिल्लो झाडीको जलमार्ग नजिक रोकिए। (माथिल्लो पोखरी धोबीको खेत जाने बाटोतर्फ पर्छ।)
2
آنگاه به فرماندهٔ نیروهای خود، دستور داد با سپاهی بزرگ، از لاکیش به اورشلیم برود و از حزقیای پادشاه بخواهد تسلیم شود. آن فرمانده جادهای را که نسّاجان در آن کار میکنند فتح کرد. این جاده نزدیک خندقی است که آب را از استخر فوقانی به پایین میآورد.
3यरूशलेमबाट तीन जना पुरूषहरू कप्तानसँग कुरा गर्न गए। तिनीहरू हुन हिल्कियाहको छोरो एल्याकीम, आसापको छोरो योआ अनि शेब्ना। एल्याकीम राजदरबारका प्रशासक थिए। योआ लेखापाल थिए। अनि शेब्ना दरबारको सचिव थिए।
3
سه نفر از اهالی یهودا بیرون آمدند تا با او ملاقات کنند. آنها عبارت بودند از: الیاقیم، پسر حلقیا رئیس دربار، شبنا منشی دربار و یوآخ پسر آساف که مسئول اسناد بود.
4कप्तानले तिनीहरूलाई भने, “हिजिकियाहलाई, ‘महाराज, अश्शूरका राजाले यसो भन्छन् भन तिमीहरूले सहायताको लागि केमा भरोसा गरिरहेकाछौ?
4
نمایندهٔ دولت آشور به آنها گفت که امپراتور میخواهد بداند چه چیزی حزقیای پادشاه را اینقدر از موفّقیّت خودش مطمئن میسازد.
5म तिमीहरूलाई भन्दछु यदि तिमीहरूले शक्ति र युद्धको योजनामा भरोसा गर्दछौ, यो व्यार्थ हो। तिनीहरू खोक्रा शब्दहरू बाहेक केही होइनन्। अब म तिमीहरूलाई सोध्दछु, तिमीहरूकोमाथि भरोसा गरेर मेरो विरूद्धमा विद्रोह गरिरहेका छौ?
5
او به آنها گفت: «آیا فکر میکنید حرفهای شما میتواند جایگزین مهارت و قدرت نظامی شود؟ فکر میکنید کسی از شما حمایت میکند وقتی برضد آشور شورش میکنید؟
6के तिमीहरू सहयोगको लागि मिश्रमाथि भर परिरहेकाछौ? मिश्र एउटा भाँचिएको लौरो जस्तो छ। यदि तिमीहरू सहायताको लागि त्यता ढल्किन्छौ भने, त्यसले केवल तिमीहरूलाई चोट पुर्याउनेछ र तिम्रो हातमा दुलो पारिदिनेछ। मिश्रका राजा फिरऊनमाथि कसैले पनि भरोसा राख्न सक्दैन्।
6
شما انتظار دارید مصر به کمک شما بیاید. امّا مثل این است که از یک چوب بوریا به جای عصا استفاده کنید. آن چوب میشکند و دست شما را هم سوراخ میکند. این است موفّقیّت فرعون و هر که به او اعتماد میکند.»
7तर तिमीहरू यसो भन्न सक्छौ, “हामी आफ्ना परमप्रभु परमेश्वरबाट सहायता पाउने भरोसा गरिरहेछौ।” तर म जान्दछु हिजकियाहले ती वेदीहरू र उच्च स्थानहरू ध्वंश पारे जहाँ मानिसहरूले परमप्रभुलाई पूज्दथे। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेमको एउटा बेदीमा आराधना गर्नुपर्छ।”
7
نمایندهٔ دولت آشور ادامه داد و گفت: «آیا میخواهید به من بگویید که شما به خداوند، خدای خودتان مُتّکی هستید؟ وقتی حزقیا به مردم یهودا و اورشلیم گفت که آنها باید فقط در یک قربانگاه پرستش کنند. او با این کارش، تمام مکانهای مقدّس و معابد خداوند را ویران کرد.
8यदि तिमीहरू अझ लडाइँ गर्न चाहन्छौ भने मेरो मालिक, अश्शूरका राजाले तिमीहरूसँग यो सम्झौता गर्नेछन्। यदि तिमीहरूले युद्धको लागि घोड-सवारहरू पाउन सक्छौ भने म दुइ हजार घोडाहरू दिने वचन दिन्छु।
8
من از جانب امپراتور آشور با شما معاملهای میکنم؛ به شما دو هزار اسب خواهم داد به شرط آنکه شما بتوانید به همان تعداد اسب سوار پیدا کنید.
9तर त्यसो हुँदा पनि तिमीहरूले मेरो मालिकका निम्न स्तरका अधिकारीहरू सम्मलाई पराजित गर्न सक्दैनौ। यसकारण किन तिमीहरू लगातार मिश्रका रथहरू र घोड-सवारी सेनाहरूमा भर पर्छौ?
9
شما حریف کوچکترین فرد ارتش آشور هم نخواهید شد، با وجود این شما انتظار دارید مصریها برای شما ارّابههای جنگی و سواره نظام بفرستند؟
10अहिले के तिमीहरू सोच्दछौ कि म परमप्रभुको सहयोग बिना यो देश ध्वंश गर्न आएको थिएँ? होइन! परमप्रभुले मलाई भन्नुभयो, “यो देशको विरूद्ध उठ्, जा र ध्वंश पार।”
10
آیا فکر میکنید من بدون کمک خداوند به کشور شما حمله و آن را ویران کردم؟ خداوند خودش به من گفت به آن حمله کنم و آن را از بین ببرم.»
11तब एल्याकीम, शेब्ना र योआहले रबशाकेलाई भने, “दया गरेर हामी प्रति अरामी भाषामा बोल्नु होस्। हामी त्यो भाषा बुझ्छौ। हामीसित यहूदी भाषामा नबोल्नु होस्। यदि तिमीले हाम्रो भाषा प्रयोग गर्यौ भने शहरका पर्खालहरूमा भएका मानिसहरूले पनि बुझ्नेछन्।”
11
آنگاه الیاقیم، شبنا و یوآخ به سفیر آشور گفتند: «با ما به زبان آرامی صحبت کنید، آن را میفهمیم. به زبان عبری صحبت نکنید چون کسانیکه بالای دیوار هستند، میشنوند.»
12तर रबशाकेले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिकहरूसित मात्र बोल्न पठाएको होइन्। मेरो मालिकले ती मानिसहरूसँग पनि बोल्न पठाए जो पर्खालहरूमाथि बसिरहेका छन्। ती मानिसहरूसँग खाद्य र पानी सम्म छैन, तिमीहरूले जस्तै तिनीहरूले आफ्नै दिशा खानेहरू र आफ्नै पिसाब पिउनेछन्।”
12
او در پاسخ گفت: «آیا فکر میکنید که امپراتور مرا فرستاده تا فقط با شما و پادشاه دربارهٔ این چیزها صحبت کنم؟ نه! من با مردمی هم که بر روی دیوار هستند، نیز سخن میگویم -همان کسانیکه مدفوع خود را خواهند خورد و ادرار خود را خواهند نوشید- همان کاری که شما نیز خواهید کرد.»
13तब रबशाके यहूदी भाषामा साह्रो चिच्याए अनि यसो भने,
13
آنگاه سفیر روی پا ایستاد و به زبان عبری فریاد زد و گفت: «به آنچه امپراتور آشور میگوید، گوش دهید.
14“अश्शूरका महाराजाको यो सन्देश सुन, हिजकियाहले तिमीहरूलाई मूर्ख नबनावोस। उसले आफ्नो शक्तिले तिमीहरूलाई बचाउँन सक्दैन्।
14
او به شما اخطار میکند و میگوید نگذارید حزقیا شما را فریب دهد. او نمیتواند شما را نجات دهد.
15हिजकियाहमाथि भरोसा नगर जब उसले भन्दछ, ‘परमप्रभुमा भरोसा गर! परमप्रभुले निश्चय हामीलाई बचाउँनु हुनेछ। परमप्रभुले अश्शूरका राजालाई यो शहर परास्त गर्न दिनुहुने छैन।’
15
و نگذارید که حزقیا شما را وادار کند تا به خداوند مُتّکی باشید. فکر نکنید که خداوند شما را نجات خواهد داد، و او مانع تصرّف شهرتان به وسیلهٔ ارتش آشور خواهد شد.
16हिजकियाहबाट ती शब्दहरू नसुन्। अश्शूरका महाराजाको कुरा सुन्। अश्शूरका राजाले भन्दछ, “हामीले एउटा सम्झौता गर्नुपर्छ। तिमीहरू शहरबाट मकहाँ आउनु पर्छ। तब मात्र प्रत्येक मानिसले आफ्नो घर जानलाई स्वतन्त्र हुनेछ। प्रत्येक मानिसले आफ्ना दाखको बोटबाट स्वतन्त्र रूपले दाख खान पाउनेछ। अनि प्रत्येक मानिसले स्वतन्त्र रूपमा आफ्नो नेभाराको बोटबाट फल खान पाउने छ। प्रत्येक मानिसहरूले आफ्ना इनारबाट स्वतन्त्र रूपमा पानी पिउन पाउने छ।
16
به حرفهای حزقیا گوش نکنید. امپراتور آشور از شما میخواهد از شهر بیرون بیایید و تسلیم شوید. به شما اجازه داده میشود انگور تاکستانهای خودتان و انجیر درختان خویش را بخورید و از چاههای آب خودتان بنوشید.
17जबसम्म म आउँदिन तिमीहरूले त्यसो गर्न सक्छौ अनि तिमीहरू प्रत्येकलाई त्यस भूमिमा लिएर जाँदिन जो तिमीहरूकै आफ्नो जस्तै छ। त्यस नयाँ देशमा तिमीहरूले राम्रो अन्न र नयाँ दाखरस, रोटी अनि अङ्गुरका लहराहरू पाउनेछौ।”
17
-تا زمانی که امپراتور شما را در سرزمینی شبیه وطن خودتان اسکان دهد- جایی که تاکستانهای آن، شراب شما و غلاّت آن، نان شما را تأمین میکند.
18हिजकियाहलाई कष्ट पुर्याउन नदेऊ। हिजकियाह भन्दछ, “परमप्रभुले हामीलाई बचाउनु हुने छ।” तर म तिमीहरूलाई सोध्छु, के अन्य जातिहरूका देवताहरूले तिनीहरूको देशलाई अश्शूरका राजाबाट बचाउन सक्यो? होइन।
18
نگذارید حزقیا شما را با این حرفها فریب دهد که خداوند شما را نجات خواهد داد. آیا خدایان سایر ملّتها توانستهاند سرزمین خودشان را از دست امپراتور آشور نجات دهند؟
19हमात र अर्पादका देवताहरू कहाँ छन? तिनीहरू परास्त भए। सपर्बेमका देवताहरू कहाँ छन्? तिनीहरू परास्त भए,! के तिनीहरूले शक्तिद्वारा सामरियालाई बचाए? होइन।
19
آن خدایان اکنون کجا هستند؟ کجا هستند خدایان حمات و ارفاد؟ کجا هستند خدایان سفروایم؟ آیا آنها توانستهاند سامره را نجات دهند؟
20के अन्य देवताहरूले अरू देशहरूमा मबाट आफ्ना ठाउँहरू बचाए? अहँ! के परमप्रभुले मबाट यरूशलेम बचाउन सक्नुहोला त?”
20
چه وقتی و چه خدایی توانسته کشوری را از دست امپراتور ما نجات دهد؟ در آن صورت چطور فکر میکنید که خداوند اورشلیم را نجات دهد؟»
21तर यरूशलेमका मानिसहरू एकदम चुपचाप थिए। तिनीहरूले एक शब्द पनि कप्तानलाई भनेन किनभने राजा हिजकियाहले तिनीहरूलाई हुकुम दिएका थिए। उनले भने, उसलाई केही पनि नभन।”
21
مردم همانطور که حزقیای پادشاه به آنها گفته بود ساکت ماندند و هیچ نگفتند.
آنگاه الیاقیم، شبنا و یوآخ از ناراحتی و غم لباسهای خود را دریدند. به پیش پادشاه رفتند و هرچه را سفیر آشور گفته بود، به او گزارش دادند.
22त्यसपछि राजदरबारका व्यवस्थापक (हिल्कियाहको छोरो एल्याकीम), राजकीय सचिव शेब्ना अनि धर्मशास्त्री आसापको छोरो योआ हिजकियाह कहाँ गए। तिनीहरूले शोकव्यक्त गर्न आफ्ना लुगाहरू च्याते अनि हिजकियाहलाई प्रत्येक कुरा भने जो अश्शूरका कप्तानले भनेका थिए।
22
آنگاه الیاقیم، شبنا و یوآخ از ناراحتی و غم لباسهای خود را دریدند. به پیش پادشاه رفتند و هرچه را سفیر آشور گفته بود، به او گزارش دادند.