1मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशु ख्रीष्टका विश्वासीहरू हौ। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्।
1
ای دوستان، ایمان شما به عیسی مسیح، خداوند جلال، با ظاهربینی و تبعیض همراه نباشد.
2मानौं, कोही एकजना तिम्रो मण्डलीभित्र प्रवेश गर्छ। उसले खूबै सुन्दर वस्त्र अनि सुनको औठी पहिरेकोछ। त्यही समयमा एक गरीब मानिस पुरानो, मैला लुगा लाएर आउँछ।
2
اگر شخصی با انگشتر طلا و لباس فاخر به عبادتگاه شما بیاید و فقیری با لباس پاره نیز وارد شود
3तिमीहरू त्यो मानिस जो सुन्दर बस्त्र लगाएको छ त्यसलाई विशेष ध्यान दिन्छौ। तिमीहरू भन्छौ, “यो राम्रो आसनमा बस्नुहोस्।” तर गरीब मानिसलाई तिमीहरू भन्छौ, “त्यहाँ उभ्” वा “तिमीहरूको पाउ छेउको चटाईमा बस्”
3
و شما به کسیکه لباس فاخر دارد احترام بگذارید و بگویید: «بفرمایید بالا بنشینید» و به آن شخص فقیر بگویید: «در آنجا بایست یا در اینجا روی زمین پیش پای من بنشین.»
4तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ।
4
آیا با این کار در بین خود تبعیض قایل نمیشوید و آیا قضاوت شما از روی فكرهای پلید نیست؟
5सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।
5
ای دوستان عزیز گوش دهید، مگر خدا فقیران این جهان را برنگزیده است تا در ایمان، دولتمند و وارث آن ملكوتی باشند كه او به دوستداران خود وعده داده است؟
6तर तिमीहरूले गरीब मानिसप्रति सम्मान देखाउँदैनौ। अनि तिमीहरू जान्दछौ कि धनी मानिसहरू ती मानिसहरू हुनु जसले सदैव तिमीहरूलाई आफ्नो वशमा राख्ने कोशिश गर्छन्। अनि ती मानिसहरूनै हुन् जसले तिमीहरूलाई न्यायलय तिर पुर्याउँछन्।
6
امّا شما به فقرا بیاحترامی میکنید. آیا دولتمندان به شما ظلم نمیکنند و شما را به پای میز محاكمه نمیکشند؟
7अनि, यी ती धनी मानिसहरू हुन्, जसले येशुको नाउँको निन्दा गर्छन् जसद्वारा तिमीहरू बोलाइन्छौ।
7
و آیا آنها به نام نیكویی كه خدا بر شما نهاده است، بیحرمتی نمیکنند؟
8बरू तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ “अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौ।” यदि तिमीहरूले यो नियम पालन गरयौ भने तब तिमीहरूले ठिक काम गर्छौ।
8
اگر شما قانون شاهانهای را که در كلام خداست و میفرماید: «همسایهات را مثل جان خود دوست بدار.» بجا آورید، كاری نیكو كردهاید.
9तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियौ भने, तिमीलें पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ।
9
امّا اگر بین اشخاص از روی ظاهر آنها تبعیض قایل شوید، مرتكب گناه شدهاید و شریعت، شما را به عنوان خطاكار محكوم مینماید.
10कुनै मानिस परमेश्वरको सबै व्यवस्था पालन गर्दा कुनै एउटामा चुक्यो भने त्यो मानिस जम्मै व्यवस्था भङ्ग गरेको दोषमा पर्नेछ।
10
چون اگر كسی تمام شریعت را رعایت كند و فقط یكی از قوانین آن را بشكند، باز هم در مقابل تمام شریعت مقصّر است.
11परमेश्वरले भन्नु भएकोछ, “व्यभिचार नगर।” उनै परमेश्वरले भन्नु भएको छ, “हत्या नगर।” यसर्थ, यदि तिमीहरूले व्यभिचार गरेनौ तर तिमीहरूले कुनै व्यक्तिलाई मार्यौ भने पनि तिमीहरू परमेश्वरको व्यवस्था भङग गरेका दोषी ठहरिन्छौ।
11
زیرا همان كسیكه گفت: «زنا نكن.» همچنین گفته است: «قتل نكن.» پس اگر تو زنا نکنی ولی مرتكب قتل شوی، باز هم شریعت را شكستهای.
12तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ।
12
مانند كسانی سخن گویید و عمل نمایید كه خداوند بر اساس این قانون آزادیبخش، دربارهٔ آنها قضاوت میکند.
13यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा उ निर्भय भएर रहन सक्ने छ।
13
چون خدا بر كسی که رحم نكرده، رحیم نخواهد بود، ولی همیشه رحمت بر داوری چیره خواهد شد.
14मेरा प्रिय भाइ-बहिनीहरू, यदि कुनै व्यक्तिले उसित विश्वास छ भन्छ तर केही गर्दैन, तब त्यो विश्वास बेकामको हो। त्यस्तो विश्वासले उसलाई बचाउँन सक्छ? अहँ!
14
ای دوستان، چه فایده دارد اگر كسی بگوید: «من ایمان دارم.» ولی عمل او این را ثابت نكند؟ آیا ایمانش میتواند او را نجات بخشد؟
15परमप्रभु ख्रीष्टमा विश्वास गर्ने भाइ वा बहिनीलाई बस्त्रहरू अनि भोजनको आवश्यक पर्न सक्छ।
15
پس اگر برادری یا خواهری كه برهنه و محتاج غذای روزانهٔ خود باشد، پیش شما بیاید
16अनि त्यो व्यक्तिलाई तिमीहरू भन्छौ, “शान्ति साथ जाऊ। म आशा गर्छु तिम्रोमा गरम लुगाहरू र प्रशस्त भोजन छन्।” यद्यपि तिमीहरू उसको खाँचो पुरा गर्दैनौ, तिमीहरूका शब्दहरू अर्थहीन छन्।
16
و یكی از شما به ایشان بگوید: «بسلامت بروید، و گرم و سیر شوید.» چه چیزی عاید شما میشود؟ هیچ، مگر آنكه احتیاجات مادّی آنها را برآورید.
17यो कुरा विश्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विश्वासले केही गर्दैन भने त्यो विश्वास मृततुल्य हो किनभने त्यो विश्वास एक्लो भई मरेको हुन्छ।
17
همینطور ایمانی كه با عمل همراه نباشد، مرده است.
18एकजना व्यक्तिले भन्न सक्छ, “तिमीसँग विश्वास छ, तर ममा कम छ। जब तिम्रो विश्वासले केही काम गर्दैन भने तिम्रो विश्वासको प्रमाण गर। मेरो विश्वासले गरेको कामबाट म विश्वास प्रमाण गर्न सक्छु।”
18
ممكن است كسی بگوید: «تو ایمان داری و من کارهای نیكو. تو به من ثابت كن چگونه میتوانی بدون کارهای نیک ایمان داشته باشی و من ایمان خود را به وسیلهٔ کارهای خویش به تو ثابت میکنم.»
19तिमीहरू विश्वास गर्छौ परमेश्वर एक हुनुहुन्छ। साँच्ची नै! तर भूतहरूले पनि विश्वास गर्छन्, अनि तिनीहरू भयले काम्छन्।
19
تو ایمان داری كه خدا واحد است، بسیار خوب! دیوها هم ایمان دارند و از ترس میلرزند.
20तिमी मूर्ख व्यक्तिहरू! के तिमीहरूलाई प्रमाण दिनु पर्छ कि बिना कर्मको विश्वास बेकामे हो?
20
ای مرد نادان، آیا نمیدانی كه ایمان بدون کار نیک بیثمر است؟
21अब्राहाम हाम्रा पूर्वज हुनुहुन्छ। जब तिनले आफ्नो छोरो इसहाकलाई परमेश्वर समक्ष वेदीमा चढाए, उनको कर्मबाट परमेश्वर अघि अब्राहामलाई धार्मिक बनाइयो।
21
پدر ما ابراهیم بهخاطر کارهای خود در وقتیکه فرزند خویش اسحاق را در قربانگاه تقدیم خدا كرد، نیک و عادل محسوب شد.
22यसर्थ, तिमीहरू देख्छौ कि अब्राहामले विश्वास गरे अनि उनले गरेका कुराहरूको साथ साथ काम गरे। उनको कर्मले देखायो कि उनको विश्वास पूर्ण थियो।
22
میبینی كه چگونه ایمان او محرّک کارهای او بود و کارهای او نیز ایمانش را كامل گردانید.
23यसैले धर्मशास्त्रको अर्थ स्पष्ट झल्काउँछ “अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि परमेश्वरले अब्राहामको विश्वास स्वीकार गर्नु भयो अनि परमेश्वरले अब्राहामलाई धार्मिक मान्नु भयो।” अब्राहामलाई “परमेश्वरको मित्र मानिन्थ्यो।”
23
كلام خدا که میفرماید: «ابراهیم به خدا ایمان آورد و این برایش نیكی مطلق محسوب شد.» تحقّق یافت و او «خلیلالله» (دوست خدا) خوانده شد.
24यसरी तिमीहरूले देख्छौ कि एक मानिस उसले गरेका कर्मद्वारा परमेश्वरसित सही बन्दछ अनि उसको विश्वासबाट मात्र होइन।
24
پس میبیند كه چگونه انسان نه فقط از راه ایمان، بلكه به وسیلهٔ کارهای خود نیک و عادل شمرده میشود.
25अर्को उदाहरण छ राहाब। राहाब एक वेश्या थिइन्। तर उनको कर्मको कारणले, जब तिनले गुप्तचरहरू लुकाइन् अनि तिनीहरूलाई अर्कै बाटोबाट उम्कन सहायता गरिन्, परमेश्वरको अघि तिनी धार्मिक देखिइन्।
25
همینطور راحاب فاحشه نیز با کارهای نیک خود یعنی پناه دادن به قاصدان اسرائیلی و روانه كردن آنها از راه دیگر، نیک و عادل شمرده شد.
ایمان بیعمل مانند بدن بیروح، مرده است.
26आत्मा विनाको शरीर मृततुल्य हो। विश्वासको मूल्य पनि यस्तै हो। विश्वास जसले केही गर्दैन त्यो मृत-तुल्य हो।
26
ایمان بیعمل مانند بدن بیروح، مرده است.