1कतिपय शाही अधिकारीहरूले जस्तै मत्तानको छोरो शपत्याह, पशहूरको छोरो गदल्याह, शेलेम्याहको छोरो यूकल अनि मल्कियाहको छोरो पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दैगरेको सुने,
1
شفطیا پسر متان، جدلیا پسر فحشور، یوکل پسر شلمیا، و فحشور پسر ملکیا شنیدند که من به مردم میگفتم که
2“कि परमप्रभु भन्नुहुन्छ ‘जो यरूशलेममा बसे तिनीहरू तरवारहरूले अथवा अनिकालले अथवा डरलाग्दो रूढीले मर्नेछन् तर ज-जसले सैन्य समक्ष आत्मसमर्पण गर्नेछ तिनीहरू जीवित रहनेछन् उसले जीवन युद्ध परितोषक रूपमा पाउनेछ र मर्नेछैन।’
2
خداوند میگوید: «هرکس در شهر بماند یا از جنگ یا از گرسنگی یا از بیماری، خواهد مُرد. امّا اگر کسی برود و خود را تسلیم بابلیها کند کشته نخواهد شد و اقلاً جان خود را نجات خواهد داد.»
3अनि यही हो जो परमप्रभु भन्नुहुन्छ ‘यरूशलेमको शहरलाई निसन्देह बाबेलको राजाकहाँ सुम्पिइनेछ। तिनीहरूले यसलाई कब्जा गर्नेछन्।”
3
من همچنین به آنها میگفتم که خداوند گفته است: «من شهر را تسلیم ارتش بابل خواهم کرد و آنها آن را خواهند گرفت.»
4तब यर्मियाले भनेका कुराहरू सुनेपछि शाही अधिकारीहरू राजा सिदकियाहकहाँ गए। तिनीहरूले राजालाई भने, “यर्मियालाई मार्नै पर्छ किनभने उसले यस्ता कुराहरू गरेर शहरमा भएका सिपाहीहरूलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले यस्तो कुरा गरेर प्रत्येक मानिसलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले हामीलाई राम्रो होस् भन्ने चाँहदैन। उसले यरूशलेमका मानिसहरू नष्ट भएको हेर्न चाहन्छ।”
4
آنگاه بزرگان قوم به حضور پادشاه رفتند و گفتند: «این مرد باید کشته شود. با این حرفها او باعث میشود سربازان جرأت خود را از دست بدهند. او همین کار را نسبت به سایر کسانیکه در شهر باقی ماندهاند انجام میدهد. او به مردم کمکی نمیکند، فقط میخواهد به آنها لطمه بزند.»
5यसकारण राजा सिदकियाहले ती अधिकारीहरूलाई भने, “यर्मिया तिमीहरूको नियन्त्रणमा छ। म तिनीहरूलाई रोक्न केही गर्नु सक्तिन।”
5
صدقیای پادشاه در پاسخ گفت: «بسیار خوب، من نمیتوانم مانع کار شما شوم، هرچه میخواهید با او بکنید.»
6त्यसपछि ती अधिकारीहरूले यर्मियालाई लगे अनि राजाको छोरो मल्कियाहको पानीको इनारमा फ्याँकिदिए। त्यो इनार प्रहारी चोकामा थियो। ती अधिकारीहरूले डोरी लगाएर यर्मियालाई इनारको मुनी झारे। इनारमा पानी थिएनँ, तर हिलो थियो अनि त्यो हिलोमा यर्मिया भासिए।
6
پس آنها مرا گرفتند و با ریسمان به ته آبانبار شاهزاده ملکیا، که در محوطهٔ کاخ قرار داشت، انداختند. آبانبار آب نداشت و ته آن پُر از گِل بود و من در گِل فرو رفتم.
7तर एबेदमेलेक नाउँका एकजना कूशी मानिस जो राजमहलमा नपुंसक थिए तिनले सुने कि अधिकारीहरूले यर्मियालाई पानीको इनारमा हालिदिए।
7
عبدمَلک حبشی یکی از خواجه سرانی که در کاخ سلطنتی خدمت میکرد، شنید که مرا در چاه انداختهاند. در آن زمان پادشاه در دروازهٔ بنیامین به شکایات مردم رسیدگی میکرد.
8राजा सिदकियाह त्यस समय बिन्यामीनको प्रवेशद्वारमा बसिरहेका थिए। तिनी राजदरवारबाट गए। तिनले राजालाई भने,
8
پس عبدمَلک به آنجا رفت و به پادشاه گفت:
9मेरो प्रभु महाराज! ती अधिकारीहरूले यर्मियासित दुष्टकर्म गरिरहेका छन्। तिनीहरूले यर्मियालाई भोकै मरोस भनी पानीको इनारमा फ्याँकिदिए किनभने शहरमा रोटी छैन।”
9
«ای سرور من، کاری که این اشخاص کردهاند، اشتباه است. آنها ارمیا را به ته چاه انداختهاند، جایی که او از گرسنگی خواهد مُرد، چون دیگر غذایی در شهر وجود ندارد.»
10तब राजा सिदकियाहले कूशवासी एबेदमेलेकलाई आदेश दिए “एबेदमेलेक यहाँबाट तीनजना मानिसहरू लैजाऊ अनि मर्न अघि नै यर्मियालाई इनारबाट निकाल।”
10
آنگاه پادشاه به عبدمَلک دستور داد تا به همراه سه نفر دیگر مرا، قبل از اینکه بمیرم، از چاه بیرون بیاورند.
11यसकारण एबेदमेलेकले आफूसँग तीनजना मानिसहरू लगेर गए। तर सर्व प्रथम उनी राजदरबारको भण्डार तर्फ गए अनि तिनले त्यहाँबाट पुराना र च्यातिएका लुगाहरू लगे। त्यसपछि डोरीमा ती थोत्रे लुगाहरू बाँधेर इनारमाभित्र यर्मियातिर झारिदिए।
11
پس عبدمَلک به همراه آن سه نفر به قسمت انباری کاخ رفتند و مقداری لباس کهنه برداشتند و با ریسمان آنها برای من انداختند.
12कूशवासी एबेदमेलेकले यर्मियालाई भने, “यी पुराना लुगाहरू आफ्नो काखीमा चेप। जब डोरीद्वारा तिमीलाई माथि तानिने छ तिम्रो काखीमा यसले पैडको काम गर्नेछ। अनि तानिन्दा डोरीहरूले तिम्रो काखीमा चोट पार्नेछैन।” यसकारण यर्मियाले एबेदमेलेकले भने जस्तै गरे
12
او به من گفت تا پارچههای کهنه را زیر بازوهایم بگذارم تا ریسمان بدن مرا زخمی نکند. من این کار را کردم،
13ती मानिसहरूले डोरीहरूद्वारा यर्मियालाई तानेर पानीको इनारबाट बाहिर निकाले। अनि यर्मिया प्रहारीहरूको चोकमा बसे।
13
و آنها مرا از چاه بیرون آوردند. بعد از آن مرا در محوطهٔ کاخ نگه داشتند.
14तब राजा सिदकियाहले यर्मियालाई ल्याउनु कसैलाई पठाए। त्यो मानिसले परमप्रभुको मन्दिरको तेस्रो द्वारमा यर्मियालाई ल्यायो। तब राजाले भने, “यर्मिया, म तिमीलाई केही प्रश्नहरू सोध्नेछु। मबाट केही पनि नलुकाऊ।”
14
در یک موقعیّت دیگر به دستور صدقیای پادشاه مرا به حضور او در سومین دَر ورودی معبد بزرگ بردند و او به من گفت: «من از تو چیزی را میپرسم و میخواهم تمام حقیقت را به من بگویی.»
15यर्मियाले सिदकियाहलाई भने, “यदि मैले उत्तर दिए भने तपाईंले मलाई मार्नु हुन्छ होला। अनि यदि मैले तपाईंलाई परामर्श दिएँ भने पनि सुन्नु हुने छैन।”
15
من در جواب گفتم: «اگر حقیقت را بگویم، تو مرا خواهی کُشت و اگر به تو نصیحت کنم، تو به من اعتنایی نخواهی کرد.»
16तर राजा सिदकियाहले गुप्त रूपमा यर्मियासित कसम खाए र भने, “म परमप्रभु जसले हामीलाई सृष्टि गर्नु भयो अनि हामीलाई जीवन दिनुभयो, जस्तो जीवित हुनुहुन्छ त्यस्तै कसम खान्छु, म तिमीलाई न त मार्नेछु न तिमीलाई ज-जसले मार्न खोजिरहेका छन् तिनीहरूलाई नै सुम्पिन्छु।”
16
صدقیای پادشاه در تنهایی و به طور خصوصی به من قول داد و گفت: «من به نام خدای زنده، خدایی که به ما زندگی عطا کرده، سوگند یاد میکنم که تو را نخواهم کشت و تو را به دست کسانیکه میخواهند تو را بکشند، نخواهم داد.»
17तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्यौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन।
17
آنگاه به صدقیا گفتم که خداوند متعال، خدای اسرائیل گفته است: «اگر تسلیم سرداران ارتش بابل شوی تو و خانوادهات زنده خواهید ماند. این شهر هم در آتش نخواهد سوخت.
18तर यदि तिमीले आत्मा समर्पण गर्न अस्वीकार गर्यौ भने यरूशलेम बेबीलियोनका सेनालाई सुम्पिइने छ। तिनीहरूले यरूशलेमलाई जलाएर भस्म पार्ने छन्, अनि तिमी पनि तिनीहरूबाट जोगिने छैनौ।”‘
18
امّا اگر تسلیم نشوی، بابلیها آن را به آتش خواهند کشید و شما راه فراری نخواهید داشت.»
19तर राजा सिदकियाहले यर्मियालाई भने, “तर म यहूदाका मानिसहरूसँग डराउँछु जसले अघिबाटै बाबेलका सेनाको पक्ष लिइसकेकाछन्। म डराउँछु कारण तिनीहरूले मलाई यहूदाका मानिसहरूलाई सुम्पनेछन् अनि तिनीहरूलाई मसित अति निम्न प्रकारले व्यवहार गर्ने अनुमति दिन्छन्।”
19
امّا پادشاه در پاسخ گفت: «من نگران هموطنان خودمان هستم که ما را ترک کردند و به بابلیها پیوستهاند. ممکن است مرا هم تحویل آنها بدهند و مورد شکنجه قرار بگیرم.»
20तर यर्मियाले जवाफ दिए, “सिपाहीहरूले तिमीलाई ती यहूदाका मानिसहरूलाई दिने छैनन्। राजा सिदकियाह, “परमप्रभुको आज्ञा पालन गर, मैले भनेको कुराहरू मान। तब सबै कुराहरू तिम्रा निम्ति राम्रै हुनेछ, अनि तिम्रो जीवन सुरक्षित रहनेछ।
20
من گفتم: «تو را به آنها تحویل نخواهند داد. استدعا میکنم دستورات خداوند را اطاعت کنید. آنگاه همهچیز به خیر خواهد گذشت و تو از مرگ نجات پیدا میکنی.
21तर यदि तिमीले बाबेलका सेना समक्ष आत्मासमर्पण गर्न अस्वीकार गर्यौ भने, यो जो परमप्रभुले मलाई देखाउनु भएको त्यो हुनेछ।
21
امّا خداوند در رؤیا به من نشان داده است، اگر تسلیم نشوی به چه روزی خواهی افتاد.
22सारा स्त्रीहरू जो यहूदाको राजाको दरबारमा छोडिएका थिए तिनीहरूलाई बाबेलको राजाका मुख्य अधिकारीहरूकहाँ ल्याइने छ। ती स्त्रीहरूले भन्ने छन्, “तिम्रा मित्र जातिहरूले तिमीलाई धोका दिए अनि तिमीलाई जितेकाछन्। तिम्रो खुट्टा हिलोमा भास्सियो अनि तिमीलाई तिनीहरूले एक्लै छोडेर गए।”
22
در آن رؤیا دیدم که تمام زنهای کاخ سلطنتی به طرف افسران پادشاه بابل برده میشوند. به آنچه آنها در مسیر خود میگفتند گوش بده:
'بهترین دوستان پادشاه او را گمراه کردند،
آنها به حرفهای او گوش ندادند.
وقتی در گِل فرو رفت،
دوستانش او را تنها گذاشتند.'»
23“तिम्रा सबै पत्नी र छोरा-छोरीहरू बाहिर ल्याइए अनि बाबेलका सेनालाई सुम्पिइयो। तिमी स्वयं पनि बाबेल सेनाबाट उम्कन पाउने छैनौ। तिमी बाबेलका राजाद्वारा लगिनेछौ अनि यरूशलेम जलेर भस्म हुनेछ।”
23
بعد، من اضافه کردم و گفتم: «تمام زنها و فرزندانت را به پیش بابلیها خواهند برد و تو خودت هم، نمیتوانی از دست آنها فرار کنی. پادشاه بابل، تو را به زندان خواهد انداخت و این شهر در آتش خواهد سوخت.»
24तब सिदकियाहले यर्मियालाई भने, “हाम्रो बातचीच कसैले थाहा नपाउँन नत्र तिमी मर्नेछौ।
24
صدقیا در پاسخ گفت: «نگذار کسی از این صحبت ما باخبر شود و زندگی تو در خطر نخواهد بود.
25ती अधिकारीहरूले मैले तिमी सँग गरेको कुरा थाहापाउने छन्। तब तिनीहरू तिमीकहाँ आएर सोध्नेछन्, ‘यर्मिया, हामीलाई बताऊ राजा सिदकियाहले तिमीलाई के भन्यो। अनि तिमीले राजालाई के भन्यौ सबै नै हामीलाई भन। ईमान्दारी साथ सारा कुरा हामीलाई भन नत्र तिमीलाई हामी मार्ने छौ।’
25
اگر درباریان باخبر شوند که من با تو صحبت کردهام، آنها از تو خواهند پرسید که صحبت ما دربارهٔ چه بوده است. آنها به تو قول خواهند داد که اگر همهچیز را به آنها بگویی، آنها تو را نخواهند کُشت.
26यदि तिनीहरूले त्यसो भने, तिनीहरूलाई भन् ‘मैले राजालाई नम्र निवेदन गरेको छु कि मलाई जोनाथनको घरमा नफकाइयोस् यदि मलाई त्यहाँ पठाउनु भयो भने, म मर्नेछु।”‘
26
فقط به آنها بگو که تو از من استدعا میکردی تا تو را به زندان خانهٔ یوناتان برنگردانم تا در آنجا بمیری.»
27तब यस्तो भयो कि ती शाही अधिकारीहरू आए अनि यर्मियालाई प्रश्न गरे। यसकारण यर्मियाले तिनीहरूलाई राजाले दिएको आज्ञा अनुसार सबै कुराहरू भने। तब ती अधिकारीहरूले यर्मियालाई एक्लै छाडेर गए किनभने कसैले पनि यर्मिया र राजा माझ भएको कुराहरू चाल पाएका थिएनन्।
27
بعد از آن، تمام درباریان پیش من آمدند و از من میپرسیدند و من به آنها دقیقاً همان چیزی را گفتم که پادشاه به من گفته بود بگویم. آنها دیگر نمیتوانستند کاری کنند، چون صحبت ما را نشنیده بودند.
و مرا تا روزی که اورشلیم فتح شد، در محوطهٔ کاخ نگاه داشتند.
28यसकारण यरूशलेमलाई अधीनमा लिनेदिन सम्मै यर्मिया प्रहारीहरूको चोकमानै बसे।
28
و مرا تا روزی که اورشلیم فتح شد، در محوطهٔ کاخ نگاه داشتند.