1अय्यूब नाउँ भएको एकजना मानिस ऊज मुलुकका वासिन्दा थिए। अय्यूब एकजना असल र ईमान्दारी मानिस थिए। अय्यूबले परमेश्वरलाई आदर गर्थे र तिनी खराब कर्महरूबाट पर सर्थे।
1
در زمین عوص مردی بود به نام ایّوب. او شخصی بیعیب و درستکار بود. از خدا میترسید و از گناه دوری میکرد.
2अय्यूबका सात भाई छोराहरू र तीन बहिनी छोरीहरू थिए।
2
هفت پسر و سه دختر داشت.
3अय्यूबको आफ्नै 7,000 भेडाहरू, 3,000 ऊँटहरू, 1,000 साँढेहरू र 500 गधाहरू थिए। उनको धेरै नोकर चाकरहरू थिए। अय्यूब पूर्वतिरका एक धनी मानिस थिए।
3
هفت هزار گوسفند، سه هزار شتر، پانصد جفت گاو، پانصد الاغ و همچنین خادمان زیادی داشت. او ثروتمندترین مرد مشرق زمین بود.
4अय्यूबका छोराहरूले पालैपालो गरेर आफ्ना घरहरूमा प्रितीभोजहरू दिने गर्थे, अनि तिनीहरूले आफ्ना बहिनीहरूलाई निमंत्रणा गर्थे।
4
هریک از پسران ایّوب به نوبت در خانهٔ خود مهمانی برپا میکردند و خواهران خود را هم دعوت مینمودند که در مهمانی آنها شرکت کنند.
5तिनीहरूको भोजपछि अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र परमप्रभुप्रति समर्पित गराउँथे। उसले यो काम बिहान चाडै उठेर र प्रत्येक नानीहरूका लागि एउटा बलि चढाएर गर्थे। अय्यूबले यस्ते गरे किनभने उनी आफैले सोच्थे, “हुन सक्छ असावधानीको कारण मेरो छोरा र छोरीहरूले गुप्त तरिकारले केही गल्ती गरेर परमेश्वरलाई सरापे।” अय्यूबले यी सबै सधैं गर्ने गर्थे।
5
بعد از پایان مهمانی، ایّوب صبح زود برمیخاست و برای طهارت فرزندان خود قربانی تقدیم میکرد. او این کار را به این سبب میکرد که اگر فرزندانش ندانسته در پیشگاه خدا گناهی کرده باشند، گناهشان بخشیده شود.
6एक दिन स्वर्गदूतहरू परमप्रभुसँग भेट्ने दिन आयो। त्यहाँ ती स्वर्गदूतहरूसँग शैतान पनि थियो।
6
روزی که فرشتگان در حضور خداوند جمع شده بودند، شیطان هم همراه آنها بود.
7परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो, “म पृथ्वीकै वरिपरि घुमिरहेको थिँए।”
7
خداوند از شیطان پرسید: «تو از کجا آمدهای؟»
شیطان جواب داد: «به دور زمین میگشتم و سیاحت میکردم.»
8तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई देखिस्? यस पृथ्वीमा ऊ जस्तो कुनै मानिस छैन। अय्यूब एक असल र इमान्दार मानिस छ। उसले परमेश्वरको आराधना गर्छ र नराम्रा कामहरूदेखि सधैं टाडो रहन्छन्।”
8
خداوند از او پرسید: «آیا بندهٔ من ایّوب را دیدی؟ در تمام روی زمین کسی مانند او پیدا نمیشود. او از من میترسد و از هرگونه کار بد، دوری میکند.»
9शैतानले जवाफ दियो, “निश्चय! तर परमेश्वरलाई आराधना गर्न अय्यूबसँग एक खास कारण छ।
9
شیطان گفت: «اگر خداترسی برای ایّوب فایدهای نمیداشت، آیا این کار را میکرد؟
10तपाईंले सधैं उसको परिवार, उसलाई र उसँग भएका चीजहरूको रक्षा गर्नुहुन्छ। उसले गरेका सबै कार्यहरू तपाईंले सफल पार्नुहुन्छ। हो, ऊमाथि तपाईंको आशिष रहेको छ। उ यति सम्पन्न छ कि सारा मुलुकभरि उसको आफ्नै साँढे, ऊँट, र भेडाका बथानहरू फैलिएका छन्।
10
تو همیشه از او و خانوادهاش و اموالش پشتیبانی کردهای و به هر کاری که میکند، برکت دادهای و آنقدر گلّه و رمه به او بخشیدهای که تمام سرزمین را پر کرده است.
11तर यदि तपाईंले उसँग भएका सारा कुराहरू नष्ट गरिदिनु भयो भने, म दृढता पूर्वक भन्छु कि उसले तपाईंलाई तपाईंकै सामु सराप्नेछ।”
11
داراییاش را از او بگیر، آنگاه خواهی دید که آشکارا به تو کفر خواهد گفت!»
12परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूबसँग भएका जे पनि कुराहरूमाथि तँ जे चाहन्छस् गर। तर उसको शरीरलाई चोट नपुर्या।” तब शैतान परमप्रभुदेखि टाढा गयो।
12
خداوند فرمود: «بسیار خوب، همهٔ داراییاش را در اختیار تو میگذارم. برو و هر کاری که میخواهی بکن، امّا به خودش ضرری نرسان!» پس شیطان از حضور خداوند بیرون رفت.
13एकदिन, अय्यूबका छोरा-छोरीहरू आफ्ना जेठा दाज्यूको घरमा खाँदै अनि दाखरस पिउँदै उत्सव मनाइरहेका थिए।
13
روزی که پسران و دختران ایّوب در خانهٔ برادر بزرگشان مهمان بودند،
14तब एकजना सन्देश-वाहक अय्यूबकहाँ आए र भने, “साँढेहरूले जोतिरहेका थिए र गधाहरूले छेउमा नै घाँस खाईरहेका थिए।
14
قاصدی پیش ایّوب آمد و به او گفت: «گاوهایت شخم میکردند و ماده الاغهایت در کنار آنها میچریدند.
15शबाईका मानिसहरूले हामीमाथि आक्रमण गरे अनि तपाईंका पशुहरू लगे। ती मानिसहरूले अन्य नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”
15
ناگهان سابیها حمله کردند. تمام حیوانات را با خود بردند و خادمان تو را کشتند. تنها من زنده مانده، فرار کردم و آمدم تا تو را از ماجرا آگاه سازم.»
16त्यो सन्देश-वाहक बोलिरहेकै बेला अर्को सन्देश-वाहक अय्यूबकहाँ आई पुग्यो। त्यो दोस्रो सन्देश-वाहकले भन्यो, “आकाशबाट आएको चट्याङले तपाईंको सारा भेडाहरू र नोकरहरू मार्यो। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”
16
حرف قاصد هنوز تمام نشده بود که شخص دیگری آمد و گفت: «آتش خدا از آسمان فرود آمد و گوسفندان و شبانانت را از بین برد. فقط من سالم ماندم و آمدم تا به تو خبر بدهم.»
17त्यो सन्देश-वाहक बोलिरहेको बेला अर्को सन्देश-वाहक आई पुग्यो। त्यो तेस्रो सन्देश-वाहकले भन्यो, “कल्दीहरूले तीन सैन्यदलहरू पठाए। तिनीहरूले हामीमाथि आक्रमण गरे अनि सारा ऊँटहरू लगे। तिनीहरूले नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”
17
این شخص هنوز حرف میزد که قاصد دیگری از راه رسید و گفت: «سه دستهٔ کلدانیان بر ما حمله آوردند و شترهایت را ربودند و خادمانت را با شمشیر کشتند. تنها من توانستم که فرار کنم و بیایم به تو بگویم.»
18तेस्रो सन्देश-वाहक बोलिरहेकै बेला, अर्को सन्देश-वाहक त्यहाँ आई पुग्यो। त्यो चौथो सन्देश-वाहकले भन्यो, “तपाईंका जेठा छोरोको घरमा तपाईंका अन्य छोरा-छोरीहरूले खाइरहेका र दाखरस पिइरहेका थिए।
18
پیش از آن که این شخص سخنان خود را تمام کند، قاصد چهارم آمد و گفت: «پسران و دخترانت در خانهٔ برادر بزرگشان مهمان بودند
19तब एक जोडदार हावा मरूभूमिबाट अचानक चल्यो र त्यसले घर घराशायी पारिदियो। त्यो घर तपाईंका छोरा-छोरीहरूमाथि बज्रयो, अनि तिनीहरू सबैजना मरे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”
19
که ناگهان باد شدیدی از جانب بیابان وزید، خانه را بر سر فرزندانت خراب کرد و همه مردند. فقط من زنده ماندم و آمدم تا تو را آگاه کنم.»
20जब अय्यूबले ती सबै खबरहरू सुने आफ्नो दुःख र उदासीनता प्रकट गर्नका लागि उनले आफ्ना लुगाहरू च्याते अनि केश खौरियो। तब अय्यूब भूईंमा घोप्टो परेर परमेश्वरलाई दण्डवत गरे।
20
آنگاه ایّوب برخاست، لباس خود را پاره کرد، سر خود را تراشید و روی زمین به سجده افتاد
21उनले भनेः “जब म यस संसारमा जन्मको थिएँ, म नाङ्गै थिएँ, अनि मसँग केही पनि थिएन। जब म मर्छु अनि यो संसार छाडेर जान्छु, म नाङ्गै नै जानेछु, अनि मसँग केही रहनेछैन। परमप्रभुले दिनुभयो, अनि परमप्रभुले लानु भयो। परमप्रभुको नाउँको प्रशंसा होस्।”
21
و گفت: «از رحم مادر برهنه به دنیا آمدم و برهنه هم از دنیا میروم. خداوند داد و خداوند گرفت، نام خداوند متبارک باد!»
در تمام این احوال، ایّوب گناه نورزید و خدا را مقصّر ندانست.
22ती सारा कुराहरू घटे, तर अय्यूबले केही गल्ती काम गरेनन्। जे भयो त्यसको लागि अय्यूबले परमेश्वरलाई दोष दिएनन्।
22
در تمام این احوال، ایّوب گناه نورزید و خدا را مقصّر ندانست.