Nepali

Persian

Job

32

1त्यसपछि अय्यूबका तीनैजना साथीहरूले अय्यूबलाई जवाफ दिन छाडे। तिनीहरूले जवाफ दिन छाडे किनभने अय्यूब निर्दोष थिएँ भनी विश्वास्त थियो।
1 آن سه دوست ایّوب دیگر جوابی نداشتند که به او بدهند، زیرا او خودش را بی‌گناه می‌دانست.
2तर त्यहाँ बारकेलका छोरो एलीहू भन्ने एक जवान केटो थियो। बारकेल बज नाउँका एउटा मानिसका वंशका थिए। एलीहू रामका परिवारका थियो। एलीहू अय्यूबसंग अत्यन्त क्रोधित भयो। किनभने अय्यूबले स्वयं परमेश्वर भन्दा अझ धार्मिक हुँ भन्दै थियो।
2 آنگاه شخصی به نام الیهو، پسر برکئیل بوزی، از خاندان رام، که در آنجا حاضر بود خشمگین شد، چون ایّوب خود را بی‌گناه می‌دانست و خدا را متّهم می‌کرد.
3एलीहू अय्यूबका तीनजना साथीहरूसँग पनि क्रोधित थियो। किनभने अय्यूबका साथीहरूले अय्यूबका प्रश्नहरूको ठीक जवाफ दिन सकेनन्। तिनीहरूले अय्यूब गल्ती थियो भनेर प्रमाण गर्न सकेनन्।
3 او همچنین بر آن سه دوست ایّوب خشمگین بود؛ زیرا هرچند جواب درستی نداشتند تا ایّوب را قانع کنند که گناهکار است، او را محکوم می‌ساختند.
4अय्यूब र तिनका साथीहरू सबै एलीहू भन्दा जेठा थिए। यसकारण सबैले भनी सकुञ्जेल उसले पर्ख्यो। त्यसपछि उसले पनि बोल्न सक्छु भन्ने अनुभव गर्यो।
4 الیهو تا آن لحظه صبر کرده و به ایّوب جوابی نداده بود، چون دیگران از او بزرگتر بودند.
5अनि जब एलीहूले देखे कि अय्यूबका साथीहरूले उनलाई उत्तर दिनु असमर्थ थिए, त्यो रिसायो।
5 ولی وقتی دید که آنها ساکت مانده‌اند، خشمگین شد.
6यसकारण उसले भन्न थाल्यो। उसले भन्योः “म जवान मानिस मात्र हुँ। अनि तिमीहरू बूढा मानिसहरू हौ। यसकारण मेरो विचार तिमीहरूलाई पोखाउन म भयभीत भएँ।
6 پس الیهو رشتهٔ سخن را به دست گرفته گفت: چون من جوانتر از شما هستم، بنابراین ترسیدم که اظهار عقیده کنم.
7म स्वयंले सोचें, ‘बूढा मानिसहरू पहिला बोल्नु पर्छ। बूढा मानिसहरू धेरै लामो बाँचे। यसकारण तिनीहरूले धेरै कुराहरू सिके।’
7 به خود گفتم که شما پیرترید و باید از روی تجربهٔ سالهای عمر خود با حکمت سخن بگویید.
8तर परमेश्वरको आत्माले मानिसलाई ज्ञानी बनाउँछ। सर्वशक्तिमान परमेश्वरको ‘आत्माले’ मानिसहरूलाई बोल्न सक्ने बनाउँछ।
8 امّا این روح خدای قادر مطلق است که به انسان حکمت می‌بخشد،
9बृद्ध मानिसहरू मात्र ज्ञानी हुँदैनन्। बृद्ध मानिसहरूले मात्र ठीक कुरा बुझ्छन् भन्ने छैन।
9 سن و سال نیست که به ما حکمت می‌آموزد یا کمک می‌کند که بفهمیم چه چیزی درست است.
10यसकारण दया गरेर मेरो कुरामा ध्यान देऊ। अनि मैले के सोच्दछु त्यो भन्नेछु।
10 پس حالا به من گوش بدهید، تا نظر خود را برای شما بیان کنم.
11जब तिमीहरू बोल्यौ मैले खुब धीरजसाथ पर्खें। मैले ती जवाफहरूमा ध्यान दिएँ जुन तिमीहरूले अय्यूबलाई दियौ।
11 من با صبر و دقّت به سخنان و دلایل شما گوش دادم، امّا هیچ‌کدام شما نتوانستید جواب قانع کننده‌ای به ایّوب بدهید و ثابت کنید که او گناهکار است.
12तिमीहरूले भनेका कुराहरू मैले होशियारी साथ सुने। तिमीहरू कसैले पनि अय्यूब गल्ती छ भनी प्रमाण दिएनौ। तिमीहरू बीच कसैले पनि उसको बहश विरूद्ध सन्तुष्टपूर्ण जवाफ दिएनौ।
12 نگویید که ما حکیم هستیم و تنها خدا می‌تواند گناهکار را به‌خاطر گناهش مقصّر بداند.
13तिमीहरू तीनजना मानिसहरूले भन्न सकेनौ कि तिमीहरूले ज्ञान प्राप्त गरेका छौ। परमेश्वरले अय्यूबको तर्कहरूको जवाफ दिनु नै पर्छ, मानिसहरूले होइन।
13 ایّوب با شما صحبت می‌کرد نه با من. اگر با من صحبت می‌کرد، طور دیگری به او جواب می‌دادم.
14अय्यूबले मलाई आफ्नो तर्कहरू प्रस्तुत गरेन, यसकारण तिमीहरूले प्रयोग गरेका तर्कहरू म प्रयोग गर्ने छैन।
14 شما دیگر جرأت ندارید که جوابی بدهید یا حرفی بزنید.
15अय्यूब, ती मानिसहरूले साहस हराए। तिनीहरूसँग अब भन्ने केही कुरा छैन। तिनीहरूले प्रस्तुत गर्ने जवाफ केही छैन।
15 اکنون چون شما سکوت کرده‌اید، من نمی‌توانم خاموش بنشینم و چیزی نگویم.
16अय्यूब, तिमीलाई जवाफ दिनलाई मैले तीनजना मानिसहरूलाई पर्खें, तर तिनीहरू चुपचापछन्। तिनीहरूले तिमीसँग आलोचना गर्न छाडे।
16 من می‌خواهم حرف خود را بزنم و عقیدهٔ خود را بیان کنم،
17यसैले अब तिमीलाई म जवाफ दिनेछु। हो, म के सोच्दछु त्यही तिमीलाई भन्नेछु।
17 زیرا حرفهای زیادی برای گفتن دارم و دیگر نمی‌توانم صبر کنم.
18म कुरै कुराहरूले भरिएकोछु कि म बोल्नै पर्छ नत्र म पड्किनेछु।
18 دل من مثل مَشکِ شراب پُر و نزدیک به ترکیدن است.
19म नयाँ दाखरस हालेको छालाको थैलो जस्तै छु जुन खोलिएकै छैन। म त्यो नयाँ दाखरस राख्ने थैलो जस्तो छु जुन फुटेर खोलिन तैयार छ।
19 تا حرف نزنم آرام نمی‌گیرم، پس باید حرف بزنم.
20यसकारण म बोल्नै पर्छ तब मात्र म शान्तिको सास फेर्ने छु। मैले बोल्नै पर्छ र अय्यूबको तर्कहरूको जवाफ दिनेछु।
20 من از کسی طرفداری نمی‌کنم و از روی چاپلوسی حرف نمی‌زنم، زیرا اگر تملّق و چاپلوسی کنم، خالقم به حیات من خاتمه می‌دهد.
21मैले अय्यूबसँग त्यस्तै व्यवहार गर्नुपर्छ जसरी म अन्य मानिसहरूलाई गदर्थें। म उसलाई राम्रो कुराहरू भन्ने कोशिश गर्ने छैन म त्यही भन्नेछु जुन मैले भन्नु पर्छ।
21 زیرا اگر تملّق و چاپلوسی کنم، خالقم به حیات من خاتمه می‌دهد.
22म अन्य मानिस सरह कसैलाई निको व्यवहार गर्न सक्तिन। यदि मैले त्यसो गरें भने परमेश्वरले मलाई दण्ड दिनु हुनेछ।