Nepali

Persian

Job

41

1“अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ? त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?
1 آیا می‌توانی تمساح را با چنگک شکار کنی یا زبانش را با ریسمان ببندی؟
2त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ? अथवा बङ्गरामा बल्छी छिराउन सक्छौ?
2 آیا می‌توانی پوزهٔ او را مهار و لاشه‌اش را با چنگک سوراخ کنی؟
3के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ? के उ तिमीसँग नम्र भाषामा बोल्ने छ?
3 آیا پیش تو زاری می‌کند که به او آزار نرسانی؟
4के लेबीयथानले ‘तिम्रो सेवा सँधै गर्छु’ भनेर समझौता र वाचा खाएको छ?
4 آیا با تو پیمان می‌بندد که همیشه خدمتکار تو باشد؟
5के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ? के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे?
5 آیا می‌توانی با او مثل یک پرنده، بازی کنی یا به گردنش قلّاده انداخته به کنیزانت ببخشی؟
6के जालहारीले तिमीदेखि लेबीयथान किन्ने कोशिश गर्नेछ? के तिनीहरूले त्यसलाई काटेर टुक्रा-टुक्रा पारेर व्यापारीहरूसित बेच्छन?
6 آیا ماهیگیران می‌توانند او را تکه‌تکه کنند و به تاجران بفروشند؟
7के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू फ्याँक्न सक्छौ?
7 آیا تیر در پوست او فرو می‌رود یا نیزهٔ ماهیگیری سر او را سوراخ می‌کند؟
8अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ। खाली चिन्ता गर युद्ध बारे जुन हुनेवाला छ।
8 اگر به او دست بزنی چنان غوغایی برپا می‌کند که تا یادت باشد دیگر این کار را نکنی.
9के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ? ठीकै छ, भूल यसलाई। त्यहाँ आशा छैन। खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ।
9 هرکسی که بخواهد او را شکار کند از دیدنش خود را می‌بازد و جرأت خود را از دست می‌دهد.
10कुनै मानिस पनि त्यस्तो वीर छैन् जसले त्यसलाई रिस उठाउँछ। ठिक, मेरो विरूद्ध कुनै मानिस उठ्न सक्तैन्।
10 اگر تحریک شود، آن‌قدر خشمگین می‌گردد که کسی جرأت نمی‌کند، در برابر او بایستد.
11म कोहीसँग पनि ऋणी छैन। स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।
11 در تمام روی زمین کسی نیست که به او حمله کند و زنده بماند.
12अय्यूब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु, उसको शक्ति अनि सुन्दर आकार बारेमा बताउनेछु।
12 بگذار تا دربارهٔ پاهای هیولا برایت بگویم که چقدر قدرتمند است.
13कसैले पनि उसको छाला छेडन सक्तैन। उसको छाला ढाल बराबर छ।
13 کسی نمی‌تواند پوست او را بشکافد یا زرهی را که می‌پوشد، سوراخ نماید یا جرأت کند که به دندانهای ترسناک او نزدیک شود و یا دهان او را باز کند.
14कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन। उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँदछ।
14 پشت او از پره‌های زره مانند تشکیل شده
15त्यसको ढाड बलियो गरी जोडिएका ढालहरू झैं बलियो छ।
15 و این پره‌‌ها آن‌چنان نزدیک و محکم به هم بافته شده‌اند که هیچ چیزی قادر نیست، آنها را از هم جدا نماید و حتّی هوا هم نمی‌تواند در آنها نفوذ کند.
16ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन् कि त्यसबाट हावासम्म छिर्न सक्तैन।
16 وقتی عطسه می‌زند، بخار آن در پرتو نور آفتاب می‌درخشد و چشمانش به آفتابی می‌مانند که هنگام صبح طلوع می‌کند.
17ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समिटिएका छन् कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्।
17 از دهانش شعله‌ها و جرّقه‌های آتش برمی‌خیزد.
18जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ। उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन।
18 از سوراخهای بینی‌اش مثل بخاری که از دیگ جوشان برمی‌خیزد، دود خارج می‌شود.
19आगोको अगुल्टोहरू बलेको जस्तै ज्वाला उसको मुखबाट बाहिर आउँदछ।
19 نَفَس او آتش می‌افروزد و از دهانش شعلهٔ آتش زبانه می‌کشد.
20पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो लेबीयथानको नाकबाट धुवाँ निस्कन्छ।
20 نیروی او در گردنش جا دارد و هر که با او روبه‌رو شود، وحشت می‌کند.
21अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ लेबीयथानको सासले कोईला जलाउँदछ।
21 طبقات گوشت بدنش سخت و محکم به هم چسبیده‌اند.
22लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ, विपदहरू त्यो देखि डराएर भाग्दछन्।
22 دلش مانند سنگ زیرین آسیاب سخت است.
23त्यसको छालामा कतै पनि नरम भाग हुँदैन त्यो फलाम जस्तो कडा हुन्छ।
23 وقتی از جا برمی‌خیزد، نیرومندان به وحشت افتاده، از ترس بیهوش می‌شوند.
24लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ। त्यससँग डर भनेको रत्तिभर हुँदैन। यो गह्रुँ पिंध्ने जाँतोको तल्लोपट्टिको ढुङ्गा जस्तो हुन्छ।
24 شمشیر، نیزه، تیر یا گُرز در او اثر نمی‌کند.
25जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्। जब लेबीयथानले पुच्छर हल्लाउँदछ तिनीहरू भाग्छन।
25 آهن برایش مثل کاه است و برنز مانند چوب پوسیده.
26तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिर्काइन्छ तर ती सबै उछिट्टिएर फर्किन्छन त्यस्ता हतियारहरूले त्यसलाई कतै आघात पुर्याउन सक्तैन।
26 تیر نمی‌تواند او را بگریزاند، سنگ فلاخن مثل پَر کاه در او اثر نمی‌کند.
27लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ। त्यसले सडेको काठ जस्तै पित्तल भाँच्छ।
27 گرز برای او مانند کاه است و به نیزه‌هایی که به سویش پرتاب می‌شوند، می‌خندد.
28काँडले लेबीयथानलाई भगाउन सक्तैन। ढुङ्गाहरु पनि उसका निम्ति पराल झैं हुन्छन्।
28 پوست شکمش مثل تکه‌های ناهموار سفال است و مانند پنجهٔ خرمنکوب بر زمین شیار می‌زند.
29जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ त्यो हाँस्दछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँदछन्।
29 او دریا را مثل آب جوشان به حرکت در می‌آورد و آن را مثل ظرفی از روغن به حباب تبدیل می‌کند.
30लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन। उसले हलोले झैं जमीन फुटाउँछ।
30 خط درخشانی پشت سر خود بر جای می‌گذارد و دریا از کف، سفید می‌شود.
31लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ। त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँदछ।
31 در روی زمین هیچ حیوانی مانند او بی‌باک نیست. او پادشاه حیوانات وحشی است و از همهٔ جانوران برتر است.»
32जब लेबीयथान पौरिन्छ त्यसले आफू पछाडि बाटो छाडदछ। त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फीज छोडछ।
32 او پادشاه حیوانات وحشی است و از همهٔ جانوران برتر است.»
33लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन त्यो भयरहित बनाइएको प्राणी हो।
34लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ। त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो। अनि म, परमेश्वरले, लेबीयथान सृजना गरें।”